Posts

Showing posts from 2017

नयनराज पाण्डेको सल्लीपिर

Image
मनोज दाइले पढ्न दिएका चार पुस्तक, खबुज, फोसिल, अक्षरगंज र सल्लीपिर, मध्ये सल्लीपिरको पालो अन्तिममा आयो । आकार र चर्चाका हिसाबले पुस्तकको क्रम त्यस्तै प¥यो । त्यसमाथि सल्लीपिर एकजना साथीलाई पढ्न दिएको थिएँ । त्यत्रो पुस्तक पढ्दा पनि एउटा पुस्तक पनि नदिएको भन्ने गुनासो थियो । पुस्तक उसले लगी र उसको प्रेमीले पढेर भ्याउँदा पनि उसले चाहिँ पढ्न भ्याइन । ‘यस्तो पुस्तक तिमीले के बुझ्लौ ?’ लामा दाई (म त्यसरी नै सम्बोधन गर्छु) अर्थात उसको प्रेमीले पुस्तक पढिसके पछिको प्रतिकृया दिएका थिए । क्यान्सर प्रतिरोधी कोषका बारेमा स्नातकोत्तरको सोधपत्र लेख्दै गरेकी साथीले पछि समय अभाव हुने देखेपछि ‘ल भैगो’ भनेर मैलाई फर्काई । त्यसपछि मेरो पालो आयो । नबोल्दा नबोल्दै बोल्नै बिर्सेको  त हो नि हामीले फर्केर नहेर्दा नहेर्दै आफैँलाई यात्राहरुमा, आफैँलाई चिन्न बिर्सेको त हो नि हामीले । भेडाको  हुलमा मिसियौ र भेडा नै भयौ चौरीको हुलमा मिसियौ र चौरी नै भयौ, ‘सल्लीपिर’ को कथानक सोलुमा जन्मेकी पेमाको पुस्तकसँगको सम्बन्धको वरपर घुमेको छ । त्यो कथाको बहानामा लेखकले सोलुखुम्बु र त्यहाँको शेर्पा...

अक्षरगंजमा नगरकोटीसँगको भेट (पाठक प्रतिक्रिया)

Image
अक्षरगंजका पानाहरुमा डुल्दै गर्दा नाइट क्याफेको एक कान काटेको भ्यानगगले अचम्म मानेर हे¥यो । ऊ पिकासो र ब्राकसँग मगमा मगमा कालो कफि पिउँदै थिएछ । ‘तिमी को ?’ भ्यानगगले प्रस्न ग¥यो । ‘म नाथे पाठक ।’ मैले अलि अदबसाथ जवाफ फर्काएँ । ‘नाथे पाठकहरुलाई अक्षरगंजको बाटो कसले देखायो ?’ उसले अचम्म मान्दै प्रश्न ग¥यो । ‘म नगरकोटीलाई पछ्याउँदै आएको ।’ नगरकोटीको नामले केहि भइजान्छ कि भनेर बुढालाई सुनाएँ । ‘अचेल नगरकोटी पछ्याउँदै आउनेहरुको ओइरो छ । नाथे पाठक, वेलकम टु अक्षरगंज ।’ सायद जुक्तिले काम गरेछ । बुढा आत्मीय बने । ‘धन्यवाद ।’ आफ्ना बत्तीसी देखाउँदै सधन्यवाद त्यहाँबाट बाटो अघि बढे । रेनासा रेस्टुरेन्ट भित्र पस्दा वालकृष्ण सम र पहलमानसिंह स्वाँर देखिए । स्वाँर समलाई नेपाली नाटकमा को पहिलो भनेर सुनाउँदै थिए । ‘स्वाँर काजीको कुरा सही हो ।’ मैले पछिाबट बोलेँ । ‘तिमी को ?’ समले अचम्म मान्दै सोधेँ । ‘म नाथे पाठक । नगरकोटी पछ्याउँदै आएको ।’ पहिलेकै उपाय प्रयोग गरेँ । ‘यो रामलाल जोशीको ऐना । सुदूरको कोशेली । मदन पुरुष्कार पाएको किताप ।’ स्वाँर काजीलाई मैले एना देखाएँ । ऐनामा एकछिन आफ्...

हिजो मलाई एक्कासी

Image
हिजो मलाई एक्कासी नन्दप्रसाद अधिकारी याद आए टुक्रुक्क बसेका दारी बढेर चिन्नै नसकिने भएका गालाका हाड उच्चिएर हो वा मासु सुकेर हो अझै टीठलाग्दा भएका छोराको लागी न्याय माग्दा माग्दै मरेका ती बाबुको याद आयो सायद अर्को बाबुको आँशु देखेर हो कि ? हिजो मलाई एक्कासी ज्ञानेन्द्र खड्काकी पत्नीको सम्झना आयो आफ्नै आँखा अगाडि घाँटि रेटेर मारेका पति देखेर छिनछिनमै बेहोस हुने होसमा आउँदा कोलाहल मच्चाउने ती पत्रकार पत्नीको याद अयो सायद अस्पतालको सैय्यामा बेहोस अर्की पत्नी देखेर हो कि ? हिजो मलाई मेरो छिमेककी हल्दार्नी दिदीको याद आयो सँगै घाम ताप्दै गरेका पेटको बच्चाको भविष्य कल्पदै गरेका आफ्ना पतिलाई आफ्नै अभिल्तिर भुक्लुक्क ढालेको देखेर  र सँगै खान पकाएको मासुभात बहुला जसरी चुलोबाटै झिकेर पतिकै लाशको छेउमा घोप्ट्याएउने त्यो दिदीको याद आयो । सायद एउटी भिड छिचोल्दै पतिको लाश हेर्न तम्सेकी पत्नी देखेर हो कि ? हिजो मलाई खै किन हाे अन्यायमा मरेको पुत्रकी आमा न्याय माग्दा माग्दै मरेका पतिकी पत्नी गंगा मायाको पनि याद आयो जो अझै पनि छोराका लागी न्याय पर्खेर बसेक...

नयनराज पाण्डेको ‘निदाएँ जगदम्बा’ पढ्दा अनिदो भएको रात

Image
मलाई ‘लू’ पढेदेखि नयनराज पाण्डेका कृतिहरुप्रति रुचि बढेको हो । त्यसपछि लगत्तै पढेको ‘उलार’ हो । ‘उलार’ पढ्नुको कारण लेखकले केहि अन्तर्वार्ताहरुमा ‘उलार’को चर्चा गरेका थिए । साझाको निलो बसबाट ओर्लिएको मधेसीलाई चिया पसलेले दूध उम्लेर पोखिएको झोकमा पुल्चोक इजार मुन्तिर छ भनेर देखाउँदा घटनाका प्रत्यक्ष दर्शी तथा उपन्यासका लेखकको मनमा भएको ‘उलार’ले नै लघु उपन्यासको प्रेरणाको काम गरेको भनेर सुन्ने बित्तिकै मलाई ‘उलार’ पढ्ने तलतल लाग्यो । पढेँ पनि र ‘लू’ को स्वाद त्यसले एकपटक फेरी सम्झाइ दियो । ‘लू’ र ‘उलार’ दुबै सशक्त लागे । तिनै पुराना अनुभवहरुका आधारमा मैले लेखकका पाएसम्मका सबै किताब पढ्ने सोच बनाएको थिएँ । ‘घामकिरी’ मैले पढ्न चाहेका नयनराज पाण्डेले लेखेका कृति मध्ये सबै भन्दा माथिल्लो स्थानमा थियो । कारण ‘घामकिरी’ नगरकोटीलाई मनपरेको पुस्तक हो । त्यसमाथि साहित्य महोत्सवमा शिवानीसिंह थारुले पनि नयनराज पाण्डेका कृतिहरु मध्ये सबैभन्दा मनपर्ने कृति र लेखकलाई लेख्न मजा आएको कृति ‘घामकिरी’ हुनुपर्छ भनेर अनुमान गरेकी थिइन् । लेखकले पनि त्यसमा सहि थपेका थिए । ‘घामकिरी’ हातमा थिएन । बरु ‘सल्...

अतीतकाे यात्राः बुद्धिसागरकाे फिरफिरे

Image
२०६५ तिर बजारमा एउटा नौलो पुस्तक आयो । त्यसको चर्चा सर्वत्र फैलियो । त्यसबेला म एक नीजि स्कुलमा पढाउँथे । देशमा नाम चलेका पुस्तकहरु हामीकहाँ सजिलै उपलब्द्ध नहुने हुँदा समूह बनाएर किताबहरु किन्ने र त्यसै समूहभित्र एक अर्कालाई दिने भन्ने एउटा अमूर्त योजना थियो । त्यसअघि म कैलाली जनपुस्तकालयमा गएर घण्टौँ पुस्तकहरुमा घोत्लिन्थेँ । पुस्तकालयमा पुुराना पुस्तकहरु थुप्रै भएपनि समकालीन साहित्यका पुस्तकहरु त्यति साह्रो उपलब्द्ध हुँदैन थिए । पुस्तकालयको सदस्य कसैले कुनै पुस्तक दान गरेछ भने बेग्लै कुरा नत्र नयाँ पुस्तक किनेर पढ्नुको विकल्प हुँदैन थियो । पुस्तक किन्नलाई पैसाको अभाव सँधै रहन्थ्यो । त्यसैले पुस्तक बाँडेर पढ्ने योजना अनुरुप पुस्कत किन्ने क्रममा स्कुलमा सामाजिक शिक्षा पढाउने कुँवर सरले पढ्न मन लागेको पुस्तकको नाम सुझाउँदा कर्णाली ब्लुज भनेर भनेँ । पछि मैले सो पुस्तक किनेर पहिले कुँवर सरलाई नै दिएँ । विसाउनै गाह्रो मानेर पढ्नु भयो । ‘पिता पुत्रको सम्बन्धको गज्जब कथा छ’ भन्नु भयो । घरमा पनि त्यो किताब खुबै चर्चित भयो । मलाई पनि किताब खुब मन प¥यो । सुदूरपश्चिमको भूगोल समेटिएको भएरै पन...

अस्तित्ववाद र जाँ पल सार्त्रकाे द वाल (कथासंग्रह)

Image
  जाँ पल सात्र्र साहित्यका लागी भन्दा पनि बढि उनका दर्शनका लागी बढि चिनिन्छन् । सात्र्र र किर्केगार्डका छिटा परेका साहित्यहरु र तिनका केहि कुरा उदृत गरेका साहित्यहरु धेरै अघि पढेको थिएँ । खासगरी जीवनको अर्थ छैन त्यसैले हरेक मान्छेले जीवनमा एक न एक पटक आत्महत्याको निर्णय गर्छ भन्ने निचोडहरुले मनमा निकै हलचल मच्चाएको थियो । सानामा सबै बच्चाहरुलाई पछि गएर के बन्ने भन्ने प्रश्नहरु प्रसस्तै सोधिन्छन् । त्यस्ता बेला जीवनको केहि अर्थ छैन भन्ने कुरा पढियो भने त भविष्यमा केहि बन्नुको केहि अर्थ छैन भन्ने हुन्छ । त्यसले गर्दा एक किसिमको वैराग्य उत्पन्न हुन्छ । म सानै देखि त्यसै बैराग्यको सिकार भएको थिएँ । किर्केगार्ड र सात्र्रहरु त्यति सहजै उपलब्द्ध हुने सामग्री थिएनन् । त्यसैले तिनको अध्ययनको ईक्षा भएपनि मौका भने जुरेको थिएन । एक दिन इकोनोमेट्रिक्सको कक्षामा छेउमा बसेको एक जना फ्रेन्च साथीले सानो पुस्तकका बीचमा आउँला हालेको देखेर इकोनोमेट्रिक्स पढ्ने विद्यार्थीले समेत पढ्ने कुन पुस्तक रहेछ भनेर जिज्ञासा भयो । फ्रेन्च नाम मनमनै घोकेर घर पुगेरा खोज्दा थाहा भयो त्यो जाँ पल सात्र्रको द...

सिके लाल, संविधान संसोधन र देउवाको भारत भ्रमण

Image
विगतका साताहरुमा थुप्रै कुराहरु भए । बहुप्रतिक्षित संसोधनको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरियो । नवनियुक्त प्रधानमन्त्री देउवाको भारत भ्रमण र त्यसको विरोधका स्वरहरु गुञ्जिए । एउटा रियालीटि शोमा आएका पाहुना निर्णायकले फलानो मनपर्छ भन्ने अभिव्यक्तिको जातका आधारमा मनलागी अर्थ लगाउँदै सामाजिक सञ्जलमा तथानाम गाली गरियो । यसै बीच सिके लाल मधेसको आन्दोलनको आधारहरु पुनः परिभाषित गर्नमै व्यस्त भए । यी सबै कुराको एकै लेखमा विस्तारमा विवोचना असम्भव छ । तर पति केहि कुराहरु यहाँ भन्न मन लागेको छ । सिके लाल   सिके लालका तर्क बजनदार हुन्छन् । समस्या के हो भने सबैको जस्तो उनका तर्क पनि पूर्वाग्रहले भरिएका हुन्छन् । अझै सबै जस्तो उनलाई उनी पूर्वाग्रहरहित भएको भ्रम पनि छ । त्यसैले उनले मधेसको इतिहास बखान्ने क्रममा डोटी र जुम्ला राज्यको इतिहास जोड्न विर्सिन्छन् । मधेसको ऐतिहासिक भूमिको सिमा कोर्ने क्रममा इमानसिंह चेमजोङ्गले खोतलेको किराँती इतिहास र त्यसको ऐतिहासिक भूमीलाई सिके लालले कत्ति पनि उल्लेख गर्दैनन् । उपेन्द्र सुब्बाको लाटो पहाडसँगै इमानसिंह चेमजोङ्गको किराती इतिहास र संस्कृति पढ्ने क...