खोलाको गीत: उपेन्द्र सुब्बा


उपेन्द्र सुब्बा खासमा कबड्डी कबड्डीको खिर ख्वाउने झांक्री, लाटो पहाडको लेखक हुंदै खोलाको गीतका कविको रुपमा मैले चिनेको हो ।उनको विश्वास, साँल्दीज्यु ! एक ट्वाक चढाऊँ कि ..., भेडेटारको पिकनिक, किस्नेले विहे गरेछ, आदि कविता वाचन सुनेदेखि खोलाकोगीत पढ्ने तलतल लागेको हो । 

यसपालीको नेपाल घुमाइमा यो किताब पनि नकिनी नहुने सूचीमा पर्Þयो । एक त कविता भएकोले र अर्को उपेन्द्र सुब्बाको कविता भएको ले । पढेका किताबमा विधागत र श्रष्टागत विविधता ल्याउने प्रयासको कारण पनि यो पढियो ।





 युट्युबमा भएका बाहेक पनि राम्रा कविता संग्रहमा छन् । एकबसाइमा पढि भ्याइने (मैले ३ हप्ता लाएं) यो कविता संग्रह पढ्ने नै सुझाब दिन्छु । कारण यसमा कविता मात्रै छैन फरक संस्कृतिको कुरापनि छ । मुन्धुमका कथाहरु पनि व्याख्याको रुपमा समावेश छ । त्यो पढ्दै गर्दा सुब्बाको पहिचान प्रेम मज्जाले बुझिन्छ ।

खासमा मेची(काली यात्रामा यो किताब धरानमा किनेर भेडेटार उक्लेर मनोजजीलाई यसका कविता पढ्न लाउने मन थियो । त्यसो हुन धेरै कारणले सकेन । 

“के किन्यो होला यो ? खाली पैसाको खैंकार !“ बुबाले खोलाको गित हातमा लिएर भन्नु भएको थियो । अनि मैले किताब लिएर यो कविता सुनाएं । 


विश्वास

**

देउरालीमा सिन्दुरले रातै पोतिएर 

फुलपातीले छ्याप्पै छोप्एर

एउटा ढुङ्गा देउता भएर बसेको छ ।

देउता ढुङ्गा पनि हुन सक्छ

ढुङ्गा देउता पनि हुन सक्छ

मात्र विश्वासमा

त्यही विश्वासमा( 

निर्बलहरु बल माग्दै ढुङ्गासामु माथा टेक्छन्

गरिबहरु धन माग्दै रृण गरी बोका काट्छन् 

दुःखीहरु सुख माग्दै रुइकराइ भाकल गर्छन् 

विश्वास यति घाती छ कि !

नाथे एउटा ढुङ्गाले पनि

यसरी मान्छेको शोषण गर्छ ।

“हो ! यो कविता चाहिं राम्रो छ । ठीक लेख्या छ ।“ प्रशन्व चित्तले अन्धविश्वास बारे अनुभव सुनाउन थाल्नुभयो । म भने संग्रहका अरु कविता छान्दै सुनाउन लागें । विश्वास कविता जति अरुमा रमाउनु भएन तर विश्वासकै लागि भए पनि यो किताब पढे खेर जांदैन । एकदमै ठूलो अपेक्षा नलिइ पढ्दा निराशभईंदैन । तर उनको बाचनको जस्तै मजा चाहिं आफै पढ्दा आउंदैन ।

 

थपः

संग्रहको पुछारमा पुग्दा सगरमाथाको कविता पनि भेटें । सगरमाथा विवादका बेला यो पनि सान्दर्भिक होला ः 


सगरमाथा

**

सगरमाथा(

धेरैले चढे र ओर्ले 

ती वीरहरु

ती बहादुरहरुलाई हाम्रो थुप्रो बधाइ छ ।

बरा !  

ती कसैले अनुमान पाउनै सकेनन्

सगरमाथा अग्लो हो कि यी कांधहरु

या यी मनहरु

सगरमाथाको चुचुरोमा नापे पनि

त्यति नै हो मान्छेको उचाइ 

जो जति छ 

बाबुछिरिङ !

तिमी बारम्बार किन सगरमाथा चढ्छौ ? 

आखिर,

ओर्लिनै पर्छ जिन्दगीको फेदमा ।













Comments

Popular posts from this blog

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय

उसको रोजाइ -Story