अँहँ, कुरुप होइन सुन्दर सुदूरपश्चिम !

अचेल फेसबुकमै सारा समाचार पढिन्छ । साथीभाइका हालखबर देखि देशको खबर सम्म त्यतै मिल्छ । प्राय छापामाध्यमहरुले फेसबुकमा आफ्नो उपस्थिति कायम राखेकाले बेलाबेलामा लेखहरु पनि यत्रै पढिन्छ । त्यसै क्रममा अरुणा उप्रेतीको ‘सुन्दर होइन कुरुप सुदूरपश्चिम’ शीर्षकको लेख सेतोपाटीले प्रकाशित गरेको रहेछ । शीर्षक देख्दे बित्तिकै कन्सीरी तात्यो । सुदूर पश्चिमलाई सँधै गरीबी र कुरीतीको पर्यायका रुपमा परिभाषित गरिएको पृष्ठभूमीमा सुदूर पश्चिम प्रतिको अवधारणा फेर्नको निम्ती ‘सुन्दर सुदूरपश्चिम’ भन्ने नाराले विगतका केही वर्षमा निकै चर्चा पाएको छ । थानकोट पारी नेपाल नै छैन झैँ गर्नेहरु अहिले चिसा पानी र खप्तडलाई आफ्नो गन्तव्यमा राख्न थालेका छन् । पर्यटकीय गन्तब्य भन्ने बित्तिकै पोखरा र अन्नपूर्ण आधार सिविर सम्झने बिदेशीहरु छिटपुट नै भएपनि सुदूर पश्चिममा देखिन थालेका छन् । यूरोपमा विद्यावारिधी गरिरहेका नवराज रोस्यारा जस्ताको व्यक्तिगत प्रयासमा खप्तड भ्रमण, खप्तड–रारा पदयात्रा लगायतका कार्यले सुप क्षेत्र विश्वसामु आफ्नो परिचय स्थापित गराउन खोज्दै छ । संचार र छापाम पनि पर्यटन प्रवर्धन सम्बन्धी सामग्रीले स्थान...