उमेर ढल्दै जाँदा अचेल (गजल)



उमेर ढल्दै जाँदा अचेल बाँच्न खुबै रहर लाग्छ
गाउँकाे त्याे सम्झनाले उराठीदाे सहर लाग्छ

एक्लै हुन खाज्थेँ पैले दिक्क थिए सबै देखि
अाज एक्लै हुँदा तर नमज्जा याे प्रहर लाग्छ

विदेशिउँला र धन कमाउँला, सपनै न हाे सबै
परिवार छाडि बित्ने हरेक पल कहर लाग्छ

साथी देखेँ , संगी देखेँ, देखेँ प्रेयसीहरू
अचेल त याे माया शब्द सुन्दै जहर लाग्छ


Comments

Popular posts from this blog

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय

उसको रोजाइ -Story