Posts

Chronicles of Facebook Love (Story)

Image
I have an unusual habit of sending friend request to all that are suggested by Facebook. And sometime also to those who seem interesting to me. Not necessary to mention that most of them were girls. Sometimes my sending request option is even blocked! I won’t call myself a freak. I only used the best opportunity of sharing best or worst moments with the ones whom you don’t expect to meet in your real life. I believed even if you shared your darkest secret with them they would never harm you because they will rarely encounter you in your real life. On the other hand, it made me feel relieved. I am not good in talking. But I can chat well. Or maybe because it’s possible to edit what you write on chat. But once you speak something in real you can’t edit it. May be this is the reason behind having so many friends in Facebook. I was busy in screening my wall posts and commenting on which ever were interesting to me. Just then, I had an eye on a status. Well, there were...

शारदा शर्माको ‘ताप’

Image
तस्बिर स्रोत: मनोज पनेरु शारदा शर्माको ‘ताप’ पढ्दा एकदमै मिश्रित अनुभवहरु भए । सुरुमा पढ्दा सोचेँ, ‘ए बुद्ध धर्म सम्बन्धी रै’छ ।’ अलि पछि लाग्यो, ‘लौ, जनयुद्ध सम्बन्धी पनि लेखिछिन्, ।’ अझै पढ्दै जाँदा राणाशासन, राजाशासन, सुगौली सन्धी, पुरुष समाजप्रतिको नारी दृष्टिकोण, आदि सबै देखियो । धेरै कुरा भएर हो सायद अन्तमा पुग्दा सुरुकी पात्र को थिइ भनेर पाना पल्टाउनु पर्ने अवस्था आयो । बर्दिया देखि मनाङ सम्म अनि लण्डन देखि कोलम्बोसम्म, जताततै पुगियो । भाषामा कहिं एकदमै जटिलता पनि देखियो । कहिँ शुद्ध नेपाली प्रयोग भएको देखियो भने कहिं हेलचेक्य्राँइ गरेर सामान्य नेपालीका शब्दलाई पनि अंग्रेजी पदावलीले विस्थापित गरेको देखियो । प्रभाकर र परासरका अनि कैवल्यका चारित्रिक चिरफार पढिरहँदा आफू मै पनि अलिकति सबैखाले व्यक्तित्व भएको भान भयो । प्रभाकरको आमा प्रतिको दायित्वबोधले पत्नीमाथिको अन्याय हुनु अनि परासरको अन्तिम सम्म पनि चन्द्रिकालाई पाउने इच्छाले कहिले काहिँ गिज्याए । एक ठाउँमा पुरुषहरु महिलाहरुले दुःख पाउन भन्ने चिताउँछन् कि त्यस्तै केहि लेखिएको  थियो । पहिले त प्रतिकार गरेँ । ‘होइन हामी त...

‘अदृश्य’ समाजः तेश्रोलिङ्गी समाज

Image
बाम्बी साल्सेडो मेक्सिकोमा जन्मिए । उनी जन्मीनु पूर्व नै उनका आमाबाबु छुट्टिए । उनी बीन र तोर्तिया (मेक्सीकन खाना) खाएरै हुर्किए । मिठो मसिनोको लागी उनको परिवारसँग मनग्गे पैसा हुँदैनथ्यो । उनकी आमाले परिवार धान्न निकै मिहिनेत गर्नु पर्दथ्यो । कहिले काहिँ उनी पनि बाहिर काम गरेर परिवारका लागी धेरथोर पैसा ल्याउने गर्थे । किशोरावस्थामा प्रवेश गरेपछि उनी सडक वालवालिकाहरुसँग बढि समय विताउन थाले । उनीहरुको संगतमा उनलाई स्वतन्त्रता मिलेको भान हुन्थ्यो । उनको जीवनको त्यही चरणमा नै उनी लागुपदार्थ दुव्र्यसनमा संलग्न भए । विभिन्न अपराधका लागी पटकपटक जेल समेत परे । उनलाई सँधै सहयोग गरिरहने उनकी दिदिले पनि विगतका उनको सुध्रिने वाचाहरु तोडेका कुराबाट आजित भएर एकदिन उनका अघि ढोका थुनिन् । त्यसपछि उनका सबै ढोका थुनिए । यसकिसिमको समस्यापूर्ण किशोरको जिन्दगी बाँचिसकेपछि उनलाई एकदिन महसुस भयो कि उनी एक तेश्रो लिङ्गी थिइन् । केहि तेश्रो लिङ्गीहरुको सुझाबमा उनले अनुहारमा सौन्दर्य प्रसाधनका सामग्रीहरु प्रयोग गरी हेरिन् । महिलाहरुको पोशाक लाउन थालिन् । उनलाई एकदमै हलुका महशुस भयो । अफूले गुमाएको परिचय फि...

गजलः तिम्रो आगमनले

Image
तिम्रो आगमनले हेर, रंगीन यो रात बन्यो आशा छायो मनमा अनि, मीठा हरेक बात बन्यो निदाउँदा तिम्रा छेउमा दुःख भुल्छु सबै मेरा आँखा खुल्दै तिमी देख्दा हरेक विहान सौगात बन्यो कुरा सुनी रहुँ लाग्छ ती आँखा हेरी रहुँ लाग्छ रक्सीको के कुरा लाटी अधर मीठो मात बन्यो एक्लीएका बसन्त थे, पट्यार लाग्दा गृश्महरु सँगै रुझदा तिमीसँग प्यारो यो वर्षात बन्यो

भुइँचालोका पाठहरु

Image
राजनीतिक दलका नेताहरुका मुखबाट सधैँ जसो सहमति र सहकार्यका कुराहरु सुन्दा यी शब्दहरु निकै नै हल्का रुपमा लिने गर्दथेँ । लाग्थ्यो सहमति र सहकार्य यिनीहरुले प्रस्तुत गरेको जस्तो कठीन हुँदै होइन । सोच्थेँ, कम से कम एकै गन्तब्य हुनेहरुका लागी त त्यो एक दमै सहज हुनु पर्ने हो । समस्या त भित्री स्वार्थहरु हुन्ः जनता भुल्याउन व्यक्त नारा पछाडिका व्यक्तिगत स्वार्थहरु । तिनै स्वार्थहरुले गर्दा वर्षौँ देखि सहमति जुटाउन नसकिएको हो । होइन भने त्यस्तो अलमल किन ? सहमतिकै अभावमा भविष्य प्रतिको आशा र विश्वास कम्जोर हुँदै गएर देशमा चरम निराशा छाएको छ । युग बदल्ने जोश सँगाल्नु पर्ने युवाहरुमा मैदान छोडेर दर्शकदिर्घामा सामेल हुने प्रवृत्ति मौलाएको हो । अहिले विस्तारै बुझ्दै जाँदा समस्या स्वार्थहरु मात्रै होइन भन्ने लाग्छ । समस्या त हाम्रो संस्कारमै रहेछ । हाम्रो संस्कारले हामीलाई सम्झौताका पाठहरु सिकाउन भुलेका रहेछौँ । हामीले जसरी हुन्छ आफ्ना कुराहरुलाई माथि पार्ने संस्कारमै बढि जोड दिएका रहेछाँै । हामीले अरुको कुरा सुनिदिने भन्दा पनि आफ्ना कुराहरु सुनाउने संस्कारमा बढि जोड दिएका रहेछौँ । अरुलाई प्रोत्सा...

एक मुक्तकः अनेक कथा

तिर्खाएको आत्मा अघि आँत खै के हो र ? लड्दा हात नसमाउने जमात खै के हो र ? यहाँ युगौँको बाचा हार्नेहरु, तमाम छन् प्रिय जाबो एक रातको साथको बात खै के हो र ? ******** मायाले आत्माको तिर्खा मेटाउँछ । पानीले घाँटिको तिर्खा मेटाउँछ । पानी जताततै भेटिन्छ । कम से कम निश्चित मोल तिरेर किन्न पाइन्छ । त्यसैले घाँटिको तिर्खा मेट्न सजिलो छ । साँचो माया पाउन गाह्रो छ । चटकेहरुले बेच्न राखेका यौनशक्तिबद्र्धक शीलाजितहरु जस्ता नौजाले माया छ्यापछ्याप्ती पाइन्छन् । तर चिरस्थायी रहने वा भनौ जुनी रहुन्जेल बाँच्ने माया पाउन गाह्रो छ । त्यो माया किनेर पनि पाइन्न । खोजेर पनि पाइन्न । त्यसैले आत्माको तिर्खा मेट्न गाह्रो छ । आत्माको तिर्खाका सामु घाँटि (आँत)को तिर्खाको कुराले उति महत्व राख्दैन । तनको प्यास भन्दा मनको प्यासले मानिस बढि छट्पटाउँछ । ‘तिर्खाएको आत्मा अघि आँत खै के हो र ?’  ******** केहि दिन अघि भोको पेटमा कार्यालय जान खोज्दा निके बेर उभिनु प¥यो । रक्तचाप कम भएका कारणले बस्ने बित्तिकै ढलेँ । करीब १५ मिनेट जति त्यसै छटपटाएँ होला । असिना पसिना भयो । सहयोग गर्न कोहि अघि बढेनन् ...

छनलाई त थुप्रै छन् (गजल)

छनलाई त थुप्रै छन्, दिनालई साथहरु सबैसँग कहाँ मिल्नु, तिम्रो जस्तै बातहरु दिन त सहजै बित्छन्, जसो तसो गरी अप्ठ्यारा त तिम्रा यादले भरिएका रातहरु कसम तिम्लाई दोष दिनु मेरो ध्येय होइन याद आउँछन् हरेक पल्ट, आफ्नै भुलका खातहरु हिउँद अझै बाँकि थिए, शिशीर र वसन्त नि बाँकि सँगै रुझ्नलाई साँचेका ती वर्षातहरु तिम्रो साथको घुर्कि लाउँथे एक्लो हुन डर थेन गिज्याउँछन् अचेल मलाई परिचित त्यै जमातहरु