Posts

Showing posts from June, 2015

एक मुक्तकः अनेक कथा

तिर्खाएको आत्मा अघि आँत खै के हो र ? लड्दा हात नसमाउने जमात खै के हो र ? यहाँ युगौँको बाचा हार्नेहरु, तमाम छन् प्रिय जाबो एक रातको साथको बात खै के हो र ? ******** मायाले आत्माको तिर्खा मेटाउँछ । पानीले घाँटिको तिर्खा मेटाउँछ । पानी जताततै भेटिन्छ । कम से कम निश्चित मोल तिरेर किन्न पाइन्छ । त्यसैले घाँटिको तिर्खा मेट्न सजिलो छ । साँचो माया पाउन गाह्रो छ । चटकेहरुले बेच्न राखेका यौनशक्तिबद्र्धक शीलाजितहरु जस्ता नौजाले माया छ्यापछ्याप्ती पाइन्छन् । तर चिरस्थायी रहने वा भनौ जुनी रहुन्जेल बाँच्ने माया पाउन गाह्रो छ । त्यो माया किनेर पनि पाइन्न । खोजेर पनि पाइन्न । त्यसैले आत्माको तिर्खा मेट्न गाह्रो छ । आत्माको तिर्खाका सामु घाँटि (आँत)को तिर्खाको कुराले उति महत्व राख्दैन । तनको प्यास भन्दा मनको प्यासले मानिस बढि छट्पटाउँछ । ‘तिर्खाएको आत्मा अघि आँत खै के हो र ?’  ******** केहि दिन अघि भोको पेटमा कार्यालय जान खोज्दा निके बेर उभिनु प¥यो । रक्तचाप कम भएका कारणले बस्ने बित्तिकै ढलेँ । करीब १५ मिनेट जति त्यसै छटपटाएँ होला । असिना पसिना भयो । सहयोग गर्न कोहि अघि बढेनन् ...

छनलाई त थुप्रै छन् (गजल)

छनलाई त थुप्रै छन्, दिनालई साथहरु सबैसँग कहाँ मिल्नु, तिम्रो जस्तै बातहरु दिन त सहजै बित्छन्, जसो तसो गरी अप्ठ्यारा त तिम्रा यादले भरिएका रातहरु कसम तिम्लाई दोष दिनु मेरो ध्येय होइन याद आउँछन् हरेक पल्ट, आफ्नै भुलका खातहरु हिउँद अझै बाँकि थिए, शिशीर र वसन्त नि बाँकि सँगै रुझ्नलाई साँचेका ती वर्षातहरु तिम्रो साथको घुर्कि लाउँथे एक्लो हुन डर थेन गिज्याउँछन् अचेल मलाई परिचित त्यै जमातहरु

एक्लै बाँची हेरुँ भन्दा (गजल)

Image
एक्लै बाँची हेरुँ भन्दा, ऊ आउँछे सपना देखिन्छ आधी बाटै छोडी जान्छे, दुःख लाग्छ गजल लेखिन्छ जिन्दगी त त्यसै त्यसै, अलमल गर्दै बित्ने भयो बाचा गर्ने सबै थिए, साथ पो त खै कसले दिन्छ ? केटो किन्दा घर–बार, सित्तैमाको चलन छ अझै घर्बार्–रोज्गार् बिना माया, मात्र यहाँ त खै कोले किन्छ ? ‘त बिना म मरिहाल्छु’, मलाई भन्थे जति नै सबै देखे तिनैद्वारा झनै, धनका लागी मन टेकिन्छ । 

परोपकारी प्रतिस्पर्धा

Image
बाबुरामले दिनभरी ढुङ्गा बोकेको अनि प्रचण्डले गलले खन्दा अग्नी सापकोटाले माटो निकालेको समाचारहरु संचार माध्यममा छाउँदा नेपालमा पनि परोपकारको प्रतिस्पर्धै सुरु भएको प्रष्टै देखिन्छ । भूकम्पले ल्याएको एउटा सकारात्मक परिवर्तनको रुपमा यो परोपकारी प्रतिस्पर्धालाई पनि लिन सकिन्छ । सुरुमा सबै हताहत भएपनि पछिका दिनमा राहतमा अघि सरेका अनि उद्धारमा लागेकाहरुको तस्वीरले सामाजिक सञ्जालका भित्तो कहिल्यै खाली भएन । यसका बारेमा अनेकानेक टिका टिप्पणीहरु पनि सुरु भए । सानो सहयोग गरेर बढि प्रचार गरेको भन्ने कुराहरु पनि आए । तर यसको सकारात्मक पक्ष के भइदियो भने यसले सबैमाथि एकखाले नैतिक दबाब पारिदियो । सबैले आफूलाई ‘मैले के गरेँ ?’ भनेर सोध्ने मौका पाए । र त्यही प्रश्नको उत्तरको खोजीमा धेरैले परोपकारमा समय पनि खर्चे । यसरी परोपकारमा लाग्ने राजनीतिक दलहरुमा नेकपा एमाले र नेपाली कांग्रेस पनि थियो । एमाले सम्बद्ध युवासंघ पनि अहिले मैदानमा खटिएको छ । ‘आफ्नो गाउँ आफै बनाउँ’ भन्दै उनीहरु प्रभावित जिल्लाहरुमा खटिएका हुन् । त्यस्तै कांग्रेसका युवा नेता गगन थापा नुवाकोटमा ४० टहरा बनाएर फर्केको समाचार पनि सामाज...