‘स्वतन्त्र मधेस राज्यका पाँच आधार’: सिके राउत
केही दिन यता डा. सिके राउत फेरी चर्चामा आएका छन् । उनी फेरी चर्चामा आउनुमा उनको मधेस अलग्याउने कुरा नै हो । सिके राउतको अहिलेको भाषण त फेला परेन तर पहिले एबीसी टेलिभिजनलाई दिएको अन्तर्वार्ता फेरी एकचोटी हेरेँ । सामान्यतया विद्रोहको नारा पृय बनाउन शोसित उत्पिडितहरुको साहरा नै लिने गरिन्छ । समाजमा जुन सुकै समयमा पनि शोषित तथा उत्पिडितहरु हुने गर्छन् । कहिले काहिँ ती नभए पनि आफू उत्पिडित भएको मान्ने केही असन्तुष्टि भएको जनसमूह जहिले पनि भेटिन्छ । अमेरिकामा जस्तो आफैलाई प्रथम विश्व मान्ने राष्ट्रमा समेत स्वेत नश्लवादीहरुले आफूहरुमाथि आप्रवासीका कारण समस्या भएको भनी मान्नाले डोनल्ड ट्रम्पको विजय गराएको सर्वविदितै छ । नत्र २१ औँ सताब्दिमा मेक्सिकन निकाल्ने, देशको सिमामा पर्खाल लगाउने, आप्रवासीलाई धपाउने लगायतका नाराले किन विजय पाउँथ्यो ? नेपालमा भने साँच्चिकै उत्पिडितहरु छन् ः ताप्लेजुङ्गमा छन्, अनि बाजुरामा छन् । त्यसै गरी तराईका जिल्लामा पनि उत्पिडित समुदायहरु छन् । तिनैलाई अनेक नारा दिएर विगत देखि वर्तमान सम्म सिके राउतहरुले आफ्ना स्वार्थ सिद्ध गरिरहेका छन् । आँखिर त्यही मधेसको राजनीत...