‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’: पाठक अनुभुती
शंकर लामिछानेको ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ पढि भ्याएँ । पारिजात पढ्दा नै उनको किताबमा लेखिएको भूमिकाबाट लामिछानेको रचना पढ्ने मन लागेको थियो । पछि उनको यहि पुस्तकको चर्चा बेलाबेला सुनियो । बुकाहोलिकको चकटी बहसमा पनि नगरकोटीले आफ्ना रचनाहरुमा व्यापक प्रयोग गर्ने गरेको अंग्रेजी पदावलीहरुको बचावमा पनि शंकर लामिछानेलाई अघि सारिएको थियो ।
‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ उनले वाङ्गदेलको एब्स्ट्रयाक्ट लेखनको अनुरोध पश्चात रचना गरेको निबन्ध हो । यसैको शीर्षकले पुस्तकको शीर्षकको पनि काम गरेको छ । लामीछानेले मान्छेलाई र आफू स्वयंलाई प्याजसँग तुलना गरेका छन्ः पत्रपत्रमा दुर्गन्ध लुकाइ बस्ने प्याज ।
साहित्य रचनाको औचित्य आफै प्रश्न गर्छन अनि आफै उत्तर दिन्छन्ः
‘मलाई मन पर्ने कुरा मात्र, त्यस्ता कुरा जो म ठान्दछु अरु पनि मन पराउलान, र त्यस मन–पराइको माध्यमबाट मलाई रुचाउलान् र मेरो नाम लिनेछन्, भन्नेछन् वाह, लेख्छ, शंकर नयाँ चीज दिन्छ .... यही हो साहित्य ! ... यही छलकपट, धोका, एक सेलेक्शनको रुप हो, साहित्य !’
लेखनमा सत्यताको सन्दर्भमा फेरी बम्किन्छन्ः
‘कवि, तिमीले अनुभव गरेको भावना हो ... अथवा यस्तो अनुभव, गर्नुपर्दछ भन्ने तिम्रो परम्परागत आदर्श हो ? .... मलाई लाग्दछ, साहित्य वास्तवमा विडम्बना हो ! किनभने साहित्य नाम कमाउने पेशा मात्र हो ! ‘म हृदयले तिमीलाई प्यार गर्छु !’ ... बेवकूफ, प्यार हृदयमा हुन्छ ? प्यार भनेको त यौन..भावनाको विकृत, अचेतन रुप हो !’
लामिछानेलाई समालोचकहरुले उनका साहित्यमाथि गरेको टिप्पणी ‘अन्धाले हात्ती छामेर हात्तीको वर्णन गरे’ जस्तो लाग्छ । आँखिर भौतिक आँखा भएकाहरु पनि विभिन्न आग्रह पूर्वाग्रहले अन्धा भएकै हुन्छन् क्या रे ! मैले लेखेको प्रतिकृया समेत पनि अनेक आग्रह र पूर्वाग्रह बाट प्रेरित छ । त्यस अर्थमा लामिछाने सहि छन् ।
‘सबै लेखको आधारमा मेरो विश्लेषण गर्न खोज्यौ भने कत्रो भाम्लो हुन जानेछ । ...त्यो दुस्साहस मैले स्वयं आफूउपर गर्न सकेको छैन !’ आफ्नो अस्थीर सोच र व्यक्तित्वको कुरा उनीले यसरी उल्लेख गरेका छन् । हुन पनि जो सुकै मानिस परिवर्तनशील हुन्छ । खोलो जस्तैः उही लाग्ने तर बेग्लै ।
उनी थप लेख्छन्, ‘ लेखकको औपचारिक प्रदर्शनलाई किन लेबिल लाउने हँ ?’ भन्छन्, ‘भर्खर प्रेम परेकाहरु आफ्ना तत्कालीन अनुभवको असल रुप मात्र प्रस्तुत गर्ने प्रयास गर्छ ।’ सायद उनको यो कथन धेरै जस्तो आत्मकथा लेख्नेहरुका हकमा पनि लागु हुन्छ होला ।
चकटी बहसमा नगरकोटी समर्थकहरुले लामिछानेलाई अंग्रेजी शब्द प्रयोग गरेको भनेर भने जस्तै गरी उनका समकालीन साहित्यकर्मीले पनि उनलाई बेलाबेला घोचपेच गर्दा हुन् । त्यसको जवाफमा उनी भन्छन्, ‘मैले रचना गरेको साहित्यमा स्वदेशीपन छैन । त्यसमा अन्तरराष्ट्रिय बीज अंकुरित भएको छ । त्यसमा सात्र्र र सारोयान, जायस र जिल्ड, मिलर र मोराँक, जेनेट र दजाईको वीर्य मिसिएको छ । त्यो वर्ण–संकर हो । तापनि, म गर्वसाथ भन्ने साहस गर्छु त्यो नेपाली हो, कारण त्यो मेरो गर्भमा अंकुरित भएको छ ।
जे होस् उनको अध्ययनशीलताको व्यापकताको छनक उनले प्रवेश गराउने पुस्तकको सन्दर्भ, लेखकको सन्दर्भ अनि दर्शनका कुराबाटै प्रष्ट हुन्छ । उनमा अंग्रेजी साहित्यको प्रभाव व्यापक देखिन्छ । त्यसैले उनको पुस्तकै पनि पूर्ण नेपाली नामाकरण हुन सकेन । चकटी बहसमा पुस्तकको सम्भावित नेपाली नाम खोजी भएको थियो । त्यसबेला म पनि घोत्लिएको थिएँ । अहिले आएर एउटा नाम जुराउने दुश्साहस गरेको छुः ‘अमूर्त चिन्तन प्याज’ ।
लामिछानेको रचना हरकोही साहित्यानुरागीका लागी पठनीय हुन सक्छ । सानो छ त्यसैले सिद्धयाउन समय लाग्दैन । तर बुझ्न भने समय लाग्छ । निकै समय सम्म माथिङ्गल हल्लाउने सामथ्र्य भएको पुस्तक हो । टिपोट गर्नुपर्ने धेरै कुराहरु थिए । गर्दै जाँदा किताबै टिपिने हो कि भन्ने डर भयो । त्यसैले पुस्तक स्वयं पढ्ने अनुरोधका साथ यहिँ बीट मार्छु ।
‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ उनले वाङ्गदेलको एब्स्ट्रयाक्ट लेखनको अनुरोध पश्चात रचना गरेको निबन्ध हो । यसैको शीर्षकले पुस्तकको शीर्षकको पनि काम गरेको छ । लामीछानेले मान्छेलाई र आफू स्वयंलाई प्याजसँग तुलना गरेका छन्ः पत्रपत्रमा दुर्गन्ध लुकाइ बस्ने प्याज ।
साहित्य रचनाको औचित्य आफै प्रश्न गर्छन अनि आफै उत्तर दिन्छन्ः
‘मलाई मन पर्ने कुरा मात्र, त्यस्ता कुरा जो म ठान्दछु अरु पनि मन पराउलान, र त्यस मन–पराइको माध्यमबाट मलाई रुचाउलान् र मेरो नाम लिनेछन्, भन्नेछन् वाह, लेख्छ, शंकर नयाँ चीज दिन्छ .... यही हो साहित्य ! ... यही छलकपट, धोका, एक सेलेक्शनको रुप हो, साहित्य !’
लेखनमा सत्यताको सन्दर्भमा फेरी बम्किन्छन्ः

लामिछानेलाई समालोचकहरुले उनका साहित्यमाथि गरेको टिप्पणी ‘अन्धाले हात्ती छामेर हात्तीको वर्णन गरे’ जस्तो लाग्छ । आँखिर भौतिक आँखा भएकाहरु पनि विभिन्न आग्रह पूर्वाग्रहले अन्धा भएकै हुन्छन् क्या रे ! मैले लेखेको प्रतिकृया समेत पनि अनेक आग्रह र पूर्वाग्रह बाट प्रेरित छ । त्यस अर्थमा लामिछाने सहि छन् ।
‘सबै लेखको आधारमा मेरो विश्लेषण गर्न खोज्यौ भने कत्रो भाम्लो हुन जानेछ । ...त्यो दुस्साहस मैले स्वयं आफूउपर गर्न सकेको छैन !’ आफ्नो अस्थीर सोच र व्यक्तित्वको कुरा उनीले यसरी उल्लेख गरेका छन् । हुन पनि जो सुकै मानिस परिवर्तनशील हुन्छ । खोलो जस्तैः उही लाग्ने तर बेग्लै ।
उनी थप लेख्छन्, ‘ लेखकको औपचारिक प्रदर्शनलाई किन लेबिल लाउने हँ ?’ भन्छन्, ‘भर्खर प्रेम परेकाहरु आफ्ना तत्कालीन अनुभवको असल रुप मात्र प्रस्तुत गर्ने प्रयास गर्छ ।’ सायद उनको यो कथन धेरै जस्तो आत्मकथा लेख्नेहरुका हकमा पनि लागु हुन्छ होला ।
चकटी बहसमा नगरकोटी समर्थकहरुले लामिछानेलाई अंग्रेजी शब्द प्रयोग गरेको भनेर भने जस्तै गरी उनका समकालीन साहित्यकर्मीले पनि उनलाई बेलाबेला घोचपेच गर्दा हुन् । त्यसको जवाफमा उनी भन्छन्, ‘मैले रचना गरेको साहित्यमा स्वदेशीपन छैन । त्यसमा अन्तरराष्ट्रिय बीज अंकुरित भएको छ । त्यसमा सात्र्र र सारोयान, जायस र जिल्ड, मिलर र मोराँक, जेनेट र दजाईको वीर्य मिसिएको छ । त्यो वर्ण–संकर हो । तापनि, म गर्वसाथ भन्ने साहस गर्छु त्यो नेपाली हो, कारण त्यो मेरो गर्भमा अंकुरित भएको छ ।
जे होस् उनको अध्ययनशीलताको व्यापकताको छनक उनले प्रवेश गराउने पुस्तकको सन्दर्भ, लेखकको सन्दर्भ अनि दर्शनका कुराबाटै प्रष्ट हुन्छ । उनमा अंग्रेजी साहित्यको प्रभाव व्यापक देखिन्छ । त्यसैले उनको पुस्तकै पनि पूर्ण नेपाली नामाकरण हुन सकेन । चकटी बहसमा पुस्तकको सम्भावित नेपाली नाम खोजी भएको थियो । त्यसबेला म पनि घोत्लिएको थिएँ । अहिले आएर एउटा नाम जुराउने दुश्साहस गरेको छुः ‘अमूर्त चिन्तन प्याज’ ।
लामिछानेको रचना हरकोही साहित्यानुरागीका लागी पठनीय हुन सक्छ । सानो छ त्यसैले सिद्धयाउन समय लाग्दैन । तर बुझ्न भने समय लाग्छ । निकै समय सम्म माथिङ्गल हल्लाउने सामथ्र्य भएको पुस्तक हो । टिपोट गर्नुपर्ने धेरै कुराहरु थिए । गर्दै जाँदा किताबै टिपिने हो कि भन्ने डर भयो । त्यसैले पुस्तक स्वयं पढ्ने अनुरोधका साथ यहिँ बीट मार्छु ।
Comments
Post a Comment