Posts

Showing posts from 2016

अब यस्तो कहिल्यै नहोस्ः बाबुराम आचार्य

Image
Aba Yasto Kahilyai Nahos by Babu Ram Acharya My rating: 4 of 5 stars ‘अब यस्तो कहिल्यै नोस्’ इतिहास सिरोमणी बाबुराम आचार्यका ऐतिहाँसिक लेखहरुको सँगालो हो । २०१५ सालको आसपासमा लेखिएका यी लेखहरुमा बहादुर शाह देखि देब शम्सेरका पालासम्मका विभिन्न षड्यन्त्रका घटनाहरुको बारेमा जानकारी पाइन्छ । विशेषगरी बहादुर शाहको हत्या, भिमसेन थापाको उदय र अवसान, जंगबहादुर कुँवर राणाको उदय र राणा शासनको प्रारम्भिक विकासक्रमका बारेमा एकदमै महत्वपूर्ण जानकारीहरु यसमा समेटिएका छन् । यस अघि पढेको जगदीश घिमिरेको सकसमा उल्लेख गरिएका धेरै घटनाहरुको सत्यताका बारेमा शंङ्का उत्पन्न भएको थियो । यो पुस्तक पढ्दा त्यसमा भएका धेरै कुराहरुको गैह्र आख्यानपूर्ण विवरण पाइन्छ । सायद जगदीश घिमिरे जिवितै छँदा उनको पुस्तकका बारेमा गहन छलफल भएर त्यसको श्रोत सामग्रीका बारेमा पनि केहि प्रकाशित भएको भए उनको पुस्तकको महत्व अझै बढ्ने थियो । सकस पढिसकेकालाई यो पुस्तक पढ्नुले अझै फाइदा पु¥याउँछ र यो पढिसकेकालाई सकस पढ्नुले अझै थप जानकारी हाँसिल गर्न मद्दत गर्छ । पुस्तकमा बहादुर शाहको हत्याकाण्ड, रणबहादुर शाहको हत्याकाण्ड, भिमसेन थापाक...

मोहन मैनालीको उपल्लो थलो

Image
‘मान्ठा डराएको जुग’ पढेदेखि नै मोहन मैनालीको लेखन मन पर्न थाल्यो । सरल लेखन शैलीसँगसँगै लेखनको विषय वस्तुले मैनाली झनै प्रीय बने । ‘मान्ठा डराएको जुग’मा ती कुराहरु समेटिएका थिए जो धेरै मान्छेले थाहा नै पाएका छैनन् । सरकारी सञ्चार माध्यम र सरकार नियन्त्रित खबरहरुमात्रै पाएकाहरुका लागी पुस्तकले राज्यतर्फबाट भएका अन्यायका प्रतिनिधि घटनाहरु पस्केको छ । इतिहास भइसकेको युगको ढाकछोप गरिएका धेरै मह्त्वपूर्ण अंश हरु बाहिर ल्याएर पिडितलाई न्याय दिलाउन सफल प्रयासको कथा पढ्दा सुरुमा सरकार प्रति आक्रोश र पछि गएर लेखकप्रतिको कृतज्ञता भाव हावी हुन्छ । हत्केलामा ज्यान राखेर संकलित नियात्राहरुको संगालो नेपाली साहित्यको पढ्नै पर्ने गैह्र–आख्यानात्मक पुस्तक मध्येको एक हो । ‘मान्ठा डराएको जुग’को प्रभाव यति सम्म प¥या कि त्यसपछिका दिनहरुमा युट्युबमा लेखकका अन्तर्वाता र ‘मान्ठा डराएको जुग’सँग सम्बन्धित मैनालीका वृत्तचित्रहरु पाएसम्म हेरी भ्याएँ । उपल्लो थलो पनि त्यसै प्रभावका कारण पढ्न मन लाग्यो । फेरी ‘उपल्लो थलो’को बारेमा जतिलाई सोध्यो उतिले नै राम्रो प्रतिकृया दिएकोले पनि यो पुस्तक पढ्ने इक्षा बलियो बन...

सिमाङ्कन विवादका ४ कारणहरू र हालै दर्ता भएकाे संसाेधन प्रस्ताब

Image
ओली सरकार ढाल्ने क्रममा प्रचण्डले आफ्नो प्रधानमन्त्री बन्ने लालसालाई ढाकछोप गर्न सरकार परिवर्तनको उद्देश्य नयाँ प्रधानमन्त्री बनाउने नभएर वर्तमान अवस्थालाई निकास दिनेगरी मधेसीदलहरुसँगको सहकार्य र उनीहरुलाई ग्राह्य हुनेगरी संविधान संसोधन गर्ने कुरा गरेका थिए । त्यसो त ओली सरकार धरमराउने बेलामा ओली स्वयंले पनि मधेसी नेताहरुको माग प्रति केही लचकता नदेखाएको पक्कै होइन । तर ओलीले त्यसअघि नै पनि मधेसीहरुको मन दुख्ने खाले अभिव्यक्ति दिएकै कारण र उनका सत्ता साझेदारले नै पनि साथ छोडिसकेका कारण मधेसीनेताहरुले ओलीको बचनको तिरो तिर्नै भएपनि उनको सरकार ढाल्न मद्दत गरे । प्रचण्ड सरकारले चार महिनाको रस्साकस्सी पछि अन्ततोगत्वा संविधान संसोधनको प्रस्ताब सदनमा दर्ता गराएको छ । विगतका दिनहरुमा हुने महत्वपूर्ण राजनीतिक घटनाहरु जस्तै यसपालीको यो घटना पनि ‘छापामार शैली’मा कसैलाई थाहा नदिइ सुटुक्क गराइएको छ । अझ जसका लागी संसोधन गरिनु पर्ने हो तिनीहरु समेत यो प्रस्ताब आउनु अघि आफूसँग प्रयाप्त छलफल नगरिएको र आफ्ना मागहरु संसोधन प्रस्ताबले उचित रुपमा सम्बोधन नगरेको भनेर संसोधन प्रस्ताबबाट खुशी छैनन् । अरु त अ...

किताबकाे कथाः नयनराज पाण्डेकाे उलार

Image
Ular by Nayan Raj Pandey My rating: 3 of 5 stars म उलार (थारुहरुले उल्लार भन्छन्) शब्दसँग सानै देखि परिचित थिएँ । सानामा विद्यालयबाट फर्कने क्रममा कहिलेकाहिँ बाटामा लडिया (बयलगाडा) भेटिन्थे । हामी लडिया चढ्ने रहरले त्यसका पछिल्तिर झुण्डिन्थ्यौँ । लडिया खाली भएको बेला र चालक असल परेको बेला मात्र बस्न पाउँथ्यौँ । अनि भरिएको बेलामा या धेरैजाना चढ्न खोज्दा ‘उल्लार हुइहे’(उल्लार हुन्छ) भनेर लडिया चालकले हप्काउँथ्यो । लडियाको पछिल्तिर बढि भार हुँदा अघिल्तिरको भाग उचालिन्थ्यो र त्यस्तै परे गोरुहरु झुण्डिन पुग्थे । अनाहकमा गोरुकालागी बोझ बढाउन चालक चाहन्नथे । त्यसैले उलार जाने भएपनि नजाने भएपनि कतिपयले ‘उल्लार हुइहे’ भनेर धपाउँथे । लडिया चालकको हातमा एउटा चाबुक हुन्थ्यो । सिमेन्टका कट्टा(बोरा) च्यातेर बनाएको डोरीलाई एकछेउ लट्ठीमा बाँधी अर्को छेउमा गाँठो पारिएको हुन्थ्यो । कहिले काहिँ भनेको नमान्दा तर्साउनको लागी लडिया चालकले पहियामा हिर्काउँथे । ‘स्वाँट्ट ...’, आवाज मात्रैले पनि सातो लिन्थ्यो । गोरु या राँगालाई हानेको दृष्यको सम्झना र आवाज मिसिँदा मन एकदम आतंकित हुन्थ्यो । कहिले भने गोर...

नखुलेको आकाश खुलेर आयोः कञ्चन रेग्मी प्रकरणका भित्री कुरा

Image
‘नखुलेको आकाश खुलेर आयो ऊ सायद यो बाटो भुलेर आयो झ¥यो त के भो जाही र जुही त्यो पलास मनमा फुलेर आयो’ बिबिसीमा लामो समय काम गरेका सुमन खरेलको कान्तिपुर टेलिभिजनबाट प्रसारित हुने कार्यक्रम ‘सुमन सँग’मा कञ्चन रेग्मीले यी पंक्तिहरु सुनाउँदा एकदमै भावुक बनेको थिएँ ।  उनले पति र छोरा इन्जीनीयर हुँदाहुँदै पनि आफूलाई हेलाँ गरेको र सात वर्ष सम्म पिडामा बाँचेको, चिताको आगो तापेर हिँउद काटेको, आदि कुरा भनिरहँदा मान्छेहरु सन्तान पाउनाको सास्ती अनि हुर्काउनका लागी गरिने अनेक दुःख कष्ट किन गर्छन होला जस्तै लाग्यो । त्यसको साटो वृद्धावस्थाको व्यवस्थापनका लागी केहि जोरजाम गरे जीवन कति सहज हुन्थ्यो होला भन्ने पनि लाग्यो । आँखिर न पति न छोरा, कोही त आफ्नो हुँदो रहेनछ । कञ्चन रेग्मीलाई फोहरको थुप्रोबाट उद्धार गरेर पवित्र सेवा समाजमा लगी आश्रय दिइरहेकी भनिएकी दिक्षा चापागाईंको नाम धेरै सुनेको अनि एक पटक प्रत्यक्ष भेट भएकी व्यक्ति थिइन् । लाजिम्पाट स्थित सनराइज बोर्डिङ्ग स्कुलमा पढाउने क्रममा त्यहाँकी पूर्व प्रधानाध्यापिका सुजला कार्कीको स्मृतिमा आयोजना गरिने कार्यक्रममा उनको वालाश्रममा भएका वाल...

‘लम्पसारवादको सय दिन’

Image
ओली सरकार राजनीतिक निकासको बाधक भएको भन्ने आरोप लगाएर आफै सहभागी भएको सरकारको विपक्षमा माओवादीले कांग्रेसको साथ लिएर अविश्वासको प्रस्ताव पेश गरी आफू सत्तासीन भएको कुरा सबैलाई थाहै छ । विशेष गरी मधेसीहरु प्रतिको खरो बोली र बेलाबेला विवादमा आउने ओलीका अभिव्यक्तिहरुले ओली र मधेसीहरु बीच एक किसिमको दुरी श्रृजना भएको थियो । त्यसै दुरीका कारणले पनि ओली अन्तमा एक्लीए र प्रचण्डलाई प्रधानमन्त्री हुने बाटो खुल्यो । अघिल्लो प्रधानमन्तृत्वकालमा अनुभवका अभावमा आफूबाट भएका गल्तीहरु यसपटक नदोहो¥याउने र सरकारको निश्चित आयुलाई मध्यनजर गर्दै काम गरेर देखाउने प्रचण्डको अघिव्यक्तिले खासै सहानुभुति पाउन नसकेपनि उनकै परीक्षाको मापदण्ड भने खडा गरेको थियो । प्रचण्ड नेतृत्वको सरकारले सय दिन पुरा गरेपनि उनको सरकारको प्रमुख दायित्वको रुपमा रहेको भू–कम्पपिडितलाई राहत वितरण, संविधान संसोधन, स्थानीय निकायको निर्वाचन, लगायतका विषयमा खासै ठोस उपलब्द्धि हात लाग्न सकेको छैन । बरु त्यसको बदलामा सय दिन पुगेकै दिन सामाजिक सञ्जाल प्रयोग कर्ताले ‘लम्पसारवादको सय दिन’ भनेर सामाजिक सञ्जालमा लेख्न भ्याएका छन् ।  प्रच...

सकस– जगदीश घिमिरे

Image
सकस  by  Jagadish Ghimire My rating:  3 of 5 stars "मैले पन्ध्र सय वर्षअघिका राजपाठ त्यागेर जोगी भएका कवि राजा भार्तृहरिको त्यो श्लोक सम्झें, जसमा उनी भन्छन्– राजनीति र वेश्या उस्तै बहुरुपी हुन्छन् ।" मलाई जगदीश घिमिरेको अन्तर्मनको यात्रा पढेदेखि उनको लेखनीमा विशेष रुची बढेको हो । व्राह्मण परिवारमा जन्मेकाले सानै देखि संस्कृत प्रति केहि लगाव थियो । जमाना अनुसार अंग्रेजीमा शिक्षा हाँसिल गरिए पनि अनिवार्य संस्कृतका कक्षामा र घरमा भएका धार्मिक ग्रन्धमा भएका एकआध संस्कृतका श्लोकहरु कण्ठ गरेर कुराकानीका क्रममा सन्दर्भवस उल्लेख गर्न पाउँदा साह्रै गौरवान्वित हुने गर्दथे । ‘संस्कृतको युग सकियो अंगे्रजी सिक्नुपर्छ’ भन्ने पिताको संस्कृत शिक्षा प्रतिको उदाशीनता र एकखाले बन्देजका कारण पनि संस्कृत पढुँ पढुँ लाग्थ्यो । त्यति हुँदा हुँदै पनि न त मैले संस्कृत पढ्नका लागी कुनै ठूलो कदम चाल्न सकेँ न त मनको हुटहुटी नै केहि गरि मार्न सकेँ । उपन्यासहरुमा छिटपुट प्रयोग भएका संस्कृत शब्द र श्लोकहरु कण्ठ गर्न पाउँदा वा तिनको अर्थ जान्न पाउँदा आफ्नो जुनीले सार्थकता पाएको महशुस हुन्थ्यो । त्यस्...

तिहार र सेलरोटी

Image
चार तिहार सेलरोटी नखाएरै बिते । पहिलो तिहार त विदेश पसेको खुशीमा खासै याद गरिएन । त्यसपछिका तिहार भन्दा ह्यालोवीनको मातले नै भुलायो । गएका दुईवर्षमा मनाउन पाए हुन्थ्यो भन्ने लाग्दालाग्दै साथीभाइसँगको फुर्सत र कति आफ्नै अस्तव्यस्त जीवनशैलीले मनाउन पाइएन । घरहुँदा लक्ष्मीपुजाका दिन घरको धुरी चढेर बत्ती बालिन्थ्यो । साथीभाइसँग हुलबाँधेर कैले देउसी भैली खेल्न गइएला हुन्थ्यो । सके पटाका नसके घरको सलाईं चोरेर साइकलको छुच्ची भरेर किलाठोकेर पनि पड्काइन्थ्यो । अबेर घर पुग्दा पनि गाली नखाइने वर्षका ती दुई चार दिन नै त हुन् । भाइटिकामा बाबासँग पैसा मागेर भएपनि दिदी बहिनीलाई दक्षीणा दिइन्थ्यो । यस्तै यस्तै गरी दोश्रो ठूलो चाड पनि वित्थ्यो । तिहारसँग अनिगिन्ती यादहरु गाँसिएका छन् । घरहुँदा चाडपर्वको पनि उति ख्याल गरिन्नथ्यो । जतिजति पर पुगिँदै गयो तब घरबस्दाका हरेक कुरा विशेष लाग्न थाले । चाडपर्व त झन् बढि महत्वपूर्ण लाग्न थाले । मान्छेसँग जे छैन त्यसैको सुर्ता लाग्ने न हो । उतीबेला घर थियो, परिवार थियो तर विदेश, एक्लो जीवन, पिजा र बर्गरको रहर हुन्थ्यो । अब एक्लीएका बेलामा घर र परिवार बढि सम्झना...

लोकमानकाण्ड र तीन फरक विश्लेषण

Image
‘लोकमानलाई त सिध्याउने भए ।’ मैले भनेँ । ‘लोकमान ओशो तपोवन पनि आउँथे । ’ दिदीले थपिन् । ‘भनेपछि ओशो सन्यासी भएरपनि भ्रष्टाचार गरिरहेका रहेछन् ।’ मैले हाँसो गरेँ । ‘चुप्लाग् ! अब केहि राम्रो काम गर्छु भन्थे । देशको लागी केहि गर्ने मन छ भन्थे ।’ दिदीले स्पष्टीकरण दिइन् । अहिले नेपाली संचार जगतमा दुई समाचारले प्राथमिकता पाएका छन्ः सेनाको हातमा राष्ट्रपतिका छोरीहरुको चप्पल र लोकमान विरुद्धको महाभियोग प्रस्तावप्रतिको दलहरुको प्रतिकृया । लोकमान अलि अघि देखि नै समाचार माध्यममा छाएका हुन भने राष्ट्रपति भवनको चप्पल ओसार्ने सेनाका जवानहरु भरखरै सतहमा आएका हुन् । चप्पल ओसार्ने कामको सामाजिक सञ्जालमा विरोधका अलावा अन्य कुनै सुनुवाइ होला जस्तो लाग्दैन । किनभने यस अघि पनि प्रचण्डले बुइ चढेको, वर्षमान पुनले जुता लगाइ मागेको, राजेन्द्र महतोले गोडा धुन लगाएको, लोकमानले समेत गोडा जुत्ता लाउन लाएको, लगायतका तस्वीरहरुको सामाजिक सञ्जालमा निकै नै आलोचना भएका हुन । त्यसले यस्ता घटनाहरु सतहमा आउनबाट रोकेको छैन । त्यसैले यो लेखकको मुल कुद्दा लोकमान प्रकरणलाई नै बनाआँै होला । लोकमान कार्कीलाई किर्ते हस्ता...

लोकमान विरुद्धको महाअभियोग र किर्ते हस्ताक्षर

Image
गत बुधबार साँझ लोकमान स्वदेश फर्कनु र उनी विरुद्धको महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएर उनी निलम्बनमा पर्नुले संचारमाध्यममा एकाएक तहल्का मच्चायो । अबेर रातसम्म बसेर भएपनि लोकमानको निलम्बनको पक्कापक्की गरेरै सांसदहरुले विदा लिए । लोकमान विरुद्धको लामो लडाइको यस्तो अप्रत्यासित अन्त्य धेरैको कल्पना बाहिरको कुरा थियो । कारण यो महाअभियोगको माग राखेर डा. केसीले धेरै अघि पनि अनसन बसिसकेका थिए र दशैं अघि पनि उनले सोही माग राखेर अनसन बसेको कुराबाट सायदै कोहि अनभिग होला । त्यस भन्दा अघि पनि संसदीय सुनुवाइ समितीले लोकमानलाई हाजिर हुने आदेश दिँदा पनि अनेक बहानामा उनले त्यसको अवज्ञा गरि रहे । त्यस बीचमा सरकार परिवर्तन भयो र लोकमानलाई कारवाहीको माग गर्ने गगन थापा नै स्वास्थ्य मन्त्री बन्न पुगे । जवाफ माग्ने नै जवाफदेही हुनुपर्ने ठाउँमा पुग्दा पहिलेको लोकमानलाई कारवाहीको प्रकृया एकाएक बिलाएको थियो । सबै नेपाली दशैंको रमझममा भुल्नै लाग्दा अनसनरत डा. केसीको लोकमानलाई महाभियोग लगाइयोस भन्ने मागलाई समर्थन गर्दै विवेकशील नेपाली दलले ‘लोकमानतन्त्र’को विरोधमा प्रचण्ड, ओली र देउवा लगायतको घरघरमा गएर...

लि क्वान यूसँगको अन्तर्वार्ता – टम प्लेट

Image
सिंगापुरका निर्माता भनेर चिनिने लि क्वान यूले संसारबाट विदा लिँदा सिंगापुर वासी मात्रै दुःखी भएनन् सम्पूर्ण विश्वका नेताहरुले पनि उनको देहवसानमा दुःख व्यक्त गरे । त्यही क्रममा बाबुराम भट्टराईले पनि उनको नाम लिएका थिए । डा. रामशरण महतले ‘सैद्धान्तिक कुराहरुमा विचार नमिले पनि’ उनको काम सराहनीय रहेको बताएका थिए । त्यसै बेलादेखि मलाई लि क्वान यूका बारेमा पढ्ने हुटहुटी बढेको थियो । देशमा नेतृत्वको संकट परेको बेलामा र चरम राजनीतिक अस्थिरता छाएको बेलामा मलाई पनि एक असल नेता हुनलाई र देश सम्बृद्ध बनाउनलाई के–के कुरा आवश्यक पर्दो रहेछ भनेर जान्ने इक्षा भयो । त्यसैले लि क्वान यू सम्बन्धी पुस्तक पढ्ने रुची भयो । फलस्वरुप टम प्लेटको ‘लि क्वान यूसँगको अन्तर्वार्ता’(कन्भसेसन विथ लि क्वान यू) शिर्षकको पुस्तक पढ्ने भएँ । मानवअधिकारको पालनका विषयमा विवादमा पर्ने गरेका सिंगापुरका निर्माता लीलाई पुस्तकमा विभिन्न कोणबाट चिनाउने प्रयास गरिएको छ । उनको प्रजातन्त्रप्रतिको धारणा, राजनैतिक आस्था, विदेश मामिला सम्बन्धित धारण र केहि व्यक्तिगत जानकारीहरुलाई संगालेर यो पुस्तक तयार पारिएको छ । स्वतन्त्रता भन्द...