Posts

योगमायाः द वाइल्ड वाइल्ड इस्ट

Image
योगमायाका बारेमा मैले पहिलो पटक पढ्न पाएको भनेको करीव १६ महिना अघि कुमार नगरकोटीको फोसिलमा हो । फोसिल मैले पढेको नगरकोटीको पहिलो पुस्तक भएकोले योगमाया काल्पिनिक पात्र हुन् या वास्तविक भन्ने नै थाहा थिएन । त्यसको लगत्तै योगमायाका विषयमा अन्य चर्चाहरु पनि हुन थाले । करीब १ वर्ष अघि पढेको नयनराज पाण्डेको घामकिरीमा पनि योगमायाको चर्चा थियो । तिनै फुटकर प्रसंगहरुले नै यो पुस्तकसम्म तानेको थियो । यो पुस्तक योगमायाका बारेमा अध्ययन गर्ने पहिलो विदेशी वौद्धिक तथा  Heir to a Silent Song: Two Rebel Women of Nepal   किताब लेख्ने बार्बरा निम्री अजिज र पारिजातको प्रसंगसँगै सुरु भएको छ । पारिजातले निम्रीलाई योगवाणी उल्था गर्नमा सहयोग गर्ने सहमती जनाएबाट पुस्तकको ‘आरम्भ’ भाग सकिएको छ । तयसपछि सुरु भएको ‘ठूलीहजुर’ भागमा योगमायाका बारेमा सम्पूर्ण कथा समेटिएको छ । कक्षा १० को अनिवार्य अंग्रेजीको पाठ्यक्रममा समावेश भइसकेको भएपनि (?!) यो पुस्तक प्रकाशनपूर्व योगमायाका बारेमा आंशिक रुपमा मात्रै अध्ययन भएको र विभिन्न खाले मतहरु प्रकाशमा आएका थिए । यो पुस्तकले निकै अनुसन्धान...

सगरमाथाको गहिराइ नाप्दाः कविताको कथा

Image
जुन काँधमा कुनै दिन न बसेर मेरो खुट्टा हल्लाउँदा मैले थाहा पाएको थिएँ यदि सधैभरि मसँग मेरो बुबाको काँध हुने भए म सधै भरि गाउँभरिकै सबै भन्दा अग्लो मान्छे हुने थिएँ बुकाहोलिकमा सगरमाथाको गहिराइ माथिको छुद्र टिप्पणी पढे पश्चात यो पुस्तक पढ्ने लालसा अझै बढेको थियो । कारण त्यस अघि नै पनि नवराज पराजुलीका कविताहरु यूट्युबमा हेरेको थिएँ । अरु भन्दा पनि बुबाका लागी लेखिएको कविताले मुटु हल्लाएको थियो । यो सबैको यस्तै हुन्छ भन्ने छैन । अवस्थाले पनि फरक पार्छ । रातदिन आमाबा सँगै रहनेलाई त्यसले खासै असर पार्दैन होला । बरु बाबाको खप्कीका कारण अझ बढि बेमतलबको हुनसक्छ । तर परिवारबाट सात समुद्र पारी सपना पछ्याइ रहेकाहरुका लागी यस्ता कविताले निकै हल्लाउँछ । आफ्ना सपनाहरु समेट्न नपाउँदै हातबाट समय कसिँदै गरेको मुट्ठीको बालुवा जसरी फुस्किँदै गर्दा बुढा बाबुप्रतिको कर्तव्य र उनले आफ्ना लागी गरेको संघर्ष अझै बुझिँदै गइन्छ । जीवन त्यति सहज त रहेनछ भन्ने भान हुँदै जान्छ । सपनाहरु त्यति सहजै प्राप्त हुँदा रहेनछन् भन्ने बुझिँदै जान्छ । बा प्रतिका गुनासाहरु सबै निरर्थक बनेर जान्छ कारण आफूले बाक...

ब्रह्मशमशेरकाे "नेपालकाे महाभूकम्प १९९०": भूकम्पकाे इतिहास

Image
 नेपालको २०७२ सालको वैशाख १२ गतेको भूकम्प विस्तारै विस्मृतिमा धकेलिँदै गर्दा बुढापाकाको उमेरको नापोको रुपमा परिचित ९० सालको भूकम्प अर्थात वि.सं. १९९० माघ २ गते गएको भूकम्प सम्बन्धी ब्रह्मशमसेरले लेखेको किताब पढ्ने मौका जु¥यो । पछिल्लो महाभूकम्प पछि मात्रै खोजीमा भएको यो पुस्तक विद्यालयको पाठ्यक्रममा समावेश हुनुपर्ने गुणको भए पनि विलुप्त अवस्थामा थियो र अझै पनि धेरैले यस पुस्तकका बारेमा थाहा पाएका छैनन् । नेपाली इतिहाँसको बारेमा जानकारी गराउने यस्ता पुस्तकको चर्चा एक पटक फेरि बल्झियोस् र धेरै भन्दा धेरै पाठकले यी पुस्तकबाट हाम्रो विगत जानुन अनि आफूलाई भविष्यका निम्ति तयार गरुन भनेर यो पुस्तक पढ्दाका आफ्नो अनुभव लेख्न मन लाग्यो । यत्तिकै नभएपनि यस्तै विपत्ति ठिक सय वर्ष अगाडि नेपालले भोगेको थियो । उस बखतमा पनि हजारौँ घर नाश हुन गई धेरै दिनसम्म साराले छाउनी र अरु यताउतिको मैदानमा बस्नुपरेको थियो । त्यस बेलामा बिग्रेको सहर, बस्तीको जीर्णोद्धार गरी फेरि जस्ताको त्यस्तै गराए झैँ अहिले हामी सबैले हिम्मत नहारी उत्साह बढाई भएको नोक्सान चाँडो मेट्ने उपायमा तन, मन, धन लगाउनुपर्छ । –१९९०,...

निर्मलालाई न्याय

Image
Pic credit: Republica, reporters: Pushparaj Joshi and Dilbahadur Chhantyal गत बिहीबार एक जना फेसबुक साथीले कंचनपुरको घटनाका बारेमा एक सामग्री पठाए । सो सामग्रीमा श्रावण ११ गते बलात्कार पछि हत्या गरिएको अवस्थामा फेला परेकी निर्मलाकी आमाको अन्तर्वार्ता थियो । बीसौँ दिन पुगि सक्दा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको थिएन । प्रहरीले सार्वजनिक गरिएको दोषी अपत्यारिलो थियो । शंका गरिनु पर्नेहरुमाथि अनुसन्धान नै गरिएको थिएन । प्रहरीले निर्मला हराएको निवेदन दर्ता गर्ने बेलादेखि देखाएको एक किसिमको नैराश्यपूर्ण व्यवहारले कतै प्रहरीले खास अभियुक्तलाई लुकाउन खोजि रहेको त छैन भन्ने शंका गर्ने प्रसस्त ठाउँहरु थियो । सायद त्यसैले पनि कञ्चनपुर निर्मलाको लाश फेला परेको दिन देखि नै आन्दोलित थियो । सुदूरको समस्याहरुमा काठमाडौँ जागेको त्यति उदाहरण छैन । यस पटक भने अचम्म भयो । बिहिबारै निर्मलामाथि र उनको परिवारमाथि भएको अन्यायका सन्दर्भमा ट्वीटरमा चिनिएकी पत्रकार तथा अभियन्ता अमृता लम्सालसँग गुनासो राख्दा उनले पनि सो सम्बन्धी केहि गर्न चाहेको तर पर्याप्त जानकारी नभएको बताइन । निर्मलाको आमाको अन्तर्वा...

विपीको स्वेतभैरवीः मधेस र इतिहास बोकेको साहित्यिक कृति

Image
विपीका उपन्यासहरु विद्यालयमा पढ्दै गर्दा र कति क्याम्पस स्तरमा पुगेपछि पढेर भ्याएको थिएँ । कथाहरुमा एक रात र दोषी चश्मा पाठ्यक्रममै समावेश भएकाले पढिएको थियो । त्यसका अलावा धेरथोर अन्य पनि पढिएका थिए तर श्वेतभैरवी कथा संग्रह कसो कसो छुटेको थियो । श्वेतभैरवी पढेसँगै विपीका रचनामा अर्को कथासंग्रह दोषी चश्मा बाहेक सबै पढेर भ्याइयो । हिटलर र यहुदी त दोश्रो पटक सम्म पढेँ । के चाहिँ हुँदो रहेछ भने पहिलो पटक पढ्दा नबुझिएका धेरै कुरा दोश्रो पठनमा बुझिँदो रहेछ । त्यसमा आफूले त्यसबीच पाएको ज्ञानले पनि भूमिका निभाउँछ होला । नत्र श्वेतभैरवीकै एक रातको यस पटकको अध्ययनले जुन तहसम्म मलाई उत्तेजित बनायो र रामप्रसाद राईको वृत्तचित्र सम्म पु¥यायो त्यो पहिलो पठनमा भएको थिएन । त्यस हिसाबले विपीका सबै कृतिहरु एक पटक फेरी पढ्ने हुटहुटी भने बढेर आएको छ । एक रातको कथावस्तुको बारेमा लेख्नु पूर्व त्यसको पृष्ठभूमीका बारेमा पनि केहि लेख्न जरुरी ठान्दछु । सायद यो पृष्ठभूमीले एक रात कथालाई अझ महत्वपूर्ण बनाइ दिन्छ । राजा, राणा र कांग्रेसको दिल्ली सम्झौताबाट त्यतिबेलाका कांग्रेसका जनमुक्ति मोर्चाका रामप्रसाद...

पहेँलो गुलाफ: प्रेमा शाह

Image
प्रेमा शाह मनपर्ने अभिनेत्री जल शाहकी आमा भनेर उनको लेखन प्रति निकै अघि देखि रूचि थियो । त्यो भनेको १६-१७ वर्ष अघि आठ-नौ कक्षामा पढ्दा भनेको हो । फेरी उनी पनि विपी जस्तै यौन मनोविज्ञानमा कलम चलाउने भन्ने विवरण साहित्यकार परिचयार्थ प्रज्ञा प्रतिष्ठानले छापेको एक पुस्तकमा भेटेको थिएॅ । त्यसले झन् उनको साहित्य प्रतिको रूचि झन् बढाएको थियो ।  उनको कृति भने पढ्न पाएको थिएन । पछि नगरकोटीको अक्षरगंजमा पहेंलो गुलाफ को चर्चा पढेपछि सो पुस्तक पढ्ने लालसा फेरि बौरिएको थियो । पहेंलो गुलाफ(२०२३), विषयान्तर(२०२८) र मम्मी(२०४०) गरेर शाहका तीन कृतिलाई एकमा गाभेर रत्न पुस्तकले निकालेको रहेछ । शिव नेपालबाट आउने खबर पाउने बित्तिकै अनुराधा र पहेंलो गुलाफको ईक्षा सुनाएॅ । उनले पहेॅलो गुलाफ पाएछन् । त्यसरी पहेंलो गुलाफ हात पर्यो ।  मने एक्कासी उठ्याे । हातकाे पेटीले उसले पातलीलार्इ सटासट हिर्काउन थाल्याे । पातली रन्थनिर्इ, उसकाे अहङ्कार पेटीकाे चुटार्इसित दुख्ने भएर अायाे । उसले अगाडिकाे बाँसकाे ढुङ्ग्राे उठाएर मनेलार्इ हिर्कार्इ । मने झन् जङ्गिएर पातलीलार्इ जता पायाे उतै पेटील...

घामका पाइलाहरुः ध. च. गोतामे

Image
निद्रा बिउझियो । ठीक यसैबेला हिजो बिहान पनि रेलको तीखो सुसेलीले उसको निद्रा बिउँझाएको थियो । धर्मशाला, रेल–स्टेसनभन्दा टाढा भए पनि रेलको लीकभन्दा टाढा छैन । दीक्षणबाट आउने रेल गुमटीनिरको आउटर सिग्नलनजीक पुग्नासाथ यसै गरी नित्य, नबिराई चीत्कार गर्छ । यस बखत विहानको ठीक साढे चार बजेको हुन्छ । पुराना नेपाली साहित्यका किताबहरु पढ्ने क्रममा आजभन्दा करीब २ वर्ष अघि घामका पाइलाहरु मगाएको थिएँ । चल्तिका पुस्तकहरु पढ्ने क्रममा यो पुस्तक भने अलि पछि परेको थियो । धेरै पटक पढ्ने प्रयास गर्दा पनि पुरै पढेर भ्याउन गाह्रो भएको थियो । यसपाली जसरी भए पनि सक्ने भनेर थालेको थिएँ । सिध्याउँदा नेपाली साहित्यको अर्को लुकेको पाटो हेर्न पाएको अनुभुति भयो । विशेष गरी नेपालमा रेल यातायातको विकासको इतिहासलाई समेटेर लेखिएको यो पुस्तकमा त्यसैसँगको फेरिँदै गएको समाजको चित्र समेत पढ्न पाइन्छ । २०३५ सालको मदन पुरस्कार प्राप्त यो कृतिमा प्रथम विश्वयुद्ध सकिएपछि र द्वितीय विश्वयुद्ध सुरुहुनु भन्दा पहिलेको समयावधीलाई समेटिएको छ । त्यो भनेको देशमा प्रजातन्त्र आउनु पूर्वको समय हो । यसलाई अघिल्लो शताब्दिको कथा भ...