गजलः तिम्रो आगमनले















तिम्रो आगमनले हेर, रंगीन यो रात बन्यो
आशा छायो मनमा अनि, मीठा हरेक बात बन्यो

निदाउँदा तिम्रा छेउमा दुःख भुल्छु सबै मेरा
आँखा खुल्दै तिमी देख्दा हरेक विहान सौगात बन्यो

कुरा सुनी रहुँ लाग्छ ती आँखा हेरी रहुँ लाग्छ
रक्सीको के कुरा लाटी अधर मीठो मात बन्यो

एक्लीएका बसन्त थे, पट्यार लाग्दा गृश्महरु
सँगै रुझदा तिमीसँग प्यारो यो वर्षात बन्यो




Comments

Popular posts from this blog

Letters to a Young Poet -Rainer Maria Rilke (with quotes)

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय