छनलाई त थुप्रै छन् (गजल)
छनलाई त थुप्रै छन्, दिनालई साथहरु
सबैसँग कहाँ मिल्नु, तिम्रो जस्तै बातहरु
दिन त सहजै बित्छन्, जसो तसो गरी
अप्ठ्यारा त तिम्रा यादले भरिएका रातहरु
कसम तिम्लाई दोष दिनु मेरो ध्येय होइन
याद आउँछन् हरेक पल्ट, आफ्नै भुलका खातहरु
हिउँद अझै बाँकि थिए, शिशीर र वसन्त नि
बाँकि सँगै रुझ्नलाई साँचेका ती वर्षातहरु
तिम्रो साथको घुर्कि लाउँथे एक्लो हुन डर थेन
गिज्याउँछन् अचेल मलाई परिचित त्यै जमातहरु
Comments
Post a Comment