बलात्कार तिम्रा भावनाको (गजल)

image source: https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhrvrukS2R8m7z3MKBqfzWUZtqKkGcJE8K1T4VJC5InNxtD328LHU6PhbcrYRA-3DQUXT34XEWW69MFxPKHQ_K5jJPBzl6T-E3mcb8h2d1Cchtqh1IZvbnswf_h__7sYk7zydPctc2Wgmo/s1600/waiting-on-the-bench.jpg
बलात्कार तिम्रा भावनाको गरिरहनु मलाई छैन
पुर्याउन नसकिने आशाहरु छरिरहनु मलाई छैन

हाँसी रन्छु तिमीलाई आफ्ना हाँसो सापट दिन
ग्लानीले भित्रभित्रै तर मरिरहनु मलाई छैन

एकै प्रेमलाई बाँच्छु भन्थे तिमी सम्म आइपुगे
आफ्ना बाचा आफैसित हारिरहनु मलाई छैन

‘इमान’ आदर्श बनाएथेँ त्यसै माथि जिउँछु भन्थे
मेट्न फगत मृगतृष्णा झरिरहनु मलाई छैन

ऐना हेर्दा आफ्नै आँखा प्रश्न गर्छन् हरदम अचेल
तिनका प्रश्नबाट सधैँ डरिरहनु मलाई छैन

Comments

Popular posts from this blog

Letters to a Young Poet -Rainer Maria Rilke (with quotes)

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय