के “चक्रव्युहमा चन्द्रसूर्य” साँच्चै छ ? : किताबको कथा
कान्तिपुर पब्लिकेसनका पत्रकार सरोजराज अधिकारीको यो पुस्तकमा सोहि प्रकाशनकै अर्का पत्रकारले लेखेको “प्रयोगशाला” कै स्वाद पाइन्छ । तर प्रयोगशालाले अलि लामो कालखण्डलाई समेटेको थियो र सन्दर्भ सामग्री पनि तुलनात्मक रुपमा धेरै थिए । यसमा विशेषगरी भारतीय संलग्नतामा नेपालमा भएका हत्या वा त्यसकाे प्रयासहरूकाे बारेमा लेखिएकाे छ ।
पुस्तकको सार भनेकै पुस्तकको नाम हो । भारतले पाकिस्तानी जासुसी संस्था आइएसआइको सहयोगी या दाउदको मान्छे भनेर “हत्या गरेको वा गराएको” मन्त्री सम्म बनेका मिर्जा देखि अर्का मन्त्रीका छोरा अन्सारी (जो अहिले जेलमा छन्)काे हत्याकाे प्रयास सम्मका प्रसंग पुस्तकमा छन् । त्यसैगरि तिब्बत मामिला, कटुवाल प्रकरण, वाहिरी हस्तक्षपका कुराहरु पनि अटेका छन् । सारमा नेपालमा हुने सबैकुरा भारतीय दबाबमा हुन्छन् भन्ने जस्तो सन्देश छ जो आम “स्वाभिमानी नेपाली” लाई मनाउन खासै बल गर्नु पर्दैन । भारत विरोध देशभक्तिको मानक पनि त हो। चिन तुलनात्मक रुपमा राम्रो भन्ने सामान्य बुझाइ छ ।
पुस्तकको सार अलि पुर्वाग्रही लाग्छ । विशेष गरि साहित्य महाेत्सवमा सुधीर शर्मासँग गगन थापाले गरेकाे कुराकानी देखि यस किसिमकाे पूर्वाग्रह देख्ने भएकाे हुँ । भारतको संलग्नतामा मारिएका मध्ये अधिकांशको आपराधिक पृष्ठभूमि किताबमै समावेश छ । नेपालले “असहयोग” गरेको पनि छ । तर प्रश्न खाली भारतले चलखेल मात्रै किन गऱ्यो? भन्ने छ । भारतलाई सहयोग गर्न र प्रमाणितअपराधीलाई मन्त्री कसले र किन बनायो भन्ने प्रश्न छैन । भारतले सबै गर्ने भए मन्त्री हुँदासम्म के हेरेर बसेको रहेछ ? यस्ता सवालअनुत्तरित छन् । कटुवाल प्रकरणमा भारतको हस्तक्षप नभए सेनामा माओवादीको हालि मुहाली हुने पक्का थियो । सेना सहितको दलले के गर्न सक्थ्यो भन्ने त सेना रहितकै दलले बलियो जनमत पाउने बित्तिकै के गरेको छ भन्ने बाटै थाहा हुन्छ । नक्सलवाद र माओवादबाट पीडित भारत नेपालमा तिनै कुरा बलियो हुन किन दिन्थ्यो । तर त्यो भारतको मात्रै हैन स्वतन्त्रता मन पराउने र लोकतन्त्र चाहने सबैकोईक्षा हो ।
“भारत विरोधी कदम नचाल्ने” भन्ने बाचापछि माओवादीलाई भारतीय सहयोग मिलेको भन्ने प्रसंग पनि छ । अनि भारत विरोध गर्नैलाई भारतले किन सहयोग गरोस् । भारत विरोध भनेकै नेपाल हित हो भन्ने भ्रम भएकाले मात्रै यस्तो सोच्छन् । हाम्रो देशले आफ्ना स्वार्थ जोगाउन सकेन भन्दैमा भारतले पनि त्यसै गर्नु भन्ने के छ र ? बरु भारतको स्वार्थमा बाधा नपारी नेपाली स्वार्थ जोगाउने बाटो पो उत्तम हुन्थ्यो कि ?
“लेण्डुपको खोजी” भन्ने अध्यायमा सिक्किम बिलय भए पनि भुटान विलय नहुनुमा भुटानले संयुक्त राष्ट्र संघको सदस्यता लिनुभनिएको छ । अनि त्यसै गरि सकेको नेपाल कसरी सिक्किमीकरणको खतरामा हुन्छ ? भारतले सिक्किम निल्यो भन्न सक्नेले चिनले तिब्बत निलेको, सगरमाथाको चुचुरो खोसेको, ताइवान र हंकङमा आँखा गाडेको लेख्न सकेको देखिएन । बाबुरामले गिरिजा र ज्ञानेन्द्रलाई लेण्डुप भनेबाट सुरु गरेर बाबुरामलाई लेण्डुप बनाएर छोडिएको छ । उनको अपराध भारतीय ईक्षा अनुरुप जनसेना विघटन र १९ हजार मध्ये १ हजार चानचुन मात्रै नेपाली सेनामा पुऱ्याउनु हाे । जबकि त्यहि कदमले नेपालमा लोकतन्त्र जोगाएको पनि हो । नत्र माओवादीको बोलबाला भएको सेना सहितको अहिलेको दुई तिहाईको अवस्था कल्पनै गर्न पनि गाह्रो छ । माओवादीलाई जंगल छोडेर राजनीतिक मुलधारमा ल्याउने भनेकै बाबुरामको मत हो । नत्र प्रचण्ड आफ्ना स्वार्थको लागि कहाँसम्म झर्न सक्छन् भन्ने छोरी-बुहारीको पद जोगाउनउनले गरेको कसरत हेरौं ।
“एक मधेस एक प्रदेश” सुरक्षा चाँसोका कारण भारतले समर्थन गरेको मुद्दा भनिएको छ । अनि नेपालले भारलाई असुरक्षित महसुस हुने काम नै किन गर्नु पर्यो ? माफियालाई मन्त्री बनाएर कुन नेपालीलाई फाइदा भएको छ ? भारतीय हतियार र अनुदानका हेलिकप्टर उडाउने सेनाले आणविक शक्तिसम्पन्न राष्ट्र भारतलाई चुनौती देला भन्ने दिवा स्वप्न देख्नु जायज हो र ! त्यति बुझेर भारतलाई साथी बनाउँन किनअप्ठ्यारो मानेको ? बलियासँग मुढेबल लाउनु भन्दा कुटनीतिक तवरले मित्रता गाँसे देशलाई त्यसै फाइदा छ ।
नेपालमा बाहिरी सहयोग लिनै हुन्न भन्ने “कम्सुनिष्ट” धारणा यदाकदा हावी हुने गरेको छ । पृनाले एकिकरण गर्न वनारसको हतियार र कालिगढ ल्याएका थिए । उनका छोरा बहादुर शाहले पृनाकै नाती रणबहादुरले नज़रबंद गरेका बेला चिनीया शासकलाई लेखेको पत्र रणबहादुरलाई नै चिनिया पक्षले बुझाउँदा बहादुर शाहलाई रणबहादुरले पोडे लगाएर कटाएका थिए । जंगेले अंग्रेज रिझाएर ४ जिल्लाल्याएको कथा र चन्द्रसम्शेरले विश्वयुद्धमा नेपालीको बलि दिएर गरेको चाकरी इतिहासका किताबमा भेटिन्छन् । त्रिभुवन भारत पसेरै राणा फाले । महेन्द्रले सगरमाथा चिनलाई बुझाएर कोदारी राजमार्ग ल्याए । बिरोन्द्रले खम्पा विद्रोहमा तिब्बती मारेर चिनीया रिझाए ।अहिलेका शासक फरक कसरी होउन् ? नेपालको अहित नहुने गरि जसको सहयोग लिए पनि किन आपत्ती ?
एउटा प्रसंगमा दुताबासले सबै नेताको फोन टेप गरेको कुरा छ । जर्मनीकी चान्सलर मेर्केलको पनि फोन रेकर्ड
गरिने कुरा ओबामाकै पालामा बाहिर आएको हो । महराको ५० करोड मागेको टेलिफोन कलको अडियो बाहिर ल्याएकोमा भारतीय दुताबास प्रति जति तिक्तता पोखियो सांसद किनबेचको आरोप लागेका महराप्रति त्यस्तो तिक्तता पढ्न पाइएन । न नै सो छानबिन गरेर दोषी माथि कारवाही गर्न नसक्ने नेपाली प्रशासन प्रति कुनै रोष देखियो । अनि “भ्रष्टाचारी” लाई सोझै गोली ठोक्ने चिनियाँ शासकले सो व्यापारीलाई किन कारवाहि गरेनन वा किन सो घटनामा छानविन गरेन भन्ने सोधिएन ।
साहित्य महोत्सवमा गगन थापाले प्रयोगशालाको अंग्रेजी संस्करणमा गरेको टिप्पणी र सोको सुधीर शर्माले प्रतिवाद गर्न नसकेकोकुरावाट अनभिज्ञ भएको भए यो आलोचनात्मक चेत आउने थिएन । मलाई लाग्छ आरोपितको कुरा नराखी एकलौटि आरोबाजी पुस्तकमा गर्नु गलत हो । कुराकानी आधिकारिक श्रोत हैनन् । कमसेकम प्रकाशित समाचारको शीर्षक सहित सन्दर्भ खुलाएको राम्रो ।
विगतका विस्मृतीमा हराउन लागेका राजनीतिक घटना पुनः विचरण गर्नका लागि पुस्तक राम्रो छ । अनि छलफल र विचार विमर्श चलाउनपनि यो पुस्तक महत्वपुर्ण छ । तर लेखेका सबै कुरा “हो न हो यहि सत्य हो” भनेर लिइयो भने गलत हुन्छ ।

Comments
Post a Comment