Posts

कुमारी प्रश्नहरु पढ्दाका अनुभुतिहरु

Image
  सुत्न अघि अलिकति पढौं भनेको नीद हराम भयो । लेखिका पनि बोल्दा हाॅस्ने अनि हाॅस्दा गालामा खोपिल्टा पर्ने भएर त्यसै मन परेकी थिइन् । लेखनी झन् कडा ! त्यो कनिकुथी कथा बनाए भन्दा पनि कथा भएरै लेखे जस्तो । कथाको मोडहरु पनि अप्रत्याशित । यस्तो होसा भन्यो फ्याट्टै अर्को भइदिने ! मोबाइलमा कथासंग्रह पढेर सिध्याउनु निकै सकसपूर्ण रह्यो । अरु भन्दा पनि एकाग्रता भंग गर्ने थुप्रै कुरा मोबाइलमा हुने हुनाले त्यसो भयो । जे होस् आज पढेर भ्याइयो । त्यसैले किताबका हकमा केहि खेस्रा लेखिहाल्न मन लाग्यो । नेपाली भाषामा किशोर साहित्यका किताव उति छैनन् । हुन त यो कथासंग्रहले पनि निश्चित उमेर समूहका लागि भनेर तोकेको छैन । तर यसको कथाहरु पढ्दा किशोर साहित्य अन्तर्गत राखिनु पर्ने जस्तो लाग्यो ।  किशोर साहित्य मैले सोचेको वर्गिकरण हो । नत्र संग्रहलाई सामाजिक कथा संग्रह भनिएको छ । कथाका थप कुरा खुलाउॅदा पढ्दाको कौतुहलता नरहला भनेर लेख्न मन लागेन । एउटा विवाह पूर्व सक्रिय यौन जीवन बांचेकी किशोरीले सुहागरातमा कुमारित्वको प्रमाण स्वरुप रगत कसरी र किन पेश गर्छे भन्ने विषय बोकेको "रगत" कथा सामाजिक कथाको साथसा...

अम्बेडकरको Annihilation of Caste

Image
  Annihilation of Caste डा. भिमराव अम्वेडकरले जातपात तोडक मण्डलको कार्यक्रमका लागि तयार पारेको तर प्रस्तुत गर्न नपाएको भाषण हो । अम्वेडकर भारतको संविधान लेख्ने व्यक्ति हुन् र दलित आन्दोलनका एक चिनिएका नाम हुन् । बुकाहोलिक्स समूहमा प्रकाशित समीक्षाले यो किताव पढ्ने ईक्षा जगाएको हो ।  यो किताबले गान्धीप्रतिको धारणा परिवर्तन गर्छ । जातीप्रथा बुझ्न अझै मद्दत गर्छ । प्राय धेरैले मनुस्मृतिलाई जातभातको विभेद सुरुगर्ने ग्रन्थको रुपमा हेर्छन् । तर गौतम धर्मशुत्रको खासै चर्चा हुंदैन । यो त्यो ग्रन्थ हो जसमा दलितले वेद सुन्दा इस्पात पगालेर कानमा हाल्नु भन्ने लिखित कानुन बनाएको छ । त्यस्तै गौहत्यालाई दलित हत्या भन्दा ठूलो अपराध पनि यसै किताबले कायम गरेको छ । जात अनुसार अपराधको दण्डको व्यवस्था पनि यसैमा छ । यो पुस्तकमा गौतम धर्मशुत्र देखि अन्य हिन्दु ग्रन्थहरु र तिनले जातीय विभेद कायम गर्न खेलेको भूमिकाको चर्चा छ ।  दलितहरुलाई हरेक किसिमले शोषण गरिएको र त्यसको अन्तको लागि गरिएका प्रयासहरु पनि गान्धी जस्ता व्यक्तित्वका कारण असफल बनाइएको प्रसंगले हामीले जानेको इतिहासलाई प्रश्न गर्न कर ल...

नविन विभासको रोल्पा सुईना

Image
खरो आलोचनाका कारण चिनिने सरोनरले पल्पसा क्याफे देखि सगरमाथाको गहिराई सम्म कतै पनि साहित्यको स्तर नभेटर लिएको नाम हो रोल्पा सुइना । उनले नाम नलिएको भए सायद पढ्ने हुटहुटी बढ्ने थिएन होला । पल्पसा क्याफे र सगरमाथाको गहिराई दुबै मन परेका कृति थिए । ती कृतिहरु भन्दा राम्रो भनेपछि त नपढि धरै पाएन ।  कति कृति राम्रा हुन्छन् । कृति लेख्ने उति मन खाँदैनन् । केहि कृति भन्दा लेख्ने बढि मन पर्छन् । नविन विभासको बुकाहोलिक्समा श्रष्टासँग साक्षात्कार अन्तर्गतको कार्यक्रम हेर्ने मौका पनि पाइयो । ट्वीटरमा उनका भिडियोहरु त हेरि रहेकै हो । कहिले स्थानीय बाजा त कहिले स्थानीयका दुःखहरु युट्युबमा निरन्तर हालि रहन्छन् । त्यसैले कृति पढ्दा ती मनुवाको झल्को पनि बारम्बार आइरहेको थियो ।  लाटो पहाड पढ्ने क्रममा कथा खोज्दै गर्दा बसन्त बस्नेतको लाटो पहाडमाथिको मन्तव्य सम्म पुगेको थिएँ । यदि लाटो पहाड पढ्नु भएको छैन भने त्यो भिडियो हेरेर पढ्नुस् गज्जब हुनेछ । पढि सकेको भए पनि फेरि भिडियो हेर्नुस्, तपाईंले के पढ्नु भयो र के भएन त्यहाँबाट जान्नु हुनेछ । त्यसैले रोल्पा सुइनाको मापनका आधार पनि गुर...

कथा लाग्ने यथार्थहरुको संकलन: यज्ञशको भुइयाॅ

Image
यो   पुस्तकका   बारेमा   धेरै   पहिले   गज्जब   प्रतिक्रिया   लेख्ने   भनेर   डाॅडाकाडाॅ   पुगेर   फोटो   समेत   खिचेको   थिएं   ।   तर   योजनाहरु   व्यवहारमा नउतार्दा   जति   सुकै   राम्रा   भए   पनि   अर्थ   नहुने   रहेछ   ।   त्यसैले   आज   जस्तो   सकिन्छ   त्यस्तै   लेख्ने   केसिस   गर्दैछु   । भुइयाॅ   नाम   सुने   देखि   नै   खुब   पढ्न   मन   लागेको   थियो   ।   भुइंयाॅका   लेखक   यज्ञशका   बारेमा   नगरकोटीका   किताबमा   खुब   पढिएको   पनि थियो   ।   अध्ययनशील   नगरकोटीले   चर्चा   गर्ने   व्यक्तिको   लेखनप्रति   लोभिनु   अचम्म   लाग्ने   कुरा   त   हुॅदै   होइन   ।   त्यसमाथि   यो   पुस्तक   प्रतिका सक...

के “चक्रव्युहमा चन्द्रसूर्य” साँच्चै छ ? : किताबको कथा

Image

किताबको कथाः राज सरगमकाे छाउघर

Image
कहिले काहिँ त पढेको कुराको बारेमा किन लेख्नु प¥यो जस्तो लाग्छ । तर फेरि सोच्छु पढेको बेलामा भन्दा पढेको लेख्दै गर्दा किताबका धेरै कुराहरुबारेमा मन्थन गर्ने मौका मिल्छ । त्यस्तै पढेकाबारे कुरा गर्दा पढ्न मन लागेकाहरुका लागी पनि पढ्ने वा नपढ्ने भन्ने बारे निर्णय लिन सघाउ पु¥याउन सक्छ । हुन त पुस्तक मन पर्नु वा मन नपर्नु व्यक्तिगत रुची र स्वादको विषय पनि हो । र पनि एउटा आधार त बन्छ नै । मेरै हकमा पनि कतिपय अवस्थामा पुस्तक पढ्ने निर्णयमा पुग्न अरुका पुस्तक प्रतिको टिप्पणीले काम गरेको छ । पढ्छु भनि ल्याएका र नपढेका पुस्तकहरु पनि सोको चर्चा चल्दा पल्टाएको छु । त्यसैले पुस्तक चर्चा गरिरहन मन लाग्छ । फेरी लेखनमा रुचि भएकाले यो एक लेखनको अभ्यास जस्तो पनि हुन्छ ।  आमीर खानको सत्यमेव जयतेमा मर्दपन कसरी पुरुषका लागी हानिकारक हुन्छ भन्ने कार्यक्रममा कमला भासिनले भनेका कुराहरु आज पर्यन्त पनि मनमा घुसेका छन् । धेरै पटक हेरेको सो कार्यक्रमले मलाई महिलावादी साहित्य तिर आकर्षित गर्नुका साथ साथै धेरै अन्य कुराहरु प्रति पनि संवेदनशील बनाएको थियो । विवेक ओझाको ऐलानी, सरस्वती प्रतीक्षाको नथिया, भर्जि...

‘घटना भएकै छैन ! षडयन्त्र हो !! फसाइएको हो !!!

Image
अहिलेका छापाहरु संसद र सभामुख थुनामा परेका समाचार र उनीहरुको मुद्दामा भएको प्रगतिका समाचारले भरिएका छन् । सत्तापक्षीले यसलाई सरकारले ‘कसैलाई पनि नछोड्ने’ अभियानको हिस्सा मानेको छ । प्रतिपक्षका सभापतिले आलम नसमातिँदा सम्म केहि भनेका थिएनन् । तर आलम समातिएपछि उनले त्यसलाई ‘१२ वर्ष पुरानो मुद्दामा कारवाही गर्न पाइन्छ ?’ भनेर आक्रोश पोखे । सँगैका अर्का नेता सिटौलाले उनका राजनीतिक गुरु गिरिजाप्रसादको ‘ग्राण्ड डिजाइन’ शब्दद्वारा आलमको गिरफ्तारीको व्याख्या गरेका छन् । यो लेख्दै गर्दा प्रतिपक्षका सभापतिको लिखित खण्डन आइसक्यो । प्रतिपक्ष पनि ‘निश्पक्ष छानविन’लाई सघाउने भइसक्यो । त्यसो त गगन थापा र विश्वप्रकाश शर्माले ‘निश्पक्ष छानविन’को पक्षमा आफू रहेको भनेर यस अघि पनि भनेका थिए । तर गगन थापा र विश्वप्रकाश भन्दा देउवा र सिटौलाहरुको अभिव्यक्तिले बढि अर्थ राख्छ कारण यी दुवै देशका गरिमामय पदमा बसी सकेका व्यक्तिहरु हुन् । अझ सिटौला त आलम प्रकरणका क्रममा गृहमन्त्री समेत थिए र आलम बचाउने ठाडो आदेश दिएको भन्ने उनीमाथि आरोप पनि छ । यसरी महरा, गुरुङ्ग र आलम प्रकरणले हालको राजनीतिक परिदृश्यमा ठूलै तरंग...