मेरो विद्यालयको टुटेको कुर्चि

Source: Google image
 कुरा २०६७ वैशाख १२ गतेको हो, सदाझैं म कम्प्युटर कक्षामा विद्यार्थीहरुलाई कम्प्युटर सिकाइ रहेको थिए । छेवैको कर्मचारी कक्ष(स्टाफ रुम)मा विद्यालयका केही स्टाफहरु आफ्नै कुराहरु गरेर बसिरहेका थिए । विद्यालयमा लिइने चर्को शुल्कको विरोध स्वरुप भनेर एक विद्यार्थी संगठनले देशव्यापी रुपमा निजि विद्यालयका लेखा शाखाहरुमा तालाबन्दी गर्न लगाएका थिए । विद्यालय पनि बन्द हुने हल्ला थियो तर पक्का पक्की थिएन । सायद त्यसैका बारेमा कुरा गरिरहेका थिए होलान् स्टाफहरु कर्मचारी कक्षमा । त्यसैबेला एक्कासी हुलमुल लिएर विद्यार्थी संगठनका कार्यकर्ताहरु भित्र पसे । विद्यालय खोल्ने भन्दै कर्मचारी कक्षका कर्मचारीहरुमाझ संत्रासको वातावरण सिर्जना गर्न थाले । मसंग भएका विद्यार्थीहरु सातो उडेको जस्तो भएर मुख बाएर उनीहरु तिर हेर्न थाले । मलाई अरु भन्दा पनि कम्प्युटरहरुमा कसैले क्षति पु¥याउला कि भन्ने डर थियो । त्यसैले विद्यार्थीहरुलाई भित्रै राखेर म बाहिर आए“ । कलमजीवी मान्छे लौराजीवीहरुसंग बहस गर्ने कुरै भएन । उसै जीउ लौरो जस्तो कसैले केही गरिदियो भने त परेन फसाद । अनि त्यसैबेला एक उग्र नवयुवकले टेबलका किताब जम्मै भुईंमा फाल्दै टेबल पल्टायो । मुठभेटको स्थिति नै नभएको ठाउ“मा कुरा गर्नुको साटो सरकारले छाडा हुन दिएको स्वतन्त्रताको भरपुर प्रयोग गर्दै ती युवकले दुई कुर्ची एकैमा खप्याएर जोरले भुईंमा बजारे । नियन्त्रण भन्दा बाहिर गइसकेका युवा जमातलाई देखि हतार हतार विद्यार्थीहरुलाई बाहिर निकालियो र विद्यालय बन्द भयो । सामान्य रुपमा भनेको भए पनि सायद विद्यालय बन्द हुने थियो होला । विनाशको ताण्डव देखाउनु कुनै आवश्यकता थिएन भन्ने गुनासाहरु पोख्दा हुलका नाइके आफ्नै तर्कहरु पेश गर्दै तोडफोडको जिम्मेवारीबाट पन्छिए । पछि त्यसै हुलको एक युवक नव कार्यकर्ता भएकोले होला हामीलाई राजनीति पढाउन थाले । आन्दोलनका क्रममा यस्ता घटना सामान्य हुन भनी प्रस्ट्याउन थाल्यो । हुन पनि हो विद्यालयका विद्यार्थीलाई मानवढाल बनाइ प्रयोग भइसकेको, विद्यालयका विद्यार्थी खेल्ने आ“गनमा युद्धका बंकरहरु खनिएको, पढाउ“दै गरेका शिक्षकहरुलाई रुखमा हात बा“धि गला रेटिएको, आदि जस्ता क्रुरतम घटनालाई पचाइसकेका जनता भएका देशमा सामान्य तोडफोडलाई ठूलो एजेण्डा बनाउने कुरै भएन भले विद्यालयलाई शान्ति क्षेत्र बनाउनु पर्छ भन्ने कुरा निकै अघिदेखि अलापीन थालिएका होउन् । त्यसैले तिम्रो दलले राम्रै गरेको हो हामी नै अधम हौं भनेर त्यो कार्यकर्तालाई विदा ग¥यौं । घटनाको उजुरी दिने कुरा पनि आए तर पत्रकार जस्ता देशको प्रमुख अंगका रुपमा मानिएको पत्रकारिका जगतका सदस्यको हत्याका र अपहरणका गुठ्ठी नसुल्झीने यो देशमा हाम्रो तोडफोडको कुरामा कसले न्याय गर्ला बरु उल्टै उजुरी दिने भनि भरे भोलि धम्कीका कल आए भने विजोग पर्ला भन्ने डरले सबै चुप लाग्यौं । “निका मान्नी लाज फुचेरा मान्नी डर” भन्ने लोकोक्ति त्यसै कहां भनेका हुन र हाम्रा बाउबाजेहरुले ।
    पछि सुन्दै जा“दा र टेलिभिजनमा बन्दका असरहरुका बारेमा बुझ्दै जा“दा केही अन्य विद्यालय पनि हाम्रो जस्तै वा त्यो भन्दा पनि कठोर नियती पाइसकेको थाहा पाएपछि हामीमात्र रहेनछौं भन्ने लाग्यो र केही सन्तोष भयो । वैशाखको पुरै महिना जस्तो बन्द भयो विद्यालय । अभिभावकको ढाड सेक्ने शुल्क अझै पनि यथावतै छन् । यहांका विद्यालयका शुल्कको के कुरा गर्ने ? यी त सामान्य भन्दा अति सामान्य हुन । भर्ना शुल्क ३५ देखि ४० हजार वा अझै त्यो भन्दा बढि लिने उपत्यकाका नामचीन विद्यालयहरु यो आन्दोलनको मुख्य तारो बने । उनीहरुले अभिभावकलाई कुनै दबाब नदिएको र अभिभावकले स्वेच्छाले शुल्क तिरिरहेको तर्क अघि सारे तर आन्दोलन थामिएन । त्यसको लगत्तै मे दिवस पछिको बन्दले विद्यालय बन्दलाई महिना भरिनै तानेर लग्यो ।
    आन्दोलन सकियो तर शुल्कमा केही हेरफेर भएको सुन्नमा आएन बरु विद्यालयहरु र तिनका संगठनहरुस“ग आफ्नो राजनीतिक कार्यक्रमका लागि चन्दा र आफ्ना कार्यकर्ताको बासको व्यवस्था गराइमागेका कुराहरु संचार र छापा माध्यमहरुमा आए । अभिभावकको पीडाले दुखेको भनेको घाऊ त अर्कै उद्देश्यले रचिएको नाटक रहेछ भन्ने लाग्यो । बन्द कर्ताले त बन्द गरे आफ्नो स्वार्थ पुरा गराए र बन्द फिर्ता लिए तर हामी अभिभावक र शिक्षक कर्मचारीहरु त्यसको प्रत्यक्ष मारमा प¥यौं । स“धै जसो असारमा हुने गर्मी बिदा श्रावणको आधामा भयो । उसै त यीनै राजनीतिक बन्दका कारणले दुई महिनाको बर्खे बिदा छोट्टीएर एक महिने भएको थियो त्यो पनि बेला सकिएपछि भयो । विद्यार्थीहरुको पढाइ नसकिएकाले विद्यालय प्रशासन विदा सार्न बाध्य थियो । नपढाइकन परीक्षा लिनु पनि भएन । अनि वैशाखको पुरै महिना जस्तो बन्दले खाएपछि पढाउनको लागि बिदा सार्नुको बिकल्प थिएन । बिदा स¥यो ।
    यो त यसपालिको कुरा । यस्ता बन्द र हडतालले यस अघि पनि थुप्रै समस्याहरु सिर्जना गरिसकेका छन् । क्याम्पस पढ्दा समेत कहिले स्वागत कहिले विदाइ अनि बचेका दिनमा बन्द, जुलुस, विरोध, आदिले पढाइ पनि राम्रो हुन दिएनन् । पन्ध्र पाठ मध्ये दुई वा अढाइ पाठ मात्रै पुरा हुन्थे । परिक्षा सारिन्थे । तीन वर्षको कोर्स चार वर्ष लाग्थ्यो । ०६२÷०६३ को आन्दोलनले समेत क्याम्पसको पढाइको समय तालिका विगारि दियो । पहिले पहिले चैत्रमा स्नातक तह तेश्रो वर्षको परिक्षा हुन्छ यसपाली श्रावणमा भयो । झण्डै पा“च महिना स¥यो अनि बेला बेलामा हुने विश्वविद्यालय तालाबन्दिका कारण ७५ दिन भित्रमा आइपुग्नु पर्ने नतिजा गर्भीणी महिलाको गर्भको बच्चाले नौ महिना कुरे जस्तै नौ महिना दश महिनामा निस्कने भयो । यी ढिलाइका विरोध पनि बन्द गरेरै र तालाबन्दि गरेरै गरिए । क्या गजब ?
    पहिले पहिले पेट्रोलको भाउ बढ्दा वा मट्टितेलको भाउ बढ्दा जुलुस हुन्थे बन्द आहन हुन्थे तर यसपालिको मुल्यवृद्धिको कुनै विरोध भएन । सायद राजनीतिक दलहरु सत्ता लुछाचा“डीमा व्यस्त भएकाले होला उनीहरुका भ्रातृ संगठनहरुले यस्ता कुरातर्फ ध्यान दिन नसकेको । नत्र भने एक दिन त बन्द अवश्यै हुनुपथ्र्यो (?!) तै भएन ।
    शिक्षा क्ष्ँेत्रमा सुधारका कुरा आमुल परिवर्तनका कुराहरु थुप्रै गरिए । तर पाठ्यक्रमका राजारानीका तस्वीर हटाउने सिवाय उल्लेख्य सुधार केही देखिएनन् । ज्यूंका त्यूं छन् अन्य कुराहरु । त्यस्तो खासै ठूलो परिवर्तन केही देखिएन ।
    ०६२÷०६३ को आन्दोलनका क्रममा शिक्षकहरुको संगठनलाई गोलबद्ध गर्ने भनि शैक्षिक गणतान्त्रिक मञ्च जस्ता संगठनहरु खडा गरेर गणतन्त्र स्थापनाका लागि दबाब सिर्जना गर्नमा शिक्षकहरुको समेतको प्रयोग भयो । त्यसबेला म पनि निजी विद्यालय शिक्षक संगठन (इस्टु)को सदस्य थिए“ । त्यसवेलाका हाम्रा अध्यक्षले हामी निजी विद्यालयमा पढाउने शिक्षकको जमात थुप्रो छ । त्यसमाथि पनि हाम्रा आस्रितहरुको संख्या हे¥यो भने हामी माझबाट पनि संविधानसभामा प्रतिनिधित्व गराउन सकिन्छ र संविधानमा हाम्रा हितका कुरा पनि समावेश गर्न सकिन्छ भन्ने जस्ता ठूला सपनाहरु बाडिए । ल यो त काइदा हुन्छ भन्ने सोच्दै म जस्ता नवआगन्तुकहरु दंग प¥यौं, हाम्रा अध्यक्ष कस्ता जान्ने भन्दै ।
    त्यसपछि बजारका चोकमा पनि २१औं शताब्दिका कमैय्याको ताज पहि¥याइयो शिक्षकहरुलाई । त्यसमा पनि हामीले हो मा हो थप्यौं । विचारले धनि भए पनि व्यवहारमा हामी कमैय्या सरह नै थियौं । हामीमा राजनीतिक चेतना पलाउनु त्यो लहरको राम्रो पक्ष मान्न सकिन्थ्यो । त्यै बेला मैले म काम गर्ने विद्यालयका कर्मचारीहरुलाई परीक्षामा गार्ड बसे वापत र कपी जा“चे बापत भत्ता ख्वाए“को थिए“ । अचेल पनि लडाईंले घाइते बनाएर अवकास पाएको सिपाहीले आफु युद्धरत छ“दा गरेका बहादुरीका किस्साहरु वालवालिकालाई सुनाए दंग परे जस्तै गरि सुनाउ“छु सुन्नेहरुलाई । र सुन्नेहरु पनि मेरो चित्त बुझाउनलाई उदेक मान्दै सुन्छन् वा सुनेझैं गर्छन् । 
    त्यतिबेला मैले ठूलै नेताको जस्तो गरि हाम्रो संगठनले भत्ता बिना कापी नजा“च्न भनेको छ भन्दा विद्यालयका प्रधानाध्यापकले मलाई हामीले पायौं भनिदिनुस् न भनेको थियो । मैले म साथीहरुस“ग गद्दारी गर्दैन भनें । त्यसो भए त आफुले विद्यालय चलाउन नसक्ने र विद्यालय बेच्ने कुरा सम्म पनि गरे संस्थापकले । तातो रगतको थिएं मै किन्ला जस्तो गरेर बोल्न खोजेको थिए“ संस्थापकले बोली सच्याएर सबै किन्ने भए मात्रै बेच्छु भने । मस“ग अघिल्लो दिन यस्तो भन्नु पर्छ भनि योजना बनाउनेहरु मौन थिए । मैले बुझिहालें । अब जंघार पसेपछि तिघ्रा कमाउने कुरा आएन । एक्लै भएपनि गर्जिए“ । पछि सा“झ बोलाएर ती विद्यालय संस्थापकले आफुले कसरी कपडाको पसल नचले पछि त्यो विद्यालय खोलेको र विद्यालयले आफ्नो गुजारा चलाएको कहानी सुनाए“ । मैले विद्यालय स्थापना कपडा पसल चलाउन नसक्नेकालागि राम्रो बिकल्प हुनसक्छ भन्ने थाहा पाएको थिएन । अनि मलाई विद्यालयको नाफा नोक्सानको खेस्रा हिसाब मौखिक रुपमा भएपनि देखाए । परीक्षामा पछि सधैं जसो चिया नास्ता आएन तर खामबन्द भएर दुईसय भत्ता सबैले पाए । बोल्ने नबोल्ने सबैले । विद्रोही मै मात्र ठहरीए संस्थापकको नजरमा । अरु सोझा भइरहे, भइरहुन् ।
    दोस्रो वर्ष त्यही आन्दोलनको प्रभाव स्वरुप तलवमा समेत वृद्धि गरिने भयो । आठ घण्टी पढाउ“थे । भ्याएसम्म होस्टेल पनि धाएकै हुन्थे । पछि भित्रिकुरा थाहा पाउ“छन् भनेर एकजना सहकर्मीस“ग संस्थापकले नआउने सल्लाह पठाएको थाहा पाएपछि कहिल्यै मुख फर्काएन कार्यालय समयपछि । अ“, तलबमा वृद्धि हुने भएपछि खुसी साथ सोधें तलब कतिले वद्धि हु“दैछ भनि । तलब २५ प्रतिशतले वृद्धि हु“दै रहेछ । सायद यो दरमा तलव वृद्धि संसारमा कहिं कतै अहिलेसम्म भएको थिएन होला । निजी विद्यालयमा प्राय हुन्छ । फेरि हिसाब लाए“  । दुई हजार जाबाको तलब २५ प्रतिशतको वृद्धि पछि पनि २५ सय मात्र पुग्ने भएपछि त्यसभन्दा बर्ता दिन्छु भन्ने विद्यालयमा पसें । आजका मिति सम्ममा ५ विद्यालय फेरें । सोध्नेहरु उदेक मान्दाहुन तर दुईहजारको तलबबाट ३५ सय तलबपाउनेमा सर्नु त्यसबाट त्यसको दोब्बर तलब पाउनेमा सर्नु अनि त्यसबाट पति अझै बर्ता पाउने विद्यालयमा सर्नु मेरोलागि भने सामान्य थियो ।
    विस्तारै मञ्च सेलायो, संगठन सेलायो । संगठनका टाउके कोही संस्थापक भए कोही पेशाबाट पलायन भए वा भनौं सामान्य शिक्षकबाट अरुमै रुपान्तरित भए । नया“ आउने गर्दैछन् अझै पुरानै व्यवस्थामा काम । उनीहरुले न्यून तलब र हेपाइकै पनि प्रतिवाद गरेका छैनन् । स“धै अरुका लागि बोलेर आफू तारो बन्ने मैले पनि केही लेखहरु लेखें तर पछि कति एकोहोरो बोलि रहनु भनेर छोडिदिए“ । तर त्यसबेला लेखहरु पढेर पीयन र सहकर्मीहरु खुशी हुन्थे भने संस्थापकका निधार खुम्चीन्थे । निजी विद्यालयका शिक्षकका समस्याहरुका बारेमा लेखेका लेखहरुले भने पत्र–पत्रिकामा स्थान पाए त्यो आन्दोलन पछि । नत्र भने पञ्चायतमा प्रजातन्त्रको बारेमा लेखिएका लेखहरुमाथि प्रतिबन्ध लागे जस्तै निजी विद्यालयका शिक्षकहरुको आवाज पनि पत्रिकाहरुले विशेष छाप्थेनन् ।
    जे भए पनि शिक्षाका समस्यालाई देखाएर बारम्बार राजनीतिहरु गरिए सत्ताधारीलाई सत्ताच्युत गराउने वा उसको शासनलाई चुनौतीपूर्ण बनाउने अदृष्य उद्देश्यका साथ तर आफ्नो स्वार्थ पुर्ति पछि ती समस्यालाई फेरि सम्बोधन गरिएन । संविधान सभाको चुनाव भयो तर त्यसमा निजी विद्यालयका कुनै शिक्षक प्रतिनिधि गए कि गएनन् उनै अध्यक्षलाई थाहा होला । संविधान बन्ने त टुड्डो छैन अब त्यो टुड्डो नभएको संविधानमा आफ्ना कुराहरु आउलाने भन्ने झन् के टुड्डो हुन्थ्यो । तर अखबारकै पानामा भए पनि मैले लेख्ने संविधान भने लेख्नेछुः लेखकै रुपमा भएपनि ।
    विद्यालयको टुटेको कुर्चीको बारेमा मात्रै लेखौंला सोचेको लहरो तान्दा पहरो खस्यो । तर सा“च्चै हो मैले त्यो टुटेको कुर्ची देख्ने वित्तिकै मलाई शिक्षा क्षेत्रलाई राजनैतिक दलहरुले कसरी आफ्नो स्वार्थ सिद्ध गर्ने साधनका रुपमा प्रयोग गरेका छन् भन्नेकुराहरु एक एक गरि सम्झना हुन थाल्छ । टुटेको कुर्चीले सायदै अर्को नियती पाउला तर त्यसले तेस्र्याएका प्रश्नहरु मननीय छन् कि छैनन् सबैले सोचुन् ।

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

सुधीर शर्माकाे प्रयोगशाला

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी