Posts

दिवंगत सपनाहरुः ओलीको बहिर्गमन

Image
के होला कसो होला भनेर अनेकौँ अड्कलबाजी गर्दै गर्दा ओली सरकार पनि अन्ततोगत्वा ढलेको छ । ९ महिने सासन अवधिमा केही अपजस र धेरै वाहवाही बटुलेको ओली सरकार अन्ततः प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ढल्मलाउन थालेको हो । विगतमा शुशील कोइराला सरकारसँग प्रधानमन्त्रीत्वमा पालो पैँचो गर्ने गरेर भएको भनिएको ‘भद्र’ सहमतीको कार्यान्वयन हुन नसकेपछि नेकपा एमाले, तात्कालीन एमाओवादी, कमल थापा नेतृत्वको राप्रपा, लगायतका अन्य थुप्रै साना दलहरुलाई काँधमा बोकी ओली सरकार गठन हुन गएको थियो । यो गठबन्धन देशको लागी एकदमै महँगो सावित भयो । जति धेरै दलहरु सरकारमा सामेल हुन्छन् त्यति नै धेरै पदलोलुपहरुको झुण्ड बढ्छ । ती सबै आकांक्षीहरुको मन राख्न अनेकौँ लज्जस्प्द खेलहरु सुरु हुन्छन् । त्यसै अनुरुपका खेलहरु यो सरकार चलाउनका निम्ती पनि भए । सरकार चलाउनकै निम्ती छ–छ जना उपप्रधानमन्त्री यसै सरकारमा देखिए । त्यसका साथसाथै मन्त्रीपद पु¥याउनकै लागी मन्त्रालय टुक्रयाउने कामहरु पनि भए । कहिल्यै कार्यकारी पदमा नपुगेका चित्रबहादुर केसी पनि यो सरकारमा अटाए । राप्रपाले पनि ठूलो भाग पायो । यी सबै अवगुणहर...

‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’: पाठक अनुभुती

Image
शंकर लामिछानेको ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ पढि भ्याएँ । पारिजात पढ्दा नै उनको किताबमा लेखिएको भूमिकाबाट लामिछानेको रचना पढ्ने मन लागेको थियो । पछि उनको यहि पुस्तकको चर्चा बेलाबेला सुनियो । बुकाहोलिकको चकटी बहसमा पनि नगरकोटीले आफ्ना रचनाहरुमा व्यापक प्रयोग गर्ने गरेको अंग्रेजी पदावलीहरुको बचावमा पनि शंकर लामिछानेलाई अघि सारिएको थियो । ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ उनले वाङ्गदेलको एब्स्ट्रयाक्ट लेखनको अनुरोध पश्चात रचना गरेको निबन्ध हो । यसैको शीर्षकले पुस्तकको शीर्षकको पनि काम गरेको छ । लामीछानेले मान्छेलाई र आफू स्वयंलाई प्याजसँग तुलना गरेका छन्ः पत्रपत्रमा दुर्गन्ध लुकाइ बस्ने प्याज । साहित्य रचनाको औचित्य आफै प्रश्न गर्छन अनि आफै उत्तर दिन्छन्ः  ‘मलाई मन पर्ने कुरा मात्र, त्यस्ता कुरा जो म ठान्दछु अरु पनि मन पराउलान, र त्यस मन–पराइको माध्यमबाट मलाई रुचाउलान् र मेरो नाम लिनेछन्, भन्नेछन् वाह, लेख्छ, शंकर नयाँ चीज दिन्छ .... यही हो साहित्य ! ... यही छलकपट, धोका, एक सेलेक्शनको रुप हो, साहित्य !’ लेखनमा सत्यताको सन्दर्भमा फेरी बम्किन्छन्ः ‘कवि, तिमीले अनुभव गरेको भावना हो .....

हिजो आजका कुराः बजेट, मधेस, समान नागरिकता

Image
गएका हप्ताहरुमा देशमा निकै महत्वपूर्ण घटनाहरु घटे । सरकार परिवर्तनको १२ घण्टे दौड, बजेट प्रस्तुती, लगायतका घटनाहरु सम्बन्धी पोष्टहरुले फेसबुकका पानाहरु भरिभराउ रहे । बजेटको समर्थन र विरोधमा व्यक्त अनेक विचारले पनि सोझा साझालाई अलमलमा पारि रह्यो । सबैले आ–आफ्नो पूर्वाग्रहमा आधारित रहेर बजेटको विवेचना गरि रहेका थिए । कसैले ट्रेड यूनियनको चूनावलाई प्रभाव पार्न ल्याइएको बजेट भने त कसैले सस्तो लोकप्रियताका लागी ल्याइएको महत्वाकांक्षी बजेट । केहीले यो बजेट धेरै पछि समयमा असार अगावै आएको बजेट भएकाले कार्यान्वयनका लागी यथेष्ट समय भएको भनी भनेर केहि आशा थप्ने काम गरे । व्यक्तिगत रुपमा भन्नु पर्दा मलाई यो बजेटले समेटेको जीवनविमा, विद्यार्थीलाई ऋणको व्यवस्थ यति मन पर्यो कि यसको कार्यान्वयनको चिन्ता बाहेक अरु कुराले त्यति छोएन । हामीले महत्वाकांक्षा विहिन भएर बसेको र गास, बास अनि कपास भन्दा माथि नसोचेको धेरै भयो । यसपटक रेल, जहाज, पाइपमा ग्यास, हावाबाट बिजुली, लोडसेडिङ्ग मुक्ती, आदि कुराहरु एकै पटक आए । यो सब भोकाएको मान्छेले सित्तैमा खान पाउँदा पेटमा अटाउने भन्दा बढि खाएको जस्तै भयो । अ...

देख्न मन लाग्छ तिम्लार्इ (गजल)

 देख्न मन लाग्छ तिम्लार्इ छुन मन लाग्छ तिम्राे काँधमा शीर राखी रून मन लाग्छ छुँदा दाग लाग्ला जस्तै साह्रै गाेरी माेरी पातला ती सुन्तले अाेठ चुम्न मन लाग्छ बाेली बचन साह्रै मिठाे बानी त अलि त्यस्तै हाे तिम्रा सामु न फुल न जुन मन लाग्छ साेध्छन् मलार्इ जिन्दगीमा अाेइ के बन्छस् भनी मलार्इ त सँधै तिम्राे हुन मन लाग्छ ।।

कांग्रेस महादिवेसनः आशा र निराशा

Image
नेपाली कांग्रेसको महाधिवेशनले दोश्रो पटकको निर्वाचन बाट अत्यधिक बहुमतले शेरबहादुर देउवालाई पार्टि सभापतिमा निर्वाचित गरेपछि देशको सबै भन्दा ठूलो राजनीतिक दलको नेतृत्व कसले गर्ने भन्ने कुराको टुङ्गो लागेको छ । पार्टी नेतृत्वका अर्का दावेदार रामचन्द्र पौडेललाई हराउँदै उनले सभापतिको कुर्सी हात पारेका हुन् । ज्योतिसलाई साइँत देखाएर मनोनयन दर्ता गरेका शेरबहादुर देउवाले कांग्रेसमा लागेको ५२ वर्ष पछि मात्रै पार्टिको सर्बोच्च पद प्राप्त गर्न सफल भएका छन् । पार्टी नेतृत्वकै बखेडामा पार्टी विभाजन सम्मको इतिहास बोकेको नेपाली कांग्रेसमा यो परिवर्तनले २० वर्ष पछि कोइराला परिवारको एकछत्र शासनलाई भंग गरेर सुदूरको छोरोको हातमा नेतृत्व सुम्पेको छ । विं.सं. २०२० सालमा कांग्रेसमा लागेका देउवाले विद्यार्थी राजनीतिबाट आफ्नो राजनैतिक जीवनको थालनी गरेका थिए । राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका देउबा तीन पटक देशको कार्यकारी पदमा पुगिसकेका भएपनि कोइराला परिवारको एकछत्र राजलाई शुशील कोइरालाको देहावशान पछि मात्रै तोड्न सफल भए । त्यसमा पनि कोइराला परिवारबाट कुनै पनि योग्य (?!) उमेदवारले दावे...

‘बाँचेका मान्छेहरु’

Image
source:http://stephaniefast.org/wp-content/uploads/2015/06/nepal.jpg सिन्धुपाल्चोक जिल्लाको सेलाङ्गको काफ्ले डाँडामा छायांकन गरिएको साझा सवालको कार्यक्रम हेर्दा भूकम्पले प्रभावित पहाडी जनजीवन के कसरी बित्दै छ भन्ने अनुमान लगाउन त्यति गाह्रो हुँदैन । भूकम्प गएको झण्डै वर्ष दिन पुग्न लाग्दा पनि भूकम्प पिडितहरुको उचित वासस्थानको व्यवस्थापन हुन सकेको छैन । जेन तेन वर्षा कट्यो अनि त्यसै गरि हिउँद पनि बित्न लाग्यो । त्यसै त पिछडिएको र अभावले ग्रस्त पहाडि जनजीवन भूकम्पले झन् बढि पिडित बनेको छ । देशमा मधेसले पहाडलाई अधिकार खोसेको र दबाएको आरोप लगाइएर आन्दोलन गर्न लागेको पनि निकै भयो । पहाडको भने नाडि गलेको छ । झन नाकाबन्दीले थपेको पिडाको त के कुरा ! विकासबाट बञ्चित गराएकोमा राजनीतिलाई दोष दिने चलन नयाँ होइन । हरेक असक्षमताको दोष नेता र देशको अस्थिर राजनीतिमाथि थुपा¥यो अनि आफू चोखिएको महशुस ग¥यो । ‘गतिला नेता र राम्रो राजनीति नभएर देश विग्रेको’ भनेर हरकोहिले भन्छन् । केहि हदसम्म त्यो आरोप पनि सहि हो । अनि कतिपय कुराहरुमा हामी स्वयं पनि कम दोषी छैनौ । साझा सवालको कार्यक्रममा देखिएका केहि क...

ओलीको बोली

Image
अरु देशमा प्रधानमन्त्री हुनु सम्मानजनक कुरा होला नेपालमा प्रधानमन्त्री हुनु भनेको गाली खाने बाटो मात्रै हो । सामाजिक सञ्जालमा प्रकाशित हुने व्यंग चित्रहरुलाइ हेर्ने हो र त्यसका मुनितिरका आपत्तीजनक गालीगलौजलाई पढ्ने हो भने नेपालको सबै भन्दा उच्च कार्यकारी पद भनेको प्रधानमन्त्रीको पद हो भन्ने लाग्दैन । यो ओलीका बेलामा मात्रै होइन विगतका प्रधानमन्त्रीको पालामा पनि भएका कुरा हुन् । सायद नेपालीहरु अलि बढि नै अपेक्षा राख्ने हुनाले होला नेपालीले जिउँदो रहुञ्जेल कुनै पनि प्रधानमन्त्रीको उचित सम्मान गरेनन् । अझ कतिका त मृत्युपर्यन्त पनि शालिकहरु ढालिए । विरोध गर्नु वा प्रतिवाद गर्नु एउटा कुरा तर अपाच्य गालीगलौज गरेर तथानाम गर्नु अर्को कुरा । ‘ओलीको बोली’ सबैबाट तथानाम पाउन थालेपछि केहि लेखौँ कि भनेर यो जमर्को गर्दैछु । ओलीले पहिले पनि बोल्थे । चोटीलो बोल्ने अनि व्यंग्य मनपराउने भएकाले उनको राजनीतिक आस्थाको वेवास्था गर्दै मैले उनलाई मन पराउँथे । हुन त विगतमा मैले माओवादीको प्रशंशा गर्दा मलाई माओवादी भन्नेहरु पनि छन् । तर मेरो राजनीतिक आस्था अनि धार्मीक आस्था मेरो व्यक्तिगत कुराहरु भएकाले म फ...