सुदूरपश्चिम पर्यटन विकासमा देखिएका सम्भावनाहरु


सुदूर पश्चिममा पनि नेपाल भ्रमण वर्षको धेरथोर असर परेको अवश्यै हो । यसै असरका कारणले होला सबैले आफूले भ्याए सम्मका योगदानहरु पु¥याउन सबै तल्लीन देखिए । आ–आफ्नो स्थानवाट योगदान पु¥याउने क्रममा सुदूरपश्चिममा जन्मेका एक होनहार युवा नवराज रोस्याराले विदेशमा रह“दा पनि सुदूरपश्चिमका बारेमा सोच्न विर्सेनन् । उनी जर्मनीमा गणित विषयमा विद्यावारिधी हा“सिल गरिरहेका छन् । विदेशमा शिक्षा आर्जनको उद्देश्यले गएका भएपनि आफ्नो देशमा भ्रमण वर्ष आयोजना गर्न लागिएको जानकारी पाउने बित्तिकै जर्मनी मै रहेका आफ्ना केही साथीहरुलाई समेटी उनले नेपाल भ्रमण वर्ष २०११ का क्रममा आफ्नो जन्मभूमी आफ्नो थाकथलो भ्रमण गराउने सोच बनाए । त्यही सोच अनुरुप उनी आफ्ना जर्मन साथीहरुका साथमा सुदूरपश्चिमको भूमिमा पाइला टेके । सुदूरपश्चिमलाई नै गन्तव्य बनाएर हिडेका विदेशी पर्यटकहरुका साथ प्रवेश गरेका उनले सुदूरपश्चिमा पर्यटक आगमन सम्भव छ भनेर देखाइ दिए ः आवश्यक्ता छ त सामुहिक प्रयासको अनि उचित प्रचार प्रसारको ।
हामी मध्ये धेरैले समस्याका कुराहरु गर्छौ समाधान कसैले सोच्दैनौ“ । हामीले देखेका समस्याहरुबीच नै समाधानका शुत्रहरु पनि लुकेका हुन्छन् । सुदूरपश्चिमको विकटता समस्या होला त त्यो विकटतालाई पर्यटकानुकुल बनाएर त्यसै विकटताबाट सुदूरपश्चिमलाई सम्बृद्ध बनाउन सकिने कुरालाई नकार्न सकिन्न । सुन्दरता दिव्य हुन्छ । दिव्य वस्तु दुर्लभ हुन्छ । गुलावको फूल टिप्नेले पनि काडा“हरुलाई स्वीकार्नुपर्ने हुन्छ । सुदूरपश्चिमको दिव्य सुन्दरता दूर्लभ छ र त्यसको दर्शनार्थ यहा“का पाखा पखेराका कष्टप्रद उकाली ओरालीहरु छिचोल्ने आ“ट यस क्षेत्रको दिव्यताको दर्शन गर्न चाहने जो कोहीले पनि राख्न सक्नु पर्छ । त्यसपछि मात्रै दिव्य सुन्दरताले पर्खिरहेका सुदूरपश्चिमका दुर्लभ सुन्दरताका खानहरु भेट्न सकिन्छ । यस्तै दिव्य सुन्दरताको खान हो खप्तड ।
सुदूरपश्चिममा अन्य थुप्रै गन्तव्यहरु भएपनि हालसालै खप्तडले अन्य गन्तव्यको तुलनामा केही बढि प्रचारप्रसार पाएको छ । सोही प्रचारप्रसारका कारण पर्यटकहरुलाई घुमाउने प्रमुख गन्तव्य भनेर खप्तडलाई लिने गरिएको छ । तथापी खप्तड पुग्ने मार्ग त्यति सहज नभएको हुनाले खप्तड दर्शन गर्ने सौभाग्य कमैले पाउ“छन् ।
हुन त आफ्नो वरपरको पर्यटकीय गन्तव्यमा जाने रहर स्थानीय वासीहरुलाई पनि हु“दो हो । पर्याप्त मार्ग निर्देशनको अभावमा वा जानकारीको अभावमा उनीहरुले आफ्ना सपनाहरु थाती राख्नु परेको छ । स्थानीय पर्यटकहरुका लागि पनि पर्याप्त जानकारी प्रदान गर्ने सूचना केन्द्रको रुपमा कुनै संयन्त्र खडा गरिएको भए सायद उनीहरुको सपना साकार पार्न मद्दत मिल्ने थियो होला । खप्तड सम्मको यात्राका लागि समूहहरु जुटाइ दिने वा खप्तड सम्म यात्रा गर्ने क्रममा आउने समस्याहरुका बारेमा पूर्व जानकारी दिने खालका कार्यक्रमहरु ल्याउन सकेको खण्डमा सायद खप्तड यात्रा अझै व्यापक बन्न जाने थियो होला ।
विगत केही वर्ष अघि सम्म निर्जन खानीडा“डाका वनमा अचेल प्रेमी–प्रेमीकाका जोडीहरु घुम्ने तथ्य सायद सबैलाई थाहा भएकै कुरा हो । सायद खानीडा“डाको यात्रा सुगम र सहज भएकोले हुनु पर्छ सबैले खानीडा“डालाई गन्तव्यको रुपमा रोजेको । खानीडा“डा जस्तै अन्य थुप्रै गन्तव्यहरु बनाउन सकिन्छ । अनि खप्तड जस्ता नाम चलेका तर अगम्य झै“ ठानीएका पर्यटकीय गन्तव्यहरुको यात्रालाई पनि केही सुगम बनाएर त्यहा“ पनि पर्यटकको ता“ती लगाउन सकिन्छ ।
सुदूरपश्चिम आएको पर्यटकको टोलीले पनि खप्तडलाई आफ्नो गन्तव्यको रुपमा समावेश गरेको रहेछ । खप्तड भ्रमणका क्रममा उनीहरुले खिचेको तस्वीहरु हेर्दा मन्त्रमुघ्ध हुनुको विकल्प थिएन । ती तस्वीरहरुलाई हेर्दा भारतका कश्मीर जस्ता स्वर्गको उपमा दिइएका स्थानहरुको सुन्दरताले पनि झण्डैझण्डै मात खाएझै“ लाग्थ्यो । अमिर खुसरोले कश्मीरलाई देखेपछि धरतीको स्वर्ग यदि कहिं छ भने त्यो कस्मीरमा छ भनेर भनेको थिए । सायद उनले खप्तड दर्शनको सौभाग्य पाएनन् । यदि उनले खप्तडको दिव्यतास“ग साक्षात्कार गर्ने अवसर पाएका भए सायद उनी एकपटक फेरी सोच्न बाध्य हुने थिए होला ।
सुदूरपश्चिम भ्रमणको अभिष्ट लिएर आएको प्रथम पर्यटक टोलीका तीतामिठा सबै अनुभवहरु सुन्दा सुदूरपश्चिमलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउनु त्यति असहज भने देखि“दैन । सामान्य सुधारहरुले समेत यस क्षेत्रको पर्यटन व्यवसाय सुदृढ र सबल बनाउन सकिन्छ । उनीहरुले लालीगुरा“सका फूलमाझ रमाएको, ठाउ“ठाउ“का रमाइला डा“डाहरुलाई पृष्ठभागमा राखेर खिचेका तस्वीरहरु, हिमाच्छादित खप्तडका डा“डाहरुमा हि“ड्दा खिचेका तस्वीरहरु, ग्रामीण विवाहमा सरिक भएका तस्वीरहरु, नेपाली पोशाकमा सजिएका तस्वीरहरु, ग्रामीण भेगका ग्रामीण जनताहरुस“ग खिचाएका तस्वीरहरु, आदि सबैले जोडदार आवाजमा सुदूरपश्चिममा पर्यटनको नया“ विहानीको संकेत गरिरहेका थिए ।
भ्रमणटोलीका सदस्यहरुस“गको स्वदेश फर्किनु पूर्वको साक्षात्कारको क्रममा गरेको कुराकानीमा मैले उनीहरुको अपेक्षा र पुरा भएका आशाहरुको बारेमा प्रश्न सोधेको थिए“ । उनीहरुले अपेक्षाका सन्दर्भमा एउटा निकै नै उपयोगी ज्ञान दिए । मानिसले स“धै ठूला ठूला अपेक्षाहरु राख्ने भएकाले अपेक्षाले मानिसलाई निराशाको सिवाय केही दि“दैन । त्यसैले मानिसले अनेक अपेक्षाहरु गर्नुको सट्टा आफ्ना सामुमा आएका सहज असहज परिस्थितिहरुलाई स्वीकार गर्न सक्नुपर्छ । उनीहरुको यो कुरा मलाई पनि मन प¥यो । उनीहरुले आफूले नेपालका हरेक स्थानहरुमा आफूले रमाएको कुराहरु राखे । केही स्थानहरुमा यातायातको असुविधाले केही अप्ठेरो पारेको भएपनि त्यो अप्ठ्यारोपनलाई समेत उनीहरुले एक नौलो अनुभवको रुपमा स्वीकारेको बताए । सवैभन्दा पहिले सुधार गर्नु पर्ने कुराका बारेमा प्रश्न राख्दा उनीहरुले सरसफाइको स्थितिमा सुधार गर्नुपर्ने कुरा बताए । सामान्य प्रयासबाट पनि सरसफाइको स्तरलाई सुदृढ बनाउन सकिने कुरा उनीहरुले राखे । काठमाडौ“ रह“दा देखेको बाग्मतीको सम्झना गर्दै उनीहरुले भने,‘हामीकहा“ त्यस्ता नदीहरु बह“दैनन् ।’
देशको राजधानीबाट सुदूरपश्चिम आउ“दा पर्यटकका लागि विशेष यातायातको सुविधा नभएको कुरातर्फ इंगित गर्दै उनीहरुले यात्राभर खुम्चीएर आएको अनुभवलाई सबै भन्दा असहज भोगाइका रुपमा व्याख्या गरे । विशेष गरि नेपालीहरुको सरदर कद सानो हुने भएकोले होला यहा“का सार्वजनिक यातायातका साधनहरु अलि होचा छन् । ती सवारीसाधनहरुमा विदेशीहरुले यात्रा गर्दा खुम्चिएर हि“ड्नुपर्ने अवस्था छ । लुम्बीनीबाट नेपालगञ्ज सम्मको बसयात्रामा आफूहरुले निकै सास्ती पाएको उनीहरुले बताए ।
हामी पर्यटक आएन त भन्छौ“ तर किन आएन भन्ने कुरामा त्यति ध्यान दि“दैनौ । उनीहरुलाई सुदूरपश्चिम ल्याउने सवारी साधन नै गतिला छैनन् । उनीहरुले उपत्यका र आसपासका पर्यटकीय गन्तव्यहरु डुलीसकेपछि नेपाल घुमेको ठान्छन् । त्यस्ता गन्तव्यमा सुदूरपश्चिमका गन्तव्यहरुको बारेमा सुचना पु¥याउने प्रयास कतै बाट भएको छैन । जानकारी नै नभएको गन्तव्यमा आओस पनि को त ?
हुन त सुदूरपश्चिमको पर्यटन विकासका नाराहरुलाई सबैले आफ्नो स्वार्थ अनुकुल भजाउने गरेको तथ्य नया“ होइन । सानो पसल थापे पनि सुदूरपश्चिम पर्यटन प्रवद्र्धनका लागि भनेर लेख्न पछि पर्दैनन् अचेल । जे जस्ता आयोजन गरेपनि सुदूरपश्चिम विकासको दुहाइ दिनु अनि सुदूरपश्चिममा पर्यटन प्रवद्र्धनको नारा प्रयोग गर्नु चलनचल्तीको कुरा बनिसकेको छ । सुदूरपश्चिमको नारा लगाए जस्तै आफ्नो तहबाट थोरै काम पनि गरिदिएको भए आज सुदूरपश्चिमले नया“ विहानी देख्ने थियो होला ।
सुदूरपश्चिम भ्रमणमा आएका टोलीहरुका लागि स्वागतका कार्यक्रमहरु त यथेष्ट भए तर यात्रा सकिएपछि यात्राको समीक्षा गर्ने किसिमका कार्यक्रमहरु खै किन हो हुन सकेन । मैले आफ्नै प्रयासमा पनि एक समीक्ष्ाँत्मक अन्तर्वाता राख्न खोजेको थिए“ तर सफल हुन सकेन । राष्ट्रिय टेलिभिजन प्रशारण माध्यमले समेत अन्तर्वार्ता लिएर गयो तर स्थानीय संचारगृहले उनको अन्तर्वार्तालाई त्यति प्राथमिकता दिन नचाहेको देखेर मलाई अचम्म लाग्यो । स“धै सुदूरपश्चिम विकासमा समर्पित भन्ने संचार माध्यमहरु पनि यसकिसिमको प्रयासमा त्यती उत्साही भएर लाग्न नसकेको पाउ“दा मलाई केही दुःख लाग्यो । अन्तर्वार्ताको लागि मागेको समयमा अर्कैको अन्तर्वाता प्रशारण गरियो । मस“ग उनीलाई अन्तर्वार्ताको लागि उनले देखाएको तत्पर्ताको बदलामा दिन सक्ने अरु केही थिएन त्यसैले यो लेख लेखे“ । मलाई थाह छैन उनले भ्रमण पश्चात बोकेको सुदूरपश्चिममा पर्यटन प्रवद्र्धन सम्बन्धि धारणामा कत्तिको फेलबदल आएको छ । सायद ती विचारहरुले पनि संचार माध्यममा स्थान पाइ दिएको भए सुदूरपश्चिम विकासको यात्रामा केही दिशानिर्देश हुने थियो कि ? अनि आफ्नो गाउ“ठाउ“लाई माथि उठाउनमा लागेका युवाहरुको प्रयासको सम्मान गरिदि“दा यस किसिमका कार्यमा अझै तल्लीन भएर लाग्ने प्रेरणा मिल्ने थियो कि ?

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला