अँहँ, कुरुप होइन सुन्दर सुदूरपश्चिम !
![]() |
म्युजियम सुदूर पश्चिममै खोल्न भ्याएका छन् । कैलाली उद्योग वाणिज्य संघले समेत सुदूर पश्चिमको पर्यटन प्रबद्र्धनमा यथासक्य प्रयासहरु थालेको छ । ती अभियानका अगुवाका रुपमा रहेका गोपाल हमालसँगको बसाइका क्रममा उनका विचार र योजनाले सुपमा पनि अबका दिनमा राम्रा दिन आउनेछन् भन्ने कुरामा विश्वास गर्न कर लागेको थियो । हालका दिनमा आएर धनगढी स्थित होटेल डिभोटीका संचालक कृष्ण महरा लगायतले ती प्रयासहरुलाई गती प्रदान गरिरहेका छन् । यी सबै भइरहँदा छिटपुट रुपमा स्थानीय पत्रपत्रिकामा सुदूर पश्चिममा पर्यटन प्रबद्र्धन गरान मद्दत मिल्ने खालका लेखहरु लेख्ने व्यक्तिगत प्रयास मबाट पनि

इन्टरर्नेटमा खोजी गर्ने क्रममा ३० मेइ, सन २०१२ मा प्रेरक नेपाली महिला श्रृंखला अन्तर्गत वल्डप्रेस डट कम नामक साइटमा प्रकासित उनको अन्तर्वाता फेला पारेँ । पञ्चायत काल देखि नै महिला प्रजनन स्वास्य सम्बन्धी समाजमा व्याप्त मान्यता विपरित लेख्दै आएका कुराहरु पढ्दा खुशी लाग्यो । अछाम र डोटीमा सिविर सञ्चालनका क्रममा सुपका महिलाहरुको प्रजनन स्वास्थ्याधिकारको अवस्था र त्यो अवस्थालाई सुधारबाट बिमुख गराउने छाउपडी प्रथा उन्मुलनसँग सम्बन्धित कामलाई उनले आफ्नो १० वर्षे योजनामा समावेश गर्नु अझै उत्साह प्रद थियो । अमेरिकन हिमालयन फाउण्डेसनको वेवसाइटमा राखिएको सिन्धुपाल्चोककी १५ वर्षीय कान्छीको उनकै चिनजानका काकाले भारतको सिक्किममा घरेलु कामदार बनाउनकालागी लगेको र उनी त्यहाँबाट उम्किएर नेपाल आउन सफल भएको कथाले उनीप्रतिको रीस कम गर्दै लग्यो । तर सुदूर पश्मिलाई कुरुप करार गर्नुलाई केही गरी पनि अनुमोदन गर्न सकेन ।
हो, सुदूर पश्चिम देशको अविकसित क्षेत्रहरु मध्येमा पर्छ । पहिले कर्णालीलाई विकासको घाम नपुगेको क्षेत्रको रुपमा हेरिन्थ्यो भने सुदूर पश्चिमको त अस्तित्व समेत थिएन । बीस वर्ष अघि कर्णाली नदि माथिको चिसापानी पुलले यस क्षेत्रलाई केन्द्र सम्म जोडेको हो । त्यसपछि पनि राज्यबाट हरेक पटक उपेक्षित रह्यो । यस क्षेत्रका भित्रि मदेसमा पर्ने कैलाली र कञ्चनपुरका सहरी इलाका शिक्षा र चेतनाका हकमा केहि माथि भएपनि यहाँका पहाडी भेगहरुमा अझै पनि शिक्षा र चेतनाको स्तर एक दमै नाजुक छ । यहाँको ग्रामीण जनसंख्या मुख्यतया कृषि तथा वैदेशिक रोजगारमा निर्भर छ । वैदेशिक रोजगारका लागी पहिले मुख्य रुपमा भारत मात्रै गन्तब्य हुने गरेकोमा अहिले खाडी मुलुकहरु पनि नयाँ गन्तव्यका रुपमा स्थापित भएका छन् । गरीवी र अशिक्षा कै कारणले यहाँ हलिया, कमैया, कमलरी, जातीय छुवाछुत, छाउपडी लगायतका कुसंस्कारहरुले बलियो जरा गाडेर बसेका छन् । यो सत्यलाई नकार्न सकिँदैन । विगतका दिनमा सुदूर पश्चिम यिनै कुसंस्कारको पर्याय बनेर रहेको थियो । तर के पनि सही हो भने यो क्षेत्र प्राकृतिक एवं संस्कृतिक सम्पदाले अत्यधिक धनी छ । उत्तरका अपी र शैपाल हिमाल, खप्तडका फाँटहरु, बडिमालिका, डोटीको शैलेश्वरी, डडेल्धुराको उग्रतारा, कञ्चनपुरको शुक्लाफाँटा बन्यजन्तु आरक्ष, कैलालीको घोडाघोडी सिमसार क्षेत्र जस्ता सम्पदा यस क्षेत्रका सम्पत्ती हुन । पहाडका जाँतहरु (जात्राहरु), गौरा पर्व, देउडा संस्कृति, भुवाँ नाच, हुड्केली नाच र तराईंका थरुहरुको माघी पर्व यहाँका बिशेष सांस्कृतिक पहिचानहरु मध्ये पर्दछन् । यी सबै कुराहरुले गर्दा नै गरीवी र पछौटेपनको पर्याय बनाइएको सुदूर पश्चिमलाई सुन्दर पश्चिम भनेर न्वारन गरिएको हो ।
लेखमा उनले कुसंस्कारहरुको मात्रै कुरा उठाएकी छिन् । तिनै कुसंस्कारका आधारमा सुदूर पश्चिमको पहिलेको नकारात्मक छाप फेरी ब्युँताएकी छिन् । हो ती कुसंस्कारहरु पक्कै पनि समाजका कलंक हुन् । विस्तारै ती संस्कारहरु गलत हुन् भन्ने चेतना सबैमा फैलन थाली सकेको छ । अवस्थाहरु हिजो भन्दा आज राम्रो र आज भन्दा भोलि राम्रो हुने निश्चितै छ । सुधारको गति तीब्र हुनु सबैको चाहना हो । त्यसकालागी उहाँहरु जस्ता जान्ने सुन्नेहरुले सकारात्मक तरिकाले ती मुद्दाहरुका बारेमा लेखि दिए सायद न्यायोचित हुन्थ्यो होला ।
कमैया, कमलरी, हलिया, आदि प्रथाहरुको अन्त्यको घोषणा सरकारले औपचारिक रुपमा धेरै अघि गरिसकेको छ । मुक्ति घोषणा पूर्व पुनःस्थापनाका कार्यक्रमहरु सहि रुपमा नबनाएकाले मुक्ति घोषणाले पूर्णतया सार्थकता भने पाउन सकेको छैन । त्यसैमाथि केही गैह्र सरकारी संस्थाहरुले परिस्थितिको फाइदा उठाउँदै गैह्र कमैयालाई समेत उक्साएर कमैयाको जमातमा मिसाएर समस्यालाई झन् बल्झ्याएको प्रमाण धनगढी बजारको केन्द्रमा रहेको कमैया सिविर पनि हो । घर जग्गा भएका पनि राहतको लोभले जमातमा मिसिएका छन् । एकताका त त्यसै वस्तीमा वेश्यावृत्ति संचालन गर्नेले समेत प्रश्रय पाएका थिए । बस्ती छेउमै घर भएकोले पनि यी मेरा व्यक्तिगत अनुभवहरुमा आधारित तथ्य हुन् ।
हलिया प्रथाका हकमा अचेल पहाडी क्षेत्रमा हरेक जातीले हलो जोत्न थाली सकेका छन् । पहिले ब्राम्हण र क्षेत्रीहरु हलो नचलाउने भएकाले आफ्नो जमिनको केहि अंश दलितहरुलाई भोगचलनका लागि दिएर घरायसी तथा किसानीमा उनीहरुलाई प्रयोग गर्ने गर्दथे । त्यसरी कामका लागी राखिएका दलितहरुलाई हलिया भनेर भनिन्थ्यो । अचेल खेत भएका सबै ब्राह्मण हलो जोत्छन् । पहिलेका हलियाहरु प्राय वैदेशिक रोजगारमा आश्रित छन् । कतिपय सरकारी राहतको प्रतिक्षामा बसेका छन् ।
कमलरी प्रथाका हकमा मैले नबुझेको के भने त्यही किसिमको घरेलु कामकाजका लागी नेपालमा पढेलेखेका युवतीहरु यूरोप सम्म आउने गर्छन् । अनि त्यसरी आउनुलाई उनीहरु सम्मान जनक मान्छन् । नेपालमा त्यही किसिमको काम गर्नुलाई कुप्रथाका रुपमा प्रचारित गरिन्छ । घरेलु कामदारका रुपमा जर्मनी, आयरल्याण्ड, इटाली, आदिका महिलाहरु अमेरिकामा १९ औँ शताब्दी देखि नै आउन थालेका हुन् । पहिलेको काम गराइको अवस्था र अहिलेको अवस्थामा सुधार अवश्यै आएको छ र पनि त्यसरी काम गर्न जाने प्रचलन जारी छ । मसँगै व्यवस्थापनमा स्नातक तह अध्ययनरत जर्मन छात्रा समेत अमेरिकामा अउ–पेयर बसेको अनुभव सुनाउँथीन् । घरायसी कामकागका क्रममा उनीहरु माथि शारीरिक तथा मानसिक शोषण भएनभएको अनुगमन गर्ने तथा कामको वातावरणको मापदण्ड तय गर्ने कुरा एक ठाउँमा छ तर घरेलु कामदार नै राखिनु हुँदैन भन्नु सायदै सहि होला । लैङ्गिक समानताका स्वरहरु उठेसँगै महिलाहरु पनि विभिन्न पेशाहरुमा आबद्ध हुन थालिसकेका छन् । पुरुष पनि काममा जाने महिला पनि काममा जाने अनि घरायसी कामकाज चाहिँ छिमेकीले गरिदिन्छ ?
लेखकले ‘छाउपडी’लाई सुपको अर्को कुरुपताका रुपमा उल्लेख गरेकी छन् । सुपका विकट पहाडी जिल्लहरुमा महिनाबारीका बेलामा महिलाहरुलाई अलग घरमा राख्ने प्रचलन छ । प्राय महिनाबारीका बेलामा हुने रक्तश्राब र महिनाबारीसँग सम्बन्धित पौराणिक कथनहरुका कारण महिनाबारी बार्नुलाई परम्पराका रुपमा मान्ने गरिन्छ । हुन त यो प्रथा अन्य जातजातीमा पनि आ–आफ्नै किसिमले विद्यमान रहेको पाइन्छ । नेवार जातीमा रहेको ‘गुफा’ पस्ने चलन पनि यसैको एक रुप हो । तर त्यस्ता चलनले उपत्यका कहिल्यै कुरुप कहलिएन । त्यसो भन्नुकाु अर्थ ‘छाउपडी’ प्रथाले निरन्तरता पाउनु पर्छ भन्ने होइन । चेतनाको विकास सँगै यी प्रथाहरु विस्तारै हट्ने क्रममा छन् । सहरीया परिवेशमा हुर्केका नयाँ पुस्ता यो प्रथालाई प्राय मान्दैनन् । ग्रामीण भेगमा अझै गास, बास र कपास प्रमुख समस्याका रुपमा रहेको परिस्थितिमा महिनाबारीका बेलामा व्यक्तिगत सरसफाइ कायम गर्नका लागी उनीहरुसँग प्राय न श्रोत साधन हुन्छ न विवेक नै । धर्ममा बढि आस्था राख्ने त्यो जनसंख्या अझै पनि छाउपडी इन्द्रको श्रापलाई चन्दमा र नारीमा भागलाउने क्रममा नारीहरुले पाएको सजायका रुपमा लिन्छन् । शिक्षाको स्तर नाजुक रहेकाले प्रजनन स्वास्थ्य सम्बन्धी चेतना पनि कम छ । त्यसैले त्यो प्रथा हट्न गाह्रो भएको हो । त्यति हुँदाहुँदै पहिलेको तुलनामा स्थितिमा धेरै नै सुधार आएको छ ।
लेखकले ‘छाउपडी’को हकमा सम्पूर्ण सुदूर पश्चिमलाई मुछ्नुले यो प्रथा हुँदै नभएको सुपको तराई क्षेत्रका थारु जातीहरुप्रति समेत अन्याय गरेका छन् । सुप भनेको पहाडी समुदायको मात्रै होइन । यहाँका तराईमा थारु जातीको पनि बाक्लो उपस्थिति छ । उनले कुनै एक घटनालाई आधार मानेर कुनै एक समाजका पुरुषहरुले यो प्रथालाई कायम राख्न दबाब दिए भन्दैमा सुदूर पश्चिमका सम्पूर्ण पुरुषहरुनै यो प्रथा कायम गर्नु ठीक हो भन्ने मानसिकताका छन् भन्नु पूर्वाग्रहीपूर्ण हो । पुरुषहरु पति मात्रै होइनन् । उनीहरु बाबु र दाजु भाइका भुमिकामा पनि हुन्छन् । कुनै पनि बाबु या दाजुभाइले आफ्ना दिदीबहिनीलाई या छोरी चेलीलाई दुःख दिन चाहन्न् । मसँग बाबुको अनुभव नभएपनि भाइको या दाइ हुनुको अनुभब छ । मैले मेरा दिदी–बहिनीले त्यस किसिमको कुनै पनि दुःख भोगुन भन्ने चाहना राख्दैन । अझ मेरो छोरीको पाला सम्ममा त यो प्रथा इतिहासमा सिमित भएर जाने छ भन्ने लाग्छ ।
मद्यपानलाई उनले अर्को ठूलो मुद्दा बनाएकी छन् । कार्यायलमा मद्यपान गरेर जाने कर्मचारीका बारेमा समेत लेख्न भ्याएकी छिन् । तर २३ वर्षे सुप बसाइको क्रममा त्यस्तो अचाक्ली कहिल्यै देख्नु परेन । सामान्य जनजीवनमा मध्यपान हुन्छ । मद्यपान नहुने ठाउँ पो कहाँ छ नेपालमा ? घरेलु रक्सी नबेचिने सहर कुन हो नेपालको ? त्यत्ति जान्न पाउँ । राजधानीमा समेत जुता, चप्पल, युरिया, आदि हालेर बनाउने गरिएको घरेलु रक्सीका अड्डाहरु फेला परेकै हुन् । मध्यपानको के कुरा लागु पदार्थ दुव्र्यस, वेश्यावृत्ति, डनप्रवृत्ति, व्यापक भ्रष्टाचार, नदी–नाला प्रदुषण, आदि जस्ता कुसंस्कार बोकेको काठमाडौँ सपनाको सहर कहलिदा उहाँका कलम चल्दैनन् । देशको उपेक्षाको शिकार भएको क्षेत्रका कुरीतीले भने उनलाई अचम्भित पार्छ ।
मेरो प्रयास कुनै कुसंस्कारको वकालत गर्नु होइन । मेरो धेय भनेको सुदूर पश्चिमलाई कसैले पनि नकारात्मक उपमाहरुमा सिमित गर्न नखोजोस् भन्ने हो । यस्ता लेखहरुले सुप सम्बन्धी नकारात्मक धारणा बन्नमा मद्दत पुग्छ । म चाहन्न कि मेरो क्षेत्रले कुनै कुसंस्कारको बिल्ला भिरोस् । मेरो सुन्दर पश्चिम सम्पूण देशसँगै कुसंस्कार सँगको लडाईमा सहभागी छ । म र मजस्ता विचार बोकेका युवाहरु आगामी सुनौलो विहानीको स्वागतका लागि तयार छाँै । हामी एक संस्कारमा हुर्कियौँ होला तर हाम्रो विवेक खुले देखि हामीले हाम्रा व्यवहारमा परिवर्तन ल्याएका छौँ । हामीले हाम्रा संस्कारहरु प्रतिको दृष्टिकोणमा परिवर्तन ल्याएका छौँ । चर्का नारावाजी र तोडफोडले मात्रै परिवर्तन हुने होइन । संस्कार फेरिन पुस्तौँ लाग्छ । एक संस्कारमा हुर्किएको मान्छे रातोरात संस्कार भुल्न सक्दैन । त्यसैले सकिन्छ आफ्ना क्षेत्रको सुधारमा, विकासमा र उत्थानमा रचनात्मक सहयोग गरौँ सकिन्न भने कृपया बदनाम गरेर छाड्ने काम मात्रै नगरौँ । अस्तु !

Image source: https://www.facebook.com/Beautifulfarnepal?fref=photo
Comments
Post a Comment