'night, Mother ~Marsha Norman


थेल्माः तिमीलाई मृत्यु कस्तो हुन्छ भन्ने नै थाहा छैन । त्यो पुरै अशान्त पनि हुन सक्छ । मृत्यु विहानी पखको घडिको अलार्म जस्तो र तिमी उठेर बन्द गर्नका लागी बिउझनै नसक्ने अवस्था जस्तो भयो भने के गर्छौ ? कहिल्यै बन्द गर्न नसक्ने भयो भने के गर्छौ ?
जेसीः मृत्यु मैले चिनेका सबै व्यक्ति र वस्तुको अनुपस्थिति हो । मृत्यु शान्त हुन्छ ।
थेल्माः त्यो पाप हो । तिमी नर्क जाने छौ ।
जेसीः मलाई सोध्नु हुन्छ भने यशुले पनि आत्महत्या गरेका थियो ।


Thelma: You don't know what dead is like. It might not be quiet at all. What if it's like an alarm clock and you can't wake up so you can't shut it off. Ever.
Jessie: Dead is everybody and everything I ever knew, gone. Dead is dead quiet.
Thelma: It's a sin. You'll go to hell.
Jessie: Jesus was a suicide, if you ask me.
****


आत्महत्याका बारेमा अनेक विचारहरु आउने गर्छ । धेरैले आत्महत्याको बाटो रोज्नेलाई कातर भन्छन् । परिवारका सदस्यहरु, साथीभाइ र आफन्तको मायाले त्यस्तो निर्णयबाट मान्छे पछि हट्न पनि सक्छ भनेर तर्कहरु गर्नेहरु पनि थुप्रै छन् । अरु भन्दा पनि आमाको सन्तान प्रतिको माया अगाध हुन्छ । जस्तो सुकै दुःख परेका बेलामा पनि आमाको मायाले औषधीका काम गर्छ । सबै गुनासाहरु पखाली दिन्छ । अनि त्यस्ती ममतामयीका अगाडि सन्तानले आत्महत्याको कुरालाई पत्याउनै गाह्रो हुने सजिलोपनाका साथ व्यक्त ग¥यो भने आमाको स्थिति के होला ? आमाले के त्यो सन्तानलाई रोक्न सक्लिन ? सन्तानले के आमाको माया मार्न सक्ला ?
‘नाइट, मदर’ अलि झुक्याउने नाम थियो । अल्पविराम ख्याल नगरी पढ्दा शीर्षकको अर्थ अर्कै लाग्थ्यो । आमाको अगाडि विशषण थपिएको हो कि भनेर धेरै सम्म झुक्किएँ । पछि पुस्तकको अन्तअन्त पुग्दा बल्ल अल्पविरामको ख्याल गरेँ । अनि थाहा भयो त्यो त आमासँग विदा माग्दा छोरीले गरेको रात्रीकालीन अभिवादन रहेछ । ‘नाइट, मदर’ अर्थात ‘शुभरात्री, आमा !’ ।

मार्शा नर्मनद्वारा लिखित यो नाटकमा एउटी छोरीले आमासँग आत्महत्याको लागी अनुमति मागेकी छे । जेस्सी र थेल्मा आमाछोरी हुन् । आत्महत्या किन सहि छ भनेर पुष्टि गर्नका लागी जेसीले आफ्ना जीवनका अनेक भोगाइहरु आमासामु राख्छे । उसको धेरै अघिदेखिको आत्महत्याको योजना समेत  आमालाई सुनाउँछे । थेल्माले उसलाई जीवन जीउनुको धेरै कारणहरु बताउँछे । यही संवाद नै नाटकको मुल विषयवस्तु हो । यो सम्वादका क्रममा उनीहरुले एक अर्काको जीवनको धेरै गहिराइ सम्म पुग्ने अवसर पाउँछन् । पाठकका लागी पनि केहि घोत्लिन विवश बनाउने कुराहरु छोडेर जान्छन् ।

सानैदेखि छारे रोगले ग्रस्त र रोगसँग जुधी रहेकी जेसी निकै संघर्षपूर्ण जीवन व्यतीत गर्छे । उसको लामो वैवाहिक जीवन पनि टुङ्गिन्छ । त्यसमा उसलाई कुनै गुनासो हुँदैन । बरु पति प्रति उसको सहानुभुति नै रहन्छ । उसले कुनै काम पनि राम्रोसँग गर्न सक्दैने । आफ्नो रोगले अरुलाई अप्ठेरो नहोस भनेर त्यसलाई लुकाएर बाँच्दाको उकुसमुकुसको निकास उसले अन्तिममा आत्महत्यालाई नै देख्छे । यहि कुरा आमालाई सम्झाउन खोज्दा आमाले निरन्तर प्रतिकार गरि रहन्छे ।

****

थेल्माः जेसी, तिमी आत्महत्या गर्नै सक्दैनौ । तिमी त अशान्त पनि छैनौँ (जेसी मुस्कुराउँछे, अथवा नसुनीने गरी हाँस्छे र आमाले फेरी फरक तरिका अपनाउँछे ।) जेसी, मान्छेले खासमा आफैलाई मार्दैनन् । अँहँ, तिमी मन्दबुद्धि या पागल नभएसम्म त्यसको(आत्महत्या) कुनै अर्थ नै लाग्दैन । तिमी प्राय सामान्य नै देखिन्छौ । हामी सबैलाई मर्न डर हुन्छ ।
जेसीः मलाई डर छैन आमा । त्यसै पनि म सँधै कठोर नै रहने गर्छु ।

Thelma: You're not going to kill yourself, Jessie. You're not even upset! (And Jessie Smiles, or laughs quietly, and Mama tries a  different approach.) People don't really kill themselves, Jessie. No, Mam, doesn't make sense, unless you're retarded or deranged and you're as normal as they come, Jessie, for the most part. We're all afraid to die.
Jessie: I'm not, Mama. I'm cold all the time anyway.
****



आमा छोरीको वार्तालापमा धेरै यस्ता कुराहरु बोलिन्छन् जसमा जो कोहि पनि घण्टौँ घोत्लिन सक्छ । मृत्यु सँगको डरका कुरा र मृत्युको चाहका कुराहरु त्यस्तै घोत्लिन मन लाग्ने विषयहरु हुन् । सामान्य अवस्थामा मान्छे मृत्यु चाहँदैन । सामान्य अवस्थाको सबैको फरक परिभाषा हुन सक्छ । कतिले आफ्नो दुःखलाई नै सामान्य ठानेर बाँचेका हुन सक्छन् । कतिले खुशीलाई सामान्य ठानेर बाँचेका हुन सक्छन् । कतिले सम्झौतालाई सामान्य मानेर बसेका हुन सक्छन् । आँखिर जीवन आफ्नो–आफ्नो भए जस्तै परिभाषा पनि आफ्नो–आफ्नै हुने न हो । 

***

थेल्माः परिवार दुर्घटना हो जेसी । त्यो कुनै व्यक्तिगत कुरा हाइन छोरी । उनीहरुले तिम्रो मन दुखाउन चाहेका हुँदैनन् । उनीहरु त तिम्रो परिवार बन्न खोजेका पनि हुँदैनन्, तर उनीहरु भइदिन्छन् ।
जेसीः तिनीहरुलाई धेरै थाहा हुन्छ ।
थेल्माः के कुरा ?
जेसीः कसैले कुनै कुरा थाहा पाउन भन्ने चाहेका थिए वा थिएनन् भनेर भन्नु भन्दा पहिले नै तिनीहरुले ती कुरा थाहा पाइ सक्छन् । त्यो हुँदा उनीहरु पनि थिए र त्यो तिनीहरुको पनि भयो, त्यो तिम्रो हो, तिनीहरुले पाएका मात्रै हुन् । मैले हुलाक बाट मगाएको थुनचोलो तिनीहरुको घरमा पुग्यो ।
थेल्माः संयोगले ?
जेसीः केहि फरक पर्दैन ...तिनीहरुले त्यसको भित्र भएका साना गुलावी टुसाहरु समेत देखे ।



Thelma: Family is just accident, Jessie. It's nothing presonal, hon. They don't mean to get on your nerves. They don't even mean to be your family, they just are.
Jessie: They know too much.
Thelma: About what ?
Jessie: They know things about you , and they learned it before you had a chance to say whether you wanted them to know it or not. They were there when it happened and it don't belong to them, it belongs to you, only they got it. Like my mail order bra got delivered to their house.
Thelma: By accident !
Jessie: All the same.... they opened it. They saw the little rosebuds on it.
****


व्यक्ति र परिवारको बीचको सम्बन्ध निकै नै जटिल हुन्छ । कतिपय कुरा हाम्रो नियन्त्रण भन्दा बाहिर पनि हुन्छ । परिवार पनि त्यस्तै हो । परिवार हामीले चाहेर रोजेका हुँदैनाँै । तैपनि परिवारका सदस्यहरुले हाम्रा नितान्त व्यक्तिगत कुराको समेत जानकारी राखेका हुन्छन् । हामीले कुन कुरा जानुन या कुन कुरा नजानुन भन्ने चाहन्छौँ भन्ने कुराको कुनै मतलबै हुँदैन । कहिले काहिँ मान्छेका लागी गोपनीयता पनि धेरै महत्वपूर्ण हुन्छ । कतिपय कुरा मानि आफैमा सिमित राख्न चाहन्छ ।
थुनचोलो त्यसै पनि भित्रि वस्त्र हो । त्यसको पनि सानो सानो बुट्टालाई हाम्रा व्यक्तिगत कुराहरुका एकदमै गतिलो रुपकको रुपमा प्रयोग गरिएको छ । नारीका थुनचोलोका बुट्टाहरु जति व्यक्तिगत हाम्रा कुराहरु पनि परिवारका सदस्यलाई थाहा हुनुले कहिले काहिँ निकै अहसज सेत महशुस गराउँछ ।
****

थेल्माः उसलाई म प्रति दया लाग्थ्यो । उसले गाउँकी सोझी आइमाइ चाहेको थियो र त्यस्तै आइमाइ उसले बिहे गरेको पनि थियो । तर पछि त्यसैलाई उसले म प्रतिको असन्तुष्टिको कारण बनायो । मानौ म फेरिनु थियो र उसलाई अचम्ममा पार्नु थियो । जस्तो कि मलाई सम्झना छ, त्यो दिन उ एक्लै चउरमा उभिएको थियो । मैले उसलाई कमिज लाउन भने । उ भित्र गएर कमिज लिएर आयो र एक दमै शान्त भएर भन्यो, ‘तिम्ले ठीक भन्यौ । थेल्मा । यदि भगवानले मानिस कपडा विना घुमुन भन्ने चाहेको भए मानिसहरु त्यस्तै जन्मन्थे होला ।’


Thelma: He felt sorry for me. He wanted a plain contry woman and that's what he married and then he held it against me the rest of my life like I was supposed to change and surprise him somehow. Like I remember this one day he was standing on the porch and I told him to get a shirt on and he went in and got one and then he said, real peaceful, but to the point, "You're right. Thelma. If God had meant for people to go around without any clothes on, they'd have been born that way."
****


आमा छोरीको कुराकानीका क्रममा वैवाहिक जीवनका असन्तुष्टिका कुराहरु पनि बाहिर आउँछन् । एक अर्का प्रतिको अपेक्षा र घोचपेच अनि सम्बन्धका तिक्तताको कुराहरु जीवन भर नभनिएका भएपनि त्यस घडिमा बाहिरीँदै जान्छन् ।

****

जेसीः सेसिले मलाई छोड्नुको कारण उसले मलाई चुरोट र उ मध्ये एकलाई छान्न लगाउनु हो ।
थेल्माः जेसी, मलाई थाहा छ ऊ त्यति मुर्ख छैन ।
जेसीः उसले धुम्रपानलाई किन त्यति धेरै घृणा किन गथ्र्यो भन्ने मैले कहिल्यै बुझेन, जबकी त्यो कति आनन्ददायी हुन्छ । धुम्रपान नै त्यस्तो चीज हो जो सँधै अपेक्षा गरेको जस्तै हुन्छ । पछिल्लो समयको जस्तै र आफूले चाहेको बेला उपलब्ध भइहाल्न, एक दमै शान्त । 


Jessie: Cecil left me because he made me choose between him and smoking.
Thelma: Jessie, I know he wasn't that dumb.
Jessie: I never understood why he hated it so much when it's so good. Smoking is the only thing I know that's always just what you think it's going to be. Just like it was the last time and right there when you want it and real quiet.
****



जेसीसँग उसको सम्बन्ध तोडिनुका खास कारण नै हुँदैनन् । या खास लाग्ने काराणहरु नै हुँदैनन् । साना साना कुराहरुले उसका लागी ठूला ठूला आधार तयार पारेका हुन्छन् । मान्छेले जब सम्बन्धहरुमा स्वाद पाउन छोड्छ अनि अम्मलहरुमा साथ खोज्न थाल्छ । त्यस्ता अम्मल जसमाथि उनीहरुको नियन्त्रण होस् । त्यस्ता खुशी जो आफूले चाहेको बेलामा उपभोग गर्न सकियोस् । अनि त्यो खुशी सम्बन्ध भन्दा पनि माथि लाग्छ । त्यो खुशी आफ्नो अस्तीत्वसँग जोडिन्छ आफ्नो स्वाभिमानसँग जोडिन्छ । त्यसमाथिको हस्तक्षेप असह्य बन्छ ।

****

जेसीः ..मैले समात्न नजानेर घोडाबाट खसेँ । सेसिलले पनि मलाई त्यस्तै कारणले छोड्यो ।
जेसीः ऊ गलत मान्छे थिएन ।


Jessie: ... I fell off the horse because I didn't know how to hold on. Cecil left for pretty much the same reason.
Jessie: He wasn't the wrong man.
****

थेल्माः उसले तिम्लाई माया गर्थेन जेसी, नभए उसले छोडेर जाने नै थिएन ।
जेसीः ऊ गलत मान्छे थिएन, आमा । म सेसिललाई धेरै माया गर्थेँ । त्यसैले मैले धेरै व्यायाम गर्ने कोसिस गरेँ र सँधै विउझो रहने प्रसाय पनि गरेँ । मैले घोडा चढ्न सिक्ने कोसिस पनि गरेँ । ऊसँग बाहिर बस्ने कोसिस पनि गरेँ, र मलाई थाहा थियो, मैले कोसिस गरेकै कारणले त्यो सफल भएन ।


Thelma: He didn't love you, Jessie, or he wouldn't have left.
Jessie: He wasn't the wrong man, Mama. I loved Cecil so much. And I tried to get more exercise and I tried to stay awake. I tried to learn to ride a horse. And I tried to stay outside with him, and but the always knew I was trying so it didn't work.
****

सम्बन्ध निकै जटिल हुन्छन् । सम्बन्ध बाँधिनु र छुटिनु पनि त्यस्तै जटिल हुन्छ । कहिले काहिँ हाम्रा प्रयासहरु नै हाम्रालागी भारी भइ दिन्छन् । अपेक्षा पुरा गर्ने प्रयास गर्दागर्दै हामी थाक्छौँ । त्यसपछि सम्बन्ध भन्दा थकाइ मार्नु महत्वपूर्ण भएर जान्छ । अरुले चाहेको जस्तै बन्नु भन्दा पनि आफै रहिरहनु सहज लाग्छ । माया कम भएर होइन । सम्बन्धहरु कहिले काहिँ माया हुँदा हुँदै पनि टुट्छन् ।

****
थेल्माः भन्नलाई धेरै छ । तिमी पुरै सिमटिन्छौ, थुप्रो जस्तो हुन्छ्यौ, कसैले एकसाथ सबै धागो चुँडालिदिएको कठपुतली जस्तो, अथवा, मेक्सिकन सिनेमाको बन्दुकधारी जत्था जस्तो, भित्तामा घस्रँदै तल पुग्छौ । तिमीलाई थाहा हुँदैन के हुन्छ ? के हुन्छ भनेर तिमीलाई कसरी थाहा नहुन सक्छ ?
जेसीः म व्यस्त हुन्छु ।
थेल्माः यो ठट्टा होइन ।
जेसीः म हाँस्दै छैन । मेरो टाउको घुम्छ र म भुइँमा खस्छु, त्यसपछि ?
थेल्माः त्यसपछि तिम्रो छाति भित्र र बाहिर खुम्चिन थाल्छ, तिम्रो सास थुनिएको जस्तो आवाज आउँछ । सास फेर्न नसकेको जस्तो गरी हावा भित्र र बाहिर तान्छ्यौ । तिम्री दाँत बजार्न थाल्छौ र मैले तिम्रो जिब्रो टोकिन बाट बचाउन त्यसलाई हटाउनु पर्छ । ...त्यसपछि तिमी निली हुन्छौ र काम्न थाल्छौ । तिमी त्यहाँ उभिएको बेला मैले लट्ठीले घोचे जस्तो गरी अथवा तिमीले विजुलीको प्वालमा आउँला घुसारे जस्तो, जति सक्दो चाँडो ।
जेसीः पुरा समय बहुला कुकुरले फिँज निकाले जस्तै । 
थेल्माः हरे प्रभु, त्यो फोकाहरु मात्रै हो सावुनको फिँज बगेको जस्तो होइन..म डसनलाई बोलाउँछु । त्यसभन्दा अघि म तिमीलाई सफा गरि सक्छु र तिमी उठ्नु भन्दा अघि उसलाई फर्काइदिन्छु । म तिमी सफा ठाउँमा बिऊझौ भन्ने चाहन्छु ।


Thelma: There's not much to tell. You just...crumple, in a heap, like a puppet and somebody cut the strings all at once, or like the firing squad in Mexican movie, you slide down the wall, you know. You don't know what happens? How can you not know what happens?
Jessie: I'm busy.
Thelma: That's not funny.
Jessie: I 'm not laughing. My head turns around and I fall down and then what ?
Thelma: Well, your chest squeezes in and out and you sound like you're gagging, sucking air in and out like you can't breathe. Your mouth bites down and I have to get your tongue out of the way fast so you  don't bite yourself. ...Then you turn blue and the jerks start up. Like I'm standing there poking you with a cattle prod or you're sticking your finger in a light socket as fast as you can.
Jessie: Foaming like a mad dog the whole time.
Thelma: it's bubbling, Jess, not foam like the washer overflowed, for God's sake. ... I call Dawson. But I get you cleaned up before he gets here and I make him leave before you wake up. I want you to wake up someplace nice.
****


जेसीले आफू छारे रोगको कारण बेहोस हुँदाको पलहरुको बयान माग्दा थेल्माले निकै विस्तारमा बताउँछे । छारे रोगका कारणले बेहोस हुँदाको लाचारी र बेहोसी उसले पटक्कै मन पराउँदैन । आफ्नो रोगको कारण आफू आमा माथि बोझ बनेको उसलाई मन पर्दैन । झन् अरुको सहयोग सम्म लिनु पर्ने कुराले उसलाई आफ्नो परनिर्भरता प्रति झन घृणा लागेर आउँछ ।

****

जेसीः हैन आमा, आज जसरी हामी कहिल्यै कुरा गर्ने छैनौँ, किनकि आउने पलले यो पललाई यति राम्रो बनाएको हो । हैन, आमा । म यसरी नै भनाइ राख्न चाहन्छु । म सबै कुरा प्रतिको आफ्नो सोचाइ यसरी नै भन्न चाहन्छु र म नाइ भन्छु । डसनलाई, लोरेटालाई, र त्यो रेड चाइनिजलाइ र छारे रोगलाई र रिकी र सेसिल र तपाईंलाई । र मलाई । र आशालाई । म नाइ भन्न चाहन्छु । आमा, मलाई सजिलो सँग जान दिनु्स् । 


Jessie: No, Mama! We wouldn't have more talks like tonight, because it's this next part that's made this last part so good, Mama. No, Mama. This is how I have my say. This is how I say what I thought about it all and I say No. To Dawson and Loretta and the Red Chinese and epilepsy and Ricky and Cecil and you. And me. And hope. I say No! Just let me go easy, Mama.
****
जेसीलाई धेरै कुराले मृत्यु रोज्न सजिलो बनाएको हुन्छ । उसलाई जीवनमा केहि बाँकि छ भन्ने नै लाग्दैन । उसले सबैलाई अस्वीकार गर्न चाहेकी हुन्छे । आफन्त, रोग, आशा, सबैबाट छुट्कारा चाहेकी हुन्छ । आफैसँग समेत छुट्कारा चाहेकी हुन्छे ।

****
थेल्माः तिमी मेरो सन्तान हौ ।
जेसीः म तिम्रो सन्तानको परिणाम हुँ ।


Thelma: You are my child!
Jessie: I am what became of your child. I found an old baby picture of me. And it was somebody else, not me. It was somebody pink and fat who never heard of sick or lonely, somebody who cried and got fed, and reached up and got held and kicked but didn't hurt anybody, and slept whenever she wanted to just by closing her eyes. Somebody who mainly just laid there and laughed at the colors waving around over her head and chewed on a Polka-dot whale and woke up knowing some new trick nearly every day and rolled over the drooled on the sheet and felt your hand pulling my quilt back up over me. That's who I started out and this is who is left. That's what this is about. It's somebody I lost, all right, it's my own self. Who I never was. Or who I tried to be and never got there. Somebody I waited for who never came. And never will. So, see, it doesn't much matter what else happens in the world or in the house, even. I'm what was worth waiting for and I didn't make it. Me ... who might have made a difference to me ... I'm not going to show up, so there's no reason to stay, except to keep your company, and that's ...not reason enough because I'm not ...very good company. Am I ?
****


मान्छे जन्मदा एक हुन्छ । पछि गएर ऊ अर्कै भइसक्छ । जन्मदाको ऊ र पछिको ऊ सँधै एकै नरहन सक्छ । हामी भविष्य पछ्याउने क्रममा आफूलाई बाटामै हराउन पुग्छौँ । विगत फर्कदा आफूलाई भन्दा पनि एक अपरिचित वालकलाई देख्छौँ । त्यो बालक जो हामी भन्दा विल्कुलै फरक थियो । त्यो बालक जो आफू भइरहन सकेन । बाटामा उसले आफ्नो मौलिकता गुमायो । अथक प्रयासका बाबजुद पनि आफू भइरहन सकेन । अनि त्यहि  आफूलाई हराउँदाको पिडाले जीवन कठोर बनाइ दिन्छ । 
****

थेल्माः तिमी मलाई म बाँचेकोमा मुर्ख भएको महशुस गराउँछौ, छोरी र तिमी पुरै गलत छौ । मलाई यहिँ मन पर्छ ।


Thelma: You make me feel like a fool for being alive, child and you are so wrong! I like it here
****

नाटकका संवादहरु उल्था गर्ने क्रममा अन्तिम संवाद सम्पूर्ण रुपमा उल्था गर्नै सकिएन । अन्तिम संवाद त झन् मौलिक भाषामै सुन्दर लाग्यो । हुन त अघिल्ला सबै संवाद पनि उल्था भन्दा मौलिक भाषा मै सुन्दर लाग्छन् । भाषानुवादमा भावाानुवाद पनि गर्न निकै कठीन हुन्छ । भाषमा संस्कृति र समाज पनि मिसिएको हुन्छ । अनुवाद गर्दा त्यो नबुझिने गरेर अनुवाद हुन्छ । त्यसैले अघिल्ला अुनुवादहरुका साथमा तिनको मौलिक संवाद पनि राखेको थिएँ । अनुवादको प्रयास चाहिँ विदेशी साहित्यको नेपाली भाषामा स्वाद चाख्न सजिलो होस् भनेर हो । मलाई लाग्छ फरक साहित्यको स्वादले हाम्रो हेर्ने दृष्टिकोणहरु फरक बनाउँछ । अनि हाम्रो साहित्यको स्वादको विभिन्नतामा अर्को आयाम थप्छ । 

( Trailer of the Movie based on the play)

सन् १९८३ को पुलिट्जर पुरस्कार विजेता यो नाटकमा आधारित सिनेमा समेत बनेको छ । विषादपूर्ण अन्त भएको यो नाटकमा भएका धेरै कुराले पाठकलाई एकोहोरो तानी रहन्छ । कथा निर्माणको शैली एकदमै बेजोड छ । सामान्य वार्तालापबाट सुरु भएर कथा गहिराइमा पुग्दै जान्छ । जिउनुको सार्थकता र निरर्थकताको वरिपरि एउटा द्वन्द्व निर्माण गरेर अन्तमा त्यसलाई एक खाले निकास दिइएको छ । अचेलका प्राय आख्यानहरुमा द्वन्द्वको अभाव देखिन्छ । कुनै घटनाको विवरण हो कि भन्ने जस्तै देखिन्छ । त्यहाँ द्वन्द्वको निर्माण नै भएको हुँदैन । त्यो द्वन्द्वको अभावलाई कतिले नयाँपन पनि भन्छन् तर यी पुराना साहित्यको अध्ययन गर्दा आख्यान र नाटकमा द्वन्द्वको महत्व बुझिन्छ । 

समग्रमा यो एकदमै अब्बल नाटक हो । याे जीवनका विविध कुराहरुलाई गहिरिएर सोच्न बाध्य बनाउने नाटक हो ।  आकार सानो हुँदा धेरै समय पनि लिँदैन । जे होस् एउटा पढ्नै पर्ने नाटकको रुपमा यसलाई लिन सकिन्छ ।


Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला