बाबुरामलाई चिठी
सुरुमा मुस्ताङ्ग चढेर अनि आफ्नो बौद्धिक छविका कारण बढि चर्चामा आएका डा. बाबुराम भट्टराइले देशका लागि केही गर्लान् भन्ने थुप्रैले आश बोकेका थिए । शान्ती प्रकृयाका साथसाथै देशमा शुसासनका कार्यक्रमहरु पनि सँगसँगै लैजाने र देशमा सुव्यवस्थाका लागि तल्लीन हुने बाचा बाँधेका बाबुरामबाट नेपाली जनताले सायद अलि बढि नै अपेक्षा राखेकाले हुन सक्छ हाल आएर जनताले उनको आलोचनाहरु गर्न सुरु गरि सकेका छन् । देशमा सुसासन ल्याउँछु भन्नेले अनि देशमा अनियमितता रोकी मितव्ययीता भित्र्याउँछु भन्नेले परिवारमै मितव्ययीता र परिवारकै सदस्यहरुले गरेका अनियमितता रोक्न नसक्दा पनि आलोचित हुनु प¥यो । त्यस्तै उनको नेतृत्वमा गठित जम्बो मन्त्री मण्डलले पार्टी भित्रको मतभेदलाई अन्त गर्न अनि सत्तामा टिकीरहनका लागि जनभावनामा गरिएको कुठाराघात अनि जनआस्थासँग गरिएको खेलबाडको संज्ञा पायो । त्यसै गरी काँग्रेसका पछिल्ला सभापति स्व. गिरिजाप्रसादको पुत्री मोहको घोर भ्रत्सना गर्ने पार्टीका अध्यक्ष क. प्रचण्डको पुत्रमोह तुष्टीका लागि सरकारी ढुकुटीबाट दुई करोड पाति गराउँदा उनको मितव्ययीताको नारा ढोङ्ग मात्रै भएको भनि सबैले आलोचना गरे...