ओशो, रजनीशपुरम र शीलाः किताबकाे कथा


सात–आठ कक्षामा पढ्दा हुनुपर्छ, कैलाली जनपुस्तकालयको अलमारीमा भएको एक सेतो दाढिवाल साधुको किताब हात लाग्योः फर्गटन ल्याङ्ग्वेज अफ हर्ट । धर्म, दर्शन र तर्कशास्त्रमा रुची भएकोले कसरी कसरी म यो किताबसम्म आइपुगेको थिएँ । किताब पढ्दा मज्जा लाग्यो । ओशोका कुराहरु एकदमै तार्किक थिए । मैल त्यहि किताब पढ्दै गर्दा एक जना कांग्रेसको विद्यार्थी संगठनको नेता क्षितीज भण्डारी आएर पछिबाट टाउको मसार्दै खुब तारिफ गरे । सानै उमेरमा त्यस्ता गहन विषय प्रतिको रुचीले उनलाई प्रभावित गरेको हुनुपर्छ । मैले त खासमा जिज्ञासाले समाएको थिएँ तर त्यो प्रतिकृया पश्चात म झन ओशो तिर आकर्शित भएँ । बच्चा वुद्धि न हो !

पुस्तकालयमै एउटा अर्को पुस्तक पनि थियो । विश्व प्रसिद्ध श्रृंखला अन्तर्गतको सो पुस्तकमा विभिन्न सन्तहरुका बारेमा नकारात्मक कुराहरु लेखिएको थियो । साईबाबा देखि ओशो त्यसमा थिए । ओशोको पुना आश्रममा सन्यासीहरु आपत्ती जनक मुद्रामा रहँदाको एउटा तस्बीर पनि राखिएको थियो । एउटा धार्मिक परिवारमा संकीर्ण सोचसाथ हुर्किएको किशोरलाई त्यो तस्वीरमा देखाइएको कुरा पाच्य नहुनु स्वाभाविकै थियो । त्यो देखि सकेपछि धर्म प्रतिको अनास्था र साधु सन्त प्रतिको वितृष्णा अझै बढ्दै गयो ।

समस्या के भयो भने त्यति हुँदा सम्म धेरै बिग्रिसकेको थियो । घरमा पनि ओशो पसिसकेका थिए । उनका मत्रमुग्ध बनाउन बाणीहरुप्रति सबै कायल थिए । कतिपय बेलामा म आफै पनि ओशोको नक्कल गरेर सबैलाई हसाउँथे । दिदी खासगरी बढि आकर्सित थिइन् । मैले बीचैमा छोडेँ तर दिदीले थप अध्ययन गर्दै गइन । घरमा एक पटक ‘सम्भोग से समाधी’को मोटो न मोटो किताब पनि पस्यो । ओशोका बिचार कत्तिको सहज रुपमा ग्रहण गर्न सकिने खालका थिए भन्ने कुरा उक्त  पुस्तक दिने मान्छेले दिदीलाई पुस्तक दिँदा पत्रिकामा बेरेर लुकाएर पु¥याएबाटै थाह हुन्छ ।

‘बिना ध्यान किए ये सब सुनोगे तो ठीस हो जाओगे ।’ धनगढी बसाइको क्रममा किनमेलका लागी गइने गौरी फण्टा बजारमा ओशोको सिडि किन्न जाँदा पसलेले भनेको थियो ।

त्यसैले काठमाडौँ बस्दा म एक दिन तपोवन पनि गएँ । त्यति बेला सम्म दिदी ओशो सन्यासी नै भइसकेकी थिई । सन्यास मेरो लागी निस्कृय जिन्दगी तर्फको ढोका थियो । तर दिदीमा खास केहि परिवर्तन आएको थिएन । ओशोका माला लगाउने र बेलाबेला तपोवनमा ध्यान गर्न जाने बाहेक बाँकि सबै जीवन सामान्य नै थियो । म आफू ठीस भएको हुँ कि लागेर पनि एक चोटि ध्यान गर्न जानु प¥यो भनेर तपोवन गएको थिएँ ।
तपोवनको बसाई केहि शङ्का र केहि आनन्दसँगै बित्यो । पहिलो पटकको डायनामिक मेडिटेसन हिचकिचाहटका कारण त्यति मज्जा लिन नसके पनि एउटा नौलो अनुभव भने भयो । सत्संगका क्रममा ईश्वरको अस्तीत्वको बारेमा अरुण स्वामीसँग प्रश्न पनि राखेको थिएँ । नया अनुहार देखेर उनले बडो गम्भीर भएर उत्तर दिए ।

‘जब त्यो सत्ता स्वीकार्दा जीवन सरल बन्छ र समाज नियममा बाँध्न सहज हुन्छ भने किन नकार्ने । नास्तिकका लागी जीवन एकदम कठोर हुन्छ ।’ यस्तै यस्तै भनेर एकदमै लामो समय लिएर उनले जवाफ फर्काए ।

‘यति गम्भीर त यो आश्रम कहिले पनि भएको थिएन’ भन्ने उनको उद्गारसँगे आश्रममा फेरि हाँसोको फोहोरा छुटेको थियो ।

त्यसपछि विदेश नै आइयो । बेलाबेला प्रवचन सुन्ने र बेलाबेला दिदीसँग बहस गर्ने बाहेक खास त्यस्तो केहि भएन । मलाई दिदीको आस्था प्रति ईश्र्या भाव पनि जाग्थ्यो । मैले एक तस्वीरका कारण जुन बाटो पहिल्यै त्यागी सकेको थिएँ त्यो बाटोमा ऊ निकै अघि बढि सकेकी थिई । अब फिर्ता हुने कुरै थिएन । अरु ओशो प्रति आस्था राख्नेहरुका लागी पनि हालसालै बजारमा चलेको हल्ला ले खासै फरक पर्छ होला ।

हो बजारमा अहिले निकै हल्ला छ । नेटफ्लिक्सले ओशोको जीवनीमा आधारित एउटा धारावाहिक तयार गरेको छ । छ भागको, कुल गरेर छ घण्टा भन्दा केहि बढि लामो त्यो धारावाहिकमा ओशोको जीवनको त्यो जानकारी छ जो ओशोका धेरै आस्थावानहरुका लागी चाँसोको विषय हुन सक्छ । अमेरिकाको ओरेगन राज्यमा साढे पाँच मिलियन अमेरिकी डलर खर्च गरेर ८० को दशकमा किनिएको ६४ हजार एकड जमिनमा खडा गरिएको एउटा नमुना सहर रजनीसपुरमको उत्थान र पतनको घटनालाई केन्द्रबिन्दुमा राखेर बनाइएको सो धारावाहिकमा एक रोचक पात्र मा आनन्द शीलाको अन्तर्वार्ता पनि छ । त्यही अन्तर्वाताले यो पुस्तक पढ्न प्रेरित गरेको थियो । रनजीशपुरमको स्थापना देखि त्यसको बचाउका लागी उनले मिडियासँग गरेको विवादास्पद संवादका अंशहरु र उनको ओशो सँगको सानीध्यका कारण पनि उनले ओशोका बारेमा जानेका थप कुराहरु जान्न उनको ‘डन्ट किल ओशो’ नामक पुस्तक सम्म आइपुगेँ ।

पुस्तकको नाम नै अलि शनशनीपूर्ण लागेर पुस्तकमा पक्कै पनि ओशोको शंकास्पद मृत्युका बारेमा केहि जानकारी होला जस्तो लागेको थियो । तर पुस्तक विशेष गरी शीलाले आफूलाई निर्दोष सावित गर्न लेखेको जस्तो लाग्यो । रजनीशपुरममा भएका तमाम गैह्र कानुनी कामकारवाहीको एक्ली दोषी जस्तै बनाइएकी शीलाले आफ्नो सफाइ पेश गर्नु थियो । यो पुस्तक उनले त्यसैका लागी लेखेकी हुन् भन्दा अत्युक्ति नहोला ।

पुस्तकमा बेलाबेला ओशोका प्रवचन र पुस्तकहरुमा उल्लेख गरिएका एकदमै रमाइला उदाहरणहरु प्रस्तुत गरिएका छन् । ती उदाहरणहरु पढ्दा भने बेग्लै मजजा आउँछ । साथै शीलाले आफ्नो ओशोसम्मको यात्रा र त्यसपछिको थप उतारचढाव पूर्ण बाटोलाई पुस्तकमा समावेश गरेकी छिन् । शीलाले कुनै पनि ठाउँमा ओशोप्रति अनास्था देखाएकी छैनन् । बरु सकेसम्म ओशोलाई द्यौता बाट मान्छे बनाउन खोजेकी छिन्ः त्यस्तो मान्छे जोसँग पर्याप्त कम्जोरीहरु थिए ।

शीला पुना आश्रमको विकास देखि रजनीशपुरमको विकासको उच्चतम विन्दुसम्म ओशोको नीजि सचिवका रुपमा उनको साथमा रहिन् । रजनीशपुरम ओशोको एउटा अराजक सपना थियो । एउटा यस्तो सहर जो आफैमा आत्मनिर्भर थियो र सम्पूर्ण अराजकता त्यहाँ छुट थियो । रजनीशपुरममा सुरक्षाकर्मी, अस्पताल, मेडिकल प्रयोगशाला, खेतीपाती, जलाशय, आदि सबै थिए । शीलाले रजनीशपुरमकोे सपना साकार गर्न कुनै कसर बाँकी राखिनन् । त्यो सपना जोगाउने बेलामा समेत उनले कुनै कसर बाँकि राखिनन् । जब त्यति गर्दा पनि उनको सत्तामा चुनौती आयो त्यसपछि शीलाले ओशोको साथ छोडिन् । जाँदा जाँदै ओशोका नीजि डाक्टर र मा विवेक लगायत केहि व्यक्तिहरु उनको निशाना पनि बने । शीलाले जुलाई ६, १९८५ का दिन ओशोले संसारबाट विदा हुने घोषणा गरेको र देवराजले उनलाई विशेष सुई लाएर मार्ने योजना बनाएको कुराको अडियो रेकर्ड मा शान्ती भद्रालाई सुनाएकी थिइन् । त्यसैले देवराज हत्यामा मा शान्ती भद्रा अघि सरेकी थिइन् । वाइल्ड वाइल्ड कन्ट्रीमा यी कुराहरु देखाइएको भएपनि पुस्तकमा यी कुराहरु उल्लेख छैनन् ।

ओशो स्त्रीगमन पनि गर्थे । उनी मध्यपान पनि गर्थे । उनले ९३ वटा साह्रै महँगा रोल्स रोएस पनि राखेका थिए र बेलाबेला उनलाई रोल्स रोएस कुदाउँदै गरेको देख्नेहरु पनि थिए । शीलाले त ओशोलाई उनका नीजि डाक्टरले भ्यालियमको(एक किसिमको शान्त पार्ने औसधी) आदि सम्म बनाएको उल्लेख गरेकी छिन् । ओशोले विकास गरेको सन्तको परिभाषामा यो सबै अट्थ्यो । त्यसैले पनि ओशोप्रति त्यतिबेलाका मानिसहरु साह्रै आकर्षित थिए । शीलाले पुस्तकमा ओशोको थप रोल्स रोएसहरुको माग, रजनीशपुरमसँग सम्बन्धित कानुनी लडाइ पेचिलो बन्दै गएको अवस्था र लागु औषधको कारण रजनीशको जर्जर हुँदै गएको अवस्थालाई रजनीशपुरम छोड्नाको कारण उल्लेख गरेकी छिन् । रोल्स रोएसको बारेमा जिज्ञासा राख्दा ओशोले आफूलाई त्यति धेरै गाडि आवश्यक नभएको तर सन्यासीहरुको ईष्र्याभाव जाँच्न त्यसो गरेको भन्थे ।

ओशो सन्यासी र ओशो स्वयंबाट शीलाले रजनीशपुरम छोडे पश्चात निकै वैमनस्यता खेप्नु प¥यो । शीलाले रजनीशपुरम छोडेर जर्मनी उडे लगत्तै मौनमा रहेका ओशोले शीलालाई ४३ मिलियन डलर चोरेको आरोप लगाए । एफबिआइलाई शीलाको गैह्र कानुनी कामको अनुसन्धान गर्न आग्रह समेत गरे । कानुनी लडाइमा प्रतिद्वन्दी भएको वास्को काउण्टी अफिसमा विष्फोटक पदार्थ बोकेको प्लेन ठोकाउने शीलाको योजना रहेको भनेर समेत आरोप लगाए । यो सबै परिवेशले रजनीशपुरमलाई बन्द गरेर ओशोलाई भगाउन कुरेर बसि रहेकाहरुका लागी एकदमै राहात मिल्यो ।

दुई पटकको खोजतलास पछि पनि केहि नभेटेको प्रशासनले तेश्रो पटक ओशो गिरफ्तारीको योजना बुन्यो । ओशो सम्भावित गिरफ्तारी टार्न प्लेन मार्फत केहि नगद रकम, उपहारका घडिहरु र आफ्नो आसन सहित वर्मुडा तर्फ उडिरहेका थिए । उनलाई शार्लोटे एयरपोर्टमा हत्कडी लाएरै प्लेनबाट ओरालियो । लगभग ५ हप्ता हिरासतमा रहे । टेलिभिजन मार्फत देखाइने दृष्यहरुले ओशो सन्यासीलाई साह्रै मर्माहात तुल्याएको थियो । शीला कहिल्यै पनि अमेरिकी प्रशासनको निशाना थिइन । निशानामा सँधै ओशो थिए । उनले आश्रम छोडेर भाग्नुले उनलाई अपमान गर्ने थप बाटो खोलिदियो ।

प्रत्यक्ष संलग्नता नभएको र अन्य प्रमाणहरुको अभाव रहेकाले ओशो वकिल मार्फत सम्झौता गरेर भारत फर्किए भने शीलाले गम्भीर आरोपलाई अस्वीकार गर्दै आप्रवासी सम्बन्धी मुद्दाहरुलाई स्वीकार गरेर जेल सजाय स्वीकार गरिन् । देवराजलाई सुई रोप्ने मा शान्ती भद्राले १० वर्ष जेल सजाय भोगिन् । त्यस्तै अन्य धेरैले जेल सजाय भाेगे ।

पुस्तकमा शीलाले यो सबै अमेरिकी सत्ताको चलखेलले भएको भनेर भनेकि छिन् । ओशो र ओशो सन्यासीहरु माथि लागेका आरोपहरु जाली थिए भन्ने उनको दलील छ । शीलाले आफू सरकारी प्रमाण भएर ओशोका विरुद्धमा गएर आफ्नो सजाय माफ सम्म गराउन सक्थिन् तर उनले त्यसो भने गरिनन् । बरु रजनीशपुरमका मेयर कृष्ण देवले भने अमेरिकी सत्तालाई सघाए । शीलाले ओशो र आशो सन्यासीहरुको आफूप्रतिको दुव्र्यवहारमा गुनासो पोखेकी छिन् ।

ओशो उपचारको कारण देखाएर अमेरिका पुगेका थिए । उनको भिसा लम्ब्याउन उनलाई धार्मिक गुरुका रुपमा उभ्याउनु थियो । त्यसैले रजनीशी धर्म बनाउन परेको थियो । तर पछि शिला गएपछि रजनीशि शीलाले बनाएको भन्ने आरोप त लाग्यो नै शीलाका कपडा र रजनीशि धर्मसँग सम्बन्धित पुस्तकहरु सबै जलाइए । पुस्तकमा उनले त्यसप्रतिको गुनासो पोख्नुको साथ साथै ओशोले विभिन्न प्रवचनहरुमा शीलाको व्यव्स्थापनको तारिफ गरेको अंशहरु समेत उधृत गरेकी छिन् । अरुले शीलाको शैली प्रति आपत्ती जनाइ रहेको बेला ओशोले शीलाको शैली अझै नरम भएको उल्लेख गरेका अंश समेत उधृत छन् ।

वाइल्ड वाइल्ड कन्ट्रीमा शीलाले ओशोलाई मान्छेको कम्जोरी र भावनाको फाइदा उठाउने एउटा ठग भनेर समेत भनेकी छिन् । पुस्तकमा पनि ओशोले आर्थिक रुपमा फाइदा पु¥याउनेहरुलाई ज्ञानप्राप्त गरेको भनेर घोषणा गर्ने र विशेष खाले व्यवहार गर्थे भनेर सम्म लेखेकी छिन् । साथै वाइल्ड वाइल्ड कन्ट्रीमा नदेखाइएको मा विवेकको पाटो उनले अलि नकारात्मक रुपमा उल्लेख गरेकी छिन् । पुनामा रहँदै गर्दा मा विवेकले ओशोलाई दुःख दिनको लागी अस्थाइ साधन प्रयोग नगरी सम्पर्क गर्दा रहन गएको गर्भ मा योग लक्ष्मीले तुहाएको कुरा उल्लेख गरेकी छिन् । पुनाको ओशो आश्रम र रजनीशपुरममा सन्यासीहरुलाई बन्ध्याकरणका लागी उत्साहित गर्ने गरिन्थ्यो । यौन खुला भएकोले गर्भ रहनसक्ने खतरा भएको ले त्यो गरिएको थियो । गर्भ रहने खतरा टले पनि यौन रोगको समस्या बाट भने पुना आश्रम र रजनीशपुरम दुबै बच्न सकेको थिएन ।

ओशोले शीलालाई लगाएका आरोप गलत हुन् भन्ने प्रमाण पुस्तकमा भेटिन्न । पैसा चोरीको विषय बाहेक अन्य आरोपलाई शीलाले खण्डन समेत गरेकी छैनन् । आशो आफ्ना सबै अपराधमा साथ रहेको जस्तै बनाउन खोजेकी छिन् तर पुस्तक मौन बसेका मुद्दाहरु जस्तै देबराज र मा विवेकको हत्या प्रयास, ओशोकै कोठामा र सम्पूर्ण सिविरमै सुराकीका लागी माइकहरु जडान गरिएको कुरा, आदिमा ओशो संलग्न होलान् भन्ने मान्न गाह्रो छ ।



ओशोले भनेका थिए, ‘या त शीलाले आफूले गरेका अपराधको बोझमा च्यापिएर आत्महत्याको बाटो रोज्नेछे या त उ जीवनभर जेलमा बस्नेछे ।’ शीला अझै जिवित छे । स्वीट्जरल्याण्डको माइसप्राखमा आफ्नै ‘कम्युन’ चलाएर बसेकी छिन् । ओशोको माला र रातो गाउनसँग नाता तोडी सकेकी छिन् ।

बरु ओशो रजनीशपुरम त्यागेको ५ वर्ष पछि संसारबाट विदा भए (या धपाइए ?) । मा विवेक ओशो भन्दा ४० दिन अघि विदा भइन् । दुबैको मृत्यु शंकास्पद छ । मृत्युपछि पुना आश्रम चलाइ रहेका जयेस समूहले ओशोको नक्कली वारेसनामा प्रस्तुत गरेको प्रकरणले त्यो शंकामा झन् बल पु¥याएको छ । ओशोको नाम बेचेर धेरैले पैसा पनि कमाइ रहेका छन् । यो पुस्तक पनि ओशोलाई समावेश नगरेको भए सायदै कसैले उघाथ्र्यो होला । स्वामी निरय प्रेमले पनि रजनीशपुरमको कुरालाई लिएर पुस्तक लेख्दैछन् । मा शीला भद्राले पनि ब्रेकिङ द स्पेल भनेर पुस्तक लेखि सकेकी छिन् । ओशोलाई बुझ्न खोज्ने या उनलाई गलत प्रमाणित गर्न खोज्नेले यस्तो ब्यापार बढाइ दिएको छ । नत्र ओशो उनकै प्रवचन र किताबहरुमा छन् ।

Osho on Drugs:




Osho onMaking Love:




Osho on Books:


Osho on Marriage and Children: 



Please, don't forget to leave your comment and subscribe my blog. 

Please like my facebook page to stay connected :) 
फेसबुकः https://www.facebook.com/notionsNemotions/

Quotes from book:
Bhagwan taught awareness. Without awareness, both meditation and enlightenment are impossible. His commune should have been free of drugs. No dependence should have been tolerated, because all dependencies divert one from awareness.

Devraj gave me no explanation as to why so much Valium was required. Apparantly, he had set Bhagwan on a daily dose of 240 mg of Valium.

"Sheela, you take care that these people with sniff dogs do not check John, because he brings the ecstasy for Vivek."(Osho to Sheela)

The world anyway does not need more confusion through great intellectuals like Bhagwan.

My people will not have to renounce worldly things, but accept them and move beyond them. They live in this world and so they will affirm life and not deny it. They will enjoy life. Through his new concept of Sanyas, he wanted to abolish the corruption then existing in spritual pursuits and the deep-rooted Indian tradition of negating life.

Zorba represents the earth and life, while Buddha stands for divine awareness. The meeting of the two is a meeting of heaven and earth. Bhagwan wanted to dissolve the polarities betweeen man and woman, ying and yang, summer and winter. He wanted to bring together sex and samadhi.

The first phase consists of chaotic, fast, and intense breathing through the nose (to prevent hyperventilation). The second ten minutes provide the opportunity to ventilate everthing suppressed and hidden, when breathing of the previous stage has loosened all barriers previusly erected inside by repressed feelings and emotions. During the third phase, one jumps up and down with raised hands. While jumpng, one shouts the Sufi mantra, "Hu! Hu! Hu!" This is an abbreviation of the question, "Who am I ?" In the fourth phase one is required to stand completely still as if frozen. During the fifth stage, you share this energy with the whole Existence. You dance, celebrate life, and feel grateful.

Bhagwan had asked many workers of the ashram who held important positions to be sterilized, because pregnancies and children could become a problem for them.

I am not against materialism, because I know that only at the highest peak of materialism does religion happen.

Sheela, do not worry. It is true, my eyes are not so good. From reading I get headaches. I do not want to wear glasses. It was easy for me to stop reading because I have read so much in my life.

"Don't cross the Mason-Dixon line, otherwise you can expect something..." This letter was signed "KKK."

So one day, out of the blue, He demanded of me to get Him thirty new Rolls Royaces within one month. At this time He already had ninety-six brand new Rolls-Royaces. Obviously he was only looking for entertenment.

Publicly Vivek was Bhagwan's nurse and caretaker. But it was an unspoken understanding that she shared Bhagwan's bed. In his name she would make impertinent, extravagant demands that angered me.

After being rejected from twenty-one countries, Bhagwan returned to India in July 1986. Bhagwan's visa as a religious leader could not be valid unless He had a religion. That is why He created Rajneeshism.

"Either she will kill herself out of the burden of crime she has done or she will suffer her whole life in imprisonment. " Osho ( wild wild country)
(she hasn't killed her so far and she is out of prison rather earlier than she was supposed to .)

Main sources:
Don't Kill Osho: Ma Aanad Sheela
Wild Wild Country: Netflix

Further sources:

https://www.vanityfair.com/hollywood/2018/04/wild-wild-country-netflix-cult-documentary-interview-bhagwan-shree-rajneesh-antelope-oregon-sheela-rajneeshpuram


https://www.firstpost.com/life/rajneesh-aide-ma-anand-sheela-talks-of-new-netflix-documentary-wild-wild-country-and-controversial-past-4407337.html

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला