ओलीको बोली
अरु देशमा प्रधानमन्त्री हुनु सम्मानजनक कुरा होला नेपालमा प्रधानमन्त्री हुनु भनेको गाली खाने बाटो मात्रै हो । सामाजिक सञ्जालमा प्रकाशित हुने व्यंग चित्रहरुलाइ हेर्ने हो र त्यसका मुनितिरका आपत्तीजनक गालीगलौजलाई पढ्ने हो भने नेपालको सबै भन्दा उच्च कार्यकारी पद भनेको प्रधानमन्त्रीको पद हो भन्ने लाग्दैन । यो ओलीका बेलामा मात्रै होइन विगतका प्रधानमन्त्रीको पालामा पनि भएका कुरा हुन् । सायद नेपालीहरु अलि बढि नै अपेक्षा राख्ने हुनाले होला नेपालीले जिउँदो रहुञ्जेल कुनै पनि प्रधानमन्त्रीको उचित सम्मान गरेनन् । अझ कतिका त मृत्युपर्यन्त पनि शालिकहरु ढालिए । विरोध गर्नु वा प्रतिवाद गर्नु एउटा कुरा तर अपाच्य गालीगलौज गरेर तथानाम गर्नु अर्को कुरा । ‘ओलीको बोली’ सबैबाट तथानाम पाउन थालेपछि केहि लेखौँ कि भनेर यो जमर्को गर्दैछु ।
ओलीले पहिले पनि बोल्थे । चोटीलो बोल्ने अनि व्यंग्य मनपराउने भएकाले उनको राजनीतिक आस्थाको वेवास्था गर्दै मैले उनलाई मन पराउँथे । हुन त विगतमा मैले माओवादीको प्रशंशा गर्दा मलाई माओवादी भन्नेहरु पनि छन् । तर मेरो राजनीतिक आस्था अनि धार्मीक आस्था मेरो व्यक्तिगत कुराहरु भएकाले म फलानो होइन ढिस्कानो पार्टीको भन्न अलि मिल्दैन । एउटा जिम्मेवार नागरिकको हैसियतले मैले पनि भोट हालेको छु तर के कुरा चाहिँ साँचो हो भने कुनै एक पाटीको झण्डाको ओत लागेर त्यस पार्टीको हरेक सहि अनि गलत कार्यलाई अन्धभक्तको रुपमा जयगान गर्ने संस्कारबाट म मुक्त छु । त्यसैले यो लेख पढ्नेले मलाई एमाले भन्नु पूर्वै मैले त्यसको खण्डन गर्न उचित सम्झन्छु । सारमा भन्नु पर्दा म एमाले नभएरै पनि ओलीको बोलीको प्रसंसक हुँ । उनका टुक्के भाषणहरु रमाइला लाग्छन् । रमाइला भन्नुको अर्थ फेरी सबै सहि लाग्छन् भन्ने चाहिँ होइन ।
ओलीका धेरै बोलीहरुले सामाजिक सञ्जालमा विरोधहरु खेपे । प्रधानमन्त्री हुनुपुर्वको ‘दुई चार आँप झर्दैमा केहि नहुने’ भन्ने अभिव्यत्तिले उनलाई मधेसीमाझ निकै अलोकपृय बनायो । हुन त साझा सवालको एक कार्यक्रममा उनले आफ्नो बोलीको आशय बंग्याएर राजनीतिक प्रतिशोध लिएएको भनेर अभिव्यक्ति दिए । तर त्यस्तो कुराको कमैले वास्ता गर्छन् । सायद नेपाली नेताहरुले पहिले आवेशमा आएर बोल्ने अनि पछि पत्रकारहरुले बंग्याएको आरोप लगाउने प्रवृत्तिबाट आजित भएकाले पनि त्यस्तो भएको हुन सक्छ । तर जे होस् उनले आफ्नो मर्यादा र अहोदा ख्याल नगरी गरेको यो अभिव्यक्तिले उनलाई मधेसीहरुको अभिभावक हुनका लागी अयोग्य सावित ग¥यो । मेरै एक मधेसी साथीले समेत ‘हामीलाई आँप सम्झने र हाम्रो मृत्युले असर नपुग्ने व्यक्तिलाई कसरी हामीले देशको प्रधानमन्त्री स्वीकार्ने ? मलाई त उनी प्रधानमन्त्री भएपछिको अवस्था देखि अहिल्यै डर लागी सक्यो ।’ भनेर भन्दा ओलीको बोलीको नराम्रो असर कुन हदसम्म छ भन्ने प्रष्ट हुन्थ्यो । यसै अभिव्यक्तिले पनि उनको प्रधानमन्त्रीत्व अलि अलोकपृय र मधेसका लागी अमान्य बन्यो ।
एकपटक उनले कार्यकर्ताहरुकै माझ नेपाललाई पर्यटकीय गन्तव्य बनाउन उनीसँग भएको योजना बोले । ‘विदेशीलाई एकसिङ्गे गैडा नहेरी जिवनको अर्थै हुँदैन भनेर भनौँ ।’ संसारै चहारे पनि मर्नु अघि एक सिङ्गे गैँडा हेरिएन भने बाँकि सबै अर्थहिन हुन्छ भनी प्रचार गरिनु पर्ने उनले उल्लेख गरे । कार्यकर्ताहरु अनि पत्रकारहरु मज्जैले हाँसे । आज सम्म सगरमाथा र गौतम बुद्धका नाममा मात्रै पर्यटक भित्र्याइन्थे अब गैँडा प्रचारले पनि मान्छे भित्र्याउन सकिन्छ भन्दा पत्यार लागेन सायद । त्यसैले सबैले हाँसो मै उडाए । गैँडाका सन्दर्भमा भएकाले होला उनको बोलीलाई उति बिबादको विषय बनाइएन ।
ओलीले धेरै बोले । बोल्ने अवसर पाउने बित्तिकै बोले । पक्कै पनि एउटै राजनीतिक विचारधारा बोकेका कार्यकर्ताहरुको पार्टी चलाउनु जत्तिकै सजिलो फरक फरक राजनीतिक आस्था बोकेका दलहरुको सरकार चलाउन एकै होइन । कहिल्यै शैक्षिक योग्यताका कारण त कहिल्यै सरकार विस्तारका कारण आलोचना खेपी रहने ओलीले नाकाबन्दीको मार समेत खेप्नु प¥यो । ‘छिमेकीको आशिर्वाद विना बनेको सरकार’ भनि प्रचारित सरकारका प्रमुखका पालामा पाठ्यपुस्तकमा पृथ्वीनारायण शाहको दिव्य उपदेश समावेश थिएन क्यारे उनले दक्षिणकासँगको शत्रुतालाई भजाएर देशभक्तको छवि बनाउने प्रयास गरे । चाइना कार्डले त्यति सजिलै नाकाबन्दीको हल नगरेपछि चार महिना भन्दा बढि देश अभाव र पिडामा फस्यो । वर्षको सुरुवातमा गएको भुकम्पको पिडामाथि थपिएको नाकाबन्दीले देशमा चरम निराशा थप्यो । त्यहि निराशाका बिचमा उनका ‘हल्का’ टिप्पणीहरुले झन भएभरको आक्रोस पाए ।
अलि आँटिला स्वभावका छन् क्यारे निराशामा आशा थप्नैका लागी होला ओलीले बोले, ‘हावावाट विजुली निकालेर भएपनि देशलाई एकवर्ष भित्रमा लोडसेडिङ्ग मुक्त गराउँछु ।’ त्यसपछि त सामाजिक सञ्जालमा उनको तथानाम सुरु भयो । हावाबाट विजुली निकाल्ने हावा कुरा गर्ने भन्दै अनेकाँै प्रतिकृयाहरु आउन सुरु भयो । पत्रपत्रिकाहरुले एक वर्ष भित्र लोडसेडिङ्ग अन्त्य गर्ने सम्भावना कत्तिको छ भनेर अनेकौँ लेख रचनाहरु प्रकाशित गरे । सबै लेख र रचनाका निक्र्यौल एकै हुन्थेः ‘सम्भव छैन’ ।
उनको नयाँ बोलीले सामाजिक सञ्जालमा ठाउँ पाएको धेरै भएको छैन । अब नाकाबन्दीको मारमा सिलिण्डर ग्यास ल्याउन धौधौ भएपछि जनताको पिर देख्न नसकी प्याट्ट बोलिदिएछन्, ‘अब सँधैभरि सिलिण्डर काँधमा बोकेर हिँड्नुपर्ने छैन । अलिकति समय दियो भने मैले घरघर पाइपवाटै ग्यास जाने बनाइ दिन्छु ।’ धाराको पाइपमा भनेका बेलामा पानी नथाप्न पाउने देशका जनतालाई पाइपमै ग्यास घरघरमा पु¥याउँछु भन्दा घाउमा नुन छर्केझैँ भएछ क्यारे, ओलीले यसपटक पनि निक्कै गाली गलौजको सामना गर्नु प¥यो । उनका थुप्रै व्यङ्गचित्र पनि बने । अनि गालीगलौज त समान्य नै भइहाल्यो ।
यि माथि उल्लेखित बोलीहरुका अलाबा पनि थुप्रै बोलीहरु बेलामौकामा आइरहे । सबैले लगभग एउटै नियती खेपे । अहिले निराश भएर होला ओलीले बोली बन्द गरेका छन् । हँसाउन छोडेका छैनन् बरु आशा बाँड्न र उनका सपना सुनाउन चाहिँ केहि बेरलाई स्थगित गरेका छन् । त्यसैले अन्तिम पटकमा महिलाहरुको निजामती सेवामा भएको न्यून उपस्थितिका हकमा उनले अब महिलाहरुलाई पनि अवसर दिएर अघि बढाउनु पर्ने कुरा व्यक्त गरे (भिडियाे) । त्यहाँ उनले महिला र पुरुषमा महिलाहरु बढि इमान्दार हुने कुरालाई गाइ र गोरुको उदाहरणले प्रष्ट्याए । गाइहरु भेला हुँदा मिलेर बस्ने अनि गोरुहरु भेट्यो कि लडिहाल्ने बाँझि हाल्ने हुनुले पनि महिलाहरु बढि उपयुक्त हुने उनले औँल्याए । यहाँसम्म कि तराइ आन्दोलनमा पुरुषहरुको बढि सहभागीतालाई पनि त्यसैसँग जोडे ।
पहिले चन्द्रमा मान्छे पुग्ने कुरा पनि कुनै एक राजनीतिज्ञले भनेका थिए रे ! सुरुवा हावादारी लागेको कुरा पछि सन् १९६९ मा आएर साँचो भयो । त्यस्तै ओलीका केहि विकाससँग जोडिएका अभिव्यक्तिहरु हावादारी लागे पनि कुनै दिन ती साँचो हुन्छन् वा होउन भन्ने कामना गर्न मन लाग्यो । भाग्यले जुराएर होला संसारकै आर्थिक रुपमा सम्पन्न अनि विकसित जर्मनी र अमेरिकामा अध्ययन गर्न पाएँ । दुबै देशको बसाइको अनुभवले विकासका अनेक रुपसँग परिचित गरायो । यहाँका हरेक योजनाहरु नेपाली माटामा पु¥याउँदा कस्तो होला भनि बारम्बार सोच्थेँ । त्यसैक्रममा वैकल्पिक उर्जाका श्रोतहरु नेपालका लागी निकै लाभकारी हुनसक्छन् भन्ने कुरा उहिल्यै देखि सोच्थेँ । जर्मनीका खेतहरु या खुला ठाउँहरुका अग्ला ‘हावा मिल’हरु देख्दा यस्ता मिलहरु नेपालमा पु¥याउन पाए सायद केहि हदसम्म भएपनि उर्जाको आवश्यक्ता परिपुर्तिमा मद्दत गथ्र्यो कि भन्ने लाग्थ्यो । यहाँका ग्रामीण भेगका प्राय घरका छानाहरुमा सौर्य उर्जा जडान गरिएको देख्दा यस्तो विकसित देशमा त यसरी व्यीक्तगत रुपमै उर्जा उत्पादन गरेर खपत गर्दछन् भने हाम्रो देशमा किन त्यसो सम्भव नभएको होला वा कित त्यति व्यापक नभएको होला भन्ने प्रश्न मनमा आउँथ्यो । जापानको आणविक केन्द्रमा भएको विष्फोटन पश्चात जर्मनीले पनि विस्तारै आणविक उर्जालाई पुनःनविकरणीय उर्जाले विस्थापित गर्ने योजना बनाएको थियो । नेपालको जस्तो नदिनालाहरुले धनी नभएपनि यहाँका सानाभन्दा साना नदिनालाबाट जलविद्युत निकाल्ने गरिएको छ । स्टुटगार्ट सहर नजिकै बग्ने नेकार नदिमा पनि प्रत्येक एक किमीको दुरीमा बाँध बाँधेर विद्युत निकालेको देख्दा हाम्रो देशको ३ हजार भन्दा बढि तिब्र बहने नदिमा यसैगरी बाँध बाँध्दा कति बिजुली निक्लँदो हो भनि सोच्न बाध्य हुन्थे । हाम्रा नदिहरुमा एकपटक बाँध बाँधिएकोलाई खोला बेचिएको भनेर नेताहरुको सत्तोसराप गर्छन । यहाँ सात ठाउँमा बाँध बाँधेर विजुली निकाल्न सकिने नेपालमा नसकिने भन्ने त होइन होला । ओलीका बोलीको बारेमा लेख्ने सोच बनाउँदा उनका बोलीका केहि न केहि साकारात्मक पक्ष पनि छन् है भनि नसोची खाली विरोधका लागी विरोध गर्नेहरुलाई शब्दमा नअल्झिएर आशय र त्यसको सकारात्मक पक्षतिर हेर्न अनुरोध गर्न मन लाग्यो ।
ओलीका बोलीको प्रभाव हुनुपर्छ, उनले बोले लगत्तै पत्रपत्रिकाले पनि उनको बोली के कति अर्थपूर्ण छन् भनि लेख रचनाहरु प्रकाशित गर्न थाले । सबै भन्दा खुशी त्यतिबेला लाग्यो जब कान्तिपुरले मकवानपुरको सुदूरपूर्वमा पर्ने फापरबारीस्थित बागमती कोरिडोरमा २५ किलोवाट वायु तथा सौर्य उर्जाबात विगत ८ महिनादेखि गाउँ उज्यालो भएको समाचार (यहाँ पढ्नुहाेस्)छाप्यो । त्यस्तै नागरिक दैनिकले उनको पाइपबाट घरघर चुलो जलाउने योजना असम्भव प्राय भन्ने आशयको लेखमा (यहाँ पढ्नुहाेस्)नेपालका १० ठाउँमा पेट्रोलियम ग्यास मौज्दात रहेको समाचार छापेको पढ्दा पनि एकखाले खुशी मनमा छायो । उर्जामन्त्री पाण्डेलाई पनि आपत परेछ सायद उनी पनि सम्भावित क्षेत्रहरुको अध्ययनका लागी खट्न बाध्य भएछन् ।
पाइपबाट ग्यास वितरणको सवालमा जर्मनी र अमेरिकामा त त्यो सम्भव छ भनि एकपटक उनको भनाइको खिल्ली उडाउनेहरुलाई भन्न मन थियो तर त्यसै लेखको पुछारमा नेपालमै पनि ललितपुरको कुपण्डोलस्थित बीमा समितिको केन्द्रीय कार्यालयका कर्मचारी जमीनमुनिको प्राकृतिक ग्यास बालेर दैनिक ७० जना कर्मचारीका लागी चिया खाजा र खाना पाक्छ भनि पढ्दा उनको कुरालाई हावा भन्नेहरुलाई खुच्चिङ्ग खुच्चिङ्ग भन्न मन लाग्यो । झन यो क्रम २६ वर्ष देखि चल्दै आएको थियो भनि सुन्दा त अहिले सम्मका प्रधानमन्त्रीले कसरी यति सोच्न चुकेछन् भन्न मन लाग्यो । विद्युतीय सवारीसाधनको प्रयोगका सवालमा पनि विकसित मुलुकहरुमा त्यसका उदाहरण खोज्नु पर्दैन । नेपालमै ट्रलीबसहरु पहिले सञ्चालनमा थिए भने विदेशको त के कुरा । अव विस्तारै सौर्य उर्जाबाट उड्ने हवाइजहाज बनाउन लागी सके । खासमा हाम्रा प्रधानमन्त्री गलत देशमा जन्मेकाले उनको बोलीले गाली बाहेक केही नपाएको । नत्र यत्तिका आँटिला र मिजासिला मान्छेले त सबको वाहवाही बटुल्न पर्ने हो । जे होस् शब्दमा न अल्मलने हो र भावलाई समात्ने हो भने ओली नेपालका लागी (केही अपवाद बाहेक) सहि बोल्छन् । बरु उनको बोलीको कार्यान्वयन पनि भइदिए सबैको मुखमा बुजो लाग्ने थियो । अस्तु !

Comments
Post a Comment