पर्खी बस्यौँ, आउला भनी !

यसपली नेपालीहरुले माघ ८ को जति प्रतिक्षा सायद अरु कुनै मितिको पनि गरेका थिएनन् । देश विदेशमा भएका सबैले संविधान जारी गर्ने भनिएको उक्त मिती नजिकिनै लाग्दा अनेक आशा र भरोसाका साथ संचार माध्यमहरुमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेका थिए । स्वदेशमा हुनेले टेलिभिजनका पर्दामा त विदेशमा हुनेले स्वदेशमा भएका आफन्त अनि मित्रजनका फेसबुकका अभिव्यक्तिहरु, बिबिसीका समाचारहरु तथा विभिन्न संचार माध्यमका (फेसबुकमा) इन्टर्नेटमा प्रकाशित शीर्षकहरुबाट देश कता तिर लाग्ने हो भन्ने कुराको आँकलन गरिरहेका थिए । नेताहरुमाथिको अविश्वासले चरम चुली छोएको भएपनि विगतमा हुने गरेका मध्यरातका चमत्कारिक निर्णयहरु अनि ‘जब प¥यो राती तब बुढि ताती’ भन्ने भनाइलाई चरितार्थ पार्ने खालका कुनै कदमहरु चालिएलान कि भनेर सबै जना प्रतिक्षारत थिए । ‘टाढाको माया गाढा’ भनेझै हरेक साँझ–बिहान देशमा के भइ रहेछ भनि जान्ने चाहना देशबाट सात समुद्र पारी बसेर जीवन व्यतित गरिएकाहरुका लागी पनि हुने गर्छ । फेरी विदेशमा रहँदा भोगेको दुःखले कहिले देशमा स्थायित्व आउला र फर्केर केहि गर्न सकिएला भन्ने पनि हुँदो रहेछ । यस पटकको मीतीले पनि त्यस्ता थ...