Posts

किताबकाे कथाः नयनराज पाण्डेकाे उलार

Image
Ular by Nayan Raj Pandey My rating: 3 of 5 stars म उलार (थारुहरुले उल्लार भन्छन्) शब्दसँग सानै देखि परिचित थिएँ । सानामा विद्यालयबाट फर्कने क्रममा कहिलेकाहिँ बाटामा लडिया (बयलगाडा) भेटिन्थे । हामी लडिया चढ्ने रहरले त्यसका पछिल्तिर झुण्डिन्थ्यौँ । लडिया खाली भएको बेला र चालक असल परेको बेला मात्र बस्न पाउँथ्यौँ । अनि भरिएको बेलामा या धेरैजाना चढ्न खोज्दा ‘उल्लार हुइहे’(उल्लार हुन्छ) भनेर लडिया चालकले हप्काउँथ्यो । लडियाको पछिल्तिर बढि भार हुँदा अघिल्तिरको भाग उचालिन्थ्यो र त्यस्तै परे गोरुहरु झुण्डिन पुग्थे । अनाहकमा गोरुकालागी बोझ बढाउन चालक चाहन्नथे । त्यसैले उलार जाने भएपनि नजाने भएपनि कतिपयले ‘उल्लार हुइहे’ भनेर धपाउँथे । लडिया चालकको हातमा एउटा चाबुक हुन्थ्यो । सिमेन्टका कट्टा(बोरा) च्यातेर बनाएको डोरीलाई एकछेउ लट्ठीमा बाँधी अर्को छेउमा गाँठो पारिएको हुन्थ्यो । कहिले काहिँ भनेको नमान्दा तर्साउनको लागी लडिया चालकले पहियामा हिर्काउँथे । ‘स्वाँट्ट ...’, आवाज मात्रैले पनि सातो लिन्थ्यो । गोरु या राँगालाई हानेको दृष्यको सम्झना र आवाज मिसिँदा मन एकदम आतंकित हुन्थ्यो । कहिले भने गोर...

नखुलेको आकाश खुलेर आयोः कञ्चन रेग्मी प्रकरणका भित्री कुरा

Image
‘नखुलेको आकाश खुलेर आयो ऊ सायद यो बाटो भुलेर आयो झ¥यो त के भो जाही र जुही त्यो पलास मनमा फुलेर आयो’ बिबिसीमा लामो समय काम गरेका सुमन खरेलको कान्तिपुर टेलिभिजनबाट प्रसारित हुने कार्यक्रम ‘सुमन सँग’मा कञ्चन रेग्मीले यी पंक्तिहरु सुनाउँदा एकदमै भावुक बनेको थिएँ ।  उनले पति र छोरा इन्जीनीयर हुँदाहुँदै पनि आफूलाई हेलाँ गरेको र सात वर्ष सम्म पिडामा बाँचेको, चिताको आगो तापेर हिँउद काटेको, आदि कुरा भनिरहँदा मान्छेहरु सन्तान पाउनाको सास्ती अनि हुर्काउनका लागी गरिने अनेक दुःख कष्ट किन गर्छन होला जस्तै लाग्यो । त्यसको साटो वृद्धावस्थाको व्यवस्थापनका लागी केहि जोरजाम गरे जीवन कति सहज हुन्थ्यो होला भन्ने पनि लाग्यो । आँखिर न पति न छोरा, कोही त आफ्नो हुँदो रहेनछ । कञ्चन रेग्मीलाई फोहरको थुप्रोबाट उद्धार गरेर पवित्र सेवा समाजमा लगी आश्रय दिइरहेकी भनिएकी दिक्षा चापागाईंको नाम धेरै सुनेको अनि एक पटक प्रत्यक्ष भेट भएकी व्यक्ति थिइन् । लाजिम्पाट स्थित सनराइज बोर्डिङ्ग स्कुलमा पढाउने क्रममा त्यहाँकी पूर्व प्रधानाध्यापिका सुजला कार्कीको स्मृतिमा आयोजना गरिने कार्यक्रममा उनको वालाश्रममा भएका वाल...

‘लम्पसारवादको सय दिन’

Image
ओली सरकार राजनीतिक निकासको बाधक भएको भन्ने आरोप लगाएर आफै सहभागी भएको सरकारको विपक्षमा माओवादीले कांग्रेसको साथ लिएर अविश्वासको प्रस्ताव पेश गरी आफू सत्तासीन भएको कुरा सबैलाई थाहै छ । विशेष गरी मधेसीहरु प्रतिको खरो बोली र बेलाबेला विवादमा आउने ओलीका अभिव्यक्तिहरुले ओली र मधेसीहरु बीच एक किसिमको दुरी श्रृजना भएको थियो । त्यसै दुरीका कारणले पनि ओली अन्तमा एक्लीए र प्रचण्डलाई प्रधानमन्त्री हुने बाटो खुल्यो । अघिल्लो प्रधानमन्तृत्वकालमा अनुभवका अभावमा आफूबाट भएका गल्तीहरु यसपटक नदोहो¥याउने र सरकारको निश्चित आयुलाई मध्यनजर गर्दै काम गरेर देखाउने प्रचण्डको अघिव्यक्तिले खासै सहानुभुति पाउन नसकेपनि उनकै परीक्षाको मापदण्ड भने खडा गरेको थियो । प्रचण्ड नेतृत्वको सरकारले सय दिन पुरा गरेपनि उनको सरकारको प्रमुख दायित्वको रुपमा रहेको भू–कम्पपिडितलाई राहत वितरण, संविधान संसोधन, स्थानीय निकायको निर्वाचन, लगायतका विषयमा खासै ठोस उपलब्द्धि हात लाग्न सकेको छैन । बरु त्यसको बदलामा सय दिन पुगेकै दिन सामाजिक सञ्जाल प्रयोग कर्ताले ‘लम्पसारवादको सय दिन’ भनेर सामाजिक सञ्जालमा लेख्न भ्याएका छन् ।  प्रच...

सकस– जगदीश घिमिरे

Image
सकस  by  Jagadish Ghimire My rating:  3 of 5 stars "मैले पन्ध्र सय वर्षअघिका राजपाठ त्यागेर जोगी भएका कवि राजा भार्तृहरिको त्यो श्लोक सम्झें, जसमा उनी भन्छन्– राजनीति र वेश्या उस्तै बहुरुपी हुन्छन् ।" मलाई जगदीश घिमिरेको अन्तर्मनको यात्रा पढेदेखि उनको लेखनीमा विशेष रुची बढेको हो । व्राह्मण परिवारमा जन्मेकाले सानै देखि संस्कृत प्रति केहि लगाव थियो । जमाना अनुसार अंग्रेजीमा शिक्षा हाँसिल गरिए पनि अनिवार्य संस्कृतका कक्षामा र घरमा भएका धार्मिक ग्रन्धमा भएका एकआध संस्कृतका श्लोकहरु कण्ठ गरेर कुराकानीका क्रममा सन्दर्भवस उल्लेख गर्न पाउँदा साह्रै गौरवान्वित हुने गर्दथे । ‘संस्कृतको युग सकियो अंगे्रजी सिक्नुपर्छ’ भन्ने पिताको संस्कृत शिक्षा प्रतिको उदाशीनता र एकखाले बन्देजका कारण पनि संस्कृत पढुँ पढुँ लाग्थ्यो । त्यति हुँदा हुँदै पनि न त मैले संस्कृत पढ्नका लागी कुनै ठूलो कदम चाल्न सकेँ न त मनको हुटहुटी नै केहि गरि मार्न सकेँ । उपन्यासहरुमा छिटपुट प्रयोग भएका संस्कृत शब्द र श्लोकहरु कण्ठ गर्न पाउँदा वा तिनको अर्थ जान्न पाउँदा आफ्नो जुनीले सार्थकता पाएको महशुस हुन्थ्यो । त्यस्...

तिहार र सेलरोटी

Image
चार तिहार सेलरोटी नखाएरै बिते । पहिलो तिहार त विदेश पसेको खुशीमा खासै याद गरिएन । त्यसपछिका तिहार भन्दा ह्यालोवीनको मातले नै भुलायो । गएका दुईवर्षमा मनाउन पाए हुन्थ्यो भन्ने लाग्दालाग्दै साथीभाइसँगको फुर्सत र कति आफ्नै अस्तव्यस्त जीवनशैलीले मनाउन पाइएन । घरहुँदा लक्ष्मीपुजाका दिन घरको धुरी चढेर बत्ती बालिन्थ्यो । साथीभाइसँग हुलबाँधेर कैले देउसी भैली खेल्न गइएला हुन्थ्यो । सके पटाका नसके घरको सलाईं चोरेर साइकलको छुच्ची भरेर किलाठोकेर पनि पड्काइन्थ्यो । अबेर घर पुग्दा पनि गाली नखाइने वर्षका ती दुई चार दिन नै त हुन् । भाइटिकामा बाबासँग पैसा मागेर भएपनि दिदी बहिनीलाई दक्षीणा दिइन्थ्यो । यस्तै यस्तै गरी दोश्रो ठूलो चाड पनि वित्थ्यो । तिहारसँग अनिगिन्ती यादहरु गाँसिएका छन् । घरहुँदा चाडपर्वको पनि उति ख्याल गरिन्नथ्यो । जतिजति पर पुगिँदै गयो तब घरबस्दाका हरेक कुरा विशेष लाग्न थाले । चाडपर्व त झन् बढि महत्वपूर्ण लाग्न थाले । मान्छेसँग जे छैन त्यसैको सुर्ता लाग्ने न हो । उतीबेला घर थियो, परिवार थियो तर विदेश, एक्लो जीवन, पिजा र बर्गरको रहर हुन्थ्यो । अब एक्लीएका बेलामा घर र परिवार बढि सम्झना...

लोकमानकाण्ड र तीन फरक विश्लेषण

Image
‘लोकमानलाई त सिध्याउने भए ।’ मैले भनेँ । ‘लोकमान ओशो तपोवन पनि आउँथे । ’ दिदीले थपिन् । ‘भनेपछि ओशो सन्यासी भएरपनि भ्रष्टाचार गरिरहेका रहेछन् ।’ मैले हाँसो गरेँ । ‘चुप्लाग् ! अब केहि राम्रो काम गर्छु भन्थे । देशको लागी केहि गर्ने मन छ भन्थे ।’ दिदीले स्पष्टीकरण दिइन् । अहिले नेपाली संचार जगतमा दुई समाचारले प्राथमिकता पाएका छन्ः सेनाको हातमा राष्ट्रपतिका छोरीहरुको चप्पल र लोकमान विरुद्धको महाभियोग प्रस्तावप्रतिको दलहरुको प्रतिकृया । लोकमान अलि अघि देखि नै समाचार माध्यममा छाएका हुन भने राष्ट्रपति भवनको चप्पल ओसार्ने सेनाका जवानहरु भरखरै सतहमा आएका हुन् । चप्पल ओसार्ने कामको सामाजिक सञ्जालमा विरोधका अलावा अन्य कुनै सुनुवाइ होला जस्तो लाग्दैन । किनभने यस अघि पनि प्रचण्डले बुइ चढेको, वर्षमान पुनले जुता लगाइ मागेको, राजेन्द्र महतोले गोडा धुन लगाएको, लोकमानले समेत गोडा जुत्ता लाउन लाएको, लगायतका तस्वीरहरुको सामाजिक सञ्जालमा निकै नै आलोचना भएका हुन । त्यसले यस्ता घटनाहरु सतहमा आउनबाट रोकेको छैन । त्यसैले यो लेखकको मुल कुद्दा लोकमान प्रकरणलाई नै बनाआँै होला । लोकमान कार्कीलाई किर्ते हस्ता...

लोकमान विरुद्धको महाअभियोग र किर्ते हस्ताक्षर

Image
गत बुधबार साँझ लोकमान स्वदेश फर्कनु र उनी विरुद्धको महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएर उनी निलम्बनमा पर्नुले संचारमाध्यममा एकाएक तहल्का मच्चायो । अबेर रातसम्म बसेर भएपनि लोकमानको निलम्बनको पक्कापक्की गरेरै सांसदहरुले विदा लिए । लोकमान विरुद्धको लामो लडाइको यस्तो अप्रत्यासित अन्त्य धेरैको कल्पना बाहिरको कुरा थियो । कारण यो महाअभियोगको माग राखेर डा. केसीले धेरै अघि पनि अनसन बसिसकेका थिए र दशैं अघि पनि उनले सोही माग राखेर अनसन बसेको कुराबाट सायदै कोहि अनभिग होला । त्यस भन्दा अघि पनि संसदीय सुनुवाइ समितीले लोकमानलाई हाजिर हुने आदेश दिँदा पनि अनेक बहानामा उनले त्यसको अवज्ञा गरि रहे । त्यस बीचमा सरकार परिवर्तन भयो र लोकमानलाई कारवाहीको माग गर्ने गगन थापा नै स्वास्थ्य मन्त्री बन्न पुगे । जवाफ माग्ने नै जवाफदेही हुनुपर्ने ठाउँमा पुग्दा पहिलेको लोकमानलाई कारवाहीको प्रकृया एकाएक बिलाएको थियो । सबै नेपाली दशैंको रमझममा भुल्नै लाग्दा अनसनरत डा. केसीको लोकमानलाई महाभियोग लगाइयोस भन्ने मागलाई समर्थन गर्दै विवेकशील नेपाली दलले ‘लोकमानतन्त्र’को विरोधमा प्रचण्ड, ओली र देउवा लगायतको घरघरमा गएर...