यात्रारम्भ
भू–मध्यसागरसम्मको यात्रा –१
“काँ हुन्छ, ट्यो ट माछा हो ।”
“त्यति ठूलो माछा पनि हुन्छ त <”
“अब ट्यो ह्वेल होला नि ट <”
“त्यति धेरै < ”हवाइजहाजको झ्यालबाट तल देखिने भूमध्यसागरको सतहका सेता दागहरु तर्फ इंगित गर्दै हामी दुई आ–आफ्ना अनुमान एक अर्कालाई सुनाउँदै थियौँ । म आफ्नो अड्डी थाप्थेँ । ऊ पनि के कम, मरिगए मान्दैनथ्यो ।
युरोपको बसाइको झण्डै एक वर्ष पुगि सक्दा पनि देखेको घुमेको भनेको कहिँ थिएन । कहिले पढाइको चपेट त कहिले खल्तीमा पैसा नहुनुले आए देखि कुवाको भ्यागुता बनाएर राखेको थियो । जब गर्मीयामको बिदा सुरु भयो, तब भने नियमित भन्दा केही बढि कामगर्ने अवसरहरु जुट्यो । त्यसै अवसरले केही पैसा पनि हात लाग्यो । यहाँ गर्मीयाममा प्राय मानिसहरु बिदा मनाउन देशपरदेश घुम्न जाने गर्छन् । त्यही प्रवृत्तीले मेरा मनमा पनि कतै घुम्न जाने रहर जगायो । घर जाने या यतै कतै घुम्ने भन्ने द्विविधा थियो । त्यो पनि दाइसँग कुरा गर्दा, ‘घर त आफ्नै हो जहिले आएपनि हुन्छ । मौकाले त्यत्रो टाढा गएको छस् । घुमघाम गर ।’ भन्ने आदेश आउने बित्तिकै समाधान भयो ।
घुम्न त जाने कहाँ जाने < गन्तव्यको कमी थिएन । कमी थियो त गन्तव्य सम्म पु¥याउन सक्ने द्रब्यको । आफ्ना रहरहरु खोतल्न थालेँ । रहर त प्यारीस जाने थियो । साथीभाइले प्यारिसको टावरअघि खिचेका तस्वीरहरु फेसबुकमा राख्ने बित्तिकै कहिले जाउँला र त्यस्तै गरी तस्वीरहरु खिचौँला भन्ने हुन्थ्यो । कला र साहित्यमा पनि रुचि भएकाले प्यारीसको कला–साहित्य अवलोकनको पनि उत्तिकै इच्छा थियो । डा= तारानाथ शर्माको ‘बेलायत तिर बरालिँदा’मा गरिएका प्यारीसका बयानको सम्झनाले पनि त्यहाँ जाने मन लागेर आउँथ्यो ।
अर्को मन समुद्र सतह छुने थियो । भूपरिवेष्ठित देशमा जन्मनुले पनि सागरप्रतिको मोह असाध्यै बढाएको थियो । सिनेमामा नायक नायिकाले समुद्रको सतहमा एक अर्कालाई लखेटेका दृष्यका सम्झनाले आफूलाई पनि त्यहाँ सम्म जान हौस्याइ रहन्थ्यो । समूद्रमा सूर्योदय र सूर्यास्तका क्षणको कल्पना मात्रले पनि मनमा अर्कै तरङ्ग पैदा गथ्र्यो । सागरको पानी नुनीलो हुन्छ भन्ने सुनेको थिएँ, एकपटक चाखी हेर्ने मन थियो । अनि देशसँगै शेष भएको प्रेमलाई पनि देखाउनु थियो, ‘हेर तिमी नहुँदा पनि बाँचेकै छु, हाँसेकै छु ।’
दुबै विकल्पहरु मध्ये सयम, लागत र सहजताका हिसाबमा सागर छुने उद्देश्यले जित्यो । वार्सेलोना जाने भएँ । इन्टर्नेटमा सबै भन्दा सस्तो टिकट रायनएयरको पाएँ । टिकट काट्न पैसाले नहुने क्रेडिट कार्ड नै चाहिने । आफूसँग क्रेडिट कार्डै थिएन । त्यहि क्रेडिट कार्डको जोहो गर्ने क्रममा एक जना सहयात्री थपियो ः जगदीश महर्जन । ऊ पनि मसँगै बार्सेलोना जाने भयो । दुईजना हुने भएपछि यात्रा सहज हुनेभयो भनेर मनमनै खुशी भएँ ।
दिन गन्दै गर्दा वार्सेलोनाको जाने दिन पनि आयो । अलमल नहोस भनेर जानुभन्दा अघिल्लो रात जगदीशकै साथमा बित्यो । रातभरी भोलिपल्टको यात्राका अनेक कल्पनाले निद्रा भगायो । कति बेला सुते हेक्का राखेन । यति भन्ने पक्का हो कि अबेर भइसकेको थियो । भोलिपल्ट मोबाइलको अलामसँगै बिउझिएँ । कम सुतेपनि अनिदो महशुस नै भएको थिएन । बरु जाँदा केही छुट्ला कि भन्ने चिन्ता थियो । समयको पनि उत्तिकै पिरलो थियो । समयमा विमानस्थल नपुगे विमान छुट्ने डर । पुगिसक्दा पनि चेकजाँचमा केपो हुने हो भन्ने डर ।
योजना अनुसार हामी विहानै आफू बस्ने स्वेनिङ्गेनबाट फिलिङ्गेनसम्म जाने बसमा चढ्यौँ । बाटैमा वाडेनवुटमवर्गमा एक दिन भरिलाई चल्ने टिकट लियौँ । फिलिङ्गेनबाट बाडेनबाडेनसम्म ट्रेनमा र त्यहाँबाट एरपोर्ट सम्म बसको यात्रा गर्नु थियो । फिलिङ्गेन पुगेर रेलको समयतालिका हे¥यौँ अनि बाडेनबाडेन जाने पहिलो रेलमा चढ्यौँ । समयमै हवाइमैदान पुग्ने उद्देश्यले चाँडो रेल त चढ्यौँ तर टिकट जाँच्नेले टिकट ९ बजे पश्चात मात्रै उपयोग गर्न पाइनेकुरा बताएपछि भने बिलखबन्दमा प¥यौँ । टिकटमा नै लेखेको रहेछ । हतारमा ध्यानै नदिइ बाटो लागेछाँै । ट्रेन चढेको करीब बीस मिनेटमै अर्को स्टेसन ट्रिबर्गमा ओर्लिनु पर्ने भयो । यहाँ गलत टिकट लिएर सार्जजनिक यातायातका साधनमा सवारी गर्दा टिकटको दोब्बर पैसा अथवा कम्तीमा ४० यूरो जरिवाना तिर्नु पर्छ । अचाक्ली जरिवानाका कारण पनि मान्छेहरु प्राय नियम तोड्न डराउँछन् । मलाई पनि जरिवानामा परिन्छ कि भनने केही डर लागेको थियो । धन्न जरिवानामै चाहिँ परिएन ।
यात्राको प्रस्ताब मैले गरेको हुँदा यात्राको क्रममा आइपर्ने सबै समस्याको जिम्मा मैले नै लिनु पथ्र्यो । यो लापरवाहीको दोसी पनि म नै थिएँ । ‘सुरुमै यस्टो भयो, अब पछि झन् के पो हुनेहो Û’ उसले आफ्नो असन्तुष्टि मन्द तर चोटिलो पारामा भन्यो । ढिला हुनुको अर्थ प्लेन छुट्नु, पैसा खेर जानु अनि योजना सबै तुहिनु थियो भन्ने कुरा मलाई राम्ररी थाहा थियो । मैले पनि साइँतलाई सराप्दै उसको समर्थन गरेँ । निराश हुनु समाधान थिएन । त्यसैले हौसला कायम राख्न प्लेनको अर्को टिकट काटेर भएपनि अघि बढ्ने कुरा सुनाएँ । एक घण्टा पछि आउने रेलमा चढ्नु थियो । त्यतिञ्जेल स्टेसन नजिकै घुमेर काट्यौँ । अर्को रेल आउन समय निकै भएकाले केही चिया नास्ता पनि गर्न भ्यायौँ ।
चिया खाँदै गर्दा रेलकै प्रतिक्षामा रहेका एक जना यात्रुहरुको बार्तालापमा ध्यान गयो । रुसीहरुको लवज भिन्दै हुन्छ । छुट्टयाउन उति गाह्रो हुँदैन । जर्मनीमा विदेशी मुलको भएर बाँच्न उति सजिलो छैन । उसका पनि केही त्यस्तै अनुभव थिए । ऊ सुनाउँदै थियो ।
‘हामी जर्मनी आएको थुप्रै भइसक्यो । अब त देशमा फर्कँदा पनि देशकाले हामीलाई स्वीकार्दैनन् । यहाँ भने हामी अझै बाहिरिया नै छौँ ।===। सामाजिक सुरक्षा भत्ताहरु बिस्तारै कम हुँदै जाँदैछन् । महँगी बढेको बढ्यै छ । जीवनभर काम गर अनि पेन्सन थाप्ने बेलामा महँगीले गर्दा हातलागेको रकम शून्य बराबर । आजीवन काम गर्नुको के फाइदा ? जर्मनहरु काम गर्छन् । सरकारलाई कर बुझाउँछन् । बाहिबाट आएकाहरु काम पनि गर्दैनन् । बेरोजगारी भत्तामै रमाउँछन् । उनीहरुका बालबच्चा पनि धेरै हुन्छन् । बालबालिकालागि पाइने भत्ता पनि उनीहरुले बढि पाउँछन् । जर्मनका भागमा कर तिर्नु मात्रै ।’ आदिआदि ।
कुराहरु जर्मनमा भइरहेकाले कति बुझिन्थे कति बुझिन्नथे । सुन्दासुन्दै अर्को ट्रेन पनि आइपुग्यो । यात्रालाई फेरी निरन्तरता दियौँ । बाटामा अबेर भएको थियो । त्यो समयको भर्पाइ गर्नु थियो । ओर्लने बित्तिकै कुद्दै बस खोज्न लाग्यौँ । यता उता हे¥यौँ कहिँ पाएनौँ । केही पछि थाहा भयो एयरपोर्ट जाने बस हाम्रै नाकमुनी बाट गएछ । अब अर्को बसलाई फेरी कुर्नु पर्ने भयो । तर हामीसँग बढि समय थिएन । हवाइजहाज छुट्ने डरल एयरपोर्टसम्म जानलाई ट्याक्सी लियौँे । ट्याक्सी भाडा बजेटमा थिएन । सिमित खर्चमा गरिएको यात्रा भएकाले योजनामा नभएको हरेक खर्चले मलाई झस्काइ रहन्थ्यो ।
एयरपोर्ट समय भन्दा अघि नै पुग्यौँ । हामी गैह्र–यूरोपेली भएकाले राहदानी जाँच गराउनु थियो । त्यसैल पनि हामी समय भन्दा अघि आउनु पर्ने थियो । के पो हुने हो भन्ने डरका बीच चेकजाँच सकियो । केही भएन ।
त्यसपछि अरु यात्री जस्तै हामी पनि सामान चेकजाँच गरेर भित्र पस्ने लाममा लाग्यौँ । अन्तर्राष्ट्रिय उडानको उति अनुभव थिएन । घरबाट नुहाउन भनि ल्याएको स्याम्पु, शरीरमा छर्कन ल्याएको पफ्र्युम सबै झिक्नु पर्ने भयो । मन नलागी नलागी फोहरदानीमा फ्याँक्यौँ । मेरो झोलामा मैले पिउने पानीको बोतल राखेको थिएँ । मसीनमा देखाएछ सायद । त्यहाँ खटिएकी महिला सुरक्षाकर्मीले गम्भीर मुद्रामा निकालेर फ्याक्न भनी । मैले ङिच्च दाँत देखाए । प्रतिक्रियामा उसले आफ्नो गम्भीरतामा कुनै परिवर्तन हेरीरही । मलाई नराम्रो झोक चल्यो । त्यसो गर्नुको कारण भनिदिएको भए सायद चित्त बुझाउन मिल्थ्यो । न त केही भने न हाम्रो सोध्ने आँट नै भयो ।
एयरपोर्टको पट्यारलाग्दो चेकजाँच र लामो समयको कुराइ सकिएपछि करीब दुई घण्टाको उडानले हामीलाई स्पेनको गिरोना पु¥यायो । उडानका क्रममा हामी जहाजको झ्यालबाट घिच्रो तान्दै तल देखिने दृष्य हेरिरहेका थियौँ । म हवाइजहाजकी परिचारिकाबाट लुकिछिपी क्यामरा झिकेर फोटो पनि खिच्दै थिएँ । ऊ चाहीँ जहाजमा विक्रिमा राखेको चिट्टामा भाग्य जाँच्दै थियो । ‘चिट्ठामा केही ठूलै चिज पड्र्यो भने Û’ उसले भन्यो । मलाई भने त्यो पैसाले खानेकुरा आउँथ्यो भन्ने लागि रह्यो । प्रस्टै भनिनँ । केही खाएनौँ । चिट्ठा कोट्याएर बस्यौँ । चिट्ठामा केही परेन ।
गिरोनामा विरान गाउँ जस्तै लाग्ने एयरपोर्ट देख्ने वित्तिकै साथीले मुख फोरिहाल्यो, ‘यो ट गाउँ जस्टो छ Û’ एक त उपत्यकाको रैथाने त्यसमाथि बर्लीन बसाइ पस्चात उसको मानसपटमा सहरको अर्कै छवि थियो । उसको त्यो अपेक्षा प्राय सहरहरुले पुरा गर्न सक्दैनथे अनि ऊ भन्थ्यो, ‘यो ट गाउँ जस्टो छ Û’ जर्मनी आएदेखि एउटा सानो ठाउँमै बढि समय विताएको हुनाले म भने गाउँ र सहर त्यति छुट्याउने गर्दिनँ । सबै रमाइलै लाग्छन् ।
गिरोनाबाट बार्सेलोनाको बस रहेछ । त्यसैमा हामी हाम्रो वास्तविक गन्तब्य तिर अग्रसर भयौँ । एक घण्टाको बस यात्रामा हामी दुई बाहेक कोही एक्ला थिएनन् । सबै जोडी जोडी थिए । हामीले हाम्रा छेउमा कोइ आइ पो हाल्छ कि भनेर अलग अलग सीटमा बसेका थियाँै । अन्तिम सम्म कोही आएन ।
बार्सेलोना आइपुगियो । हामी यात्राभरि बसका सुन्दरीहरु हेर्दै अनेक कुरा काटि रहेका थियौँ । हाम्रो भाषा बुझ्ने कोही थिएन । त्यसैले हामी मज्जाले कुरा गर्न सक्थ्यौँः लोग्ने मान्छेका कुरा । उसको नयाँ नारी अनुहार देख्ने बित्तिकै सोधी हाल्थ्यो, “टिमी यो केटी पाएपछि बे गर्छौ <” “पाए किन न गर्ने <” प्रतिप्रश्न गर्दै म ङिच्च दाँत देखाउँथे ।

बसपार्कमा ओर्लने बित्तिकै आफु बस्ने स्थान सम्म
पुग्नु थियो । हातमा नक्सा भएपनि गन्तब्य ठम्याउनु त्यति सजिलो थिएन । मलाई
मान्छेहरुसँग सोध्न उति हिचकिचाहट हुँदैन । त्यसैले फेला परेका सबैलाई
सोध्छु । उ भने आफ्नै धुनमा यताउति अल्मलि रहन्छ । एकजना जर्मनले मलाई बाटो
देखाइ दिन्छ । बार्सिलोनामा घर बनाएको रहेछ । बेलाबेला आउने जाने गर्ने
हुँदा बार्सिलोना प्राय घुमेको रहेछ । उसको पछि लागेर बाटो थाहा पाउन
लाग्दा जगदीश छेउमा देखिएन । छुटेछ । अगाडी जाने कि पछाडी जाने भन्ने भयो ।
अनि ‘एकछिन है’ भन्दै कुद्दै अघिको ठाउँमा गए । ऊ यताउती भौँतारिँदै रहेछ ।
म ‘सँगै बस्न सक्दैनौँ <’ भनि झर्किएँ । ऊ ‘भनेर जान सक्दैनौ <’
भनेर गम्कियो ।
हामी अगाडि बढ्नका लागि आधा संकेत पाएर त्यसैलाई पछ्याउँदै अघि बढ्यौँ ।
अलि अघि ‘आर्क डि ट्रायम्फ’को स्मारख देखा प¥यो ।
बासको टुङ्गो लाउनु पर्ने भएकोले हतार हतारमा फोटो खिचेर अघि बढ्यौँ ।
बाटामा जो भेट्यो उसलाई सोध्दै हिँड्यौँ । गन्तव्यहीन झैँ भएर हिँड्न
लागेको बाटो लामो लाग्दै थियो । एक बाटो समात्थ्यौँ अनि पर पुगेर पछि
फर्किन्थ्यौँ । त्यही क्रम धेरै पटक दोहोरिँदा ऊ केही रिसाइसकेको थियो । म
आफै पनि रिसाएको थिएँः आधा आफू देखि आधा ऊ देखि ।
हामी अगाडि बढ्नका लागि आधा संकेत पाएर त्यसैलाई पछ्याउँदै अघि बढ्यौँ ।
पछि कसरी कसरी होटेल अघि आइपुग्यौँ । नाम ऊसैले
भेट्टायो । खुशी हुँदै भित्र पस्यौँ ।
बुकिङ्गको नियमअनुसार हामी ढिला
आइपुगेका थियाँै । तर होटेलकी परिचारिकाले मुस्कानका साथ स्वागत गरी ।
कागजी प्रकृया पुरा गर्ने क्रममा उसले नेपाल भ्रमणको कुरा झिकी । नेपाल
पुगेकी रहिछे । उसलाई नेपाल बसाइ राम्रो लागेको अनुभव सुनाउँदा हामीलाई पनि
खुशी लाग्यो । ती कुराहरुको बीचमै उसले सोधी टोपल्यो, “टिमी यसलाई पायो
भने बिहे गर्छौ <”
कोठाको चाबी लिएर सिधै माथि उक्लीयौँ । कोठामा पुगेपछि बासको ठेगान भयो । एकपटक ओच्छ्यानमा लदारियौँ । ऊ धेरै थाकि सकेको थियो । थकान त मलाई पनि थियो तर मलाई समुद्रको यात्रा कोठामा बिसाउनु थिएन । म घुम्न चाहन्थे । दिन अझै बाँकि थियो । म साँझ समुद्र किनारामा बिताउन चाहन्थे । सिनेमामा हेरेको जस्तै अस्ताउँदो सूर्य समुद्रमा डुबेको हेर्न चाहन्थेँ । त्यसैले उसलाई कोठा बाहिर निस्कने प्रस्ताब राखेँ । उसले बदर गरेर भोलि बिहान सार्न भन्यो । म किमार्थ मान्ने बाला थिएन । म उसलाई कोठामा छाडेर भएपनि जाने योजनामा थिएँ । किनार छोएर भएपनि फर्कौँ भनी फेरी प्रस्ताब राखेँ । मन नलागी नलागी उसले प्रस्ताब स्वीकार ग¥यो । समस्या फेरि उहीः बाटो थाहा थिएन । ...क्रमशः
कोठाको चाबी लिएर सिधै माथि उक्लीयौँ । कोठामा पुगेपछि बासको ठेगान भयो । एकपटक ओच्छ्यानमा लदारियौँ । ऊ धेरै थाकि सकेको थियो । थकान त मलाई पनि थियो तर मलाई समुद्रको यात्रा कोठामा बिसाउनु थिएन । म घुम्न चाहन्थे । दिन अझै बाँकि थियो । म साँझ समुद्र किनारामा बिताउन चाहन्थे । सिनेमामा हेरेको जस्तै अस्ताउँदो सूर्य समुद्रमा डुबेको हेर्न चाहन्थेँ । त्यसैले उसलाई कोठा बाहिर निस्कने प्रस्ताब राखेँ । उसले बदर गरेर भोलि बिहान सार्न भन्यो । म किमार्थ मान्ने बाला थिएन । म उसलाई कोठामा छाडेर भएपनि जाने योजनामा थिएँ । किनार छोएर भएपनि फर्कौँ भनी फेरी प्रस्ताब राखेँ । मन नलागी नलागी उसले प्रस्ताब स्वीकार ग¥यो । समस्या फेरि उहीः बाटो थाहा थिएन । ...क्रमशः
great writing.. keep it up bro
ReplyDeleteThanks :)
Delete