तिमीसँग बिताएका (गजल)

तिमीसँग बिताएका रातको माया लाग्छ
मायालु ती तिम्रा सारा बातको माया लाग्छ 

सिनेमाका जोडी जस्तै हामी पनि पटकपटक
हात समाई रुझी हिँड्या वर्सातको माया लाग्छ

तिमीसँगहुँदा तिम्लाई जिस्काउन गिज्याउन
गरेका ती सारा खुरापातको माया लाग्छ

मायालु त्यो मुहार, निर्दोष ती नयन अनि
नशालु ती अधरको मातको माया लाग्छ

चोट पर्दा आशु झर्दा आँखाहरु पुछिदिने
कोमल त्यो तिम्रा प्यारा हातको माया लाग्छ

लडे हुँला बाझेँ हुला तर पनि खै किन
तिम्रै अनि केबल तिम्रै साथको माया लाग्छ

Comments

Popular posts from this blog

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय

उसको रोजाइ -Story