Posts

घामकिरी: नयनराज पाण्डे (किताबकाे कथा)

Image
पोखराको साहित्य महोत्सवको क्रममा सहभागीहरुको माझबाट उभिएर सिवानीसिं थारुले नयनराज पाण्डेलाई लू र घामकिरीमा कुन प्रिय भनेर सोधिन् । नयनराज पाण्डेले तुरुन्तै जवाफ दिए, “घामकिरी!” सिवानीसिं थारुले पनि आफ्नो त्यस्तै धारणा रहेको कुरा सुनाइन । पाण्डेले थपे, “कसैले घामकिरीका बरेमा केही नराम्रो भन्दा म सोझै भन्ने गर्छु घामकिरी नगरकोटीलाई मनपरेको पुस्तक हो ।” छेउमै बसेका नगरकोटीले पनि उनको त्यो भनाइलाई मुस्कुराएरै अनुमोदित गरे । हो यहीँबाट सुरु भएको हो घामकिरी पढ्ने रहर । घामकिरी हात पार्न पनि त्यति सहज भएन । चिनजानका पुस्तकप्रेमी कसैसँग पनि घामकिरीको प्रति थिएन । ई–पुस्तक खरिद गर्न तुलनात्मक रुपमा सुलभ भए पनि २९९ पाना ल्यापटपमा पढ्न मन लागेन । निदाएँ जगदम्बाको ई प्रति नै पढ्न धौधौ भएको थियो । सँधै अरुलाई पुस्तक ल्याइ दिने आग्रह गर्नु भन्दा वैकल्पिक तरिका अपनाउने उद्देश्यले अनलाईनबाट पुस्तक मगाउने बाटो अपनाइयो । एउटै पुस्तक मगाउँदा पुस्तकको भन्दा हुलाकको खर्च बढि हुने देखियो । त्यसैले घामकिरी पढ्ने चाहले नै नारायण ढकालको प्रेतकल्प, सरुभक्तको तरुनी खेती देखि विप्लव प्रतिकको अविजित गरेर १४...

एेलानी देखि सरस्वती प्रतीक्षाकाे नथियासम्म

Image
गएको साल वादी जातीको विषयमा दुई पुस्तक लेखिए र दुबै चर्चित पनि भएः एउटा विवेक ओझाको ऐलानी र अर्को सरस्वती प्रतिक्षाको नथिया । झट्ट नाम सुन्दा दुबैको विषय वस्तुका बारेमा अनुमान लाउन सजिलो थिएन । विवेक ओझा ओझेलमै परेका हुनाले पनि उनको पुस्तकले सुरुवाती दिनमा त्यति चर्चा कमाएन । सरस्वती प्रतिक्षा तुलात्मक रुपमा चिनिएकी कवियत्री थिइन् । साहित्य महोत्सवहरुमा कविता वाचन मार्फत धेरै पाठकसँग पुगेकी थिइन् । त्यसैले उनको आख्यान धेरैका लागी चाँसोको विषय रह्यो ।  विस्तारै दुबै पुस्तकको चर्चा सुरु भयो र थाहा भयो दुवै पुस्तकको विषयवस्तु वादी समुदाय हो ।  विवेक ओझाको ऐलानीका सन्दर्भमा यस अघि नै लेखिसकिएको छ ( यहाँ ) । ऐलानी सुदूरको विषयमा सुदूरकै कलमले लेखेको साहित्य भएकोले छुटाउन चाहेन । ऐलानी पढिसकेपछि नथिया किन पढ्ने भन्ने थियो । तर नथिया एक नारी साहित्यकारले नारीकै विषयमा लेखेको आख्यान थियो । त्यसैले पनि त्यो रोजाइमा प¥यो । अर्को कुरा उनको कविताका कारणले उनका आख्यानप्रति भरपुर अपेक्षाहरु थिए ।  उपन्यास लेखनका लागी गरिएको शोधको धेरै चर्चा भएको थियो । सोही चर्चा अनुरुप थुप...

ओशो, रजनीशपुरम र शीलाः किताबकाे कथा

Image
सात–आठ कक्षामा पढ्दा हुनुपर्छ, कैलाली जनपुस्तकालयको अलमारीमा भएको एक सेतो दाढिवाल साधुको किताब हात लाग्योः फर्गटन ल्याङ्ग्वेज अफ हर्ट । धर्म, दर्शन र तर्कशास्त्रमा रुची भएकोले कसरी कसरी म यो किताबसम्म आइपुगेको थिएँ । किताब पढ्दा मज्जा लाग्यो । ओशोका कुराहरु एकदमै तार्किक थिए । मैल त्यहि किताब पढ्दै गर्दा एक जना कांग्रेसको विद्यार्थी संगठनको नेता क्षितीज भण्डारी आएर पछिबाट टाउको मसार्दै खुब तारिफ गरे । सानै उमेरमा त्यस्ता गहन विषय प्रतिको रुचीले उनलाई प्रभावित गरेको हुनुपर्छ । मैले त खासमा जिज्ञासाले समाएको थिएँ तर त्यो प्रतिकृया पश्चात म झन ओशो तिर आकर्शित भएँ । बच्चा वुद्धि न हो ! पुस्तकालयमै एउटा अर्को पुस्तक पनि थियो । विश्व प्रसिद्ध श्रृंखला अन्तर्गतको सो पुस्तकमा विभिन्न सन्तहरुका बारेमा नकारात्मक कुराहरु लेखिएको थियो । साईबाबा देखि ओशो त्यसमा थिए । ओशोको पुना आश्रममा सन्यासीहरु आपत्ती जनक मुद्रामा रहँदाको एउटा तस्बीर पनि राखिएको थियो । एउटा धार्मिक परिवारमा संकीर्ण सोचसाथ हुर्किएको किशोरलाई त्यो तस्वीरमा देखाइएको कुरा पाच्य नहुनु स्वाभाविकै थियो । त्यो देखि सकेपछि धर्म प्रत...

"आफ्नै एउटा कोठा र पाँच सय": भर्जिनिया वुल्फ

Image
वर्षमा महिलाहरुका बारेमा कतिवटा पुस्तक निस्कन्छन् भन्ने कुरा तपाईंले ख्याल गर्नु भएको छ ? तपाईंलाई केहि थाहा छ ती मध्ये कतिवटा पुस्तकहरु पुरुषद्वारा लेखिएका हुन्छन् ?  विभिन्न विदेशी श्रष्टाका साहित्यिक श्रृजनाहरु पढ्ने क्रममा भर्जिनिया वुल्फको ‘आफ्नै एउटा कोठा’ (अ रुम अफ वन्स अन)भन्ने कृति हात लाग्यो । खासमा एक अर्कालाई आफूले पढेका कृतिहरु पढ्ने सल्लाह दिने क्रममा एलिजा बैनीले मलाई यो कृति पढ्ने सल्लाह दिएकी थिइन् । मैले अलि नजिक भएका हरेक स्त्रीलाई र केहि पुरुषलाई प्रिती कौरको ‘मिल्क एण्ड हनी’ पढ्ने सल्लाह दिने गरेको छु । हो त्यही पढि सकेपछि उसले भर्जिनीया वुल्पको कृति पढे नपढेको कुरा सोधेकी थिई । अबको सय वर्षमा, मेरो आफ्नै स्थितिलाई हेर्दा मलाई लाग्छ, महिलाहरु एउटा संरक्षित लिंगको रुपमा रहने छैनन् । उनीहरुले पहिले रोक लगाइएका सबै क्रियाकलापहरु गर्नेछन् । सुसारेले कोइला उचाल्ने छिन् । पसले महिलाले इन्जिन चलाउने छिन् । महिला एउटा संरक्षित लिङ्ग हुँदा स्थापित सबै मान्यताहरु हराएर जानेछन् ।  एक शताब्दि अघिकी लेखिकाको कृतिहरू आफैमा इतिहास पनि हो । त्यस बेलाको महिला ले...

खलंगामा हमाला: खलंगामा हमला

Image
मध्यबजार टुँडिखेलमा ४६ वटा शव लस्करै राखिएका थिए । एकजना प्रमुख जिल्ला अधिकारी, सैनिक चारजना, २० प्रहरी, १९ माओवादी र दुई स्थानीय गरी जम्मा ४६ जनाको ज्यान गएको थियो ।  दन्त्य कथाहरु पढ्दापढ्दै पुस्तक संसारमा छिरिएको हो । पुस्तकहरुममा पनि आख्यानात्मक पुस्तकहरु प्राथमिकतामा पर्थे । समाजका विभिन्न आयामहरु आख्यान मार्फत जान्न पाउनु र कल्पनाको संसारमा हराउन पाउनुले आख्यानात्मक कृतिको अम्मली बनाएको थियो । अलि बयस्क हुँदै गएपछि फाट्टफुट्ट गैह्र आख्यानात्मक कृतिहरुमा पनि आँखा पर्न थाल्यो । अचेल गैह्र आख्यानका कृतिहरु नै प्राथमिकतामा पर्न थालेका छन् । सन् २०१८ को पहिला ३ महिनामा पढि भ्याएका २१ पुस्तक मध्ये ११ पुस्तक गैह्र आख्यानात्मक छन् । खलंगामा हमला पनि तिनै गैह्र आख्यानात्मक कृति मध्यको एक बन्यो । माओवादी द्वन्द्वका बेलामा हुर्किएको भए पनि द्वन्द्वका धेरै कथाहरु पढ्न नपाएको थकथक छ । सरकारी संचार माध्यमको एकतर्फी पूर्वाग्रहले भरिएका समाचारहरु मात्रै सुनेर हुर्किएको मलाई सकेसम्म निश्पक्ष भएर लेखिएका द्वन्द्वकालीन घटनामा आधारित पुस्तकहरु पढ्ने तिर्सना मोहन मैनालीको माण्ठा डराएको...

गार्इ खाने कथा

Image
नयाँ संविधानमा अप्रत्यासित तरिकाले धर्म निरपेक्षता घुसाइएको कुराको विवाद जारी रहँदे गर्दा ‘गाइको मासु खान पाउनु पर्ने’ भन्ने विवाद सुरु भएको छ । गाइको मासु खान पाउनु पर्छ भन्ने मत राख्नेहरुले यथासक्य तर्क र प्रमाणहरु पेश गरेर गाइको मासु खान नदिएर राज्यले जनताको ‘भान्सामा नियन्त्रण’ गरेको भन्ने जस्ता वाहियात तर्क समेत गर्न भ्याएका छन् । समस्या कहाँनेर पर्छ भने उनीहरुले पेश गरेकै दलीलहरुको सहायता लियो र त्यसलाई सामान्यीकरण ग¥यो भने त हालको व्यवस्था नै उलटपलट हुन्छ । धेरै गैह्र कानुनी कुराहरुले छुट पाउनु पर्ने हो कि भन्ने जस्तो देखिन आउँछ । हालको कानुनी व्यवस्था नै पनि धरापमा पर्छ । गौहत्या विरुद्धको कानुन गलत भएको भन्ने तर्क गर्नेले नेपाली समाजका विभिन्न जातजातीका संस्कृतिहरुमा भएको गौमासको कुरालाई त्यसले कुण्ठित गरेको ठान्छन् । पूर्वमा किरात संस्कृति अन्तर्गतको च्याब्रुङ्ग नाचमा बजाइने बाजामा गाइको छाला प्रयोग हुने गर्छ । त्यस्तै किरातीहरुले पुजामा गाइको टाउको प्रयोग गर्ने गरेको र समयक्रमसँगै राँगाको टाउकामा सरेको भन्ने भनाइहरु छ । पश्चिममा पनि भुल र सार्कीहरुले मरेका गाइहरु लै...

ऐलानी: विवेक ओझा

Image
“क्यान हामी खेतीपाती  गर्दाइनौँ आमोई ? क्यान हामी गाईवस्तु कुखुरा क्यै पाल्दाइनौँ !” “पाप लाग्छ । हामी त नाचगानका लागि जन्म्याका जात हौँ । मालिकको सेवा ग¥या धर्म हुन्छ । खेतीपाती गर्न र वस्तुभाउ पाल्न हाम्रो जातमा लेख्याको छैन ।” “कल्ले लेख्याको आमोई हाम्रा जातमा ?” “भग्वान्ले ।” सुदूरपश्चिमका बारेमा लेख्नका लागी धेरै विषयहरु हुन सक्थे तर किनकिन नेपाली साहित्यमा सुदूरपश्चिम दुर्गम र रुढीवादी ग्रस्त समाजको रुपमा मात्रै चित्रण भयो । यस वर्षका दुई सर्वाधिक चर्चा बटुलेका पुस्तकले पनि त्यसैलाई निरन्तरता दिए । पुस्तक पढिएकै आधारमा मात्रै यदि कसैले सुदूरपश्चिमी कस्ता होलान् भनि कल्पना ग¥यो भने झट्ट के चाहिँ आउँछ होला ? कहिले काहिँ जान्न मन लाग्छ । विवेक ओझाको ‘ऐलानी’ रोजाइमा पर्नुको पछाडिको कारण ओझा सुदूरपश्चिमी लेखक हुनु र उनले कलम चलाएको विषय पनि सुदूरपश्चिमसँगै जोडिएको हुनु हो । पराईले सुपको बारेमा लेखेको पढ्नु भन्दा सुपकै लेखकबाट लेखिएका कथाहरु पढ्ने धेयले यो उपन्यास छनौटमा प¥यो । गोविन्द वर्तमानको सोह्र साँझहरु र रामलाल जोशीको ऐनामा वादी समुदायका बारेमा थोरै लेखिए पनि उपन्य...