Samuel Beckett ~ Waiting for the Godot
‘स्याने त स्यामुएल व्याकेटको ‘वेटिङ्ग फर गोडोट’ पनि पढ न !’
अल्बर्ट कामुको ‘द स्ट्रेन्जर’ पढि सकेपछिको प्रतिक्रिया पढेर मलाई दिदिले असंगतवाद (एब्सर्डिज्म) र अस्तित्ववादमा आधारित अन्य कितावहरुको सुझाब दिइन् ।
‘होइन एकदम पातलो छ ।’
कितावको मोटाइले सँधै तर्साउँछ । त्यसैले ढाडस दिँदै कितावको पतलाई पक्का गर्दै दिदिले भनेकी थिइन् ।
‘खास केहि छैन । विनाकाम पर्खेर बसेका हुन्छन् । पर्खाइ सकिन्छ तर पनि भेट हुँदैन ।’ हाँस्दै पुस्तकको कथासार सुनाउँदा मलाई पनि एक पटक केहि नभएको कथा पढ्न मन लागेको थियो ।
सामान्यतया हामी कितावमा के छ जान्नलाई नै किताब पढ्छौँ । यसपटक कितावमा भएको कुरा पहिल्यै थाहा भइसकेको थियो । कितावमा ‘खासै केहि छैन’ । तर पनि पढ्न मन लाग्यो ।
बीसौँ सताब्दीमा लेखिएको दुई अंकको यो नाटक पहिले फ्रान्सेली भाषामा रचिएको थियो । पछि यसको अंग्रेजी अनुवाद पश्चात यो २० औँ सताब्दीको अंग्रेजी साहित्यको एक महत्वपूर्ण रचनाका रुपमा स्थापित भयो । हेर्मन रोरशाखका मसीका धब्बाहरुको व्यक्तिले उसको मानसिकता अनुसारको अर्थ लाए जस्तै यो नाटकका पनि थुप्रै तहमा पुगेर अर्थ लाउन सकिएला । पात्रका र परिवेशका साना भन्दा साना कुराको अर्थ खोज्नेले भेटाउन पनि सक्छ ।
भ्लादिमिर, एस्ट्रागन, पोजो, लकी र केटो नाटकका पात्रहरु हुन् । केटो प्रत्येक पटक फेरिन्छ । गोडोट सँधै नआउने अनि भोलि आउँछु भन्ने सन्देश पठाउने पात्र हुन् । नाटक भरि भ्लादिमिर र एस्ट्राजन गोडोटको प्रतिक्षामा हुन्छन् र त्यहि प्रतिक्षाका बेला अनेक वार्तालापमा अल्झन्छन् । पोजो र लकि पनि ती वार्तालापमा सामेल हुन्छन् । लकी दास हो भने पोजो त्यसको मालिक हो जो लकीलाई बेच्न चाहन्छ ।
नाटकमा बेलाबेला एकदमै गहन लाग्ने कुराहरु पनि आउँछन् तर त्यसको प्रयोगको सन्दर्भ हेर्दा तिनलाई हास्यास्पद बनाइए जस्तो पनि लाग्छ । जस्तै भ्लादिमीरले जीवनका सानासाना कुराहरुमा हेल्चेक्र्याइँ गर्नु हुँदैन भन्छ । यसो हेर्दा यो जीवनलाई गहनताका साथ जिउनु पर्छ भन्ने अर्थ लाउन पनि मिल्ने हो तर खासमा यो अभिव्यक्ति उसले आफ्नो प्यान्टको बटन लाउन छुटाएकोमा भनेको छ ।
एक ठाउँमा भ्लादिमिर र एस्ट्रागन चरित्रको बारेमा एउटा दार्शनिक बहसमा पर्छन् । दुबैले चरित्र परिवर्तन हुन नसक्ने कुरामा सहमती जनाउँछन् । ‘मान्छे जे हो त्यहि हो । सारतत्व परिवर्तन हुँदैन । त्यसैले संघर्षको कुनै अर्थ छैन ।’
पोजोले पनि बीचबीचमा निकै दार्शनिक लाग्ने अभिव्यक्तिहरु दिन्छ । अन्तसम्म पुग्दा विषयान्तर भएको हो कि भन्ने भान पनि हुन्छ । पोजोले अणु न श्रृजना गर्न सकिन्छ न नाश्न सकिन्छ भन्ने विज्ञानको सिद्धान्त जस्तै हाँसो र दुःख न कम हुन्छ न बढ्छ बरु एकको हाँसो अर्कोमा सर्छ अनि आँशु पनि त्यसै गरी सर्दै जान्छ भन्ने अर्थ लाग्ने आँशु र हाँसोको सिद्धान्त छाँट्छन् ।
भ्लादिमिर र एस्ट्रगनको बेलाबेलामा हुने बेतुकको सम्बादहरुले नाटकमा रोचकता थपी नै रहन्छ ।
नाटकमा एस्ट्रगन बेलाबेला प्रतिक्षा गर्न बन्द गर्नुपर्ने कुरा गरिरहन्छ भने भ्लादिमिर बारम्बार उसलाई आशावादी बनाइ रहन्छ । हामी मध्ये धेरैले आफूलाई भविष्यका खुशीहरुका लागी वर्तमानका अप्ठेरा झेल्न प्रेरित गरे झैँ, गोडोट आउँछ र सबै ठीक हुन्छ भनेर उसले भविष्यको मिठो आशा दिएर एस्ट्रगनलाई रोकि रहन्छ ।
यस नाटकको धेरै तहमा अर्थ लाउन सकिन्छ । विभिन्न विश्लेषणहरु गरिएका पनि छन् । यसलाई अस्तित्ववादको सन्देश बोकेको नाटक पनि भनिएको छ । अनि यसको कुनै एक किसिमको व्याख्या मात्रै गरिनुले यसको अवमुल्यन गर्नु हो भन्ने तर्क गर्नेहरु पनि छन् ।
समग्रमा नाटक पठनीय छ । यो पढ्दै गर्दा नेपाली साहित्यमा यस किसिमको प्रयोगको अपेक्षा जगाउँछ । पश्चिमा साहित्यमा विभिन्न प्रयोग र वादहरुमा आधारित भएर गरिएका साहित्य रचनाको अनुवादको अभाव पनि यो पढि रहँदा खड्कियो । यस्ता विश्वविख्यात साहित्यको अध्ययनले नेपाली पाठक मात्र नभइ लेखक जगतमा पनि फरक साहित्य चेतनाको विकासमा सहयोग पु¥याउँथ्यो कि भन्ने प्रश्नहरु नाटक पढिरहँदा मनमा खड्किरहे ।
अल्बर्ट कामुको ‘द स्ट्रेन्जर’ पढि सकेपछिको प्रतिक्रिया पढेर मलाई दिदिले असंगतवाद (एब्सर्डिज्म) र अस्तित्ववादमा आधारित अन्य कितावहरुको सुझाब दिइन् ।
‘होइन एकदम पातलो छ ।’
कितावको मोटाइले सँधै तर्साउँछ । त्यसैले ढाडस दिँदै कितावको पतलाई पक्का गर्दै दिदिले भनेकी थिइन् ।
‘खास केहि छैन । विनाकाम पर्खेर बसेका हुन्छन् । पर्खाइ सकिन्छ तर पनि भेट हुँदैन ।’ हाँस्दै पुस्तकको कथासार सुनाउँदा मलाई पनि एक पटक केहि नभएको कथा पढ्न मन लागेको थियो ।
सामान्यतया हामी कितावमा के छ जान्नलाई नै किताब पढ्छौँ । यसपटक कितावमा भएको कुरा पहिल्यै थाहा भइसकेको थियो । कितावमा ‘खासै केहि छैन’ । तर पनि पढ्न मन लाग्यो ।
बीसौँ सताब्दीमा लेखिएको दुई अंकको यो नाटक पहिले फ्रान्सेली भाषामा रचिएको थियो । पछि यसको अंग्रेजी अनुवाद पश्चात यो २० औँ सताब्दीको अंग्रेजी साहित्यको एक महत्वपूर्ण रचनाका रुपमा स्थापित भयो । हेर्मन रोरशाखका मसीका धब्बाहरुको व्यक्तिले उसको मानसिकता अनुसारको अर्थ लाए जस्तै यो नाटकका पनि थुप्रै तहमा पुगेर अर्थ लाउन सकिएला । पात्रका र परिवेशका साना भन्दा साना कुराको अर्थ खोज्नेले भेटाउन पनि सक्छ ।
भ्लादिमिर, एस्ट्रागन, पोजो, लकी र केटो नाटकका पात्रहरु हुन् । केटो प्रत्येक पटक फेरिन्छ । गोडोट सँधै नआउने अनि भोलि आउँछु भन्ने सन्देश पठाउने पात्र हुन् । नाटक भरि भ्लादिमिर र एस्ट्राजन गोडोटको प्रतिक्षामा हुन्छन् र त्यहि प्रतिक्षाका बेला अनेक वार्तालापमा अल्झन्छन् । पोजो र लकि पनि ती वार्तालापमा सामेल हुन्छन् । लकी दास हो भने पोजो त्यसको मालिक हो जो लकीलाई बेच्न चाहन्छ ।
Never neglect the little things of life
नाटकमा बेलाबेला एकदमै गहन लाग्ने कुराहरु पनि आउँछन् तर त्यसको प्रयोगको सन्दर्भ हेर्दा तिनलाई हास्यास्पद बनाइए जस्तो पनि लाग्छ । जस्तै भ्लादिमीरले जीवनका सानासाना कुराहरुमा हेल्चेक्र्याइँ गर्नु हुँदैन भन्छ । यसो हेर्दा यो जीवनलाई गहनताका साथ जिउनु पर्छ भन्ने अर्थ लाउन पनि मिल्ने हो तर खासमा यो अभिव्यक्ति उसले आफ्नो प्यान्टको बटन लाउन छुटाएकोमा भनेको छ ।
Estragon: No use struggling.
Vladimir: One is what one is.
Estragon: No use wringling.
Vladimir: The essential doesn't change.
एक ठाउँमा भ्लादिमिर र एस्ट्रागन चरित्रको बारेमा एउटा दार्शनिक बहसमा पर्छन् । दुबैले चरित्र परिवर्तन हुन नसक्ने कुरामा सहमती जनाउँछन् । ‘मान्छे जे हो त्यहि हो । सारतत्व परिवर्तन हुँदैन । त्यसैले संघर्षको कुनै अर्थ छैन ।’
Pozzo: He's stopped crying. (To Estragon.) You have
replaced him as it were. (Lyrically.) The tears of the world are a constant
quantity. For each one who beins to weep, somewhere else another stops. Te same
is true of the laugh. (He laughs.) Let us not then speak ill of our generation,
it is not any unhappier than its predecessors. (Pause.) Let us not speak well
of it either. (Pause.) Let us not speak of it all. (Pause. Judiciously.) It is
true the population has increased.
पोजोले पनि बीचबीचमा निकै दार्शनिक लाग्ने अभिव्यक्तिहरु दिन्छ । अन्तसम्म पुग्दा विषयान्तर भएको हो कि भन्ने भान पनि हुन्छ । पोजोले अणु न श्रृजना गर्न सकिन्छ न नाश्न सकिन्छ भन्ने विज्ञानको सिद्धान्त जस्तै हाँसो र दुःख न कम हुन्छ न बढ्छ बरु एकको हाँसो अर्कोमा सर्छ अनि आँशु पनि त्यसै गरी सर्दै जान्छ भन्ने अर्थ लाग्ने आँशु र हाँसोको सिद्धान्त छाँट्छन् ।
Estragon: I'm unhappy.
Vladimir: Not really! Since when ?
Estragon: I'd forgotten.
भ्लादिमिर र एस्ट्रगनको बेलाबेलामा हुने बेतुकको सम्बादहरुले नाटकमा रोचकता थपी नै रहन्छ ।
Vladimir: But you can't go barefoot!
Estragon: Christ did.
Vladimir: Christ! What has Christ got to do with
it. You're not going to compare yourself to Christ!
Estragon: All my life I've compared myself to him.
Vladimir: But where he lived it was warm, it was
dry!
Estragon: Yes. And they crucified quik.
Silence.
Vladimir: We've nothing to do here.
Estragon: Nor anywhere else.
नाटकमा एस्ट्रगन बेलाबेला प्रतिक्षा गर्न बन्द गर्नुपर्ने कुरा गरिरहन्छ भने भ्लादिमिर बारम्बार उसलाई आशावादी बनाइ रहन्छ । हामी मध्ये धेरैले आफूलाई भविष्यका खुशीहरुका लागी वर्तमानका अप्ठेरा झेल्न प्रेरित गरे झैँ, गोडोट आउँछ र सबै ठीक हुन्छ भनेर उसले भविष्यको मिठो आशा दिएर एस्ट्रगनलाई रोकि रहन्छ ।
Vladimir: Ah Gogo, don' go on like that. Tomorrow
everything will be better. (Godot will come tomorrow)
यस नाटकको धेरै तहमा अर्थ लाउन सकिन्छ । विभिन्न विश्लेषणहरु गरिएका पनि छन् । यसलाई अस्तित्ववादको सन्देश बोकेको नाटक पनि भनिएको छ । अनि यसको कुनै एक किसिमको व्याख्या मात्रै गरिनुले यसको अवमुल्यन गर्नु हो भन्ने तर्क गर्नेहरु पनि छन् ।
Comments
Post a Comment