छनलाई त थुप्रै छन् (गजल)


छनलाई त थुप्रै छन्, दिनालई साथहरु
सबैसँग कहाँ मिल्नु, तिम्रो जस्तै बातहरु

दिन त सहजै बित्छन्, जसो तसो गरी
अप्ठ्यारा त तिम्रा यादले भरिएका रातहरु

कसम तिम्लाई दोष दिनु मेरो ध्येय होइन
याद आउँछन् हरेक पल्ट, आफ्नै भुलका खातहरु

हिउँद अझै बाँकि थिए, शिशीर र वसन्त नि
बाँकि सँगै रुझ्नलाई साँचेका ती वर्षातहरु

तिम्रो साथको घुर्कि लाउँथे एक्लो हुन डर थेन
गिज्याउँछन् अचेल मलाई परिचित त्यै जमातहरु

Comments

Popular posts from this blog

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय

उसको रोजाइ -Story