हिजो आज तिम्रा लागि (गजल)




हिजो आज तिम्रा लागि लेख्न छोड्या धेरै भो
विपनीमा तिमीलाई सामु देख्न छोड्या धेरै भो

सँगै हुन्थ्यौँ दिनरात सकिन्थेनन् हाम्रा बात
जान्छु भन्दा तिम्रो बाटो छेक्न छोड्या धेरै भो

एक्लो बस्दा याद आउँथ्यो सहनलाई गाह्रो हुन्थ्यो
तिम्लाई हेर्न तिम्रो गल्ली टेक्न छोड्या धेरै भो

भुल्छु भन्थे तर सायद शरीरसँगै जाला याद
घाइते मुटु आश्वासनले सेक्न छोड्या धेरै भो

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला