Posts

मधेसी मोर्चाको कच्चा राजनीति

Image
एमालेको मेची–महाकाली अभियान असफल बनाउन आयोजित बन्दका बेला एमालेको आमसभामा सहभागी हुनका लागी नेपालगञ्ज आउँदै गरेको सर्वसाधारण चढेको बसमा तोडफोड गर्न खोज्दा प्रहरीको लाठीचार्जबाट १० जना घाइते भएका थिए । तिनै घाइते मध्ये लाठी प्रहारबाट घाइते भएका सोनपुर गाविस ८ का ७२ वर्षीय जमिल भाटको निधन भएको छ । आन्दोलनकारीलाई लखेट्ने क्रममा घरमै बसिरहेका भाट पनि प्रहरीको आक्रोशको चपेटामा परेका थिए । हुन त प्रहरीले भाटको निधन दम रोगका कारण भएको भनेर सफाई पेश गरेको छ तरपनि घरमा बसेका ७२ वर्षीया माथि लाठी चार्ज गर्नु कुनै पनि हिसाबले जायज मान्न भने सकिन्न  । भाट सँगै एमालेको मेची–महाकाली यात्राका क्रममा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । मधेसी मोर्चाले राजविराजकै घटना लगत्तै सरकारलाई सात दिने अल्टिमेटम दिएको थियो । सुरुमा छापाहरुमा मधेसी मोर्चाले समर्थन फिर्ता नलिने भन्ने समाचारहरु बाहिरिए पनि मधेसी समुदायबाटै व्यापक विरोध हुन थालेपछि मधेसी मोर्चाले समर्थन फिर्ता लिएको खबर बाहिरिएको थियो । मधेसी मोर्चाले सरकारलाई आफ्ना माग पुरा गराउन दबाब दिने हेतुले सरकारबाट बाहिरिने धम्की दिएको भएतापनि सात दिने...

नश्लीय संवेदना

Image
झापाको काकडभिट्टाबाट फागुन २१ गते सुरु भएको एमालेको मेची–महाकाली यात्रा फागुन २३ मा सप्तरीको मेलठमा पुगेर ३ मोर्चा कार्यकर्ताको हत्यासँगै (त्यो कालगतीले भएको मृत्यु थिएन) केहि दिनलाई स्थगित भएको घोषणा गरियो । उपचारको क्रममा रहेका थप र्दुइ जनाले पनि ज्यान गुमाइसके । सो घटनामा ज्यान गुमाउनेहरुको संख्या ५ पुगेको छ । राजविराज घटनाले लगभग सबै मधेसी समुदायलाई आहत बनायो । ‘अधिकारको लडाई’का क्रममा मारिनु पर्दा जो कोहिलाई पनि आक्रोशित बनाउँछ । मधेसी समुदायले पनि मेलठ घटनालाई राज्यले ‘मधेसीमाथि’ गरेको दमनका रुपमा अथ्र्याएका छन् । त्यसरी अथ्र्याइनुमा मधेसी समुदायका लागी लड्ने भनिएका मधेसकेन्द्रित दलहरुको ठूलो भूमिका रहेको छ । हरेक घटनालाई नश्लीय रुप दिनुले मधेसी समुदायलाई सँधै संकटाभिमुख बनाइ रहने र त्यस अवस्थामा भएको जमातलाई आफ्ना मुद्दाहरुको वकालत गर्नका लागी परिचालित गर्न सकिने भएकोले पनि त्यस्तो रुपमा व्याख्या गर्ने गरिएको जस्तो देखिन्छ । त्यसैले प्रहरीको गल्ती भन्दा पनि पहाडी प्रहरीको गल्ती भनेर त्यसलाई नश्लीय रुप दिइन्छ । यस्तो व्याख्या र विश्लेषणले राज्य र जनताबीचको लडाइँलाई देश भित...

राजविराज घटनाः एक विश्लेषण (भिडियो सहित)

Image
तस्वीर साभारः अनलाइन खबर खासमा यस्ता विषयमा लेख्न उति रुचि नै हुँदैन । तर यस्तै बेला मन यति अशान्त भइदिन्छ कि नलेखी र नबोली रहनै सकिँदैन । देशमा करीब दुई दशक पछि स्थानीय निकायको निर्वाचनको घोषणा भएको पृष्ठभूमीमा देशको राजनीतिक अस्थिरता केहि हदसम्म भएपनि घट्ने आशा पलाएर आएको थियो । त्यसको घोषणा लगत्तै स्थानीय निकायका पदहरुमा उमेद्वारी घोषणाका खबरले पनि आगामी वैशाख ३१ मा हुने भनिएको चुनाव प्रतिको अविश्वास कम गर्दै लगेको थियो । मधेसी मोर्चाले संविधान संसोधनको माग राखेर चुनाव हु्ँदै नहुने भनेर अड्डि कसेका बेलामा पनि सत्ताधारीदलका नेताहरुले जसरी भएपनि सहमती गराएर चुनाव गराउन आफू कटिबद्ध रहेको भनेर बेलाबेला अभिव्यक्ति दिइरहेका थिए । त्यस्तैमा मधेस विरोधी छवि बनाएका ओली र उनको पार्टी नेकपा एमालेले मधेस केद्रित अभियानको घोषणा ग¥यो । यो घोषणा पक्कै पनि सहज परिस्थितिमा भएको घोषणा थिएन । एमालेलाई मधेसमा आफ्नो शाख अझै छ र आफ्नो पार्टी मधेस विरोधी नभएको भनेर पुष्टि गर्नु थियो भने एमालेको मधेसी विरोधी छवि बनाउनमा ठूलो भूमिका निर्वाह गर्ने मधेसी मोर्चालाई जसरी भएपनि एमालेको अभियानमा भाँजो हाल्...

विद्यार्थी राजनीति र विदेशी विश्वविद्यालयको अनुभव

Image
नेपालमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन चलिरहेका बेला क्याम्पसहरुमा आगजनी र तोडफोडका घटनाहरु बाहिर आउन थालेका छन् । विद्यार्थी–विद्यार्थी बीच कुटाकुटका घटनाहरु पनि बाहिरिएका छन् । स्ववियु निर्वाचनका लागी करोडौँको रकम माग भएको भनी अनलाइनमा समाचाहरु प्रकाशित भएका छन् । उमेर हदबन्दीले यसपाली केहि सकारात्मक परिवर्तन ल्याउने संकेत अवश्यै गर्न सकिन्छ । तरपनि देशका राजनीतिक दलहरुप्रचि चरम असन्तुष्टि बढि रहेकै बेला उनीहरुकै भ्रात्री संगठनहरुले राष्ट्रिय राजनीतिमा व्याप्त अराजकताकै अनुकरण गरिनुलाई धेरैले निराशाजनक मानेका छन् । नेपालमा विद्यार्थी संगठनका सभापति चुन्ने क्रममै माउ पार्टी भित्र आफ्ना मान्छेलाई त्यो पद पार्ने हानथाप सुरु हुन्छ । अहिलेको नेविसं को नेतृत्व छनौटका क्रममा पनि पार्टी सभापति शेरबहादुर देउबाका आशिर्वादले नैनसिंह महर अघि आएको भनी समाचारहरुमा पढ्न र सुन्न पाइएकै हो । त्यसै गरी अनेरास्ववियुको नेतृत्वमा रहेकी नविना लामालाई पनि एमाले अध्यक्ष ओलीको आशिर्वाद पाएकी पात्र भन्नेहरु पनि धेरै छन् । नविना लामाको हकमा त उनको बोल्ने कौशलका कारण पनि उनको नेतृत्व क्षमतामा शंङ्क...

किरातको इतिहास र संस्कृतिः इमानसिं चेमजोङ्ग

Image
 सन् २०१७ मा पढेको पहिलो पुस्तकमा उपेन्द्र सुब्बाको ‘लाटो पहाड’ पर्न गयो । ‘लाटो पहाड’ले बाठो तरिकाले जातीय मुद्दा पनि उठाएको बुझ्दा किरातीहरुका बारेमा बढि जान्ने इक्षा लाग्ये । सामान्यतः अहिले सबै भन्दा बढि शोषित र पिडित भनेर मधेसीहरुले आवाज उठाइ रहेका बेलामा आक्कल झुक्कल सुनिने जनजातीका आवाजहरुले त्यति प्राथमिकता पाउँदैनन् । मधेसीले आफ्ना नाममा प्रदेशै पाइसकेको अवस्थामा पनि किरातीहरु÷जनजातीहरु अझै पनि सिमान्तकृत भएको र उनीहरुमाथि भएको सांस्कृतिक आक्रमण, जबरजस्ती लादिएको ‘बाहुन कुरा’ (मलाई त्यति चित्त नबुझेको भएपनि पुस्तकको शब्द सापटि लिएँ)का कारण शिक्षा लगायतका सम्पूर्ण क्षेत्रमा पछाडि परेको विषयमा लेखिएका कथाहरुले एकछिन सोच्न बाध्य बनायो । यी कथाहरु पढ्दै गर्दा कताकता आफूमाथि त्यो अन्याय गरेको भनेर चोर आउँला सोझिएको पाएपछि मन अलि अस्थिर भयो । कथाको परिवेशकाबारेमा गहिरिएर बुझ्न मन लाग्यो । सो क्रममा उपेन्द्र सुब्बाका पाए जतिका अन्तर्वार्ता सुन्ने देखि लिएका कितावमाथि चलाइएका छलफलहरु सबै सुनेँ । त्यसै क्रममा संयोगले इमानसिंह चेमजोङले लेखेको किरातको संस्कृति तथा इतिहास (History ...