बलात्कार तिम्रा भावनाको (गजल)

image source: https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhrvrukS2R8m7z3MKBqfzWUZtqKkGcJE8K1T4VJC5InNxtD328LHU6PhbcrYRA-3DQUXT34XEWW69MFxPKHQ_K5jJPBzl6T-E3mcb8h2d1Cchtqh1IZvbnswf_h__7sYk7zydPctc2Wgmo/s1600/waiting-on-the-bench.jpg बलात्कार तिम्रा भावनाको गरिरहनु मलाई छैन पुर्याउन नसकिने आशाहरु छरिरहनु मलाई छैन हाँसी रन्छु तिमीलाई आफ्ना हाँसो सापट दिन ग्लानीले भित्रभित्रै तर मरिरहनु मलाई छैन एकै प्रेमलाई बाँच्छु भन्थे तिमी सम्म आइपुगे आफ्ना बाचा आफैसित हारिरहनु मलाई छैन ‘इमान’ आदर्श बनाएथेँ त्यसै माथि जिउँछु भन्थे मेट्न फगत मृगतृष्णा झरिरहनु मलाई छैन ऐना हेर्दा आफ्नै आँखा प्रश्न गर्छन् हरदम अचेल तिनका प्रश्नबाट सधैँ डरिरहनु मलाई छैन