कथा लाग्ने यथार्थहरुको संकलन: यज्ञशको भुइयाॅ
यो पुस्तकका बारेमा धेरै पहिले गज्जब प्रतिक्रिया लेख्ने भनेर डाॅडाकाडाॅ पुगेर फोटो समेत खिचेको थिएं । तर योजनाहरु व्यवहारमानउतार्दा जति सुकै राम्रा भए पनि अर्थ नहुने रहेछ । त्यसैले आज जस्तो सकिन्छ त्यस्तै लेख्ने केसिस गर्दैछु ।
भुइयाॅ नाम सुने देखि नै खुब पढ्न मन लागेको थियो । भुइंयाॅका लेखक यज्ञशका बारेमा नगरकोटीका किताबमा खुब पढिएको पनिथियो । अध्ययनशील नगरकोटीले चर्चा गर्ने व्यक्तिको लेखनप्रति लोभिनु अचम्म लाग्ने कुरा त हुॅदै होइन । त्यसमाथि यो पुस्तक प्रतिकासकारात्मक प्रतिक्रियाले पनि यो पुस्तक पढ्न बारम्बार घच्घच्याएको थियो ।
भुइयाॅ भूमिहीनहरुको कथा जस्तै लाग्ने व्यथाहरुको संग्रह हो । यथार्थ भएकाले मनमा पर्ने आघात र त्यहि समाजको हुॅदाहुॅदै उनीहरुकोअवस्था प्रति केहि गर्न नसकेको हीनताबोध किताब पढिरहॅदा भयो । दलित, मुस्लिम र थारु लगायतका समुदायमा समान रहेकोभूमिहीनताको समस्याका प्रसंग किताबमा प्रशस्त छ । उत्पादनको साधन र परिचयको आधार रहेको भूमी नहुॅदाको जीवन यो किताबमापढ्न पाइन्छ । उनीहरुको अवस्था माथिको राजनीति र आश्वासनका क्रुर खेलहरु यो किताबमा पढ्न पाइन्छ । गैह्र आख्यान भएर पनिआख्यान जस्तै लाग्ने भुइयाॅ एउटा आंखा खोल्ने पुस्तक हो ।
सुकुम्बासी भनेर समाजले अपहेलना गर्ने र बेलाबेला लखेटिनेहरुको बारेमा जान्ने राम्रो पुस्तक भुइयाॅ हो । २०५८ सालको कमैया मुक्तिलगत्तै देखि धनगढी सहरको मुटुमै कमैया तथा सुकुम्बासी बस्ती बसेको थियो । लाखौं पर्ने जमिनमा बनेका टहराहरुमा बस्नेहरुप्रतिसकारात्मक धारणा खासै थिएन । छिमेकमै पनि एक गौतम थरीका सुकुम्बासीका नेताको घर थियो । यो पुस्तक पढ्दा भने एककिसिमको ग्लानी बोधले चेपेको थियो ।
भनिन्छ नि हाम्रो डर र घृणा अज्ञानताबाट प्रेरित हुन्छ । यो पुस्तकले सुकुम्बासी प्रतिको त्यहि डर र घृणाबाट मुक्त हुने ज्ञान दिन्छ ।सुकुमबासीको आवरणमा लुटि खानेहरु देशमा नभएका हैनन् । एकले त बालुवाटारकै घडेरी समेत हात पारेका थिए तर त्यस्ताका कारणवास्तविक सुकुम्बासीका समस्याहरु ओझेलमा पर्ने गरेका छन् ।
भूमीको विषयमा तानातान भइ रहेकाबेला यी भूमीहीनहरुको बारेमा पठन सायद फाइदाजनक हुन सक्छ । किताबमा चित्त नबुझेकोत्यस्तो केहि थिएन । सायद विधाका बारेमा प्रष्ट हुनु राम्रो हुन्थ्यो । किताबको पहिलो अध्याय सक्दा सम्म कथा सोचेर पढेको थिएं ।त्यस्तै एउटा अर्को कुरा पनि खसखस भएको थियो: नेपालमा भूमीलाई किन यति जोड दिइन्छ ?
जर्मनीमा घर हुनेहरु सन् २०१८ मा ५३ प्रतिसत आसपास थिए भने अमेरिकामा सन् २०१९ मा ६५.१ सॅग आफ्नै घर थियो । नेपालमा२०११ मा घर हुनेहरु ८५ प्रतिसत भन्दा बढि थिए । उत्पादनशील समय, उर्जा र श्रोत जमिन जोड्न र घर बनाउन खर्चनुले पूॅजीकोबैकल्पिक प्रयोगमा अवरोध गरिरहेको त छैन ? सरकारले वहालमा बस्नेहरुका लागि सहुलियत वा आवासको वैकल्पिक प्रत्याभूतिगराउॅदा सायद यसमा केहि फरक पर्ने थियो कि ? जस्तो जर्मनीमा वहालवालालाई त्यत्तिकै निकाल्न पाइॅदैन । छुट्टिएको प्रेमीलेप्रेमिकालाई ३ महिना सम्म फेरि घरमा बस्न दिएको अवस्थामा उसलाई त्यसपछि सहजै निकाल्न पाउॅदैन । यसरी वाहालवालाको हकमाबनेका कानुनले घर बनाउनै पर्ने वा किन्नै पर्ने आवश्यकता धेरैले देख्दैनन् । यस्ता सुधार नेपालमा पनि ल्याउन सकिन्थ्यो कि ?
चार महिना अघि किताबका थुप्रै फोटोहरु मोबाइलमा थिए । उबेला महान प्रतिक्रिया लेख्ने लोभमा ती फोटो त्यसै राखें । त्यस्तै २ महिनाअघि हराएको फोनसॅगै भुइयाॅका सबै तस्विर हराए । धन्न इन्स्टाग्राममा एउटा पोष्ट गरेको रहेछु । अहिलेलाई त्यहि तस्वीर यहाॅ राखें ।

Comments
Post a Comment