अस्तित्ववाद र जाँ पल सार्त्रकाे द वाल (कथासंग्रह)
जाँ पल सात्र्र साहित्यका लागी भन्दा पनि बढि उनका दर्शनका लागी बढि चिनिन्छन् । सात्र्र र किर्केगार्डका छिटा परेका साहित्यहरु र तिनका केहि कुरा उदृत गरेका साहित्यहरु धेरै अघि पढेको थिएँ । खासगरी जीवनको अर्थ छैन त्यसैले हरेक मान्छेले जीवनमा एक न एक पटक आत्महत्याको निर्णय गर्छ भन्ने निचोडहरुले मनमा निकै हलचल मच्चाएको थियो । सानामा सबै बच्चाहरुलाई पछि गएर के बन्ने भन्ने प्रश्नहरु प्रसस्तै सोधिन्छन् । त्यस्ता बेला जीवनको केहि अर्थ छैन भन्ने कुरा पढियो भने त भविष्यमा केहि बन्नुको केहि अर्थ छैन भन्ने हुन्छ । त्यसले गर्दा एक किसिमको वैराग्य उत्पन्न हुन्छ । म सानै देखि त्यसै बैराग्यको सिकार भएको थिएँ । किर्केगार्ड र सात्र्रहरु त्यति सहजै उपलब्द्ध हुने सामग्री थिएनन् । त्यसैले तिनको अध्ययनको ईक्षा भएपनि मौका भने जुरेको थिएन ।
एक दिन इकोनोमेट्रिक्सको कक्षामा छेउमा बसेको एक जना फ्रेन्च साथीले सानो पुस्तकका बीचमा आउँला हालेको देखेर इकोनोमेट्रिक्स पढ्ने विद्यार्थीले समेत पढ्ने कुन पुस्तक रहेछ भनेर जिज्ञासा भयो । फ्रेन्च नाम मनमनै घोकेर घर पुगेरा खोज्दा थाहा भयो त्यो जाँ पल सात्र्रको द वाल भन्ने कथा संग्रह रहेछ ।
सात्र्रको अध्ययनसँगै अस्तित्ववादको धेरथोर अध्ययन गर्न कर लाग्यो । युट्युबमा द स्कुल अफ लाईफ भन्ने च्यानल मार्फत धेरै दार्शनिकका कुराहरु सानासाना भिडियो मार्फत जानकारी गराइएको छ । त्यसैमा सात्र्रका सम्बन्धमा बनाएको भिडियोमा सात्र्रको दर्शनलाई सरलिकृत बनाउने कोशिस गरिएको छ । त्यसैलाई यहाँ साभार गर्न चाहेँ ।
१. सात्र्रका विचारमा हाम्रा वरिपरिका कुराहरु देखिने भन्दा निकै नै उदेक लाग्दा हुन्छन् । उदाहरणका लागी यौन भनेको पुरुषले आफ्नो शरीरको मासुको सानो टुसा महिलाका दुई गोडा बीचको छिद्रमा पसाएर उसका शरीरका विभिन्न भागमा हात फेर्दै आनन्दित हुने प्रकृया हो । यसरी हेर्दा यौन पनि एउट प्रकृया भन्दा बढ्ता केहि लाग्दैन । पसिना र मिहिनेत सँग कागजका टुक्रा साँटेर तिनको सट्टामा मरेका जनावरका टुक्राहरुसँग कुहिएको अन्नको गनाउने रस घुट्क्याउँदै आफ्ना इन्द्रियहरुलाई कम्जोर पार्नु र हिँडडुल समेत गर्न नसक्ने हुनु रक्सी पिउनु हो । सुकेको घाँसलाई कागजमा बेरेर त्यसको धुवाँ फोक्सामा पु¥याउँदै खोक्दै आफूलाई त्यो धुँवाको अम्मली बनाउनु चुरोट खानु हो ।
२. सात्र्रले राखेको अर्को विचार अनुसार मानिस स्वतन्त्र छ । मानिसका लागी कुनै पनि पूर्वनिर्धारित उद्देश्यहरु छैनन् । त्यो सबै मानिसले आफै सिर्जना गरेका हुन् । आफ्ना बन्धनहरु चुँडाल्न मानिस जहिले सुकै पनि सक्षम छ । तर मानिस स्वतन्त्र छ भन्ने यो बुझाइले मानिसमा एक किसिमको डर या तनाव सृजना गर्छ जसले धेरैलाई स्वतन्त्र हुनुबाट छेक्छ ।
४. हामीले गलत विश्वासमा आस्था राख्नु हुँदैन । कुनै पनि कुरा निश्चित रुपमै हुनुपर्छ भन्ने बुझाइ नै गलत हो । जस्तो मानिस सम्पन्न हुनुपर्छ । मानिसको उद्देश्य ठूलो हुनुपर्छ । मानिसले पुरै मानवतालाई गुण लगाएर जानु पर्छ । यी सबै कुराहरु यस्तै हुनुपर्ने जरुरी छैन । यस्तो नहुँदा पनि केहि विग्रिदैन ।
५. सात्र्रको अर्को बुझाइमा पूँजीवाद भत्काउनका लागी हामी एकदमै स्वतन्त्र छौँ । पूँजीवादले मानिसलाई दास बनाउन पैसाको आविस्कार ग¥यो । त्यसले हामीलाई पैसाको अभावका कारण जीवनमा धेरै कुराहरु गर्न सकिँदैन भन्ने गलत विस्वासमा बाँध्यो । गाडी, घर, पैसा जस्ता वास्तविकतामा नभएको आवश्यकताको आवश्यकता महसुस गर्न थाल्यौँ र तिनैको पूर्तिका निम्ति जीवन समर्पण ग¥यौँ । यही भ्रम तोड्यौँ भने पूँजीवाद भत्कन्छ ।
सात्र्र कार्ल माक्र्स र कम्युनिष्ट विचारधारामा आस्था राख्ने दार्शनिक थिए । क्युबाका तानाशाह फिडेल क्यास्ट्रो र चे ग्वेभारासँग उनको नजिकको सम्बन्ध थियो । त्यसैले उनी बिभिन्न जुलुसमा सहभागी भएका बेला बारम्बार पक्राउ पनि परे । अमेरिकाको एफबिआइले उनका बारेमा निकै लामो समयसम्म जानकारीहरु पनि संकलन ग¥यो ।
अरुले हाम्रा लागी तयार पारिदिएको भूमिका, नाम, उपनाम, पद, आदि भन्दा पनि हामी एक स्वतन्त्र र सचेत अस्तित्व हौँ भन्ने नै अस्तित्वबादको मुल मर्म हो । अस्तित्व अर्थ भन्दा अघि आउँछ । हामी छौँ पहिले र त हाम्रा सार्थकता खोजिन्छन् या हामी हुनुको अर्थ लाइन्छ ।
‘द वाल’ मा पनि सात्र्रले आफ्ना अस्तित्ववादकै कुराहरुलाई विभिन्न तरिकाले मानिसलाई बुझाउन खोजेका छन् । पाँच वटा कथाहरुको यो संग्रह पढ्न त्यति समय लाग्दैन । विदेशी भाषाको उल्था र विदेशी समाजको कथा भएकाले पात्र, परिवेस र सन्दर्भहरु अलि विरानो लाग्नु स्वभाविक हो । कतिपय ठाउँमा निकै नै गहिरा कुराहरुले पनि एकछिनलाई दिमाग दुखाउँछन् । यो पुस्तक एक पटक मात्र नभएर पटकपटक पढ्नु पर्ने पुस्तक हो । प्रत्येक पटक पढ्दा यसका फरक फरक पत्रहरु खुल्छन् ।
![]() |
source: By Zee Prime at cs.wikipedia, CC BY-SA 3.0,https://commons.wikimedia.org/w/index.php?curid=6347027 |
एरोस्ट्राटुस भन्ने कथामा कथाको मुल पात्रले आफूसँग भएको दुव्र्यवहारका बदलामा संसारले याद गर्ने काम गर्ने सोच राख्छ । एरोस्ट्राटुस आफै पनि संसारक सात आश्चर्य मध्येको एक इफेससमा (हाल इस्तानबुल, टर्की) भएको आर्टेमिसको मन्दिर इफेसस मन्दिरलाई जलाएर प्रसिद्धि खोज्ने एक पात्र थिए । त्यो मन्दिरको नक्कल अहिले बनाइएको छ । कथाको मुल पात्रले पनि त्यहि बाटो पछ्याउनलाई सार्वजनिक ठाउँमा गएर अन्धाधुन्ध गोली चलाएर मान्छे मार्ने योजना बनाउँछ । त्यही योजना उसले कसरी बढाउँछ भन्ने कुरा कथामा छ । त्यसका लागी उसले फ्रान्सका १०२ प्रसिद्ध लेखकहरुका नाममा चिठी समेत लेख्छ ।
द वाल भन्ने कथा राजनीतिक बन्दिको कथा हो जसले आफ्नो विश्वास र आस्थाको लागी ज्यान दिने निर्णय गर्छ । पहिले पहिले मान्छेहरुलाई एक पर्खालका अघि उभ्याएर गोली चलाउने गरिन्थ्यो । त्यसो गर्दा उसको अन्तिम इक्षा सोधेर पछि उसको टाउकामा नदेखिने गरी थैलीले बाँधेर एकै चोटमा चारपाँच जनाले गोली चलाउँथे । कथाको पात्रले आफ्ना आस्थाका लागी त्यो सजाय स्वीकार त गर्छ तर त्यसको परिणाम के हुन्छ कथामा त्यहि कुरा समेटिएको छ ।
द रुम र इन्टिमेसी कथामा प्रेम सम्बन्धको विचित्रताहरुलाई विषयवस्तु बनाइएको छ । पहिलोमा रोगी पति स्याहारी रहेकी पत्नीको कथा छ भने दोश्रोमा पति वा प्रेमीसँग सम्बन्ध तोड्न घराबट निस्केकी महिलाको कथा छ ।
द चाइल्डहुड अफ अ लिडर कथाले एउटा नेता बन्न चाहने किशोरको यात्रा समेटेको छ । उसले पढेका कितावहरु, गरेका संगतहरु र अपनाएको कठोर तरिकाहरुलाई यसले विषय बनाएको छ । किशोरका विचारहरु, व्यवहारहरु र त्यसका पछिको वास्तविकताहरुको असंगतिले हामीलाई पनि आफ्ना विचार र व्यवहारहरुमा संगत ल्याउने प्रेरणा दिन्छ ।
समग्रमा कथाहरुमा विचित्रता समावेश गर्न खोजिएको छ । अस्तित्वको वेमल जसमा हामी सार्थकता वा कुनै बुझ्न सकिने प्रवृत्ति खोजिरहेका हुन्छौँ, त्यसैमाथि सात्र्रेले कथाहरुमा प्रहार गरेका छन् । मानिसले अँगालेका विश्वासहरु जसका लागी उनीहरु ज्यान समेत दिन तयार हुन्छन् र त्यसै हेतुले चालेका कदमहरु कति निरर्थक छन् भनेर कथाहरुमा देखाइएको छ ।
पश्चिमा जगतमा द्वितीय विश्वयुद्ध पश्चात ईश्वरमाथिको आस्था विस्तारै कम्जोर हुँदै गयो । तिनको सट्टा यस्ता दर्शनहरुले लिन थाले । म बस्ने होस्टेलको शौचालयको ढोकामा पनि मैले आउँदा आउँदै किर्केगार्ड, सात्र्र र हाइडेगरको चित्र सहितको अस्तित्ववाद लेखिएको फोटो टाँसिएको देखेको थिएँ । हाइडेगर जर्मनीका हुन् अझै भन्नुपर्दा फ्राइबर्ग नजिककै टोडनाउवेर्गमा उनले आफ्नो जीवन विताएका हुन् । त्यो गाउँ एकदमै साधारण गाउँ छ । कुनै विशेष सुविधाहरु नभएको र प्राय खेती र पशुपालन गरिने गाउँ अहिले पनि सेमिनारका लागी या सप्ताहन्तमा पारिवारिक भ्रमणका लागी प्रसिद्ध छ । त्यहाँ हाइडेगरको सानो (सायद दुई कोठे) घर अझै पनि सुरक्षित छ । मैले पनि सेमिनारका लागी त्यहाँ पुग्ने अवसर पाएको थिएँ ।
Quotes from the book:
"The
Room"
I resent her
living outside the limits of human nature. Pierre is no longer a human being:
in all the care and all the love she gives him she deprives human beings of a
little. We don't have the right to refuse ourselves to the world: no matter
what, we live in society.
Normal
people think I belong with them. But I couldn't stay an hour among them. I need
to live out there, on the other side of the wall. But they don't want me out
there.
One day his
features would grow confused, his jaw would hang loose, he would half open his
weeping eyes. Eve bent over Pierre's hand and pressed her lips against it: I'll
kill you before that.
"Erostratus"
I never had
intercourse with a woman: I would have felt robbed. You get on top of them, of
course, but they eat you up with their big hairy mouth and, from what I hear,
they're the ones-by a long shot, who gain on the deal.
" I
know your character," he said to me. "His name is Erostraus. He
wanted to become famous and he couldn't find anything better to do than to burn
down the temple of Ephesus, one of the semven wonders of the world."
They have
monopolized the sense of life. I hope you will understand what I mean. For the
past 33 years I have been beating against closed doors above which is written:
"No entrance if not a humanist."
I repeated
to myself, "Why must I kill all these people who are dead already?"
and I wanted to laugh.
"The
Intimacy"
"You
can't make people happy if they don't want to be."
"The
Childhood of a Leader"
"I
don't exist." He closed his eyes and let him dift existence is an illusion
because I know I don't exist, all I have to do is plug my ears and not think
about anything and I'll becme nothingness."
"You
exist because you doubt your existence."
"Naturally,
you've wanted to sleep with your mother too."
To think
that there are specific objects of sexual desire and that these objects are
women because they have a hole between their legs, is the hideous and wilful
error of the pedestrian.
I tell you
the first thing to convince yourself of is that everything can be an object of
sexual desire, a sewing machine, a measuring glass, a horse or a shoe. I,"
he smiled, "have made love with flies. I know a marine who used to sleep
with ducks. He put the head in a drawer, held them firmly by the feet and
hoop-la!"
"A
fad," he said, "which will pass. The best part of Freud you will find
already in Plato. For the rest," he added, in a voice that brooked no
answer, "I'll tell you I don't have anything to do with that nonsense.
You'd be better off reading Spinoza. "
"I'm
nothing," he thought, "but it's because nothing has soiled me.
Berliac was soiled and caught. I can stand a little uncertainity: it's the
price of purity."
His
existence was a scandal and the responsibilities he would assume later would
barely be enough to justify it. "After all, I didn't ask to be born,"
he said.
"where
I sought myself," he thought, "I cold not find myself." In good
faith he took a detailed counting of all he was.
Comments
Post a Comment