Posts

अस्तित्ववाद र जाँ पल सार्त्रकाे द वाल (कथासंग्रह)

Image
  जाँ पल सात्र्र साहित्यका लागी भन्दा पनि बढि उनका दर्शनका लागी बढि चिनिन्छन् । सात्र्र र किर्केगार्डका छिटा परेका साहित्यहरु र तिनका केहि कुरा उदृत गरेका साहित्यहरु धेरै अघि पढेको थिएँ । खासगरी जीवनको अर्थ छैन त्यसैले हरेक मान्छेले जीवनमा एक न एक पटक आत्महत्याको निर्णय गर्छ भन्ने निचोडहरुले मनमा निकै हलचल मच्चाएको थियो । सानामा सबै बच्चाहरुलाई पछि गएर के बन्ने भन्ने प्रश्नहरु प्रसस्तै सोधिन्छन् । त्यस्ता बेला जीवनको केहि अर्थ छैन भन्ने कुरा पढियो भने त भविष्यमा केहि बन्नुको केहि अर्थ छैन भन्ने हुन्छ । त्यसले गर्दा एक किसिमको वैराग्य उत्पन्न हुन्छ । म सानै देखि त्यसै बैराग्यको सिकार भएको थिएँ । किर्केगार्ड र सात्र्रहरु त्यति सहजै उपलब्द्ध हुने सामग्री थिएनन् । त्यसैले तिनको अध्ययनको ईक्षा भएपनि मौका भने जुरेको थिएन । एक दिन इकोनोमेट्रिक्सको कक्षामा छेउमा बसेको एक जना फ्रेन्च साथीले सानो पुस्तकका बीचमा आउँला हालेको देखेर इकोनोमेट्रिक्स पढ्ने विद्यार्थीले समेत पढ्ने कुन पुस्तक रहेछ भनेर जिज्ञासा भयो । फ्रेन्च नाम मनमनै घोकेर घर पुगेरा खोज्दा थाहा भयो त्यो जाँ पल सात्र्रको द...

सिके लाल, संविधान संसोधन र देउवाको भारत भ्रमण

Image
विगतका साताहरुमा थुप्रै कुराहरु भए । बहुप्रतिक्षित संसोधनको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरियो । नवनियुक्त प्रधानमन्त्री देउवाको भारत भ्रमण र त्यसको विरोधका स्वरहरु गुञ्जिए । एउटा रियालीटि शोमा आएका पाहुना निर्णायकले फलानो मनपर्छ भन्ने अभिव्यक्तिको जातका आधारमा मनलागी अर्थ लगाउँदै सामाजिक सञ्जलमा तथानाम गाली गरियो । यसै बीच सिके लाल मधेसको आन्दोलनको आधारहरु पुनः परिभाषित गर्नमै व्यस्त भए । यी सबै कुराको एकै लेखमा विस्तारमा विवोचना असम्भव छ । तर पति केहि कुराहरु यहाँ भन्न मन लागेको छ । सिके लाल   सिके लालका तर्क बजनदार हुन्छन् । समस्या के हो भने सबैको जस्तो उनका तर्क पनि पूर्वाग्रहले भरिएका हुन्छन् । अझै सबै जस्तो उनलाई उनी पूर्वाग्रहरहित भएको भ्रम पनि छ । त्यसैले उनले मधेसको इतिहास बखान्ने क्रममा डोटी र जुम्ला राज्यको इतिहास जोड्न विर्सिन्छन् । मधेसको ऐतिहासिक भूमिको सिमा कोर्ने क्रममा इमानसिंह चेमजोङ्गले खोतलेको किराँती इतिहास र त्यसको ऐतिहासिक भूमीलाई सिके लालले कत्ति पनि उल्लेख गर्दैनन् । उपेन्द्र सुब्बाको लाटो पहाडसँगै इमानसिंह चेमजोङ्गको किराती इतिहास र संस्कृति पढ्ने क...

हिट्लर र यहुदीः विपी कोइराला (पुस्तककाे लिंक सहित)

Image
“मलाई कुनै मानवपुत्रले लाञ्छनाले औँल्याउन सक्तैन । दोषमुक्त निर्मल प्राणीहुँ म । आफ्ना लागि मैले केही पनि गरिनँ –धन, सम्मान, इन्द्रिय–सुख, पत्नी–प्रेम सबैलाई तुच्छ पारेँ –म निस्पृह संन्यासी थिउँ जीवनभरि । म केबल एक लक्ष्यले जर्मन राष्ट्रको उत्थानका लागि एकनिष्ठासँग संलग्न रहेँ । एक पैसा बैंकमा जोरिनँ, घर बनाइनँ, प्राणजस्ती प्यारी एभाको प्रणय निमन्त्रण अस्वीकार गरिरहेँ, अन्तिम क्षणसम्म–त्यस अन्तिम क्षणसम जब मर्नुभन्दा केही घडीअघि शत्रुको पल्टन मेरो बङ्करसम्म पुगिसकेको थियो । मैले भनेँ –एभा प्यारी अब मेरो अन्तिम क्षण आयो । जीवनको काम मेरो समाप्त भयो । अब फुरसत छ मलाई, तिम्रो दैवी प्रेमको स्वादका लागि ..... मृत्युपूर्वको बस एक चुम्बन । प्रमाण अरु के चाहियो मेरो देव लोकाधिकारको ?” हिट्लर र यहुदी स्कुले उमेरमै पढेको पुस्तक हो । विपि कोइरालाका कथा संग्रह बाहेकका सारा साहित्कि पुस्तकहरु मैले स्कुले उमेरमै पढि भ्याएको हो । त्यसैले केहि धमिला यादहरु बाहेक पुस्तकको खासै गुदि केहि याद थिएन । हालसालै हिट्लरको यातना गृहमा ज्यान गुमाएकी यहुदी वालिका एनी फ्रान्कको डायरी पढेपछि यसको याद फेरी ता...

तरार्इमा जलाइएकाे पुस्तकः अलिखित (ध्रुवचन्द्र गाैतम)

Image
“एक जनाले त भन्यो, सारा गाउँले एक रात आफ्ना घरहरुसित दोरहन्तल पोखरामा हामफालेर सखाप भए ।” यो पुस्तक बडो मुस्किलले हात लागेको पुस्तक हो । पुस्तक पसलमा किन्नजाँदा नभेटिएपछि यो पुस्तकलाई औधि रुचाएका र पढ्न सुझाएका अनुपम पोख्रेल आफैले उपहार स्वरुप पुस्तक दिने बाचा गरेका थिए । उनी प्रतिको आभार पुस्तक प्राप्त गरेपछि दिने सोचेको थिएँ । पुस्तक जर्मनी ल्याइ दिने सुदिप श्रेष्ठ पहिले म बसेकै सहर आउने भन्ने थियो तर अन्तिम समयमा उनी अर्कै सहर जाने भए । त्यसैले पुस्तक प्राप्तीमा केहि ढिलाइ भयो । खासमा उनी आफै भेटघाटको लागी आउँदा ल्याए भने हुलाकको थप खर्चले उनीमाथि व्ययभार नबढोस भनेर प्रतिक्षा गर्ने निर्णय गरेको थिए । पछि संयोगले नारायणी दिदी पनि नेपालबाट सुदिपसँग भेटेर म बसेकै सहरमा आउने हुनुभयो । उनैले यो पुस्तक मेरो हातमा दिनु भयो । पुस्तक पाएपछि धन्यवाद दिन चाहन्थे तर पुस्तक पठाउनु र पाउनुमा निकै समय गुज्रि सकेकाले पढेपछि प्रतिकृया सँग सबैलाई एकमुष्ट धन्यवाद दिने सोच बनाएको थिएँ । भइदियो के भने मेरो हातमा त्यो पुस्तक देख्ने वित्तिकै प्रेयसीले समेत सोहि पुस्तक पढ्ने ईक्षा राखिन् । पहिले ...

हिट्लरको यातनाकेन्द्रमा ज्यान गुमाएकी एउटी यहुदी केटीको कथा

Image
एनी फ्रान्कः द डायरी अफ अ योङ्ग गर्ल     सनिवार, जुन २०, १९४२ म जस्ताका लागी डायरीमा लेख्नु साँच्चिकै अनौठो अनुभव हो । मैले पहिले कहिल्यै नलेखेकाले मात्रै होइन, बरु एउटा तेह्र वर्षे स्कुले किसोरीको सोचहरुलाई पछि गएर म स्वयं या अन्य कसैले पनि रुची नलेला भनेर मलाई यो डायरी लेखन अनौठाे लाग्छ । जे होस्, त्यो त्यति अर्थ राख्दैन । मलाई लेख्न मन लाग्छ, र मलाई मेरो छातिमा गुम्सिएर रहेका सबै कुराहरु बिसाउनु पनि छ । SATURDAY, JUNE 20, 1942 Writing in a diary is a really strange experience for someone like me. Not only because I’ve never written anything before, but also because it seems to me that later on neither I nor anyone else will be interested in the musings of a thirteen-year-old schoolgirl. Oh well, it doesn’t matter. I feel like writing, and I have an even greater need to get all kinds of things off my chest. एनी फ्रान्कले यति लेखि रहँदा सायदै सोचेकी थिइन कि उनको यो व्यक्तिगत शौक पछि गएर विश्व भरिका मानिसहरुको चाँसोको विषय बन्नेछ । उनले सायदै सोचेकी थियीन...