लू: नयनराज पाण्डेय



“दाई एक कुरा भनिदिनुस्, करिमलाई साइकल कसले दियो ?
“हँ ? .....” दाईले आफ्नो अन्योलता अभिव्यक्त गर्न यत्ति भनेँ ।

मैले प्रश्न दोहो¥याइ तेह¥याइ दाईलाई प्रसंङ्ग सम्झाँए ।

घडिको सुईमा दश बजि सकेको थियो । सामान्यतया यो बेला सम्म म उठेर रेष्टुरेन्ट सफाइको काम थालि सक्नु पर्ने हो । तर आज हातमा परेको पुस्तक पढि सकेर मात्रै मेरो फोल्डिङ्ग खाटबाट उठ्ने बाचा गरेको थिए । साढे तीन वर्षे जर्मन बसाइमा दोश्रो स्नातक सकेर स्नातकोत्तर पूर्वको आफ्नो खाली समयलाई मैले बास्मती चामलको भात र फोल्डिङ्ग खाटको निद्रासँग साँटेको थिएँ । त्यसैको बदला रेष्टुरेन्टको साफसफाइको काम अनि सामान्य किनमेल मैले हेरिदिने गर्छु । केहि इक्षा र केहि संयोगहरुले मलाई यहाँ सम्म पु¥याएको थियो ।

‘लू’ धेरै अघि बजारमा निस्किएको हो । त्यसताका निकै चर्चा पनि बटुल्यो । तर त्यसबेला पढ्न पाएन । चिनजानका कसैले पनि किनेका रहेनछन् । आफै किन्न किनकिन सकेन । यसपाली नेपालबाटै केहि पुस्तकहरु मगाएर पढ्ने सोच बनाउँदा ‘लू’ पहिलो नम्बरमा थियो । सल्लीपिर पढ्नेले समेत ‘लू’ को तारिफ गर्न नछुटाएकाले पहिले ‘लू’ नै पढ्ने निधो गरेको थिए । आफ्ना हात लाग्नु अघि एक जना अर्का साथीले पढेका थिए । उनले पढ्दा आँखा रसाएको प्रसंङ्ग सुनाउँदा पुस्तक पढ्ने आतुरी झन् बढेको थियो । हात परेको तीन दिनमा भ्याएँ । दोश्रो दिन उती पढ्न पाएन । नत्र दोश्रो दिनमै सक्ने सोच थिया ।

‘लू’ एकदमै खँदिलो उपन्यास हो । कथा र उपकथाको प्रचुरताले यो उपन्यासलाई एकदमै रोचक बनाएको छ । पात्रहरुका नाम त याद गरेर साध्यै छैनः टुटे पण्डित, इलैया, हरदेयी, नुसरत, करिम, बजरंगी, रेडियोलाल, बछुवा, आदिआदि । फरक पात्रहरुले आ–आफ्ना दृष्टिकोणबाट पत्थरपौवाको कथा अघि बढाएका छन् । कथाको नायक इलैया गुण दोषले भरिपूर्ण छ । इलैयाको बाल्यकाल देखि युवावस्थासम्मको समयावधीमा घटेका घटनाहरु र तिनको जरा पहिल्याउँदै कथा सकिएको छ ।

 सिमा समस्या, गरीवी, अभाव, धार्मिक विविधता, राजनीति, आदिलाई पुस्तकले राम्ररी समेटेको छ । पात्रहरुको चरित्र पविर्तनशील छ । हिन्दु–मुसलमान विवाह, दूर्गाको मूर्तीमा नुसरतको अनुहार, पारीबाट मुसलमानहरुलाई आक्रमण गर्न आएका हिन्दुहरुबाट वारीका हिन्दुहरुलेनै बचाएको, आदि प्रसंङ्गहरुबाट धार्मिक सहिष्णुताको उदाहरण प्रस्तुत गर्न खोजिएको छ । इश्लाम धर्मावलम्बीहरु बढि पिडित छन् तर हिन्दुहरुले परेकाबेला सहयोग पनि गरेका छन् । भारतीय पक्ष खलपात्रको रुपमा उभिएको छ । अन्तसम्म पनि खलपात्र विजेता नै रहिरहेको छ । यो उपन्यासको अन्त न त सम्पूर्ण रुपले सुखद छ न त दुखद नै । जे होस् एकपटक पढ्नै पर्ने नेपाली साहित्यका पुस्तकहरुको सूचीमा यो पर्दछ । यसको लेखनको शैली पनि नितान्त फरक छ । बाबु, आमा र छोरा मा केहि यस्तै छनक पाइन्छ तर त्यहाँ कथा भन्ने तीन पात्रहरु मात्रै छन् ।

करिमले नुसरतलाई नयाँ एभन साइकलमा राखेर पत्थरपुरवाबाट भगाउँदा मनमा मलाई कथाकारले गल्ती गरेछन् भन्ने भएको थियो । इलैयाको पचास रुपैया तिर्न आफ्नो २०० परेको पकाउने भाँडो बेचेको करिमसँग नयाँ एभन साइकल एकाएक कहाँबाट आयो भनेर मनमा मलाई छटपछि भएको थियो । यो प्रश्न लेखकलाई सोध्छु सोचेको थिएँ । पछि लेखकले नै पुस्तकमा पसेर सो को सम्बोधन गरे । इलैयाले आदर्श प्रेमी बनेर नुसरतको इक्षाको कदर ग¥यो र आफूले करिम प्रति गरेको दुव्यवहारको साइकल दिएर क्षमा माग्यो ।

“दाइ साइकल इलैयाले दिएको रहेछ ।” मैले पढि सकेर दाइलाई भनेँ ।



Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

सुधीर शर्माकाे प्रयोगशाला

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी