नबोले नि भेट हुँदा (गजल)


नबोले नि भेट हुँदा यसो कहिले हाँसी दिनु
उसले सोधे चिनजानको सरल नाता गाँसी दिनु

मेरो फोटो छ भन्थ्यौ तिमी पहिले जहाँ जहाँ
त्यहाँ अब तिम्रो उसको हाँस्या फोटो टाँसी दिनु

आफ्नो विगत भुल्न मैले तस्वीर, चिठी च्याते जस्तै
तिमीसँग बाँकी हरेक चिनोहरु नासी दिनु

त्यति गर्दा पनि फेरी ब्युँझ्यो मनमा माया भने
बेझिजक सजायमा त्यसलाई सिधै फाँसी दिनु

Comments

Popular posts from this blog

Letters to a Young Poet -Rainer Maria Rilke (with quotes)

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय