एक्लै बाँची हेरुँ भन्दा (गजल)

एक्लै बाँची हेरुँ भन्दा, ऊ आउँछे सपना देखिन्छ
आधी बाटै छोडी जान्छे, दुःख लाग्छ गजल लेखिन्छ

जिन्दगी त त्यसै त्यसै, अलमल गर्दै बित्ने भयो
बाचा गर्ने सबै थिए, साथ पो त खै कसले दिन्छ ?

केटो किन्दा घर–बार, सित्तैमाको चलन छ अझै
घर्बार्–रोज्गार् बिना माया, मात्र यहाँ त खै कोले किन्छ ?

‘त बिना म मरिहाल्छु’, मलाई भन्थे जति नै सबै
देखे तिनैद्वारा झनै, धनका लागी मन टेकिन्छ । 



Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

सुधीर शर्माकाे प्रयोगशाला

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी