चुली: सरुभक्त



 यो किताब मैले किन पढ्न चाहें मलाई अहिले सम्झना छैन । नेपाल पुग्दा किन्न मन लागेका किताबको सूचीमा यो पनि थियो । 


"दुर्भाग्यवश हामीकहां हिमालहरु छन् तर हिमालसम्बन्धी, हिमाल आरोहणसम्बन्धी साहित्य त्यति छैनन् । सायद म यहि आश्चर्यजनक अभाव परिपुर्तिको चाहनीले धेरै प्रेरित भएको छु ।" - सरुभक्त 


७० पानाको यो किताबमा सगरमाथा आरोहणको कथा छ । कथा कम्जोर छ । तर सगरमाथा आरोहण सम्बन्धी जानकारी पढ्दा लाग्छ लेखक एक पटक सगरमाथा आरोहण गरेरै लघु उपन्यास लेखेका हुन् । पढ्दा बारम्बार हेमिङवेको लघु उपन्यास The Old Man and The Sea सम्झना आइ रह्यो । खासमा त्यसमा पनि माछामार्ने सम्बन्धी धेरै प्राविधिक कुरा पनि छन् । हेमिङवे आफै पनि माछा मार्न निस्किइ रहन्थे । तर त्यसमा कथा पनि थियो । कथामा घोलेर बांकि कुरा आएको थियो । चुलीमा परिवेशमा जबरजस्ती कथा घुसाइएको भान हुन्छ । 

"ऊ आफैलाई आफैंबाट सम्हाल्छ, अनि चिसो जुनेली आलोकमा हिमाली वातावरण हेर्छ । उत्तर तर्फ तिब्बती पठार र दक्षिणतर्फ ल्होत्से, मकालु, नुप्से, कञ्चनजंघा, आदिका मनमोहक छटा । चोमोलोङ्मा अर्थात पृथ्वीको देवी आमा भनिने प्रकृतिको पवित्र उच्चताबाट थ्याङबोचे गुम्बाको छत पनि देखिने रहेछ, जुन मान्छेको पवित्र उच्चता हो ।"

सगरमाथा वा हिमालका विषयमा साहित्य नलेखिएकोले लेखकले जबर्जस्ती लेखे जस्तो पनि लाग्यो । अलि समय दिएर कथा सहित त्यहि परिवेशको कुरा आएको भए बरु राम्रो हुन्थ्यो । 


फलानो किताब पढेर यस्तो बरबाद भयो भन्ने गुनासो कहिल्यै सुनेको छैन । त्यसैले पढ्दा हानी केहि हुंदैन । बरु सगरमाथा चढौं चढौं लाग्न सक्छ । अनि केहि गरि चढि हालियो भने त एक कथाको विषय पनि भेट्न सकिन्छ । त्यसैले पढ्दा हुन्छ । 

Comments

Popular posts from this blog

Letters to a Young Poet -Rainer Maria Rilke (with quotes)

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय