यहाँ यस्तै छ
फिलिङ्गेन–स्वाइनिङ्गेन जर्मनीको दक्षीण पश्चिम भागमा पर्ने एक सानो सहर हो । सानो भएपनि यो सहरमा भएको सुव्यवस्था सम्बन्धी जानकारी आफ्नो गाउँ ठाउँको विकासका लागि अनुकरणीय उदाहरण बन्न सक्ने देखेर मैले यहाँको बारेमा निरन्तर लेखी रहने निधो गरेको छु । प्रथम झल्को मै यो शहर मलाई एक दमै रमाइलो लाग्यो । यो शहर अन्य ठूला शहर जस्तो गगनचुम्बी भवनहरुले भरिएको छैन । यहाँ हरियालीलाई कायम राख्ने भरसक प्रयास गरिएको छ । घरहरुका माझ रुख खोज्नु पर्ने स्थिति छैन । हरेक घरको करेसामा वा आँगनमा रुखका बोटहरु देख्न सकिन्छ । प्राय गरेर स्याउका बोटहरु बढि लगाउने गरेको पाइन्छ । जर्मनका मानिसहरु वा भनौँ पश्चिमा मुलुकका मानिसहरु वाइन लगायतका मदिराजन्य पेयहरु बढि सेवन गर्ने हुनाले पनि उनीहरुले स्याउका बोटहरु लाएको हुनु पर्छ । स्याउकोबाट बन्ने मदिराका प्राय सबैले आफैले घरैमा बनाउने गर्दछन् । त्यसका अलावा पनि घरवरीपरी सामान्य फलामे बार अनि चाइनीज दुबोको चहुर र कतैकतै झारबार (हरियो झारहुने वनस्पतीको बार) देखिनु सामान्य जस्तै लाग्छ । प्रत्येक घरमा गाडीघर (गाडीका लागि घर) अनि प्रवेशद्वारमा सबैको चिठीपत्र आदिक...