चोट पर्दा आँखा हैन, मन् नि रुन्छ बुझ्यौ होला-गजल (Gajhal)

चोट पर्दा आँखा हैन, मन् नि रुन्छ बुझ्यौ होला मनमा कुरा गुम्साइ बस्नु, कस्तो हुन्छ बुझ्यौ होला सम्झना र यथार्थका, साथी दुबै एक नहुँदा आँशुले नै मनका सारा, याद धुन्छ बुझ्यौ होला भित्र पिरिम भएपनि, मुखमा ल्याउन सँधै गाह्रो अभिमानले कसो गरी, माया थुन्छ बुझ्यौ होला पीर व्यथा आफ्ना सबै, सुनिदिने कोइ न हुँदा बचन भन्दा मौनताले, चस्चस् छुन्छ बुझ्यौ होला सारा संसार निदरीले स्वप्न लोकमा हराउँदा आँखा मिच्दै तिम्रा कुरा, कस्ले सुन्छ ? बुझ्यौ होला मन चोर्ने निद्रा हर्ने, बाँच्ने एउटा आधार थप्ने रगतको भन्दा गाढा, नाता कुन् छ ? बुझ्यौ होला (Essence of the poem) To keep things in heart and not being able to speak out hurts as hell. Then, not just the eye but the hearts too cry When the person that visits your dreams and the one you wake up with are not the same: the fate is to blame; and tears wash away the pain every day you gain It's hard to speak up what's in your heart; ego comes in a way and takes the fear a...