तिमी मायामा धोकाको कुरा गर्छौ (गजल)

Image source: https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEimQbR07z6q6bZDdksCiMYw7qBcT0ZJEop05y3sqUdXqxzuO9FkOOJM4dpcLi2wu4-1dOiYY1NqtNfz4rdsSSiVazJwRq0wPHFTZGaiyq5w8vzxpuqt6dy8m9ioRKdxBNYgz-0jW7AIPII/s1600/girl-in-field.jpg

तिमी मायामा धोकाको कुरा गर्छौ, यहाँ जीवनको भर छैन
खेल न हो खेल्नुमै रमाउछु अचेल, मलाई हारको डर छैन

‘न तिमीलाई छाडि जाउँला भोली, त्यसपछिको त सोच’ भन्छौ
मर्नु त छदैछ त्यसअघि नै ‘सानी’, मर्नु मलाई रहर छैन

यहाँ सबै आफ्ना मर्जीका मालिक, जे मनलाग्यो त्यै गरे हुन्छ
सँगै छँदा त रमाइला पल बाचौँ, जुनीभरको क्यै कर छैन

सत्य भन्दा नि गफै हो भन्छौ तिमी, गफ गरे झन के पो भनौली
यो दुनीयामा तिम्रो शंका भन्दा ठूलो, मेरा लागि क्यै कहर छैन

मर्नलाई अनेक बहाना छन्, सबैको त आफ्नै आफ्नै हुन्छ
मलाई मार्छन् तिम्रा रुप र ती यादहरु, अरु त कुनै जहर छैन

टाढा हुन नखोजेको कहाँ हो र ? हुन नसकेर पो त यस्तो भो
तिमी बिनाको पल त साला उस्तैे, जस्तै गजलमा बहर छैन

Comments

Popular posts from this blog

Letters to a Young Poet -Rainer Maria Rilke (with quotes)

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय