Posts

किरियापुत्रीका प्रश्नपूर्ण मुहारले उचालेका विचारका छालहरु

Image
सामाजिक संजालका माध्यमहरु अचेल मनोरञ्जनका लागि मात्रै नभएर आफ्ना विचार प्रकट गर्ने अनि अरुले प्रकट गरेका चाखलाग्दा विचारलाई आफ्ना साथीहरुमाझ साँटा साँट गर्ने माध्यमको रुपमा विकसित हुँदै गएको छ । देशको राजनीतिप्रतिको वितृष्णा देखि लिएर समाजमा व्याप्त तमाम कुरीति र कुसंस्कारहरुका बारेमा आवाज बुलन्द पार्ने र सबैलाई सचेत गर्ने कार्यमा पनि सामाजिक संजालका माध्यमहरुले मनग्गे सहयोग गरेका छन् ।  भर्खरै मात्र फेसबुक नामक हालको सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जालमा एकजना किरियापुत्रीको तस्वीरले धेरैको ध्यान तान्न सफल भएको छ । सेतो वस्त्रमा बेरिएकी, केही दुःखी लाग्ने उक्त किशोरी आग्रहपूर्ण दृष्टिले हेरिरहेकी देखिन्थिन् । तस्वीरको माथिपट्टि तस्वीरलाई साथीभाइमाझ फेसबुक बाटै बाँडेर कुसंस्कार विरोधी सन्देश फैलाउनमा मद्दत गर्ने आग्रह गरिएको थियो ।  सो तस्वीर मैले पनि फेसबुकमा बाँडेको थिएँ । त्यसैक्रममा मेरो मित्रहरुको सुचीमा भएकी एक विदेशी महिला रोजा टी ताएमोराले मलाई तस्वीरमा देखाइएकी महिला दुःखी हुनुको कारण सोध्न पुगिन् । धनगढीमा हुँदा उनीसँग भेट भएको थियो । सरकारी विद्यालयहरुमा अं...

नेपाली भाषामा अंग्रजी प्रभावः पानी माने वाटर

‘सर झ्याउँकिरी भनेको के ?’ एक विद्यार्थीले परीक्षा दिँदादिँदै सोध्यो ।  ‘जुनकिरी हो ।’ मैले भने ।  आफ्नै जवाफमा विश्वास लागेन । हो कि होइन भन्ने भयो । त्यत्तिकैमा नेपाली विषयकी एक शिक्षिका आइपुगिन् ।  उनले भनिन्, ‘झ्याउँकिरी बेग्लै खाले किरा हो ।’  ‘भनेपछि उही जुनकिरीकै काका भतिजाको सन्तान हैन त ?’ मैले आफ्नो अनभिज्ञता लुकाउनलाई व्यंग्यको साहरा लिएँ । एकछिनलाई हाँसोको माहोल बन्यो ।  त्यत्तिकैमा नेपालीका अर्का शिक्षक आए र सोधे, ‘कसले हो झ्याउँकिरीको अर्थ सोधेको ? It is a kind of insect.’ भनी अथ्र्याए । कुरा नेपाली विषयको एक परीक्षा हुँदै गर्दाको हो । विद्यर्थीहरुलाई नेपाली शब्दको अर्थ जान्न हम्मे हम्मे पर्दैथ्यो । नेपाली शिक्षकले अंग्रेजीमै अथ्र्याएर भएपनि भरसक बुझाउने प्रयास गरिरहेका थिए । मैले पनि उनीहरुले सोधेका शब्दहरुको अंग्रेजी उल्था गरिदिएँ । उनीहरुले अंग्रेजी शब्दहरुलाई सहजै ग्रहण गरे । मलाई कस्तो कस्तो अप्ठेरो लाग्यो । नेपालीलाई नेपालीका शब्दको अर्थ अंग्रेजीमा लाएर बुझाउनु पर्ने । यो कस्तो विडम्बना ? नेपाली विषय शिक्षकले नेपाली विद्यार...

नेपाली चलचित्रले मारेको फड्को

Image
नेपाली चलचित्रक्षेत्रले विगतका केही दिनहरुमा निकै नेपाली दर्शकहरु बटुल्न सुरु गरेको छ। नेपाली चलचित्र क्षेत्रमा दर्शकहरुको खडेरी परेको र विदेशी चलचित्रको नक्कल गरेर बनेका चलचित्रहरुका भरमा चलेको नेपाली चलचित्र उद्योगमा अहिले नयाँ नयाँ प्रयोगहरु हुन थालेका छन् । विगतको क्रमलाई निरन्तरता दिँदै परम्परागत शैलीमा निर्मित चलचित्र भन्दा पनि नयाँ पुस्ताको स्वादलाई ध्यानमा राखेर बनाइएका चलचित्रहरु बढि सफल भएका देखिन्छन् । नेपाली कथानक चलचित्र लुट, चपली हाइट, सायद, आदि यस्ता नयाँ पुस्ताको दर्शकलाई ध्यानमा दिएर बनाइएका चलचित्रहरु हुन् । भर्खरै मात्र चलचित्र भवनहरुमा प्रदर्शन भइरहेको नेपाली कथानक सायद हेर्दा र त्यहाँको जमातलाई देख्दा नेपाली चलचित्र क्षेत्रले पनि दर्शक तान्न सक्छ भन्ने भान भयो । चलचित्र सायदको विज्ञापन, त्यसमा प्रयोग गरिएका सम्वाद र दृश्यहरु अनि त्यसको संगितले म र म लगायतका धेरै युवा जमातलाई तानेको कुरा चलचित्र भवनमा भरिएको भीडले प्रमाणित ग¥यो । यस अघि पनि त्यस्तै किसिमको विज्ञापन र व्यापक प्रचार प्रसार पाएको चलचित्र लुटले पनि अहिले सम्मकै किर्तिमानहरु तोड्न सफल भएको थ...

बन्दको ओखती

Image
बन्द शब्दसँग परिचित नभएका सायदै कोही होलान् । नेपालमा जन्मने हरेकले बन्दको अर्थ राम्ररी बुझेका छन् । उनीहरुको बुझाइको स्तर फरक हुन सक्छ र पनि बन्दबाट अनविज्ञ कोही पनि छैनन् । विद्यालयमा पढ्ने वालकका लागि वा कार्यालयका कर्मचारीका लागि बन्द थप एक दिनको विदा हुन सक्छ भने अर्थविदका लागि बन्द देशका लागि करोडौँको घाटा एवं आर्थिक विकासको तगारो हुनसक्छ । त्यस्तै विहान बेलुका काम गरेर छाक टार्नेका लागि बन्द आधा पेट वा खाली पेट बस्नुपर्ने पीडादायी क्षण हुन सक्छ भने गन्तव्यमा हिँडेकाहरुका लागि बन्द कष्टकर पर्खाइ हुनसक्छ । सारमा बन्दबाट सबै परिचित छन् र सबै प्रभावित पनि ।  बन्दलाई सत्ता बाहिर रहेकाहरुले सत्तामा रहेकाहरुका लागि आफ्नो विचारमा सहमत गराउन वा आफ्ना जायज नाजायज माग पुरा गराउन बाध्य पर्ने अस्त्रका रुपमा प्रयोग गर्ने गरेका छन् । सत्ता बाहिर हुँदा हरेक राजनैतिक दलले यसलाई प्रयोग गरेको कुरा सबैका सामु छर्लङ्ग छ । बन्दलाई आफ्नो शक्ति प्रदर्शनको माध्यमका रुपमा र सरकारलाई असफल साबित गराउनका लागि प्रयोग गर्ने चलन निकै पुरानो भइ सकेको छ । फरक यत्ति हो अचेल त्यसको क्रम केही बढेको छ...

यात्रा राजधानी सम्मको –भाग ३ (अन्तिम भाग)

...यात्रा आधै बाँकि थियो । त्यसैले अलमल नगरी चिया पनि नखाइ यात्रा थालेँ । आफू बसेको होटेलको केही पूर्व लागेपछि बल्ल लमहीको मुख्य बजार आइपुग्यो । गाडीवालाहरु सँधै बजार आउनु अघिको होटेलमा रोक्दा रहेछन् । सायद यहाँ रोक्दा यात्रीहरु उनीहरुले लग्न चाहेको बाहेक अरु होटेलमा नजाउन भन्नको लागि होला । बिकल्प थोरै भएको ठाउँमा उनीहरुले रोजेकै ठाउँ जाने बाध्यता रहने भयो । बजारमा रोक्दा बिकल्प धेरै हुने भए ।  बजार क्षेत्र सकिएपछि फेरी खुला फाँटहरुका बीचमा सडक सर्प जस्तै मोडहरुका साथ अघि बढ्यो । सडक छेउछाउ फाट्टफुट्ट बस्तीहरु देखिन्थे । त्यसैले गती बढाएँ । चारैतिर नजर डुलाउँदै जाँदा एकाएक नजर सडककोे दायाँतिर गयो । उच्च पहाडीहरुमा छायाँ परेकोले गाढा हरियो रंग चढेको थियो । अनि पूर्वोत्तर कुनामा डाँडामाथि बाट रातो घाम चिहाउँदै थियो । लालीमाले पूर्वोत्तर क्षितीजलाई कुनै चित्रकारको चित्र जस्तै सुन्दर बनाएको थियो । विहानीको समय भएकोले होला आकाश खुला थियो । हावा समेत स्वच्छ थियो । लामा लामा निस्वास लिँदै फोक्सामा स्वच्छता भर्न थालेँ । आँखामा प्राकृतिक दिव्यतापूर्ण दृष्यहरु खिच्न थालेँ । सम...

यात्रा राजधानी सम्मको –भाग २

...बतास त जितेँ तर पानिले छोप्यो । पानी पर्ला भन्ने अनुमान नै गरेको थिएन त्यसैले ओढ्नलाई केही भएन । पानीमा भिज्दै भएपनि अघि बढि रहेँ । अगाडि क्षितिजको आकाश केही सुख्खा देखिन्थ्यो । त्यही आकाशको ओत लिने सोच बनाएँ । बाटामा बबइको पुल पनि आयो । त्यहा सिँचाइका लागि बनाइएको नहरले जहिले अन्य नदिहरुमा पनि त्यस्तो योजनाहरु ल्याउन सकेको भए कृषि पैदावारमा कति मद्दत मिल्दो हो भन्ने सोच मनमा ल्याइ रहन्छ । बबइमा घडियाल घोहीहरु समेत संरक्षित छन् । तर वर्षातका कारण अडिने सम्भावना नै थिएन । त्यसैले अघि बढेँ । बाँके प्रवेश गरिसक्दा पानी कम भइसकेको थियो । पानीबाट छुट्कारा पाएपनि भिजेको कपडाले शरीर चिसो पार्न छोडेन । गतिमा नै भएकाले बतासले भिजेका कपडाहरु विस्तारै सुकायो । कोहल्पुर चोक पुग्दा कपडाहरु सुकी सकेका थिए । अनि यात्राको एउटा महत्वपूर्ण भाग पनि समाप्त भइ सकेको थियो । करीब साढे तीन घण्टामा कोहलपुर सम्म पुगेँ । घडिमा ६ बजेको थियो । दिन छँदै थियो । त्यसैले कोहलपुरमा नभइ सके बुटुवल नसके लमहीमा बास बस्ने गरी यात्रालाई निरन्तरता दिने भन्ने घरबाट सल्लाह पाएँ । त्यसै गरेँ । बाँकेको कुसुमको...

यात्रा राजधानी सम्मको- भाग १

Image
नयाँ वर्षको सुरुवात सबैले आ–आफ्नै किसिमले गरे होलान् । मैले पनि गजबको सुरुवात गरेँ । यसपलीको नव वर्षको पहिलो दिन यात्रा बाट सुरु भयो ः यात्रा राजधानी सम्मको । नयाँ वर्षसँगै केही नौलो गर्ने जोस थियो । सँधैको भन्दा केही बेग्लै । त्यही जोस र उमङ्गकै परिणामस्वरुप राजधानी यात्राको नौलो अनुभव सँगाल्ने रहर भयो । सदा झै यसपाली बसबाट यात्रा नगरी मोटरसाइकलमै राजधानी सम्म पुग्ने भन्ने सोच बन्यो । धेरै दिन देखि बन्दको क्रम बन्द भएको भएपनि वैशाख ३, ४ र ५ गते नेपाल बन्द गरिने खबर अखबारमा पढ्दा यात्राको मितिमा समस्या देखिन गयो । कहिले शनिबार पर्न जाने कहिले के कहिले के । शनिबार घरबाट टाढा जानु राम्रो होइन रे फेरि शनिबार पूर्व दिशा पर्ने भएकोले दिशामा यात्रा गर्नु शुभ नहुने तर्क आमाले गर्नु भयो । त्यसैले नयाँ वर्षको शुभ दिन नै यात्रा थाल्ने भन्ने सोच बनाइसके पछि जेनतेन साथीभाइको सहयोगमा यात्रा थालेँ । यात्रा एक्लै गर्न लागेकोले घरका सदस्यहरु केही चिन्तित थिए । विशेष गरी आमा अलि बढि नै चिन्तित हुनुहुन्थ्यो । मैले राम्रो मोटरसाइकिल हाँक्दैन भन्ने एक प्रकारको छाप परेको छ । दाजुले मेरो उच्च गतिमा म...