Posts

अस्पताल बसाइ अनि गाउँघरको सम्झना

Image
घर छोड्दा आमाले भन्नु भएको थियो, ‘स्वास्थ्यको ख्याल राख्नु । बाहिर गएपछि आफ्नो भन्ने कोही हुन्न । विरामी पर्दा तातो पानी खुवाउने सम्म कोही भेटिन्न । त्यसैले सबैभन्दा बढि महत्व स्वास्थ्यलाई दिनु ।’ त्यसैले आएको दिन देखि कतै बिरामी परिएला कि भन्ने साह्रै डर लागी रहन्थ्यो । यहाँ सबैका लागि स्वास्थ्य विमा अनिवार्य गराइएकोले मैले पनि स्वास्थ्य विमा गराएको थिएँ । विमाले उपचार खर्च व्यहोर्ने भएकाले खर्चको भने उति डर थिएन तर चिसो मौसमका कारण विरामी परिने साह्रै पीर परि रहन्थ्यो । हिउँ पर्ने ठाउँमा कहिल्यै हिउँद काट्नु नपरेकोले पनि पहिलो हिउँदमा के कस्तो हुने हो भन्ने साह्रै डर लागि रहन्थ्यो । देख्दा रहरलाग्दो सेतो देखिने हिउँले कहिले काहिँ भने हात गोडै चल्न बन्द हुने गरी चिस्याउँथ्यो । माइनस २२ डिग्री सम्म जाडो हुने भन्ने कुरा सुन्ने बित्तिकै थुक्दा थुकै जम्ने अनि मुत्दा मुतै जम्ने जाडो होला कि जस्तै भएको थियो । माइनस १० सम्मको जाडोमा बाहिर हिँडियो पनि तर थुक चाहिँ कहिल्यै जमेन । बाक्ला लुगा लगाउँदा खासै जाडोको अनुभुति नै हुँदैन थियो । अनुहारमा भने चिसो हावाले हानी रहन्थ्यो । हिउँद त लगभग जस...

Maya - Full Circle (Guitar Cover)

Image
Maya - Full Circle IntroC#,F#,C#,F# C#                             F# When i hold you in my arms C#                 F# time just slips away C#                         F# When i am tired and weary C#                                         F# your smile just brightens up my day Pre Chorus G# When i look at you F# it just feels so wonderful             A#m      ...

देश चिनाउन पाएको दिन

Image
 कुरा हो जर्मन भाषाको कक्षाको । विश्वविद्यालयका नियमित कक्षा सुरु हुनु पूर्व जर्मनीमा रहँदा बस्दा आवश्यक पर्ने जर्मन भाषाको ज्ञान होस् भन्ने उद्देश्यले विश्वविद्यालयले निःशुल्क जर्मन भाषाका कक्षाहरु संचालन गरेको थियो । सो कक्षा अन्तर्गतको अन्तिम दिन हामी सबैले आफ्नो देशको बारेमा एक प्रस्तुती राख्नु पर्ने थियो । पावरप्वाइन्टमा देशका बारेमा जति हुनसक्छ जानकारी समावेश गरेर जर्मन भाषामा सबै सामु भन्नु पर्ने थियो । प्रस्तुतीका बारेमा सुनेको दिन देखि नै आफूलाई कसरी हुन्छ देशका बारेमा बढि भन्दा बढि जानकारी दिन पाए हुन्थ्यो भन्ने लागेको थियो । एक त सानो देश त्यसमाथी एशियाका दूई ठूला शक्ति राष्ट्रहरुको चेपुवामा परेको देश भएकाले नेपाललाई कमैले मात्र चिन्दथे । यहाँका मानिसका लागि नेपाल भारतको कुनै सहर हो अथवा चिनको नियन्त्रणमा रहेको तिब्बत जस्तै भूमी हो भन्ने भान छ । नहोस् पनि किन ? गौतम बुद्ध कहाँ जन्मेका हुन् भन्दा भारतले भारतमा भनि सबैलाई बताउँछ । त्यस्तै सगरमाथा कहाँ पर्छ भन्दा चाइनाले चाइनामा भन्दै सबैलाई बताउँछ । त्यस्तो कुरा सुन्दै आएकाहरुलाई सगरमाथाको देशबाट आएको वा गौतम बुद्धको ...

जनजीवन र विद्यार्थी संगठन

Image
मदिराले मदमस्त तरुण वयकी युवती लस्कीँदै मस्कीँदै आफू छेउको युवककहाँ टाँसिन आइपुग्छे । लस्काइ र मस्काइको निरन्तरतामै अधर चुम्बनका साथ जीब्राले आफ्नो मुख भित्रको वरफ (आइस) युवकका मुखभित्र सार्छे । एकछिन पछि युवकले पनि सोही प्रकृया दोहो¥याउँछ । त्यसको केही बेरपछि छेउकै अर्को युवक पनि सोही युवती समक्ष याचक बनी उभिन्छ । युवतीले उस्तै लस्काइ र मस्काइका साथ उसलाई पनि आफ्नो अधर चखाउँछे अनि बरफ खसाउँछे । यहाँ यस्ता धेरै दृश्यहरु देख्न पाइन्छ । कतिपय आफूसँग आएका जोडीसँगको नृत्यमा मस्त छन् । कति बारको गायकले गाएको गीतमा झुमीरहेका छन् । धेरै युवायुवती र आक्कल झुक्कल मात्र वृद्धवृद्धाहरु देखीने यस्तो ठाउँमा अहोरात्र यस्तै क्रम चलीरहन्छ । यो दृश्य विश्वविद्यालय सुरु हुनु अघिका दिनहरुमा नवागन्तुक विद्यार्थीहरुलाई नयाँ ठाउँको रात्रीजीवनका बारेमा जानकारी दिन विश्वविद्यालयको एक विद्यार्थी क्लबले आयोजना गरेको पब क्रल कार्यक्रम अन्तर्गत एक पबमा देखेको दृश्य हो । मदिरा र धुम्रपान यहाँको रात्री जीवन मात्रै होइन सम्पूर्ण जीवन शैलीकै एक पाटो हो । धुम्रपानका हकमा मेरो व्यक्तिगत धारणा भन्नु पर्दा यहाँ त झन्...

फरक विश्वविद्यालयको फरक कक्षाकोठाबाट

Image
नेपालको वरीष्ठ विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा विताएका करीब आठ वर्ष र सोही क्रममा निजी विद्यालयमा अध्यापन गर्दै विताएको समयसँग अहिले आएर यूरोपेली शैलीमा अध्ययन गर्ने अवसरलाई हेर्दा र ती दुई बीचको अन्तरलाई देख्दा यहाँको कक्षाकोठाको अनुभुति सबैसँग बाँड्ने मन लाग्यो । हुन त कुनै एक देश भित्रको एक सानो सहरको शिकाइ विधिलाई यूरोपेली शैली भनी सामान्यीकरण गर्नु त्यति उचित हुँदैन होला । तर पनि यो एक उदाहरण हुन सक्छ । त्यति पनि नभए एउटा कोरो अनुभवका रुपमा मात्रै भएपनि प्रस्तुत गर्न मन लाग्यो । प्रथम पटक कक्षाकोठामा प्रवेश गर्दा कक्षाकोठाको दृश्य कुनै पाँच तारे होटलको सम्मेलन कक्ष भन्दा कम थिएन । झण्डै पचास जना अटाउने क्षमता भएको कोठामा शिक्षणका क्रममा प्रयोगमा आउन सक्ने सम्पूर्ण सामग्रीको चाँजोपाँजो पहिले नै मिलाइ सकिएको थियो । श्रव्य–दृश्य सामग्रीहरु प्रस्तुत गर्नका लागि प्रोजेक्टर र ध्वनी यन्त्रहरु उपलब्द्ध देखिन्थे । त्यस्तै हाम्रो देशमा प्राय प्रयोगमा आउने कालो पाटीको बदलामा तल माथि सार्न मिल्ने दुई भिन्न भिन्न आकारका हरिया पाटीहरु कक्षाकोठाको अघिल्तिरको पर्खालमा देखिन्थ्यो । त...

यहाँ यस्तै छ

Image
 फिलिङ्गेन–स्वाइनिङ्गेन जर्मनीको दक्षीण पश्चिम भागमा पर्ने एक सानो सहर हो । सानो भएपनि यो सहरमा भएको सुव्यवस्था सम्बन्धी जानकारी आफ्नो गाउँ ठाउँको विकासका लागि अनुकरणीय उदाहरण बन्न सक्ने देखेर मैले यहाँको बारेमा निरन्तर लेखी रहने निधो गरेको छु । प्रथम झल्को मै यो शहर मलाई एक दमै रमाइलो लाग्यो । यो शहर अन्य ठूला शहर जस्तो गगनचुम्बी भवनहरुले भरिएको छैन । यहाँ हरियालीलाई कायम राख्ने भरसक प्रयास गरिएको छ । घरहरुका माझ रुख खोज्नु पर्ने स्थिति छैन । हरेक घरको करेसामा वा आँगनमा रुखका बोटहरु देख्न सकिन्छ । प्राय गरेर स्याउका बोटहरु बढि लगाउने गरेको पाइन्छ । जर्मनका मानिसहरु वा भनौँ पश्चिमा मुलुकका मानिसहरु वाइन लगायतका मदिराजन्य पेयहरु बढि सेवन गर्ने हुनाले पनि उनीहरुले स्याउका बोटहरु लाएको हुनु पर्छ । स्याउकोबाट बन्ने मदिराका प्राय सबैले आफैले घरैमा बनाउने गर्दछन् । त्यसका अलावा पनि घरवरीपरी सामान्य फलामे बार अनि चाइनीज दुबोको चहुर र कतैकतै झारबार (हरियो झारहुने वनस्पतीको बार) देखिनु सामान्य जस्तै लाग्छ । प्रत्येक घरमा गाडीघर (गाडीका लागि घर) अनि प्रवेशद्वारमा सबैको चिठीपत्र आदिक...

स्वप्न नगरी सम्मको यात्रा (भाग २)

Image
३८ डिग्रीको बाहिरि प्रचण्ड गर्मीका बाबजुद विमानस्थल भित्रको वातावरण निकै चिसो थियो । अझै भन्नु पर्दा कमाउने जाडो नै थियो । विमानस्थल भित्रका पसलहरुमा खोजेको जे पनि पाइन्थ्यो । बस् मोल चुकाउनु प¥यो । भित्रै पामका(एबmि) वृक्षहरु उमारिएका थिए । सिसाले बारिएकोबाट बाहिरी दुनीया देख्न सकिन्थ्यो र पनि बत्तीका लाम र विमानस्थलका बडेमानका विमानहरु बाहेक आँखाले केही पाउन सक्दैन थे । भित्रै थियो बरु रमाइलो ।  यात्रुहरुका लागि निःशुल्क इन्टर्नेटको समेत व्यवस्था गरिएको थियो । धेरै पछि मात्र थाहा भयो । वाइफाइको बारेमा त नपुग्दै जाँचेको थिए । अनि सके जतिका तस्वीर फेसबुकमा उतारेको थिएँ । भेटिएकालाई घरमा राम्ररी पुगेको खबर गरिदिन भनेको थिएँ । हिँड्ने बाटोको छेउमा अत्याधुनिक किसिमका उभिएर चलाउन मिल्ने तर डेस्कटप भन्दा बेग्लै बरु एटीएम जस्ता लाग्ने कम्प्युटरमा निःशुल्क इन्टर्नेट सुविधा रहेको कुरा पछि मात्रै थाहा भयो । हिँड्ने ठाउँमै यात्रुहरुलाई हिँड्न कठिनाइ होला भनेर उभिएरै अघि जान मिल्ने हाम्रा राजधानीका नयाँ खुलेका मलहरुमा भएका सिँडी जस्ता तर तेर्सो जान मिल्ने वयवस्थाहरु पनि थिए । रहर लाग...