Posts

यात्राविराम

Image
भू-मध्यसागरसम्मको यात्रा–६ विहान घण्टी बज्दा कोठाका अरु सबै सुतेका थिए । त्यसैले उनीहरुको निन्द्रा भङ्ग नहोस भनेर मैले हतपत फोनको घण्टी बन्द गरेँ । अघिल्लो साँझ अबेर कोठामा फर्केकाले निद्रा अलि नपुगे जस्तो थियो । एक मनले त भुस भएर अबेर सम्म सुत्न भन्थ्यो अनि अर्को मनले ‘यो मौका फेरी आउला नआउला त्यसैले अवसरको भरपुर सदुपयोग गर’ भनेर अहराउँथ्यो । मन नलागी नलागी ओछ्यान छोडेँ । झ्याल बाट बाहिर हेर्दा अँध्यारो थियो । हामीले एक बजे सम्म विमानस्थल पुग्ने भनेका थियौँ । अनि कोठा चाहीँ विहान १० बजे छोड्नु थियो । त्यसैले मलाई १० बजेसम्म जता पनि घुम्ने छुट थियो । मैले आफूलाई घुम्न मन लागेका सबै १० बजे सम्म घुमी भ्याउनु थियो । मेरो पहिलो रोजाई सहरको दक्षीण भागमा रहेको सान्ट मोन्योइका ( Sants - Montjuïc ) पार्कमा स्थित पहाड चढ्नु थियो । अग्लो चुचुरो भएकोले त्यहाँबाट सम्पूर्ण बार्सेलोना हेर्ने मेरो धोको थियो । समयको अभाव थियो । त्यसैले हत्तपत्त विहानको नित्य कर्म सकेर बाहिर सडकमा निस्किएँ । सहर पुरै सुतेको थियो । सडकमा फाट्टफुट्ट बाहेक मान्छे देखिँदैन थिए । एक  त विरानो मुलुकमा त्यो पनि यति ...

विस्तारित सपनाहरु

Image
भू–मध्यसागरसम्मको यात्रा–५ पानीको मोह घटेको थिएन । किनाराका बालुवामा एकछिन सम्म खेलेर फेरी पानीमा हामफालेँ । अलिअलि पौडी खेलेँ । एकजाना मंगोलियन अनुहारका अधबैँसे पुरुष भेटिए । बडो आरामसाथ उत्तानो परेर पानीमा तैरिरहेका थिए । हेर्दा सजिलो लाग्यो र सोध्नलाई परिचय गरेँ । थाइ नागरिक रहेछन् । पत्नी र छोराका साथमा छुट्टि मनाउन आएका रे ! दुबै हात फैलाएर काँधको सतहमा टाउका राखेर पानीमा उत्तानो सुत्यो भने विना हातगोडा चलाई तैरने रहेछ । दुईतीनपटक असफल प्रयासले पानी ख्वाएपछि एकपटक केही बेरसम्मलाई तैरन सकेँ । खुट्टा टेक्न खोज्दा फेरी पानी खाएँ । म आफू सफल भएकोमा ऊ तिर हेरेर चिच्याउन थालेँ । ऊ किनारामा बसेर मलाई हेर्दै हाँस्दै थियो । म उतिर चिच्याइ रहेकै बेला एउटा नौलो नेपाली आवाज थपियो । आवाज आएको दिशातिर फर्केर हेर्दा एकजना खाइलाग्दो जीउभएका मानिस मतिर हेरेर मुस्कुराइ रहेका थिए । नेपाली चिन्न मुहारमा झल्किने आत्मियता नै पर्याप्त हुन्छ । किन हो किन परदेशमा नेपाली भनेपछि निकै माया लाग्छ । अनपेक्षित रुपमा भेटिएका उनी तिर लम्किएर परिचय गरेँ । ‘जीवन पुरी ।’ हात अघि बढाउँदै उनले आफ्नो नाम भने ...

सपनाहरु बाँचेको दिन

Image
  भू–मध्यसागरसम्मको यात्रा –४ क्षितिजमा लाली पोतिएको थियो । म आँखाले भ्याउञ्जेल सागरका लहरहरु र त्यसको पल्लो छेउमा लागेको बादलको पर्खाल चिर्दै माथि उक्लँदै गरेको घाम हेरिरहेको थएँ । बादलका कारण सिनेमामा देखाए जस्तै पानीबाट निक्लँदो घाम हेर्ने मेरो चाह पुरा नभएपनि म त्यहाँ जीवनले दिएको अनेपेक्षित मौकामा रमाउन खोज्दै थिएँ । कुनै दिन यसरी सागर किनारामा सूर्योदयको प्रतीक्षा गर्दै बसौँला भन्ने सोचेकै थिएन । बाच्नु मात्रै पर्दो रहेछ, जीवनमा नियतीले लुकाएर राखेको अनेकानेक खुशीका पलहरुको कुनै कमी नहुने रहेछ । विहानीको हावाले मनमा ताजापन थप्दै थियो । किनारासँग जिस्किने छालहरुमा गोडा चोपलेर बस्दा बेलाबेला पानी माथि सम्म आइपुग्थ्यो । म कपडा भिज्ला भन्ने डरले बेलाबेला उठथेँ । जाडोले बिहानै पानीमा पस्ने आँट गर्न दिएन । त्यसैले गोडामात्रै चोपेर भएपनि स्पर्श कायम राखेर आँखाले भ्याउञ्जेल हेरिरहेको थिएँ । भोलिलाई सम्झना पनि त थुपार्नु थियो । हातगोडा दरा छउञ्जेल सम्झना बटुल्ने र यी गल्न थाल्दा ति बटुलेका सम्झनाका पाता पल्टाएर रमाउन न हो जीवन । म पछिका दिनलाई सुखद सम्झना पनि मनग...

Jati Maya Laye Pani- Arun Thapa (Cover)

Image
E..................................E................................... Jati maya laye pani, jati kasam khaye pani E..................................D............................... nisthurile bato lagda aakha tari gaye pachi E...................................................... mannma pira ta parne nai bhayo D................................................E yo mann tesai marne nai bhayo E..................................................E............................................. sacho preeti layekai thiyein, chokho joban diyekai thiyein D..........................E......................D.............................E............ bughnele kura nabujhe pachi, mann ma kura naliye pachi E...................................................... mannma pira ta parne nai bhayo D................................................E yo mann tesai marne nai bhayo E........................................E.................................................. dukha timro sa...

परदेशमा स्वदेशी

Image
भू–मध्यसागरसम्मको यात्रा –३ “ट्यो ट केटी पाएपछि म ट्यस्टै हो । जट्टि टाइम पनि बिटाइडिन्छु ।” “अँ अनि भोक पनि लाग्दैन होला ।” “अब खाने नि । यस्लाई पनि लगेर जाने ।” साथमा हिँडी रहेकीलाई चिउँडाले इशारा गर्दै उसले भन्यो । मैले अलि रिसाए जस्तो गरि हेरेँ । फेरि हाँसे ङिच्च दाँत देखाएर । उसमा बेग्लै उमंग थियो । खुशी थियो, हाँस्दै थियो । कोठाबाट बल गरेरे बाहिर ल्याएको मान्छे जस्तै लाग्थेन । अघिकी केटी साथमै थिइ । हामी बेलाबेला अंग्रेजी र बेलाबेला नेपालीमा कुरा गर्दैथ्यौँ । दुबै जना मिलेर मलाई बेलिबिस्तार सुनाए । ब्राजिलबाट आएकी रहिछ । यूरोपयात्रा बार्सेलोनामा सकाएर घर जाने तयारी गर्दै रहिछ । समुद्रकी पारखी भएकीले फुटबलको पारखी उसको प्रेमीलाई रंगशालामा छोडेर आफू चाहिँ समुद्र किनारामा आएकी रहिछ । ब्राजिलियनका बारेमा एक भनाइ छ । त्यहाँका केटाहरु फुटबलर र केटीहरु बेस्या हुन्छन् रे ! मैले उनीहरु कुरा गरिरहेकै मौका पारेर केही फलफुल र पाउरोटीहरु किनेर ल्याएको थिए । उसलाई जानकारी गराएँ । उसले रुचि देखाएन । त्यस्ता खानेकुराले उसको पेट नभर्ने हुँदा गतिलो खानेकुराको खोजी गर्नुपर्ने भयो । ...

सागर अनि युवती

Image
भू–मध्यसागरसम्मको यात्रा –२ जर्मर्नीको चिसो हावापानीको दाँजोमा यहाँ केही गर्मी महसुस भयो । मौका यही हो भन्दै म पनि हाफकट्टुु र भेस्टमा बाहिर निस्किएँ । ऊ सदा झैँ पाइन्ट सर्टमै बाहिर आयो । मैले उसलाई किनारा छोएर फर्कने भनेको भएपनि म पानीमा गोडा हाल्ने योजनामा थिएँ । त्यसैले पनि त्यो मेरालागि उपयुक्त पहिरन थियो । हामी अनुमानका भरमा अघि बढ्दै गयौँ । सानामा सामाजिक शिक्षाको भूगोल अन्तर्गत समुद्री हावाका बारेमा पढेको कुरा याद आयो । दिनमा जमीन तातेर सतहमाथिको हावा भारी हुने हुँदा जमिनको सतहमा एककिसिमको खालीपना सृजना हुने गर्छ । समुद्रको पानी तात्न समय लाग्ने हुँदा त्यहाँको हावा चिसो नै रहिरहन्छ । त्यही चिसो हावा सतहको खालीपनलाई पुरा गर्न समुद्रबाट जमीन तिर बग्ने गर्छ ।  हामीलाई हावाको उल्टो दिशामा हिँड्नु थियो । तसर्थ बार्सेलोनाका प्राचीन घरहरुबीचको सडकसँगै हामी हावाको विपरित दिशामा अघि बढ्यौँ । सडकमा मानिसहरुको भीड विस्तारै बाक्लिँदै गयो । चोक आइपुग्दा परपर समुद्र छ भन्ने आभास मनमनै भयो । घरहरु सकिएको ठाउँमा समुद्र छ भन्ने पक्का थियो तर जाने पो कसरी भन्ने टुङ्गो थिएन । प्रविधिक...

यात्रारम्भ

Image
भू–मध्यसागरसम्मको यात्रा –१ “उः हेर पानीजहाज !” “काँ हुन्छ, ट्यो ट माछा हो ।” “त्यति ठूलो माछा पनि हुन्छ त <” “अब ट्यो ह्वेल होला नि ट <” “त्यति धेरै < ” हवाइजहाजको झ्यालबाट तल देखिने भूमध्यसागरको सतहका सेता दागहरु तर्फ इंगित गर्दै हामी दुई आ–आफ्ना अनुमान एक अर्कालाई सुनाउँदै थियौँ । म आफ्नो अड्डी थाप्थेँ । ऊ पनि के कम, मरिगए मान्दैनथ्यो । युरोपको बसाइको झण्डै एक वर्ष पुगि सक्दा पनि देखेको घुमेको भनेको कहिँ थिएन । कहिले पढाइको चपेट त कहिले खल्तीमा पैसा नहुनुले आए देखि कुवाको भ्यागुता बनाएर राखेको थियो । जब गर्मीयामको बिदा सुरु भयो, तब भने नियमित भन्दा केही बढि कामगर्ने अवसरहरु जुट्यो । त्यसै अवसरले केही पैसा पनि हात लाग्यो । यहाँ गर्मीयाममा प्राय मानिसहरु बिदा मनाउन देशपरदेश घुम्न जाने गर्छन् । त्यही प्रवृत्तीले मेरा मनमा पनि कतै घुम्न जाने रहर जगायो । घर जाने या यतै कतै घुम्ने भन्ने द्विविधा थियो । त्यो पनि दाइसँग कुरा गर्दा, ‘घर त आफ्नै हो जहिले आएपनि हुन्छ । मौकाले त्यत्रो टाढा गएको छस् । घुमघाम गर ।’ भन्ने आदेश आउने बित्तिकै समाधान भयो ।  घुम्न त जाने कहाँ जाने <...