Posts

Showing posts from 2018

बलात्कारको बिऊः ‘प्रसाद’ कि अभिशाप ?

Image
हालसालै बजारमा आएको ‘प्रसाद’ चलचित्रले बलात्कारबाट बसेको गर्भ प्रसाद कि अभिशाप भन्ने विषयमा नयाँ बहस सुरु गरेको छ । एकतर्फी बहस भइरहेको हालको सन्दर्भमा फरक विचार राख्न मन लाग्यो । ‘प्रसाद’ चलचित्र लेखक र निर्माताहरुको मायाले भन्दा पनि ‘प्रसादलाई’ अभिशाप करार गर्ने क्रममा व्यक्त विचारहरुसँगै बाहिर आएका विवादास्पद कुराहरुले यो आलेख जन्माएको हो । चलचित्रलाई बलात्कार जस्तो जघन्य अपराधलाई पनि सामान्यीकरण गर्न खोजेको दलितलाई कम्जोर पात्रका रुपमा चित्रण गरेको लगायतका थुप्रै आरोपहरु लागेका छन् । चलचित्रको प्रचारसामग्री र चलचित्रका विषयमा लेखिएका बहसलेनै चलचित्रको पुरै कथा बाहिर छताछुल्ल पारि सकेका छन् । तर पनि कथामा सकेसम्म नगइ बलात्कार प्रतिको चलचित्रको दृष्टिकोणमै अडेर यो आलेख पुरा गर्ने प्रयास गर्नेछु । मलाई लाग्छ कसैको व्यक्तिगत धारणाका आधारमा कुनै चलचित्रप्रतिको मानसिकता बन्नु भन्दा पनि सबैले आफ्नो धारणा बनाउनु उचित हुन्छ । म अरु दर्शकहरुबाट उनीहरुको धारणा बनाउन पाउने अधिकार खोस्न चाहन्न । त्यसैले यो आलेखका विचारलाई पनि नितान्त व्यक्तिगत नै लिइदिन अनुरोध गर्दछु । प्रसाद मार्...

विप्लव प्रतीकको अविजित र त्यसमा अटेकाे नेपाली इतिहास

Image
प्रवासमा रहँदा दोहो¥याएर तेह¥यार अथवा साँझ भरि फेरि फेरि सुनिने दिप श्रेष्ठले गाएको ‘हर रात’ बोलको गितका लेखकले लेखेको पुस्तक भन्ने बित्तिकै अविजित पढ्न मन थियो । बुकाहोलिक्समा भएको पुस्तक विमर्श अन्तर्गत भाषाका लागी पनि पुस्तक  पढ्नै पर्ने सुझाव आउँदा झन् पढ्न मन थियो । पढ्ने मन अझै दरो बनाउने त उनले सो पुस्तक पिताको जीवनमा आधारित भएर लेखेको भन्ने कुराले हो । फेरि त्यो बहसमा पुस्तकको सम्पूर्ण कुरा बाहिर नआए जस्तै पनि लाग्यो । लेखकले देखाएको विनम्रता र आद्रताले भरिएका आँखाले पुस्तकमा अझै केहि छ भन्ने मनमा लागी रहेको थियो । त्यसैले पनि अविजित छनौटमा प¥यो । तुम हर्गिस नहिँ जानते कि दुसरोँको क्या मेहशुस होता है । इसिलिए तुम आगेसे सिर्फ अपनी केहना । –मन्टो भरखरै प्रदर्शनीमा आएको शादत हसन मन्टोको जीवनीमा आधारित चलचित्रमा मन्टोको एउटा भनाइ छ । ‘अरुले कस्तो महशुस गर्छन् भन्ने तिम्लाई पक्कै पनि थाहा छैन । त्यसैले अबदेखि आफ्नो मात्रै भन्ने गर ।’ अचेल पाठक अनुभुति लेख्दा पनि अलि असहज लाग्छ । अरुले पनि मैले जस्तै प्रतिकृयाका आधारमा धारणा बनाए भने ! आँखिर पुस्तक सम्बन्धी केहि उदासि...

डा. रामेसको चल्स साेभराज उर्फ ‘विकिनी किलर’

Image
डा. रामेश नेपाली ट्वीटर जगतमा खुब चिनिएको नाम हो । यसो भन्दा उनलको ट्वीटर वाहेक अन्त पहिचान छैन भन्न खोजेको हैन । बरु ट्वीटरमा उनी विशेष सकृय छन् भन्न खोजेको भने अवश्यै हो । केहि साता अघि देखि ट्वीटरमा उनले लेखेको नयाँ पुस्तकको व्यापक चर्चा सुरु भयो । सुरुवाती चरणमा प्रकाशित प्रतिकृया एकदमै राम्रा थिए । तर पुस्तक नेपाली बजारमा उपलब्द्ध थिएन । त्यसैले ट्वीटरमा ‘किताब खै’ भन्ने प्रश्न खुब चर्चित भएको थियो । भाग्यवश नेपाल बाहिर बासेका पाठकका लागी एमजनबाट किण्डल प्रति किन्न सहज रैछ । पुस्तक नै किन्दा पुस्तक भन्दा दोब्बर हुलाक शुल्क पर्न जाने हुनाले किन्डल प्रतिमै रमाएँ । किण्डल प्रति उपलब्द्ध भएकैले नेपाली बजारमा सुलभ रुपमा उपलब्द्ध नहुँदै नेपाली लेखकको पुस्तक पहिलो पटक हात लाग्यो । सन् २०१५ मा फेसबुकका संस्थापक मार्क जुकरबर्गले हरेक दुई हप्तामा एक नयाँ किताब पढ्ने भनेर आफ्नालागी आफैले एउटा ‘पढ्ने चुनौती’ दिएका थिए । त्यो यति व्यापक भयो कि त्यसमा धेरै अन्य पनि सहभागी भए । म पनि केहि वर्ष देखि त्यसैको सिको गरिरहेको थिएँ । सन् २०१८ मा ४० किताब पढि सक्ने लक्ष राखेको भए पनि ६ महिनामै सो ...

योगमायाः द वाइल्ड वाइल्ड इस्ट

Image
योगमायाका बारेमा मैले पहिलो पटक पढ्न पाएको भनेको करीव १६ महिना अघि कुमार नगरकोटीको फोसिलमा हो । फोसिल मैले पढेको नगरकोटीको पहिलो पुस्तक भएकोले योगमाया काल्पिनिक पात्र हुन् या वास्तविक भन्ने नै थाहा थिएन । त्यसको लगत्तै योगमायाका विषयमा अन्य चर्चाहरु पनि हुन थाले । करीब १ वर्ष अघि पढेको नयनराज पाण्डेको घामकिरीमा पनि योगमायाको चर्चा थियो । तिनै फुटकर प्रसंगहरुले नै यो पुस्तकसम्म तानेको थियो । यो पुस्तक योगमायाका बारेमा अध्ययन गर्ने पहिलो विदेशी वौद्धिक तथा  Heir to a Silent Song: Two Rebel Women of Nepal   किताब लेख्ने बार्बरा निम्री अजिज र पारिजातको प्रसंगसँगै सुरु भएको छ । पारिजातले निम्रीलाई योगवाणी उल्था गर्नमा सहयोग गर्ने सहमती जनाएबाट पुस्तकको ‘आरम्भ’ भाग सकिएको छ । तयसपछि सुरु भएको ‘ठूलीहजुर’ भागमा योगमायाका बारेमा सम्पूर्ण कथा समेटिएको छ । कक्षा १० को अनिवार्य अंग्रेजीको पाठ्यक्रममा समावेश भइसकेको भएपनि (?!) यो पुस्तक प्रकाशनपूर्व योगमायाका बारेमा आंशिक रुपमा मात्रै अध्ययन भएको र विभिन्न खाले मतहरु प्रकाशमा आएका थिए । यो पुस्तकले निकै अनुसन्धान...

सगरमाथाको गहिराइ नाप्दाः कविताको कथा

Image
जुन काँधमा कुनै दिन न बसेर मेरो खुट्टा हल्लाउँदा मैले थाहा पाएको थिएँ यदि सधैभरि मसँग मेरो बुबाको काँध हुने भए म सधै भरि गाउँभरिकै सबै भन्दा अग्लो मान्छे हुने थिएँ बुकाहोलिकमा सगरमाथाको गहिराइ माथिको छुद्र टिप्पणी पढे पश्चात यो पुस्तक पढ्ने लालसा अझै बढेको थियो । कारण त्यस अघि नै पनि नवराज पराजुलीका कविताहरु यूट्युबमा हेरेको थिएँ । अरु भन्दा पनि बुबाका लागी लेखिएको कविताले मुटु हल्लाएको थियो । यो सबैको यस्तै हुन्छ भन्ने छैन । अवस्थाले पनि फरक पार्छ । रातदिन आमाबा सँगै रहनेलाई त्यसले खासै असर पार्दैन होला । बरु बाबाको खप्कीका कारण अझ बढि बेमतलबको हुनसक्छ । तर परिवारबाट सात समुद्र पारी सपना पछ्याइ रहेकाहरुका लागी यस्ता कविताले निकै हल्लाउँछ । आफ्ना सपनाहरु समेट्न नपाउँदै हातबाट समय कसिँदै गरेको मुट्ठीको बालुवा जसरी फुस्किँदै गर्दा बुढा बाबुप्रतिको कर्तव्य र उनले आफ्ना लागी गरेको संघर्ष अझै बुझिँदै गइन्छ । जीवन त्यति सहज त रहेनछ भन्ने भान हुँदै जान्छ । सपनाहरु त्यति सहजै प्राप्त हुँदा रहेनछन् भन्ने बुझिँदै जान्छ । बा प्रतिका गुनासाहरु सबै निरर्थक बनेर जान्छ कारण आफूले बाक...

ब्रह्मशमशेरकाे "नेपालकाे महाभूकम्प १९९०": भूकम्पकाे इतिहास

Image
 नेपालको २०७२ सालको वैशाख १२ गतेको भूकम्प विस्तारै विस्मृतिमा धकेलिँदै गर्दा बुढापाकाको उमेरको नापोको रुपमा परिचित ९० सालको भूकम्प अर्थात वि.सं. १९९० माघ २ गते गएको भूकम्प सम्बन्धी ब्रह्मशमसेरले लेखेको किताब पढ्ने मौका जु¥यो । पछिल्लो महाभूकम्प पछि मात्रै खोजीमा भएको यो पुस्तक विद्यालयको पाठ्यक्रममा समावेश हुनुपर्ने गुणको भए पनि विलुप्त अवस्थामा थियो र अझै पनि धेरैले यस पुस्तकका बारेमा थाहा पाएका छैनन् । नेपाली इतिहाँसको बारेमा जानकारी गराउने यस्ता पुस्तकको चर्चा एक पटक फेरि बल्झियोस् र धेरै भन्दा धेरै पाठकले यी पुस्तकबाट हाम्रो विगत जानुन अनि आफूलाई भविष्यका निम्ति तयार गरुन भनेर यो पुस्तक पढ्दाका आफ्नो अनुभव लेख्न मन लाग्यो । यत्तिकै नभएपनि यस्तै विपत्ति ठिक सय वर्ष अगाडि नेपालले भोगेको थियो । उस बखतमा पनि हजारौँ घर नाश हुन गई धेरै दिनसम्म साराले छाउनी र अरु यताउतिको मैदानमा बस्नुपरेको थियो । त्यस बेलामा बिग्रेको सहर, बस्तीको जीर्णोद्धार गरी फेरि जस्ताको त्यस्तै गराए झैँ अहिले हामी सबैले हिम्मत नहारी उत्साह बढाई भएको नोक्सान चाँडो मेट्ने उपायमा तन, मन, धन लगाउनुपर्छ । –१९९०,...

निर्मलालाई न्याय

Image
Pic credit: Republica, reporters: Pushparaj Joshi and Dilbahadur Chhantyal गत बिहीबार एक जना फेसबुक साथीले कंचनपुरको घटनाका बारेमा एक सामग्री पठाए । सो सामग्रीमा श्रावण ११ गते बलात्कार पछि हत्या गरिएको अवस्थामा फेला परेकी निर्मलाकी आमाको अन्तर्वार्ता थियो । बीसौँ दिन पुगि सक्दा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको थिएन । प्रहरीले सार्वजनिक गरिएको दोषी अपत्यारिलो थियो । शंका गरिनु पर्नेहरुमाथि अनुसन्धान नै गरिएको थिएन । प्रहरीले निर्मला हराएको निवेदन दर्ता गर्ने बेलादेखि देखाएको एक किसिमको नैराश्यपूर्ण व्यवहारले कतै प्रहरीले खास अभियुक्तलाई लुकाउन खोजि रहेको त छैन भन्ने शंका गर्ने प्रसस्त ठाउँहरु थियो । सायद त्यसैले पनि कञ्चनपुर निर्मलाको लाश फेला परेको दिन देखि नै आन्दोलित थियो । सुदूरको समस्याहरुमा काठमाडौँ जागेको त्यति उदाहरण छैन । यस पटक भने अचम्म भयो । बिहिबारै निर्मलामाथि र उनको परिवारमाथि भएको अन्यायका सन्दर्भमा ट्वीटरमा चिनिएकी पत्रकार तथा अभियन्ता अमृता लम्सालसँग गुनासो राख्दा उनले पनि सो सम्बन्धी केहि गर्न चाहेको तर पर्याप्त जानकारी नभएको बताइन । निर्मलाको आमाको अन्तर्वा...

विपीको स्वेतभैरवीः मधेस र इतिहास बोकेको साहित्यिक कृति

Image
विपीका उपन्यासहरु विद्यालयमा पढ्दै गर्दा र कति क्याम्पस स्तरमा पुगेपछि पढेर भ्याएको थिएँ । कथाहरुमा एक रात र दोषी चश्मा पाठ्यक्रममै समावेश भएकाले पढिएको थियो । त्यसका अलावा धेरथोर अन्य पनि पढिएका थिए तर श्वेतभैरवी कथा संग्रह कसो कसो छुटेको थियो । श्वेतभैरवी पढेसँगै विपीका रचनामा अर्को कथासंग्रह दोषी चश्मा बाहेक सबै पढेर भ्याइयो । हिटलर र यहुदी त दोश्रो पटक सम्म पढेँ । के चाहिँ हुँदो रहेछ भने पहिलो पटक पढ्दा नबुझिएका धेरै कुरा दोश्रो पठनमा बुझिँदो रहेछ । त्यसमा आफूले त्यसबीच पाएको ज्ञानले पनि भूमिका निभाउँछ होला । नत्र श्वेतभैरवीकै एक रातको यस पटकको अध्ययनले जुन तहसम्म मलाई उत्तेजित बनायो र रामप्रसाद राईको वृत्तचित्र सम्म पु¥यायो त्यो पहिलो पठनमा भएको थिएन । त्यस हिसाबले विपीका सबै कृतिहरु एक पटक फेरी पढ्ने हुटहुटी भने बढेर आएको छ । एक रातको कथावस्तुको बारेमा लेख्नु पूर्व त्यसको पृष्ठभूमीका बारेमा पनि केहि लेख्न जरुरी ठान्दछु । सायद यो पृष्ठभूमीले एक रात कथालाई अझ महत्वपूर्ण बनाइ दिन्छ । राजा, राणा र कांग्रेसको दिल्ली सम्झौताबाट त्यतिबेलाका कांग्रेसका जनमुक्ति मोर्चाका रामप्रसाद...

पहेँलो गुलाफ: प्रेमा शाह

Image
प्रेमा शाह मनपर्ने अभिनेत्री जल शाहकी आमा भनेर उनको लेखन प्रति निकै अघि देखि रूचि थियो । त्यो भनेको १६-१७ वर्ष अघि आठ-नौ कक्षामा पढ्दा भनेको हो । फेरी उनी पनि विपी जस्तै यौन मनोविज्ञानमा कलम चलाउने भन्ने विवरण साहित्यकार परिचयार्थ प्रज्ञा प्रतिष्ठानले छापेको एक पुस्तकमा भेटेको थिएॅ । त्यसले झन् उनको साहित्य प्रतिको रूचि झन् बढाएको थियो ।  उनको कृति भने पढ्न पाएको थिएन । पछि नगरकोटीको अक्षरगंजमा पहेंलो गुलाफ को चर्चा पढेपछि सो पुस्तक पढ्ने लालसा फेरि बौरिएको थियो । पहेंलो गुलाफ(२०२३), विषयान्तर(२०२८) र मम्मी(२०४०) गरेर शाहका तीन कृतिलाई एकमा गाभेर रत्न पुस्तकले निकालेको रहेछ । शिव नेपालबाट आउने खबर पाउने बित्तिकै अनुराधा र पहेंलो गुलाफको ईक्षा सुनाएॅ । उनले पहेॅलो गुलाफ पाएछन् । त्यसरी पहेंलो गुलाफ हात पर्यो ।  मने एक्कासी उठ्याे । हातकाे पेटीले उसले पातलीलार्इ सटासट हिर्काउन थाल्याे । पातली रन्थनिर्इ, उसकाे अहङ्कार पेटीकाे चुटार्इसित दुख्ने भएर अायाे । उसले अगाडिकाे बाँसकाे ढुङ्ग्राे उठाएर मनेलार्इ हिर्कार्इ । मने झन् जङ्गिएर पातलीलार्इ जता पायाे उतै पेटील...