"चिना हराएकाे मान्छेः हरिवंश अाचार्य"
‘मैले मिराको जस्तो माया कैले पाउने होला ?’ किताबबाट आँखा हटाउँदै मैले भनेँ ।
‘त्यस्तो माया पाउन त तिमी हरिवंश जस्तो हुनु पनि त प¥यो ।’ उसले जवाफ फर्काइ ।
त्यसपछिका धेरै वार्तालापमा मिरा र हरिवंशका कुराहरु आइरहे । म मिरा जस्तो माया खोज्ने ऊ पहिले हरिवंश बन्न सुझाब दिने ।
सानो छँदा विश्वेश्वर प्रसाद कोइरालाका प्राय सबै रचना पढियो । उनका रचनामा परेको फ्रायडको छापले पनि उनी प्रीय बन्न पुगे । पहिले यौन पढ्न उनका कथाहरु पढियो अनि विस्तारै उनको लेखन शैलीको अम्मली बनियो । पाएसम्म उनका सबै किताब पढियो । उनका प्राय कृतिहरु पातला भएकाले पनि आँट्न सजिला हुन्थे ।
जीवनमा पहिलो आत्मवृत्तान्त उनकै पढ्ने इक्षा भयो । राजनैतिक एवं सहित्यिक हिसाबले महत्वपूर्ण व्यक्तित्वको जीवनी पढ्ने रहर जाग्नु सायद उति आश्चर्यपूर्ण कुरा होइन होला । त्यतिबेला अहिले जति धेरै आत्मवृत्तान्तहरु थिएनन् । पछिल्लो समयमा सबैलाई किताब लेख्ने रहर जागेपछि न हो आत्मवृत्तान्तको ओइरो लागेको । आत्मवृत्तान्त लेखनका लागी सबैभन्दा सहज विधा होला । आफ्ना बारेमा जे लेखे पनि त भयोः सफाइ दिन पाइयो, दोष लाउन पाइयो, भेद खोल्न पाइयो, दुःख बिसाउन पाइयो ।
मानिस स्वाभावैले पूर्वाग्रही हुने हुँदा आत्मवृत्तान्तमा पनि पूर्वाग्रहहरु प्रष्टै हुन्छन् । व्यक्तिका स्वभाव र उसले जीवनको कुन घडीमा त्यो लेख्यो भन्ने कुराले आत्मवृत्तान्तको गुदी निर्धारण गर्छ । आत्मश्लाघा र आत्मगान आत्मवृत्तान्तका दुई उत्कर्ष विन्दु हुन् । पाठक सकेसम्म सन्तुलित लेखनको अपेक्षा गर्दछ । त्यस्तै उद्देश्यका साथ आत्मवृत्तान्तहरु पढ्ने क्रममा गत साता मेरो हातमा हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ पर्न गयो । धेरै अघि देखि चर्चा सुनेको र पढ्न चाहेको कृति भएकोले मैले सो कृति हात लाग्ने वित्तिकै एक छिन नछाडि पढेँ । संयोगले त्यसरी पढ्नका लागी अवसर नि जु¥यो ।
प्राय सबै नेपालीले चिन्ने र श्रद्धा गरिने पात्रहरु मह जोडिका एक कडि हरिवंश आचार्यले पुस्तकमा आफुले पाएका सुख दुःखको गाथा सो किताबमा गाएका छन् । तुलनात्मक रुपमा सम्पन्न परिवारमै जन्मिए पनि वाल्यावस्थामा अभिभावक गुमाउनुले उनको जीवन त्यति सहज बनाएन । टुहुरो जस्तै भएर युवावस्था गुज्रियो । आमाबाबाले संस्कृतको पण्डित बनोस भनेर ईक्षाए पनि उनी हास्यव्यंग्य क्षेत्रको पण्डित बने । साना छँदाको उरण्ठ्याउला गतिविधीहरु र संगतले उनलाई यो क्षेत्रमा निकै सघायो । व्यंग्यात्मक शैलीमै उनले आफ्ना गोरुको आङ्गमा चढेदेखि साथीको घरमा राती पिसाबले च्याप्दा झ्यालबाट तुक्र्याएको वृत्तान्त सम्म मज्जाले लेख्न भ्याएका छन् । उनको रंगमञ्चमा प्रवेश, चलचित्रमा भूमिका, मह यात्रा, चलचित्र निर्माण लगायतका जीवनका हरेक खुड्किलाहरुको कथा पुस्तकमा समेटिएको छ । उनकी पत्मी मिरा विरामी भएपछि र संसार छोडेर गएपछिका प्रशङ्गहरु अलि मार्मिक देखिन्छन् । उनको दोश्रो विवाहको प्रसंग सँगै पुस्तक विस्तारै समाप्तीतिर लागेको छ ।
पुस्तकमा घटनाहरु क्रमानुगत हिसाबले नलेखिएको हो कि भन्ने भान हुन्छ । प्रशंगबस कहिले पहिले र कहिले पछिका घटनाहरु आइरहँदा पढ्नलाई केहि गह्रो हुन्छ । पत्नी वियोग र पुनर्विवाहको प्रशंग अलि लामो लाग्छ । विवाह पश्चात रमिलालाई पनि उत्तिकै माया गरेको र कुनै व्यक्ति प्रतिको माया थपघट नगरिकनै अर्को व्यक्तिलाई पनि माया गर्न सकिन्छ भनेर हरिवंशले पुनर्विवाह गरेपछि रमिलालाई औधी माया गरेपनि मिरा प्रतिको आफ्नो माया उस्तै रहेको तर्क गरेका छन् । रमिलाले हरिवंश र मिराको तस्वीर बैठकमा राखाँै भनेको प्रशंग आदिले रमिलाले पनि हरिवंशको मिरा प्रतिको समर्पणलाई स्वकार गरेकी छिन् भन्ने देखाउन खोजिएको हो कि जस्तो लाग्छ । हरिवंश पनि एकल पुरुष र रमिला पनि एकल महिला भएकोले उनको विवाह उचित भएको तर्क हरिवंशले प्रस्तुत गरेका छन् । व्यक्तिगत रुपमा भन्नुपर्दा विवाह व्यक्तिगत निर्णय हो । समाजलाई त्यसको सफाइ दिइरहनु पर्दैन ।
पुस्तक पढेका एक अर्का साथीसँग केहि छलफल भयो ।
‘के रमिला र उनको श्रीमानको तस्वीर पनि हरिवंश र मिराको तस्वीर छेउमै टाँसिने सम्भावना होला ?’
‘मिराको विलाप गरे जस्तै गरी रमिलाले पटकपटक आफ्ना श्रीमानप्रतिको मोह प्रकट गर्न पाउलिन् ?’
यी नितान्त व्यक्तिगत प्रश्नहरु हुन् । सम्बन्धका बारेमा पुस्तक बाहिर आइसकेपछि मात्रै यी प्रश्नहरु उठेका हुन् । उचित समाधान भनको विगतलाई विगत मानेर वर्तमानमा बाँच्नु हुन्थ्यो । त्यसो गर्दा सन्तानहरु प्रति असम्वेदनशील भएको र उनीहरुको आमालाई विर्सिएको ठहरिने भएर दुबै सम्बन्धलाई त्यसरी एकअर्कासँग विल्कुलै अलग भनेर प्रस्तुत गरिएको हुनसक्छ ।
कहिँ कतै यो पुस्तक पनि उनको दोश्रो विवाहको सफाइमा लेखिएको थियो कि जस्तै लाग्यो । विवाहको प्रसंगमात्रै राख्दा अलि नमिल्ने भएकाले पुस्तकले जीवनीको रुप लिएको हो की जस्तै पनि लाग्यो । मिराको वियोगमा कोरिएका पानाहरु पुस्तकमा परिणत भएको भनी सायद पुस्तकमै कतै छ ।
‘रमिलासँग विहे गरिसकेपछि पनि मिराको माया लागेको कुरा होला र ?’ मैले सोधेँ ।
‘ह्म....... हुनसक्छ ।’ उताबाट जवाफ आयो ।
‘माया भन्नेकुरा एउटालाई गरिने माया झिकेर अर्कोमा खन्याउने खालको हुँदैन रे ! मतलब एउटालाई माया गर्दागर्दै पनि अर्कोलाई उत्तिकै माया गर्न सकिन्छ रे !’ अझै प्रस्ट्याउन मैले थपेँ ।
‘त्यो त त्यस्तै हो नि !’ उसले भनी ।
‘भनेपछि मैले भोली अरु कसैलाई माया गर्दा तिमी प्रति अन्याय हुँदैन ।’ हाँसो प्रस्टै हुने गरी मैले सोधेँ ।
‘त्यस्तो अवस्था आयो भने मलाई पूर्व जानकारी दिनु । म तिम्रो मायामा बाधक बन्ने छैन ।’ गम्भीर हुँदै उसले जबाफ फर्काइ ।

Comments
Post a Comment