Posts

POLITICAL ECONOMY OF WOMEN: MONEY, SEX, RACE, AND POWER (Meta Analytic reflection paper)

Image
1. Demonstrating my Learning: I come from Nepal. It's a poor country sandwiched in between two huge nations India and China.   I along with my friends used to think America as a dream country. A place where there is freedom and equal opportunity to all. A place where there are not so many problems like in the third world. When I had to choose subjects I would like to study during my abroad semester, I found this course. It seemed interesting to me. I didn't hesitate to sign in for the course. I have been writing about gender issues in our society. I simply used to hate feminist approach of seeing things. I thought they were biased and didn't see the issues from male's point of view. I aimed at learning how the situation of women improved in American society.   I felt that there must have been a better way to attain equality other than playing victim card all the time. This point of view affected everything I learn in the class. I saw everything I wa...

लोग्नेमान्छे, आइमाइमान्छे, परिवार र समाज

Image
‘लौ छोरो भयो । अब यसले परिवारको विडोँ थाम्ने भयो । ’ जन्मने वित्तिकै उसको काम–कर्तव्यको घोषणा हुन्छ । परिवारमा हर्षाेल्लासको वातावरण छाउँछ । मानौ कुनै निकै नै ठूलो उपलब्द्धि हाँसिल गरेको झै सबैले फलानाले छोरा पायो भनेर गाउन थाल्छन् । जन्मदिने आमाले पनि राम्रो स्याहार पाउँछे । छोरो त झन् भुइँमा खुट्टा टेक्नै पाउन्न, एकपछि अर्को काखीमा समाउनेको कमी हुँदैन । परिवारका सबै सदस्य भन्दा मिठो मसिनो उसकै थालमा हुन्छ । बामे सर्दै जाँदा र तोते बोली निस्कँदै जाँदा उसका हरेक साना भन्दा साना प्रगतिले वाहवाही पाउँछन् । सानै देखि उसलाई सिकाइन्छ, ‘बाबु ठूलो भएपछि के गर्ने ?’ ‘ ......... ’ ‘ठूलो मान्छे हुने, धेरै कमाउने अनि बाबामामालाई पाल्ने ।’ सानै देखि एउटा आशाको भारी बोकेर हुर्कन्छ छोरो । उसको एक मात्रै उद्देश्य सफल हुनु हुन्छ । उसको सफलताको परिभाषा भनेको समाजले उसका काँधमा थोपरेको जिम्मेबारी बहन गर्न सक्षम हुनु हो ः असल विद्यार्थी हुनु, असल छोरो हुनु, असल पति हुनु अनि असल बाबु हुनु । संसारबाट बिदा हुनु अघि आफ्नो बंशलाई निरन्तरता दिन ऊ जस्तै कर्तव्य परायण अर्को छोरो जन्माउनु बाबु हुँदाको उसक...

नयाँ नेपाल, पुरानो शिक्षा प्रणाली !

Image
नेपालमा अहिले राजनीतिक परिवर्तनको खाका कोर्ने क्रम जारी छ । अपेक्षा गरिए भन्दा निकै लामो समय लागेकाले पनि संविधान निर्माणको सत्प्रयासले मूर्तता पाउला भन्ने कमैले मात्र अनुभुति गरिरहेको स्थिती छ । सबैलाई आफ्नै बुँदाहरु संविधानमा पार्नमा मात्रै ध्यान छ । जनचाँसो भन्दा पनि दलगत मुद्दाहरु र दलगत दम्भहरुले प्रकृया अड्काएर राखेको छ । त्यसै क्रममा मलाई पनि मेरो बर्गको केही ऐजेण्डाहरु समाज सामु छलफलका लागी राख्ने मन भयो । उमेरले २७ पुगेँ । अझै अध्ययन जारी छ । नेपालमा छँदा स्नातक तहसम्मको पढाईँ पुरा गरेको थिएँ । त्यती अध्ययन गर्नु हम्मे हम्मे परेको कुरा अझै बिर्सेको छैन । पहिलेका १०–१२ वर्ष निजी विद्यालयमा अध्ययन गरेर बिताइयो त्यसपछिका ८ वर्ष सामुदायिक क्यम्पसमा उच्च शिक्षाका लागी बिताइयो । हिसाबले २ वर्षको प्रवीणता प्रमाण पत्र तह र त्यसपछि ३ वर्षको स्नातक तह हुनु पर्ने । स्नातक तहको अन्तिम वर्षमा गणितका केहि विषयमा अनुत्तीर्ण हुँदा थप ३ वर्ष तिनै उत्तीर्ण गर्नमा खर्चनु प¥यो । परीक्षा फलको नतिजै कुर्न वर्ष दिन लाग्ने परिपाटी र चिनजानका सबैले नतिजामा लिने गरेको चाँसोले यति निराश बनायो कि गाउँ...

मेरो विद्यालयको टुटेको कुर्चि

Image
Source: Google image  कुरा २०६७ वैशाख १२ गतेको हो, सदाझैं म कम्प्युटर कक्षामा विद्यार्थीहरुलाई कम्प्युटर सिकाइ रहेको थिए । छेवैको कर्मचारी कक्ष(स्टाफ रुम)मा विद्यालयका केही स्टाफहरु आफ्नै कुराहरु गरेर बसिरहेका थिए । विद्यालयमा लिइने चर्को शुल्कको विरोध स्वरुप भनेर एक विद्यार्थी संगठनले देशव्यापी रुपमा निजि विद्यालयका लेखा शाखाहरुमा तालाबन्दी गर्न लगाएका थिए । विद्यालय पनि बन्द हुने हल्ला थियो तर पक्का पक्की थिएन । सायद त्यसैका बारेमा कुरा गरिरहेका थिए होलान् स्टाफहरु कर्मचारी कक्षमा । त्यसैबेला एक्कासी हुलमुल लिएर विद्यार्थी संगठनका कार्यकर्ताहरु भित्र पसे । विद्यालय खोल्ने भन्दै कर्मचारी कक्षका कर्मचारीहरुमाझ संत्रासको वातावरण सिर्जना गर्न थाले । मसंग भएका विद्यार्थीहरु सातो उडेको जस्तो भएर मुख बाएर उनीहरु तिर हेर्न थाले । मलाई अरु भन्दा पनि कम्प्युटरहरुमा कसैले क्षति पु¥याउला कि भन्ने डर थियो । त्यसैले विद्यार्थीहरुलाई भित्रै राखेर म बाहिर आए“ । कलमजीवी मान्छे लौराजीवीहरुसंग बहस गर्ने कुरै भएन । उसै जीउ लौरो जस्तो कसैले केही गरिदियो भने त परेन फसाद । अनि त्यसैबेला एक उग्र न...

नबोले नि भेट हुँदा (गजल)

Image
नबोले नि भेट हुँदा यसो कहिले हाँसी दिनु उसले सोधे चिनजानको सरल नाता गाँसी दिनु मेरो फोटो छ भन्थ्यौ तिमी पहिले जहाँ जहाँ त्यहाँ अब तिम्रो उसको हाँस्या फोटो टाँसी दिनु आफ्नो विगत भुल्न मैले तस्वीर, चिठी च्याते जस्तै तिमीसँग बाँकी हरेक चिनोहरु नासी दिनु त्यति गर्दा पनि फेरी ब्युँझ्यो मनमा माया भने बेझिजक सजायमा त्यसलाई सिधै फाँसी दिनु

उमेर ढल्दै जाँदा अचेल (गजल)

Image
उमेर ढल्दै जाँदा अचेल बाँच्न खुबै रहर लाग्छ गाउँकाे त्याे सम्झनाले उराठीदाे सहर लाग्छ एक्लै हुन खाज्थेँ पैले दिक्क थिए सबै देखि अाज एक्लै हुँदा तर नमज्जा याे प्रहर लाग्छ विदेशिउँला र धन कमाउँला, सपनै न हाे सबै परिवार छाडि बित्ने हरेक पल कहर लाग्छ साथी देखेँ , संगी देखेँ, देखेँ प्रेयसीहरू अचेल त याे माया शब्द सुन्दै जहर लाग्छ

महिला अधिकार र यौन स्वतन्त्रता

Image
लैङ्गिक विभेदका बारेमा हालमा आएर निकै बहसहरु चलिरहेका छन् । विगतका केहि दिनमा सेतोपाटीका लेखहरुमा महिला यौन स्वतन्त्रताको पक्ष र विपक्षमा गरिएका तर्कहरु निकै पढ्न पाइयो । यौन जस्तो विषयको यसरी सामाजिक संजालमा भएको छलफल एक दमै राम्रो हो । हाम्रो समाजमा यसबारे खुलेर कुरा नहुने हुँदा नै अनेकौँ अन्धविश्वासहरु मौलाउने गर्छन् । महिलाहरुको यौन स्वतन्त्रताको हकमा पनि त्यस्तै अन्धविश्वासहरु हावी भएको पाइयो । दुई वर्षको जर्मन बसाइ र हालको अमेरिकाको बसाइले विभिन्न पश्चिमा देशहरुका साथीहरु बनाउने मौका मिलेको छ । त्यही मौकाको सदुपयोग गर्दै मैले एक साँझ उनीहरुको यसप्रतिको धारणा बुझ्ने प्रयास गरेको थिएँ । केही उनीहरुको विचार र केही आफ्नो अनुसन्धान समेटेर यो लेख तयार पार्दै छु । जब महिला अधिकारको स्थितिको कुरा आउँछ तब यूरोप र अमेरिकाका महिलाहरु सबैभन्दा बढि अधिकार सम्पन्न महिलाका रुपमा लिइन्छ । यो एक हद सम्म सहि पनि हो । तुलनात्मक रुपमा नेपाली समाजका महिलाहरुभन्दा यहाँका महिलाहरुले बढि मात्रामा अधिकारहरु प्रयोग गर्न पाएका छन् । तर के पनि सत्य हो भने महिला अधिकारको यहाँको स्थितिबाट यहाँका महिलाहर...