भुइँचालोका पाठहरु
राजनीतिक दलका नेताहरुका मुखबाट सधैँ जसो सहमति र सहकार्यका कुराहरु सुन्दा यी शब्दहरु निकै नै हल्का रुपमा लिने गर्दथेँ । लाग्थ्यो सहमति र सहकार्य यिनीहरुले प्रस्तुत गरेको जस्तो कठीन हुँदै होइन । सोच्थेँ, कम से कम एकै गन्तब्य हुनेहरुका लागी त त्यो एक दमै सहज हुनु पर्ने हो । समस्या त भित्री स्वार्थहरु हुन्ः जनता भुल्याउन व्यक्त नारा पछाडिका व्यक्तिगत स्वार्थहरु । तिनै स्वार्थहरुले गर्दा वर्षौँ देखि सहमति जुटाउन नसकिएको हो । होइन भने त्यस्तो अलमल किन ? सहमतिकै अभावमा भविष्य प्रतिको आशा र विश्वास कम्जोर हुँदै गएर देशमा चरम निराशा छाएको छ । युग बदल्ने जोश सँगाल्नु पर्ने युवाहरुमा मैदान छोडेर दर्शकदिर्घामा सामेल हुने प्रवृत्ति मौलाएको हो ।
अहिले विस्तारै बुझ्दै जाँदा समस्या स्वार्थहरु मात्रै होइन भन्ने लाग्छ । समस्या त हाम्रो संस्कारमै रहेछ । हाम्रो संस्कारले हामीलाई सम्झौताका पाठहरु सिकाउन भुलेका रहेछौँ । हामीले जसरी हुन्छ आफ्ना कुराहरुलाई माथि पार्ने संस्कारमै बढि जोड दिएका रहेछाँै । हामीले अरुको कुरा सुनिदिने भन्दा पनि आफ्ना कुराहरु सुनाउने संस्कारमा बढि जोड दिएका रहेछौँ । अरुलाई प्रोत्साहन गर्ने अनि अरुका प्रयासहरुको प्रसंसा गर्ने भन्दा पनि उनीहरुको कमी कम्जोरीकै बढि चर्चा गरिदिनु र तिनै कमी कमजोरीहरुले नै व्यक्तिलाई परिभाषित गरिदिनु हाम्रो संस्कारको गलत पाटो हो । नेपालका लागी साथीभाइहरुसँग मिलेर कार्यक्रमहरु गर्ने क्रममा यी कुराहरु बढि खड्किए ।
वैशाख १२ पछि धेरै कुरा फेरिए । महाविपत्तिले धेरैलाई मैदानमा फर्कन बाध्य तुल्यायो । देशको परिस्थितिको रमिते बनेका धेरै युवाहरु यसपटक भने आफ्नो भुमिका खोज्नका लागी अघि सरे । देश विदेशमा रहेका सबैले केहि न केहि गर्न थाले । सबैले व्यक्तिगत र सामुहिक तहमा काम गर्न थाले । म पनि त्यस्तै केहि गरौँ भनेर आफ्नो सहरका केहि साथीभाइसँगको ‘सहकार्यमा’ लागेँ । हामीले सुरुवाति दिन देखि १९ जुन सम्ममा विभिन्न कार्यक्रमहरु गर्यौँ । हरेक कार्यक्रमका अन्त्यमा मेरा दिमागमा धेरै कुराहरु खेल्ने गर्दथे । म हरेक पटक एउटा नयाँ पाठ लिएर घर फर्कने गर्थे । अनुभवबाट सिक्ने प्रकृया एकदमै जटिल हुँदो रहेछ । कतिपय बेलामा हाम्रो आफ्नै अहंले त्यसो गर्नबाट हामीलाई छेक्दो रहेछ । मैले पनि धेरै पटक त्यस्तो स्थितिको सामना गर्नु प¥यो । अरुका कुराहरुमा सँधै पूर्वाग्रही भएर सोचिदिँदा सँगै काम गर्नु निकै कठिन बन्न जान्थ्यो । कतिपय बेला कुराहरु नमिल्दा र काम गर्ने शैलीमा मतभेद देखिँदा सबै कुरा त्यागेर फेरी रमिते नै बन्ने मन हुन्थ्यो । त्यसो गरेको भए सायद मलाई अहिले केहि गर्न नसकेको ग्लानीबोधले निकै पिरोल्थ्यो होला । इतिहासले केहि गर्न भनि दिएको अवसरमा व्यक्तिगत अहंका लागी पर सरेँ भन्ने कुराले जीवनभर पोल्थ्यो होला । त्यसैले पनि मैले निकै नै प्रयास गरेर अन्तिम दिनसम्ममा समूहमा रहिरहेँ । विश्वास गर्नुस समुहमा काम गर्दाको हरेक दिन र हरेक छिन मेरा लागी चुनौतिले भरिएको थियो । त्यो चुनौति अरुबाट कम र आफूबाट बढि थियो । आफ्नै मनलाई बसमा पर्न सक्नु सबै भन्दा ठूलो काम थियो ।
सहयोग गर्ने भन्नेमा प्राय सबैको एकमत रह्यो तर कसरी र कसलाई भन्ने सबालहरुमा हामीबीच सँधै केहि न केहि फरक मतहरु आए । हाम्रा कार्यशैलीहरुमा पनि सँधै एकरुपता देखिएन । सायद हामी फरक पारिवारिक पृष्ठभूमी, फरक संस्कृति, फरक समाजको प्रतिनिधित्व गर्ने भएकाले पनि त्यस्तो हुन गएको होला । या हाम्रो समुहमा रहेर काम गर्ने संस्कारको अभावले त्यस्तो हुन गएको होला । काम गर्दै जाँदा फरक मतभएका कतिपय साथीहरु नदेखिने पनि हुन थाल्यो । विमतीहरुमा खुलेर बहस गर्ने र अरुका मतहरु बुझ्ने कोशिस प्राय कमै भयो ।
यी अप्ठ्यारा परिस्थितिहरुका बाबजुद हामीले पटक–पटक सडकमा बसेर चन्दा माग्ने देखि लिएर पहिलो पटक स्टुटगार्ट विश्वविद्यालयमा आइएएचआर (जल वातावरण इन्जिनीयरिङ्ग तथा अनुसन्धानको अन्तर्राष्ट्रिय संगठन) सँगको सहकार्यमा नेपालका लागी सांस्कृतिक कार्यक्रमको आयोजना गरेर ७ हजार युरो विभिन्न संघ संस्था मार्फत नेपाल पठाउन समर्थ भयौँ । सांस्कृतिक कार्यक्रमका क्रममा मानिसहरु ‘रेशल फिरिरि’ र ‘डल्ली रेशम’को तालमा कम्मर मर्काइमर्काइ नाच्नका लागी ओइरिए । आगन्तुकका लागी बनाएको मम, यमरी, निसासे, आलुअचार, समोसा, आदिको भरपुर प्रसंसा गरे । नेपाली लोक गितमा प्रस्तुत गरिएको नृत्यलाई एकदमै मुक्त कण्ठले प्रसंसा गरे । यो एक्लो प्रयासले सम्भव थिएन । सुरुवातको दिन देखि अन्तिम दिनसम्म अभियानमा लागी रहने अग्रज अनि साथीहरु नभइ दिएको भए यति गर्न असम्भव नै थियो । हरेकले आफ्नो असुविधा र असन्तुष्टिलाई मात्र सोचेको भए सायद हाम्रो उपलब्द्धि सम्भव थिएन । काम गर्ने क्रममा हुने आलोचना र टिका टिप्पणीहरुबाट तर्सेर खुट्टा कमाएको भए पनि यो मात्रामा सफलता सम्भव थिएन ।
यति भइसक्दा सिकिएका केहि कुरालाई बुँदागत रुपमा यहाँ प्रस्तुत गर्न चाहन्छुः
१. काम गर्दै जाँदा कमी कम्जोरीहरु धरै नै देखिने गर्छन् । ती कमी कम्जोरीलाई कसरी हेर्ने र तिनीहरुबाट के पाठ सिक्ने भन्नेकुरा एकदमै महत्वपूर्ण हुँदो रहेछ । गल्ती हुँदा गल्ती गर्नेले सबै भन्दा बढि त्यसको महसुस गर्छ । हामीमाझ कसैले काम गर्दाखेरी उसले कहाँ नेर गल्ती गर्ला र केहि बोल्न पाइएला भनेर रुँघेर बस्ने चलन छ । काम गर्नेले आत्मसमिक्षाको मौका नै पाउँदैन । चारैतिरबाट दोषारोपणहरु बर्षन सुरु हुन्छ । उसले गल्ती सुधार्ने र पाठ सिक्ने भन्दा पनि बढि समय प्रतिबाद गर्नमै खर्चन्छ । यसो हुँदा न त गल्ती सुधार हुन पाउँछ न त कसैले केहि सिक्न पाउँछ ।
२. हामीमाझ अलि प्रशंसा गर्ने बानीको पनि कमी भएको देखियो । मान्छेहरुका सबल पक्षहरुलाई बढि प्राथमिकता दिएर त्यसका बारेमा चर्चा गरिदिने र हौसला प्रदान गरिदिने संस्कारको कमी बारम्बार महशुस गरेको कुरा हो । अरुको प्रयासको प्रसंसाले व्यक्तिलाई एकदम ठूलो सकारात्मक उर्जा प्रदान गर्ने गर्दछ । जति ध्यान हामी मानिसहरुको कमी कम्जोरीमा दिन्छाँै त्यत्तिकै ध्यान उनीहरुको सबल पक्षमा पनि दिने ग¥यौँ भने समाजले त्यसबाट निकै नै फाइदा लिन सक्दथ्यो । कतिपय अवस्थामा मानिसलाई भौतिक प्राप्ती भन्दा पनि कसैले उसको प्रयासको कदर गरि देओस भन्ने हुन्छ ।
३. हाम्रो संस्कारमा शक्ति र सत्ताका निकै नै महत्व छ । सबैजना त्यसको अपेक्षा गर्छन । शक्ति र सत्तासँगै आउने जिम्मेवारी तर्फ भने कमैको ध्यान हुन्छ । जवाफदेयिता भन्दा पनि अरुमाथिको आफ्नो नियन्त्रणकायम गर्नका लागी शक्ति र सत्ताको अपेक्षा हुने गर्दछ । लिलामणी पोख्रेलको ‘माइबाप बन्नखोज्ने’ संस्कारले हामीलाई समूहमा काम गर्न एकदमै असहज बनाइ दिन्छ । आफूले निभाउन नसक्ने भुमिकाको पनि जिम्मेबारी आफ्नै काँधमा बोक्न खोज्नुले अरुले अवसर पनि पाउँदैन काम पनि गतिलो ढंगले हुँदैन । सके सम्म अरुलाई अग्रपंक्तिमा पर्नै नदिने र पर्दा पछाडि नै राख्न खोज्ने संस्कारको अन्त्य हुनु पर्दछ । आफूले दक्षता हाँसिल गरेको कुरामा आफू अघि सर्ने र अरुले दक्षता हाँसिल गरेको कुरामा अरुलाई पनि अघि बढ्ने वातावरण बनाइ दिने गर्नुले सबैले मौका पाउँछन् । मोतिराम भट्टले भानुभक्तलाई चिनाए जस्तै अरुमा भएको प्रतिभाको कदर गर्ने र उनीहरुलाई प्रोत्साहन गर्ने संस्कारले समूहमा काम गर्ने भावनामा बल पुग्छ । कसैले पनि एक्लै सबै थोक गर्न सक्दैन । अनि सबैलाई अलिअलि जिम्मेवारी दिएर सबैको सहभागिताको सुनिश्चितता गरायो भने समूहमा काम गर्नुको पनि छुट्टै मजा आउँछ ।
४. अरुका कुरा सुन्नु पनि कहिलेकाहिँ काम गर्नेका लागी धेरै बाधक हुने गर्दछ । सबैको चित्त बुझाउने कोशिस गर्नु नै पनि भूल रहेछ । जति नै कोशिस गरे पनि कसै न कसैको केहि न केहि कुरा त छुटि हाल्दो रहेछ । सबैलाई समेट्ने भन्ने कुरा राम्रो हो तर त्यसो गर्नु असम्भव प्राय हुन्छ । उदेश्यलाई प्राथमिकतामा राखेर काम गर्दै जाँदा सहयोगी हातहरु पनि जुट्दै जान्छन् । सबैको चित्त बुझाएर मात्रै काम सुरु गरौँ भनेर लाग्यो भने त्यो काम सुरु नहुँदै तुहिँन्छ । त्यसभन्दा राम्रो अधिकतम सहमति जुटाएर अघि बढ्नु नै सबै भन्दा उत्तम हुन्छ ।
५. हामीलाई हामीले काम गर्दा परेका कठिनाइको बारेमा थाहा हुन्छ । त्यसैले हामी चाहन्छाँै कि हाम्रो मिहिनेतको पनि कदर होस् । हामीलाई पनि कसैले जस देओस । तर त्यहि कुरा हामी अरुका हकमा सोच्न असमर्थ हुन्छौँ । अरुले काम गर्दा पनि हामी जस्तै कठिनाइको सामना गर्नु परे होला भन्ने कुरा हामी चटक्कै विर्सिन्छौँ । त्यसैले हामीले अरु प्रति यथेष्ट सम्मान दिनलाई पनि कन्जुस्याँइ गर्छौँ । अरुको परिस्थितिका बारेमा एक छिनलाई पनि सोचिदिने हो भने सायद काम गर्नु निकै सहज बनेर जाने थियो होला ।
यी बुँदाहरु मैले अरुकोलागी भन्दा पनि आफ्ना लागी बढि लेख्न चाहेको थिएँ । तर सोचेँ मेरो आत्मसमिक्षाले सायद अरुलाई पनि मद्दत गर्न सक्छ । यी बुँदामा आँैल्याइएका दोषहरु म आफैमा देखिएका दोषहरु हुन् । म एक प्रतिनिधी पात्र हुँ । म चाहन्छु कि यो समूहमा काम गर्ने हरकोहिको आत्मसमिक्षाको रुपमा हेरियोस् । यी बुँदाहरु मध्ये कुनै एक बुँदालाई पनि कसैले व्यवाहारमा उतारेको खण्डमा समूहको काम गराइमा पक्कै पनि फरक अनुभुति मिल्ने छ ।
काम गर्दाको अप्ठ्यारो सम्झँदा देशमा विपतका बेलामा आफ्नो तरफबाट सानो तिनो जस्तो पनि सहयोग गर्ने हर कोहि व्यक्तिलाई सलाम गर्न मन लाग्यो । त्यो भावना जोगाएर राख्नुस् । देशलाई त्यसको एकदमै खाँचो छ ।
अहिले विस्तारै बुझ्दै जाँदा समस्या स्वार्थहरु मात्रै होइन भन्ने लाग्छ । समस्या त हाम्रो संस्कारमै रहेछ । हाम्रो संस्कारले हामीलाई सम्झौताका पाठहरु सिकाउन भुलेका रहेछौँ । हामीले जसरी हुन्छ आफ्ना कुराहरुलाई माथि पार्ने संस्कारमै बढि जोड दिएका रहेछाँै । हामीले अरुको कुरा सुनिदिने भन्दा पनि आफ्ना कुराहरु सुनाउने संस्कारमा बढि जोड दिएका रहेछौँ । अरुलाई प्रोत्साहन गर्ने अनि अरुका प्रयासहरुको प्रसंसा गर्ने भन्दा पनि उनीहरुको कमी कम्जोरीकै बढि चर्चा गरिदिनु र तिनै कमी कमजोरीहरुले नै व्यक्तिलाई परिभाषित गरिदिनु हाम्रो संस्कारको गलत पाटो हो । नेपालका लागी साथीभाइहरुसँग मिलेर कार्यक्रमहरु गर्ने क्रममा यी कुराहरु बढि खड्किए ।
वैशाख १२ पछि धेरै कुरा फेरिए । महाविपत्तिले धेरैलाई मैदानमा फर्कन बाध्य तुल्यायो । देशको परिस्थितिको रमिते बनेका धेरै युवाहरु यसपटक भने आफ्नो भुमिका खोज्नका लागी अघि सरे । देश विदेशमा रहेका सबैले केहि न केहि गर्न थाले । सबैले व्यक्तिगत र सामुहिक तहमा काम गर्न थाले । म पनि त्यस्तै केहि गरौँ भनेर आफ्नो सहरका केहि साथीभाइसँगको ‘सहकार्यमा’ लागेँ । हामीले सुरुवाति दिन देखि १९ जुन सम्ममा विभिन्न कार्यक्रमहरु गर्यौँ । हरेक कार्यक्रमका अन्त्यमा मेरा दिमागमा धेरै कुराहरु खेल्ने गर्दथे । म हरेक पटक एउटा नयाँ पाठ लिएर घर फर्कने गर्थे । अनुभवबाट सिक्ने प्रकृया एकदमै जटिल हुँदो रहेछ । कतिपय बेलामा हाम्रो आफ्नै अहंले त्यसो गर्नबाट हामीलाई छेक्दो रहेछ । मैले पनि धेरै पटक त्यस्तो स्थितिको सामना गर्नु प¥यो । अरुका कुराहरुमा सँधै पूर्वाग्रही भएर सोचिदिँदा सँगै काम गर्नु निकै कठिन बन्न जान्थ्यो । कतिपय बेला कुराहरु नमिल्दा र काम गर्ने शैलीमा मतभेद देखिँदा सबै कुरा त्यागेर फेरी रमिते नै बन्ने मन हुन्थ्यो । त्यसो गरेको भए सायद मलाई अहिले केहि गर्न नसकेको ग्लानीबोधले निकै पिरोल्थ्यो होला । इतिहासले केहि गर्न भनि दिएको अवसरमा व्यक्तिगत अहंका लागी पर सरेँ भन्ने कुराले जीवनभर पोल्थ्यो होला । त्यसैले पनि मैले निकै नै प्रयास गरेर अन्तिम दिनसम्ममा समूहमा रहिरहेँ । विश्वास गर्नुस समुहमा काम गर्दाको हरेक दिन र हरेक छिन मेरा लागी चुनौतिले भरिएको थियो । त्यो चुनौति अरुबाट कम र आफूबाट बढि थियो । आफ्नै मनलाई बसमा पर्न सक्नु सबै भन्दा ठूलो काम थियो ।
सहयोग गर्ने भन्नेमा प्राय सबैको एकमत रह्यो तर कसरी र कसलाई भन्ने सबालहरुमा हामीबीच सँधै केहि न केहि फरक मतहरु आए । हाम्रा कार्यशैलीहरुमा पनि सँधै एकरुपता देखिएन । सायद हामी फरक पारिवारिक पृष्ठभूमी, फरक संस्कृति, फरक समाजको प्रतिनिधित्व गर्ने भएकाले पनि त्यस्तो हुन गएको होला । या हाम्रो समुहमा रहेर काम गर्ने संस्कारको अभावले त्यस्तो हुन गएको होला । काम गर्दै जाँदा फरक मतभएका कतिपय साथीहरु नदेखिने पनि हुन थाल्यो । विमतीहरुमा खुलेर बहस गर्ने र अरुका मतहरु बुझ्ने कोशिस प्राय कमै भयो ।
यति भइसक्दा सिकिएका केहि कुरालाई बुँदागत रुपमा यहाँ प्रस्तुत गर्न चाहन्छुः
१. काम गर्दै जाँदा कमी कम्जोरीहरु धरै नै देखिने गर्छन् । ती कमी कम्जोरीलाई कसरी हेर्ने र तिनीहरुबाट के पाठ सिक्ने भन्नेकुरा एकदमै महत्वपूर्ण हुँदो रहेछ । गल्ती हुँदा गल्ती गर्नेले सबै भन्दा बढि त्यसको महसुस गर्छ । हामीमाझ कसैले काम गर्दाखेरी उसले कहाँ नेर गल्ती गर्ला र केहि बोल्न पाइएला भनेर रुँघेर बस्ने चलन छ । काम गर्नेले आत्मसमिक्षाको मौका नै पाउँदैन । चारैतिरबाट दोषारोपणहरु बर्षन सुरु हुन्छ । उसले गल्ती सुधार्ने र पाठ सिक्ने भन्दा पनि बढि समय प्रतिबाद गर्नमै खर्चन्छ । यसो हुँदा न त गल्ती सुधार हुन पाउँछ न त कसैले केहि सिक्न पाउँछ ।
२. हामीमाझ अलि प्रशंसा गर्ने बानीको पनि कमी भएको देखियो । मान्छेहरुका सबल पक्षहरुलाई बढि प्राथमिकता दिएर त्यसका बारेमा चर्चा गरिदिने र हौसला प्रदान गरिदिने संस्कारको कमी बारम्बार महशुस गरेको कुरा हो । अरुको प्रयासको प्रसंसाले व्यक्तिलाई एकदम ठूलो सकारात्मक उर्जा प्रदान गर्ने गर्दछ । जति ध्यान हामी मानिसहरुको कमी कम्जोरीमा दिन्छाँै त्यत्तिकै ध्यान उनीहरुको सबल पक्षमा पनि दिने ग¥यौँ भने समाजले त्यसबाट निकै नै फाइदा लिन सक्दथ्यो । कतिपय अवस्थामा मानिसलाई भौतिक प्राप्ती भन्दा पनि कसैले उसको प्रयासको कदर गरि देओस भन्ने हुन्छ ।
३. हाम्रो संस्कारमा शक्ति र सत्ताका निकै नै महत्व छ । सबैजना त्यसको अपेक्षा गर्छन । शक्ति र सत्तासँगै आउने जिम्मेवारी तर्फ भने कमैको ध्यान हुन्छ । जवाफदेयिता भन्दा पनि अरुमाथिको आफ्नो नियन्त्रणकायम गर्नका लागी शक्ति र सत्ताको अपेक्षा हुने गर्दछ । लिलामणी पोख्रेलको ‘माइबाप बन्नखोज्ने’ संस्कारले हामीलाई समूहमा काम गर्न एकदमै असहज बनाइ दिन्छ । आफूले निभाउन नसक्ने भुमिकाको पनि जिम्मेबारी आफ्नै काँधमा बोक्न खोज्नुले अरुले अवसर पनि पाउँदैन काम पनि गतिलो ढंगले हुँदैन । सके सम्म अरुलाई अग्रपंक्तिमा पर्नै नदिने र पर्दा पछाडि नै राख्न खोज्ने संस्कारको अन्त्य हुनु पर्दछ । आफूले दक्षता हाँसिल गरेको कुरामा आफू अघि सर्ने र अरुले दक्षता हाँसिल गरेको कुरामा अरुलाई पनि अघि बढ्ने वातावरण बनाइ दिने गर्नुले सबैले मौका पाउँछन् । मोतिराम भट्टले भानुभक्तलाई चिनाए जस्तै अरुमा भएको प्रतिभाको कदर गर्ने र उनीहरुलाई प्रोत्साहन गर्ने संस्कारले समूहमा काम गर्ने भावनामा बल पुग्छ । कसैले पनि एक्लै सबै थोक गर्न सक्दैन । अनि सबैलाई अलिअलि जिम्मेवारी दिएर सबैको सहभागिताको सुनिश्चितता गरायो भने समूहमा काम गर्नुको पनि छुट्टै मजा आउँछ ।
४. अरुका कुरा सुन्नु पनि कहिलेकाहिँ काम गर्नेका लागी धेरै बाधक हुने गर्दछ । सबैको चित्त बुझाउने कोशिस गर्नु नै पनि भूल रहेछ । जति नै कोशिस गरे पनि कसै न कसैको केहि न केहि कुरा त छुटि हाल्दो रहेछ । सबैलाई समेट्ने भन्ने कुरा राम्रो हो तर त्यसो गर्नु असम्भव प्राय हुन्छ । उदेश्यलाई प्राथमिकतामा राखेर काम गर्दै जाँदा सहयोगी हातहरु पनि जुट्दै जान्छन् । सबैको चित्त बुझाएर मात्रै काम सुरु गरौँ भनेर लाग्यो भने त्यो काम सुरु नहुँदै तुहिँन्छ । त्यसभन्दा राम्रो अधिकतम सहमति जुटाएर अघि बढ्नु नै सबै भन्दा उत्तम हुन्छ ।
५. हामीलाई हामीले काम गर्दा परेका कठिनाइको बारेमा थाहा हुन्छ । त्यसैले हामी चाहन्छाँै कि हाम्रो मिहिनेतको पनि कदर होस् । हामीलाई पनि कसैले जस देओस । तर त्यहि कुरा हामी अरुका हकमा सोच्न असमर्थ हुन्छौँ । अरुले काम गर्दा पनि हामी जस्तै कठिनाइको सामना गर्नु परे होला भन्ने कुरा हामी चटक्कै विर्सिन्छौँ । त्यसैले हामीले अरु प्रति यथेष्ट सम्मान दिनलाई पनि कन्जुस्याँइ गर्छौँ । अरुको परिस्थितिका बारेमा एक छिनलाई पनि सोचिदिने हो भने सायद काम गर्नु निकै सहज बनेर जाने थियो होला ।
यी बुँदाहरु मैले अरुकोलागी भन्दा पनि आफ्ना लागी बढि लेख्न चाहेको थिएँ । तर सोचेँ मेरो आत्मसमिक्षाले सायद अरुलाई पनि मद्दत गर्न सक्छ । यी बुँदामा आँैल्याइएका दोषहरु म आफैमा देखिएका दोषहरु हुन् । म एक प्रतिनिधी पात्र हुँ । म चाहन्छु कि यो समूहमा काम गर्ने हरकोहिको आत्मसमिक्षाको रुपमा हेरियोस् । यी बुँदाहरु मध्ये कुनै एक बुँदालाई पनि कसैले व्यवाहारमा उतारेको खण्डमा समूहको काम गराइमा पक्कै पनि फरक अनुभुति मिल्ने छ ।
काम गर्दाको अप्ठ्यारो सम्झँदा देशमा विपतका बेलामा आफ्नो तरफबाट सानो तिनो जस्तो पनि सहयोग गर्ने हर कोहि व्यक्तिलाई सलाम गर्न मन लाग्यो । त्यो भावना जोगाएर राख्नुस् । देशलाई त्यसको एकदमै खाँचो छ ।
Comments
Post a Comment