नयाँ नेपाल, पुरानो शिक्षा प्रणाली !
नेपालमा अहिले राजनीतिक परिवर्तनको खाका कोर्ने क्रम जारी छ । अपेक्षा गरिए भन्दा निकै लामो समय लागेकाले पनि संविधान निर्माणको सत्प्रयासले मूर्तता पाउला भन्ने कमैले मात्र अनुभुति गरिरहेको स्थिती छ । सबैलाई आफ्नै बुँदाहरु संविधानमा पार्नमा मात्रै ध्यान छ । जनचाँसो भन्दा पनि दलगत मुद्दाहरु र दलगत दम्भहरुले प्रकृया अड्काएर राखेको छ । त्यसै क्रममा मलाई पनि मेरो बर्गको केही ऐजेण्डाहरु समाज सामु छलफलका लागी राख्ने मन भयो ।
उमेरले २७ पुगेँ । अझै अध्ययन जारी छ । नेपालमा छँदा स्नातक तहसम्मको पढाईँ पुरा गरेको थिएँ । त्यती अध्ययन गर्नु हम्मे हम्मे परेको कुरा अझै बिर्सेको छैन । पहिलेका १०–१२ वर्ष निजी विद्यालयमा अध्ययन गरेर बिताइयो त्यसपछिका ८ वर्ष सामुदायिक क्यम्पसमा उच्च शिक्षाका लागी बिताइयो । हिसाबले २ वर्षको प्रवीणता प्रमाण पत्र तह र त्यसपछि ३ वर्षको स्नातक तह हुनु पर्ने । स्नातक तहको अन्तिम वर्षमा गणितका केहि विषयमा अनुत्तीर्ण हुँदा थप ३ वर्ष तिनै उत्तीर्ण गर्नमा खर्चनु प¥यो । परीक्षा फलको नतिजै कुर्न वर्ष दिन लाग्ने परिपाटी र चिनजानका सबैले नतिजामा लिने गरेको चाँसोले यति निराश बनायो कि गाउँ समाजमा बस्नै अप्ठ्यारो लाग्न थाल्यो । मरि नै हाल्न त सकिएन तर बाहिरै गएर भएपनि उच्च शिक्षालाई निरन्तरता दिने मन भयो । त्यसमाथि संक्रमणकालका नाउमा देश र जनता अनिर्णयको बन्दी बनेको देख्दा निराशा थप चुलियो । कसले लामो बन्द गर्न सक्छ भनेर प्रतिस्पर्धा सम्म भएको देखियो । मारमा परे सर्वसाधारण । कनिकुथी लाएको मायाले पनि नीजी विद्यालयमा पढाउने र स्नातक अन्तिम वर्षका विषयहरुमा अल्झिएको म बबुरोको अनिश्चित भविष्यमाथि औँला देखाउँदै कुरीकुरी गर्न थालेपछि केलाइ बस्नु स्वदेश ?
जर्मनी पसे लगत्तै नयाँ आशाहरुको संचार भयो । भविष्य प्रतिको आशाले बाँच्नु अझै रमाइलो बनाइ दियो । झन् विदेश पसेपछि सबैको वाहवाहीको पात्र हुँदा त यही हो काइदाको जीवन भन्ने लाग्यो । साढे सात वर्षे माष्टरी त्यागेर होटलमा काम गर्न पसेपछि बल्ल समाजले इज्जत गर्न थाल्यो । बादल पारी कि मायाले पनि धरमराउँदा जवाफहरु दिन थाली । विदेश लागे लगत्तै फेसबुकमा फोटो हाले पिच्छे पहिले कसैले नहेर्ने फुटेका अनुहारका लागी पनि तरुनीका फोटाको भन्दा बढि बुढि आउँला उचालिन थालिए, मन पराइन थालिए ।
त्यति मात्रै होइन यहाँको विश्वविद्यालयको अलग खाले माहोलले यस्तो पनि हुँदो रै’छ भन्न मन लाग्यो । न कहिल्यै बन्द हड्ताल भए न कुनै नारा जुलुस । कक्षामा प्राध्यापकहरु सँधै आइदिए । आफुले पढाउँछु भनेका विषयहरु मन लगाएर पढाइ दिए । परीक्षा नजिकिँदा सम्भावित प्रश्न तथा शीर्षकहरु पनि सबैलाई बताइ दिए । उनैले प्रश्नपत्र बनाए । कापी जाँच्ने पनि उनीनै भए । परीक्षा दिएको १५ दिन देखि एक महिना भित्रमा सबै नतिजा आइ सक्थे । पास भएकाले निश्चिन्त भएर बिदा मनाउन पाउँथे भने फेल भएकाले प्राध्यापकसँग सम्पर्क राखेर पुरक परीक्षामा समावेश हुन पाउँथे । पुरक परीक्षाका लागी पनि कतिपय प्राध्यापकहरुले तयारी कक्षाहरु संचालन गरेर सकेसम्म विद्यार्थीलाई मद्दत गरिदिन्थे ।
कतिपय विषयहरुमा त परीक्षा पनि दिनु पर्दैन थियो । कक्षाहरुको उपस्थिति र निश्चित शीर्षकमा आफ्नो कक्षासामु गरेको प्रस्तुती ले नै पार लाउँथ्यो । यस्ता प्रस्तुतीहरु प्राय प्रोजेक्टरबाट कक्षा अघिल्तिरको बडेमानको पर्दामा आफ्ना पावरप्वाइन्टका पानाहरु देखाएर गरिन्थ्यो । यस्ता प्रस्तुतीले विषयगत ज्ञान त बढाउँथे नै साथसाथै आत्मविश्वास पनि एक दमै माथि उचाल्थे । केही यस्ता विषय थिए जसमा शैक्षिक सत्र (अर्धवार्षिक)को अन्तमा एक प्रतिवेदन बुझाए पुग्दथ्यो ।
विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गतका विद्यार्थीलाई विदेशमा अध्ययन गर्न पठाउने कार्यक्रम पनि समाबेस गरेको रहेछ । मैले सोही कार्यक्रम अन्तर्गत अमेरिकाको क्यालिफोर्नीया स्टेट युनिभर्सिटी स्यान बर्नार्डिनोमा अध्ययन गर्न पाउने अवसर पाएँ । यहाँ झन् शैक्षिक सत्रको अवधी तीन महिनाको मात्रै हुँदो रहेछ । प्रत्येक शैक्षिक सत्रमा दुई विषय अनिवार्य र चाहे जति थप लिन पाइँदो रहेछ । दुई विषयको मत्रै हिसाब लाउने हो भने पनि वर्ष दिनमा एक विद्यार्थीले आठ विषय पढि सिध्याउँछ जो हाम्रो शैक्षिक व्यवस्थाको तुलनामा बढि हो । त्रैमासिक शैक्षिक सत्र सकिएको दुई हप्ता नपुग्दै सबै नतिजाहरु आइपुग्छन् । यदि कुनै विद्यार्थीले विगरेको खण्डमा त्यसै अवधीभरमा पुरक परीक्षा दिएर कक्षा उत्तीर्ण गर्न सक्छ । विषय छनोटको प्रकृया पनि एकदमै सरल । शैक्षिक सत्र सुरु भएको तीन हप्ता सम्म मज्जाले विषय थप्न वा घटाउन पाइने । पढ्न चाहेको विषयहरु पनि थुप्रै । यस्तो पो काइदा त । पढ्न पनि रमाइलो हुने ।
मैले लिएका चार विषय मध्ये सबै विषयमा एक मध्यावधी परीक्षा लिइन्थ्यो । परीक्षाहरुमा प्राध्यापक हेरेर शुत्रहरुको पाना लैजान पाइन्थ्यो । हरेक कक्षामा उपस्थिति भएवापतका अङ्कहरु पाइन्थ्यो । अर्थशास्त्रको कक्षामा त कक्षै पिच्छे पढाएका मुल विषयवस्तु समावेश हुने गरि तयार पारिएको प्रश्नपत्र बाँडिन्थ्यो । हामीले ती प्रश्नका उत्तरहरु प्राध्यापक या सहपाठीलाई सोधेर लेख्न पाइन्थ्यो । इन्टर्नेट सम्मको प्रयोग गर्न पाइन्थ्यो । त्यसरी बुझाए बापत पाएको अंक सबै जोडिन्थ्यो । अनलाईन गृहकार्यहरु गर्न पर्दथ्यो । तिनको पनि अंक जोडिन्थ्यो । विषय अनुसार कक्षा बाहिर पनि विभिन्न कार्यक्रममा समावेश भएर बुझाएको प्रतिवेदनबाट अतिरिक्त अंकहरु बटुल्न पाइन्थ्यो । यति भएपछि के चाहियो ? नेपाल छँदा स्नातक तहको अन्तिम परीक्षामा ३ वर्ष अल्झिनु परेको म, यहाँ आएर ३.९२५ जिपीए अर्थात ९८.५ प्रतिशत ल्याउन सफल भएँ । मिहिनेतै नगरेको त होइन अनि सबैले यस्तै अंक ल्याउने पनि होइन तर मिहिनेत अनुसारको फल पाइने भएर यो सफलता हात लागेको भन्न रुचाउँछु ।
नेपालमा यही तहको अध्ययनलाई हेर्ने हो भने पश्चिम महाकालीका प्राध्यापकले पढाएको विषयमा पूर्व मेचीका प्राध्यापकले बनाएका प्रश्नपत्रहरु विद्यार्थीले हल गर्नु पर्दछ । अनि त्यो कापी उत्तर या दक्षिणका प्राध्यापक (!?)ले जाँच्नका लागी लैजान्छन् । कक्षामा एक पढाइ हुन्छ परीक्षामा एक सोधिन्छ । कतिपय बेला प्रश्नपत्रमा विषय वाहिरको प्रश्न सोधियो भनेर प्रश्नपत्र च्यात्ने देखि लिएर परिक्षा वहिस्कार सम्मका घटना सुनिन्छन् । कुनै बेला विभिन्न शिक्षालयहरुले प्रश्नपत्र खरिदविक्रि गरेका खबरहरु आउँछन् । परीक्षामा नक्कल गर्ने कुराहरु त परै छोडौँ । देशका दुर्गम जिल्लामा यदि कोही उत्तीर्ण हुन्छ भने परीक्षा खुकुलो पारेकाले उत्तीर्ण हुन्छ । नत्र कक्षामा केही पढाइ होस् त लेखोस विद्यार्थीले ।
उच्च शिक्षा मात्रै होइन एसएलसीको गति पनि हेरौँ न ! बाँसका खम्बामा चीट बाँधेर कक्षाकोठाका परीक्षार्थीलाई मद्दत गरेका तस्वीरहरु पत्र–पत्रिकाहरुले छापेको सबैले देखेकै होला । त्यति गर्दा पनि उत्तीर्ण हुने को संख्या एक दमै न्यून भएर अहिले ग्रेडिङ्गको व्यवस्था लागु गर्ने भनिएको छ । तर ग्रेडिङ्गले मात्रै शिक्षामा सुधार होला जस्तो मलाई लाग्दैन । समस्या भनेको सिकाइको पद्दतीको हो, प्रतिशत वा गेडको होइन । पढाउने शिक्षकले प्रश्नपत्र बनाउने र उनैले जाँच्ने पद्दतीले बरु सिकाइको स्तर माथि उठ्छ । नीजी विद्यालयको नतिजासँग सरकारी विद्यालयको नतिजा तुलना गरिन्छ तर सिकाइ पद्दतीको तुलना हुँदैन । हरेक महिना महिनामा हुने मासिक परीक्षा, त्रैमासिक परीक्षा, परीक्षा अघिको तयारी, अतिरिक्त ट्युसन कक्षाहरु, शिक्षकले परीक्षा अघि विद्यार्थीलाई तयारीका लागि महत्वपूर्ण शीर्षकहरु भनेर दिइने परिपाटी, आदि सबै यसका कारकहरुमा पर्दछन् । त्यसका अलाबा पनि एसएलसी जस्ता परीक्षामा परीक्षा केन्द्रहरुसँगको समन्वय, रोलक्रम मिलाउँदा दुई जान्नेका बीच एक नजान्ने चेपेर हाल्ने चलन, परीक्षाहलहरु खुकुलो बनाउन प्रयोग गरिने अनेकौँ हत्कण्डा, आदिले पनि ठूलो भुमिका खेलेको हुन्छ । यी कुराहरु सुनेका भरमा भन्दा पनि साढे सात वर्षे काठमाडौँ तथा धनगढीका नीजी विद्यालयको शिक्षक छँदाका क्रममा अनुभव गरिएका कुराहरु हुन् ।
नेपालको शिक्षा क्षेत्रको अन्य समस्याहरुमा अनेक किसिमका राजनीतिक बन्द एवं हड्तालको शिकार शिक्षा क्षेत्रलाई बनाइनु पनि हो । नीजी विद्यालयहरुले संगठित रुपमा जनयुद्ध ताका माओवादीलाई चन्दा बुझाउने देखि लिएर हालका दिनमा पनि उनीहरुले भनेका बेलामा बन्द गर्ने र मागेका बेलामा चन्दा दिने क्रम तोडेका छैनन् । एक पटक मैले अध्यापन गराउने विद्यालयमा बन्द गर्न आनाकानी गर्न खोज्दा बन्द गराउन आएका व्यक्तिले विद्यालयको कुर्सी फुटालेको अझै सम्झना छ । सरकारी विद्यालयका हकमा जनयुद्ध ताका स्कुले विद्यार्थी र क्याम्पसका छात्रछात्राहरुको निकै प्रयोग गरियो । कति समाबेश भए कति भागेर सदरमुकाम र भारतमा गएर काम गर्न बाध्य भए । जनयुद्ध सकिएपछि पनि विरोधका कार्यक्रमहरुमा भीड बढाउन विद्यार्थीहरुको प्रायेगहुन छोडेको छैन । त्यस्तै शिक्षा क्षेत्रमा समेत उच्च नियुक्तिमा हुने राजनैतिक भागबण्डाको त कुरै छोडौँ ।
यसरी अनेक समस्याले जेलिएको हाम्रो शिक्षा क्षेत्रमा पनि अब समयानुकुल परिवर्तन नल्याइ भएको छैन । देशका युवा जनशक्तिलाई बाहिरिनबाट बचाउनका लागी पनि शिक्षा क्षेत्रमा उल्लेखनीय सुधारहरु ल्याउनु आवश्यक छ । एक वर्षे शैक्षिक सत्रको अवधारणा नै गलत छ । वर्षको सुरुवातमा पढेका कुराहरु बर्ष दिन पछि आएर परीक्षामा लेखुन भनी अपेक्षा गर्नु सुगा रटाइलाई निरन्तरता दिनु र निमाका गेसपेपरहरुको प्रयोग बढाउनु बाहेक केही पनि उपलब्द्धि हाँसिल गराउन सक्दैन । व्यवहारिक शिक्षाको खाँचोले पनि मिहिनेत गरेर उच्च शिक्षा हाँसिल गरेपछि कामदार भिसामा कोरिया तथा खाडी मुलुकमा जानुपर्ने बाध्यताबाट हाम्रो युवा जमातलाई मुक्त बनाउनु आवश्यक छ । सबै कुरा केन्द्रले नियन्त्रण गर्ने विश्वविद्यालय स्तरीय शिक्षामा पनि परिवर्तनको खाँचो छ । कापी जाँचेर समयमा नफर्काउँदा ससुराली सम्म फोन सम्पर्क गरेर बिन्ती बिसाउनु परेको घटनाहरुले त्यस्तो परिवर्तन अत्यावश्यक भएको दर्शाउँछ । पढाउनेले प्रश्नपत्र बनाउने र जाँच्ने अनि विद्यार्थीको मुल्याङ्कन वर्षको तीन घण्टा मात्रैले भन्दा पनि सिकाइ अवधी भरका हरेक क्रियाकलापको सहभागीताबाट मापन गरिनु पर्दछ । विकसित मुलुकहरुमा जस्तै विद्यार्थीहरुद्वारा प्राध्यापकहरुको मुल्याङ्कनको पद्दती त्यहाँ पनि लागु गरिनु पर्दछ । सुधारका सुझावहरु विद्यार्थीहरुबाट प्रत्यक्षरुपमा प्राप्त गर्दा प्राध्यापक स्वयंलाई पनि आफ्नो प्राध्यापनमा सुधार ल्याउन मद्दत मिल्छ । आज सबै क्षेत्रमा आमुल परिवर्तनको कुराभइ रहँदा पनि शिक्षा क्षेत्र बेवास्तामा परेको छ । यसका सन्दर्भमा पनि बेलैमा सबैले चाँसो देखाउनु अनि सुधारका निम्ति आवाज उठाउनु जरुरी भइसकेको छ । यो लेख तिनै आवाजको एक रुप बन्न सके लेखन सफल भएको भनि ठान्ने थिएँ ।
जन अास्थामा प्रकाशित
उमेरले २७ पुगेँ । अझै अध्ययन जारी छ । नेपालमा छँदा स्नातक तहसम्मको पढाईँ पुरा गरेको थिएँ । त्यती अध्ययन गर्नु हम्मे हम्मे परेको कुरा अझै बिर्सेको छैन । पहिलेका १०–१२ वर्ष निजी विद्यालयमा अध्ययन गरेर बिताइयो त्यसपछिका ८ वर्ष सामुदायिक क्यम्पसमा उच्च शिक्षाका लागी बिताइयो । हिसाबले २ वर्षको प्रवीणता प्रमाण पत्र तह र त्यसपछि ३ वर्षको स्नातक तह हुनु पर्ने । स्नातक तहको अन्तिम वर्षमा गणितका केहि विषयमा अनुत्तीर्ण हुँदा थप ३ वर्ष तिनै उत्तीर्ण गर्नमा खर्चनु प¥यो । परीक्षा फलको नतिजै कुर्न वर्ष दिन लाग्ने परिपाटी र चिनजानका सबैले नतिजामा लिने गरेको चाँसोले यति निराश बनायो कि गाउँ समाजमा बस्नै अप्ठ्यारो लाग्न थाल्यो । मरि नै हाल्न त सकिएन तर बाहिरै गएर भएपनि उच्च शिक्षालाई निरन्तरता दिने मन भयो । त्यसमाथि संक्रमणकालका नाउमा देश र जनता अनिर्णयको बन्दी बनेको देख्दा निराशा थप चुलियो । कसले लामो बन्द गर्न सक्छ भनेर प्रतिस्पर्धा सम्म भएको देखियो । मारमा परे सर्वसाधारण । कनिकुथी लाएको मायाले पनि नीजी विद्यालयमा पढाउने र स्नातक अन्तिम वर्षका विषयहरुमा अल्झिएको म बबुरोको अनिश्चित भविष्यमाथि औँला देखाउँदै कुरीकुरी गर्न थालेपछि केलाइ बस्नु स्वदेश ?
त्यति मात्रै होइन यहाँको विश्वविद्यालयको अलग खाले माहोलले यस्तो पनि हुँदो रै’छ भन्न मन लाग्यो । न कहिल्यै बन्द हड्ताल भए न कुनै नारा जुलुस । कक्षामा प्राध्यापकहरु सँधै आइदिए । आफुले पढाउँछु भनेका विषयहरु मन लगाएर पढाइ दिए । परीक्षा नजिकिँदा सम्भावित प्रश्न तथा शीर्षकहरु पनि सबैलाई बताइ दिए । उनैले प्रश्नपत्र बनाए । कापी जाँच्ने पनि उनीनै भए । परीक्षा दिएको १५ दिन देखि एक महिना भित्रमा सबै नतिजा आइ सक्थे । पास भएकाले निश्चिन्त भएर बिदा मनाउन पाउँथे भने फेल भएकाले प्राध्यापकसँग सम्पर्क राखेर पुरक परीक्षामा समावेश हुन पाउँथे । पुरक परीक्षाका लागी पनि कतिपय प्राध्यापकहरुले तयारी कक्षाहरु संचालन गरेर सकेसम्म विद्यार्थीलाई मद्दत गरिदिन्थे ।
कतिपय विषयहरुमा त परीक्षा पनि दिनु पर्दैन थियो । कक्षाहरुको उपस्थिति र निश्चित शीर्षकमा आफ्नो कक्षासामु गरेको प्रस्तुती ले नै पार लाउँथ्यो । यस्ता प्रस्तुतीहरु प्राय प्रोजेक्टरबाट कक्षा अघिल्तिरको बडेमानको पर्दामा आफ्ना पावरप्वाइन्टका पानाहरु देखाएर गरिन्थ्यो । यस्ता प्रस्तुतीले विषयगत ज्ञान त बढाउँथे नै साथसाथै आत्मविश्वास पनि एक दमै माथि उचाल्थे । केही यस्ता विषय थिए जसमा शैक्षिक सत्र (अर्धवार्षिक)को अन्तमा एक प्रतिवेदन बुझाए पुग्दथ्यो ।

मैले लिएका चार विषय मध्ये सबै विषयमा एक मध्यावधी परीक्षा लिइन्थ्यो । परीक्षाहरुमा प्राध्यापक हेरेर शुत्रहरुको पाना लैजान पाइन्थ्यो । हरेक कक्षामा उपस्थिति भएवापतका अङ्कहरु पाइन्थ्यो । अर्थशास्त्रको कक्षामा त कक्षै पिच्छे पढाएका मुल विषयवस्तु समावेश हुने गरि तयार पारिएको प्रश्नपत्र बाँडिन्थ्यो । हामीले ती प्रश्नका उत्तरहरु प्राध्यापक या सहपाठीलाई सोधेर लेख्न पाइन्थ्यो । इन्टर्नेट सम्मको प्रयोग गर्न पाइन्थ्यो । त्यसरी बुझाए बापत पाएको अंक सबै जोडिन्थ्यो । अनलाईन गृहकार्यहरु गर्न पर्दथ्यो । तिनको पनि अंक जोडिन्थ्यो । विषय अनुसार कक्षा बाहिर पनि विभिन्न कार्यक्रममा समावेश भएर बुझाएको प्रतिवेदनबाट अतिरिक्त अंकहरु बटुल्न पाइन्थ्यो । यति भएपछि के चाहियो ? नेपाल छँदा स्नातक तहको अन्तिम परीक्षामा ३ वर्ष अल्झिनु परेको म, यहाँ आएर ३.९२५ जिपीए अर्थात ९८.५ प्रतिशत ल्याउन सफल भएँ । मिहिनेतै नगरेको त होइन अनि सबैले यस्तै अंक ल्याउने पनि होइन तर मिहिनेत अनुसारको फल पाइने भएर यो सफलता हात लागेको भन्न रुचाउँछु ।
नेपालमा यही तहको अध्ययनलाई हेर्ने हो भने पश्चिम महाकालीका प्राध्यापकले पढाएको विषयमा पूर्व मेचीका प्राध्यापकले बनाएका प्रश्नपत्रहरु विद्यार्थीले हल गर्नु पर्दछ । अनि त्यो कापी उत्तर या दक्षिणका प्राध्यापक (!?)ले जाँच्नका लागी लैजान्छन् । कक्षामा एक पढाइ हुन्छ परीक्षामा एक सोधिन्छ । कतिपय बेला प्रश्नपत्रमा विषय वाहिरको प्रश्न सोधियो भनेर प्रश्नपत्र च्यात्ने देखि लिएर परिक्षा वहिस्कार सम्मका घटना सुनिन्छन् । कुनै बेला विभिन्न शिक्षालयहरुले प्रश्नपत्र खरिदविक्रि गरेका खबरहरु आउँछन् । परीक्षामा नक्कल गर्ने कुराहरु त परै छोडौँ । देशका दुर्गम जिल्लामा यदि कोही उत्तीर्ण हुन्छ भने परीक्षा खुकुलो पारेकाले उत्तीर्ण हुन्छ । नत्र कक्षामा केही पढाइ होस् त लेखोस विद्यार्थीले ।
उच्च शिक्षा मात्रै होइन एसएलसीको गति पनि हेरौँ न ! बाँसका खम्बामा चीट बाँधेर कक्षाकोठाका परीक्षार्थीलाई मद्दत गरेका तस्वीरहरु पत्र–पत्रिकाहरुले छापेको सबैले देखेकै होला । त्यति गर्दा पनि उत्तीर्ण हुने को संख्या एक दमै न्यून भएर अहिले ग्रेडिङ्गको व्यवस्था लागु गर्ने भनिएको छ । तर ग्रेडिङ्गले मात्रै शिक्षामा सुधार होला जस्तो मलाई लाग्दैन । समस्या भनेको सिकाइको पद्दतीको हो, प्रतिशत वा गेडको होइन । पढाउने शिक्षकले प्रश्नपत्र बनाउने र उनैले जाँच्ने पद्दतीले बरु सिकाइको स्तर माथि उठ्छ । नीजी विद्यालयको नतिजासँग सरकारी विद्यालयको नतिजा तुलना गरिन्छ तर सिकाइ पद्दतीको तुलना हुँदैन । हरेक महिना महिनामा हुने मासिक परीक्षा, त्रैमासिक परीक्षा, परीक्षा अघिको तयारी, अतिरिक्त ट्युसन कक्षाहरु, शिक्षकले परीक्षा अघि विद्यार्थीलाई तयारीका लागि महत्वपूर्ण शीर्षकहरु भनेर दिइने परिपाटी, आदि सबै यसका कारकहरुमा पर्दछन् । त्यसका अलाबा पनि एसएलसी जस्ता परीक्षामा परीक्षा केन्द्रहरुसँगको समन्वय, रोलक्रम मिलाउँदा दुई जान्नेका बीच एक नजान्ने चेपेर हाल्ने चलन, परीक्षाहलहरु खुकुलो बनाउन प्रयोग गरिने अनेकौँ हत्कण्डा, आदिले पनि ठूलो भुमिका खेलेको हुन्छ । यी कुराहरु सुनेका भरमा भन्दा पनि साढे सात वर्षे काठमाडौँ तथा धनगढीका नीजी विद्यालयको शिक्षक छँदाका क्रममा अनुभव गरिएका कुराहरु हुन् ।
नेपालको शिक्षा क्षेत्रको अन्य समस्याहरुमा अनेक किसिमका राजनीतिक बन्द एवं हड्तालको शिकार शिक्षा क्षेत्रलाई बनाइनु पनि हो । नीजी विद्यालयहरुले संगठित रुपमा जनयुद्ध ताका माओवादीलाई चन्दा बुझाउने देखि लिएर हालका दिनमा पनि उनीहरुले भनेका बेलामा बन्द गर्ने र मागेका बेलामा चन्दा दिने क्रम तोडेका छैनन् । एक पटक मैले अध्यापन गराउने विद्यालयमा बन्द गर्न आनाकानी गर्न खोज्दा बन्द गराउन आएका व्यक्तिले विद्यालयको कुर्सी फुटालेको अझै सम्झना छ । सरकारी विद्यालयका हकमा जनयुद्ध ताका स्कुले विद्यार्थी र क्याम्पसका छात्रछात्राहरुको निकै प्रयोग गरियो । कति समाबेश भए कति भागेर सदरमुकाम र भारतमा गएर काम गर्न बाध्य भए । जनयुद्ध सकिएपछि पनि विरोधका कार्यक्रमहरुमा भीड बढाउन विद्यार्थीहरुको प्रायेगहुन छोडेको छैन । त्यस्तै शिक्षा क्षेत्रमा समेत उच्च नियुक्तिमा हुने राजनैतिक भागबण्डाको त कुरै छोडौँ ।
यसरी अनेक समस्याले जेलिएको हाम्रो शिक्षा क्षेत्रमा पनि अब समयानुकुल परिवर्तन नल्याइ भएको छैन । देशका युवा जनशक्तिलाई बाहिरिनबाट बचाउनका लागी पनि शिक्षा क्षेत्रमा उल्लेखनीय सुधारहरु ल्याउनु आवश्यक छ । एक वर्षे शैक्षिक सत्रको अवधारणा नै गलत छ । वर्षको सुरुवातमा पढेका कुराहरु बर्ष दिन पछि आएर परीक्षामा लेखुन भनी अपेक्षा गर्नु सुगा रटाइलाई निरन्तरता दिनु र निमाका गेसपेपरहरुको प्रयोग बढाउनु बाहेक केही पनि उपलब्द्धि हाँसिल गराउन सक्दैन । व्यवहारिक शिक्षाको खाँचोले पनि मिहिनेत गरेर उच्च शिक्षा हाँसिल गरेपछि कामदार भिसामा कोरिया तथा खाडी मुलुकमा जानुपर्ने बाध्यताबाट हाम्रो युवा जमातलाई मुक्त बनाउनु आवश्यक छ । सबै कुरा केन्द्रले नियन्त्रण गर्ने विश्वविद्यालय स्तरीय शिक्षामा पनि परिवर्तनको खाँचो छ । कापी जाँचेर समयमा नफर्काउँदा ससुराली सम्म फोन सम्पर्क गरेर बिन्ती बिसाउनु परेको घटनाहरुले त्यस्तो परिवर्तन अत्यावश्यक भएको दर्शाउँछ । पढाउनेले प्रश्नपत्र बनाउने र जाँच्ने अनि विद्यार्थीको मुल्याङ्कन वर्षको तीन घण्टा मात्रैले भन्दा पनि सिकाइ अवधी भरका हरेक क्रियाकलापको सहभागीताबाट मापन गरिनु पर्दछ । विकसित मुलुकहरुमा जस्तै विद्यार्थीहरुद्वारा प्राध्यापकहरुको मुल्याङ्कनको पद्दती त्यहाँ पनि लागु गरिनु पर्दछ । सुधारका सुझावहरु विद्यार्थीहरुबाट प्रत्यक्षरुपमा प्राप्त गर्दा प्राध्यापक स्वयंलाई पनि आफ्नो प्राध्यापनमा सुधार ल्याउन मद्दत मिल्छ । आज सबै क्षेत्रमा आमुल परिवर्तनको कुराभइ रहँदा पनि शिक्षा क्षेत्र बेवास्तामा परेको छ । यसका सन्दर्भमा पनि बेलैमा सबैले चाँसो देखाउनु अनि सुधारका निम्ति आवाज उठाउनु जरुरी भइसकेको छ । यो लेख तिनै आवाजको एक रुप बन्न सके लेखन सफल भएको भनि ठान्ने थिएँ ।
जन अास्थामा प्रकाशित
Comments
Post a Comment